
१मेडिकल पसलबाट लागुऔषध कारोबार गर्ने अमिसा पक्राउ
२नेपालमा बालबालिकाको रगतमा लेडको जोखिम उच्च
३आज विजया दशमी: बिहान १०:२६ बजे टीकाको उत्तम साइत
४‘अपरेसन ३६५’ : एक वर्षमा ८९८ मोटरसाइकल कारबाहीमा
५‘प्रदेशविनाको संघीयताको कुनै अर्थ छैन’
६पृथ्वी राजमार्गको गलौँदी क्षेत्र मर्मतका लागि रातभर सडक बन्द
७डा. निरञ्जन कोइराला प्रभावशाली वैज्ञानिकहरुको सूचीमा
८ओभरसिज फ्रेन्डसिप इन्टरनेसनल हस्पिटल सञ्चालनमा
९पोखराको लेकसाइडमा युवा उद्यमीको नयाँ क्रान्ति
१०डन न्यूज पब्लिकेशन प्रा. लि. छैटौं वर्षमा प्रवेश
११पहिरोले बुढीगण्डकी थुनिएर भीषण बाढी
१२विमानस्थल आसपास चङ्गा, ड्रोन र लेजर लाइट प्रयोगमा रोक
१आईजीपी दानबहादुर कार्कीमाथि भ्रष्टाचारको आरोप, छानबिन गर्न ९ सदस्यीय विशेष समिति गठन
२डन न्यूज पब्लिकेशन प्रा. लि. छैटौं वर्षमा प्रवेश
३फिर्के खोलाघरमा फेरि चल्यो महानगरको डोजर
४‘पोखरा महानगरविरुद्ध सबैभन्दा बढी उजुरी’
५‘जेनजी प्रदर्शनकारीको बिगो नखुलेका करिब १ सय मुद्दा फिर्ता लिन सकिने’ : अध्ययन समिति
६‘विज्ञतालाई राष्ट्रिय विकासमा केन्द्रित गर्न आग्रह’
७‘अपरेसन ३६५’ : एक वर्षमा ८९८ मोटरसाइकल कारबाहीमा
८सिद्धार्थ क्लबको अध्यक्षमा सुनिल श्रेष्ठ
९ओख्लेभीरमा स्कुल बस दुर्घटनाः ५ जनाको मृत्यु, २० घाइते
१०छोरेपाटन प्रहरी चौकीको मर्मतसम्भार र पुनःनिर्माण सम्पन्न, सहयोगीहरू सम्मानित
११‘प्रदेशविनाको संघीयताको कुनै अर्थ छैन’
१२‘बेगनास फिस फेस्टिभल’ सफल बनाउन ऐक्यबद्धता
पोखरा, २३ भदौं । जेनजी आन्दोलन भएको एक वर्ष पूरा भएको अवसरमा सरकारले आज देशभरि सार्वजनिक बिदा दिएको छ। १८ भदौमा बसेको मन्त्रिपरिषद् बैठकले २३ भदौको दिनलाई ‘जेनजी शहीद दिवस’ घोषणा गर्दै आज सार्वजनिक बिदा दिने निर्णय गरेको थियो। आज देशभर विभिन्न औपचारिक तथा अनौपचारिक कार्यक्रम गरी यो दिवस मनाइँदैछ।
सामाजिक सञ्जालमाथिको प्रतिबन्धबाट सुरु भएको यो आन्दोलन क्रमशः राज्य सञ्चालनको शैली, राजनीतिक नेतृत्वको कार्यक्षमता, भ्रष्टाचार, नातावाद, बेरोजगारी, सार्वजनिक सेवा र अवसरको असमानताविरुद्धको एक ऐतिहासिक जनविद्रोहमा परिणत भएको थियो। २३ भदौमा संघीय राजधानी काठमाडौंमा भएको प्रदर्शनमा प्रहरीको गोली लागेर १९ जनाको ज्यान गएको थियो ।

जेनजी आन्दोलनको क्रममा खिचिएको यो तस्विर हामीले अनलाईन खबर डटकमबाट साभार गरेका हौं ।
