
१रसुवा बाढी : १३६६ जनाको शव फेला, ४०७७ जना अझै सम्पर्कविहीन
२किम्रुङ खोला पहिरो खसेर थुनिएपछि उच्च सतर्कता अपनाउन आग्रह
३आज जेनजी शहीद दिवस : देशभरि सार्वजनिक बिदा
४पोखरा उद्योग वाणिज्य संघको अध्यक्षमा शोभा निर्वाचित
५गोरखाका घरबारविहीन बाढी पीडितलाई राखियो होटलमा
६पोखराको फोटोग्राफी क्षेत्रको समग्र इतिहास समेटिएको विशेष स्मारिका सार्वजनिक
७सहारा खेलकुद पत्रकारिता पुरस्कार रोहितराज पराजुलीलाई
८फेवातालमा कार खस्दा दुई भारतीय नागरिकको मृत्यु
९कास्कीमा बाढी पीडितका आफन्तका लागि डीएनए प्रोफाइलिङ सेवा एकीकृत रूपमा सुरु
१०गण्डकीमा सातौँपटक मन्त्रिपरिषद् विस्तार, समाजवादी पार्टीका देवकोटा तेस्रोपटक मन्त्री
११भोटेकोशीको विपत्ति र हिमालयको बदलिँदो वास्तविकता
१२पोखरामा पहिचान नभएका ७६ शव जमिनमुनि व्यवस्थापन
१मोदीखोला बाढी : कास्की-पर्वत जोड्ने दुई पुल बगे, मन्दिरमा फसेका तीन जनाको सकुसल उद्धार
२प्रधानमन्त्री शाह र गण्डकीका मुख्यमन्त्री पाण्डे बीच भेटवार्ता
३पोखरामा सडकको भेलले बगाउँदा आमा–छोरीको गयो ज्यान
४असई बनाइदिन्छु भन्दै १० लाख ठगी
५व्यवसायी विमल बसेल दम्पत्तीद्वारा प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा ५० लाख सहयोगको घोषणा
६रोल्पामा दुई दिनमै पहिरोले १५ जनाको मृत्यु, थबाङ र सुनछहरी शोकमा
७सिमरामा तीन वर्षीया बालिकाको हत्या प्रकरण : प्रहरीसँग खोज्न खटिएका व्यक्ति नै पक्राउ
८रसुवा बाढी : २८ प्रहरी अझै सम्पर्कविहीन
९चीनतर्फ नदी थुनिएर बन्यो ठूलो ताल, भोटेकोशीमा अझै बाढी आउन सक्ने
१०रोल्पा पहिरोमा परी ३ जनाको मृत्यु, ९ जना अझै बेपत्ता
११स्व.भक्तबहादुर बस्नेतको परिवारले दिए गोगन माविलाई साढे २३ लाख रुपैयाँ
१२‘न्याय र कानून क्षेत्रमा स्तरीय कानूनी शिक्षा र व्यावसायिक सुरक्षाको अभाव’ : महान्यायाधिवक्ता डा. कँडेल
बागलुङ । गलकोट नगरपालिका–५ टेउवामा भएको अन्तर्राष्ट्रिय आधुनिक मूर्तिकला कार्यशालामा कुँदिएका १५ मूर्ति प्रतिस्थापन गरिएको छ । निर्माणाधीन खुला मूर्तिकला सङ्ग्रहालयमा मूर्तिको प्रतिस्थापन गरिएको हो । कोभिड–१९ को विषम स्थितिले गर्दा संरचना निर्माणमा ढिलाइ हुँदा मूर्ति संरक्षणमा चुनौती थपिएको थियो । अब भने मूर्ति स्थायी संरचनामा ठडिइसकेका छन् । त्यहाँ १५ वटै मूर्तिलाई अलग–अलग ठाउँमा प्रतिस्थापन गरिएको गलकोट कला प्रतिष्ठानले जनाएको छ । प्रतिष्ठानको आयोजनामा गत फागुन ५ देखि २१ गतेसम्म चलेको कार्यशालामा १० देशका १५ कलाकारले मूर्ति कुँदेका थिए ।
मूर्ति प्रतिस्थापनका लागि पहिल्यै काम थालिएको भएपनि दक्ष श्रमिक र प्राविधिकको अभावले ढिलो भएको प्रतिष्ठानका अध्यक्ष पूर्णबहादुर रानाले बताउनुभयो ।
कार्यशालाका संयोजक एवं मूर्तिकार ओम खत्रीले मूर्तिको प्रतिस्थापन भइसकेकाले अब मूर्तिको शीर्षक दिने, विवरण राख्ने र साजसज्जाको काम बाँकी रहेको बताउनुभयो ।
कार्यशालामा सहभागी मूर्तिकारको कला र व्यक्तित्व समेटेर पुस्तिका निकाल्ने, दाताको शिलालेख राख्नेलगायतका योजना पनि प्रतिष्ठानले अघि सारेको छ । विस्तारै स्थिति सामान्य हुँदै गएकाले अब भने कामले गति लिने जनाइएको छ ।
कार्यशालास्थललाई खुला मूर्तिकला सङ्ग्रहालयका रुपमा विकास गर्ने प्रतिष्ठानको लक्ष्य छ । त्यसको विस्तृत परियोजना प्रतिवेदन (डिपीआर)समेत बनीसकेको छ । अध्यक्ष रानाले प्रवेशद्वार र टिकटकक्ष निर्माणको काम छिट्टै अघि बढाइने बताउनुभयो ।
कार्यशालामा नेपालबाट मूर्तिकार प्रवीण श्रेष्ठ, ओम खत्री, राजन काफ्ले, बुद्ध चौधरी र राजु पिठाकोटेले भाग लिनुभएको थियो । यस्तै जापानका जुनीचिरो सगीमोतो, चीनका ल्यू याङ्ग, इटालीका बेतीनो फ्रान्सेनी, फ्रान्सका जिवियर गोञ्जालेज र ताइवानका लिन लि जेनले कार्यशालामा मूर्ति कुँद्नुभएको थियो ।
कार्याशालामा क्यानाडीकी जुली ग्लास्पी, भारतका टुटु पटनायक, इजरायलकी तान्या प्रिमेन्जर, ब्राजिलका जर्ज लुइज सोडर र युक्रेनका मूर्तिकार ल्यूडमाइला माइस्को पनि सहभागी हुनुहुन्थ्यो । मूर्तिकारले ढुङ्गामा प्रकृति, जीवनचक्र, संस्कृति, सभ्यताबारे मूर्त, अर्धमूर्त र अमूर्त कला भरेका थिए ।
मूर्तिकला सङ्ग्रहालयका लागि झण्डै रु. १२ करोड खर्च लाग्ने अनुमान गरिएको छ । चालु आवमा सङ्घ सरकारबाट रु. दश लाख र गलकोट नगरपालिकाबाट रु. तीन लाख बजेट छुट्टिएको छ । यसअघि कार्यशालाका लागि सङ्घ सरकारबाट रु. ५० लाख, गण्डकी प्रदेश सरकारबाट रु. ७० लाख, प्रतिनिधिसभा सदस्य देवेन्द्र पौडेलको निर्वाचन क्षेत्रको बजेटबाट रु. दश लाख र प्रदेशसभा सदस्य चन्द्रबहादुर बुढा ‘सागर’बाट रु. पाँच लाख सहयोग प्राप्त भएको थियो । (रासस)
१मोदीखोला बाढी : कास्की-पर्वत जोड्ने दुई पुल बगे, मन्दिरमा फसेका तीन जनाको सकुसल उद्धार
२प्रधानमन्त्री शाह र गण्डकीका मुख्यमन्त्री पाण्डे बीच भेटवार्ता
३पोखरामा सडकको भेलले बगाउँदा आमा–छोरीको गयो ज्यान
४असई बनाइदिन्छु भन्दै १० लाख ठगी
५व्यवसायी विमल बसेल दम्पत्तीद्वारा प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा ५० लाख सहयोगको घोषणा