त्यसपछिका दिनहरूमा अर्थात् २४ भदौमा मुलुकभर फैलिएको प्रदर्शनका क्रममा सुरक्षाकर्मी र प्रदर्शनकारीसमेत गरेर कुल ७६ जनाले ज्यान गुमाएका थिए । उक्त प्रदर्शनका क्रममा सरकारी तथा निजी भौतिक संरचनामाथि आगजनी समेत भएको थियो। आन्दोलनमा प्रतीक श्रेष्ठ, सुप्रिया महर्जन, रोशन तामाङ, अनिश थापा, दृष्टि कुँवरलगायतका थुप्रै युवा तथा नागरिकहरूले सहादत प्राप्त गरेका थिए भने सयौं नागरिकहरू गम्भीर घाइते भई अंगभंग भएका थिए। आज तिनै अमर सहिदहरूको बलिदान र घाइतेहरूको त्यागलाई उच्च सम्मानका साथ स्मरण गरिएको छ।
यसैबीच, जेनजी आन्दोलनको बलमा उत्पन्न भएको जनदबाब र राजनीतिक उठलपुथलले देशमा नयाँ सत्ता समीकरण जन्माएको छ।आन्दोलनको मुख्य मर्म सुशासन, भ्रष्टाचारको अन्त्य र युवा सहभागितालाई आत्मसात् गर्दै मुलुकको नेतृत्वमा युवा तथा लोकप्रिय नेता बालेन शाहको नेतृत्वमा नयाँ सरकार ९बालेन सरकार० को उदय भएको छ। पुराना राजनीतिक दलहरूको कार्यशैलीप्रति वितृष्णा जाहेर गर्दै सडकमा उत्रिएका युवाहरूको भावनालाई सम्बोधन गर्न यो नयाँ सरकार आएको छ।

जेन जी आन्दोलनमा छोरा गुमाएपछि भावविह्वल अवस्थामा एक आमा ।
सहिदहरूको रगतबाट प्राप्त यो परिवर्तनसँगै नयाँ सत्ता र बालेन सरकारसमक्ष थुप्रै ऐतिहासिक जिम्मेवारी र चुनौतीहरू थपिएका छन्। सहिद परिवारलाई उचित क्षतिपूर्ति, आजीवन भत्ता र आन्दोलनका क्रममा घाइते भएका योद्धाहरूको निःशुल्क तथा गुणस्तरीय स्वास्थ्योपचार सुनिश्चित गर्नु वर्तमान सरकारको पहिलो प्राथमिकता बनेको छ।
यसका साथै, राज्य संयन्त्रमा पारदर्शिता कायम गर्ने, भ्रष्टाचारको जरो उखेल्ने र देशका युवाहरूलाई विदेश पलायन हुनबाट रोक्न स्वदेशमै रोजगारी तथा अवसरका ढोकाहरू खोल्ने दिशामा बालेन सरकारले कडा कदमहरू चाल्न थालेको छ। सहिदहरूको बलिदानले ल्याएको यो नयाँ राजनीतिक परिवर्तनले देशलाई सही मार्गमा डोर्याउने र सुशासनको प्रत्याभूति गराउने आम नागरिकको अपेक्षा छ।
१आईजीपी दानबहादुर कार्कीमाथि भ्रष्टाचारको आरोप, छानबिन गर्न ९ सदस्यीय विशेष समिति गठन
२डन न्यूज पब्लिकेशन प्रा. लि. छैटौं वर्षमा प्रवेश
३फिर्के खोलाघरमा फेरि चल्यो महानगरको डोजर
४‘पोखरा महानगरविरुद्ध सबैभन्दा बढी उजुरी’
५‘जेनजी प्रदर्शनकारीको बिगो नखुलेका करिब १ सय मुद्दा फिर्ता लिन सकिने’ : अध्ययन समिति