
१आज जेनजी शहीद दिवस : देशभरि सार्वजनिक बिदा
२पोखरा उद्योग वाणिज्य संघको अध्यक्षमा शोभा निर्वाचित
३गोरखाका घरबारविहीन बाढी पीडितलाई राखियो होटलमा
४पोखराको फोटोग्राफी क्षेत्रको समग्र इतिहास समेटिएको विशेष स्मारिका सार्वजनिक
५सहारा खेलकुद पत्रकारिता पुरस्कार रोहितराज पराजुलीलाई
६फेवातालमा कार खस्दा दुई भारतीय नागरिकको मृत्यु
७कास्कीमा बाढी पीडितका आफन्तका लागि डीएनए प्रोफाइलिङ सेवा एकीकृत रूपमा सुरु
८गण्डकीमा सातौँपटक मन्त्रिपरिषद् विस्तार, समाजवादी पार्टीका देवकोटा तेस्रोपटक मन्त्री
९भोटेकोशीको विपत्ति र हिमालयको बदलिँदो वास्तविकता
१०पोखरामा पहिचान नभएका ७६ शव जमिनमुनि व्यवस्थापन
११बेत्रावतीको एउटै घरमा २० भन्दा बढी शव फेला
१२रसुवा बाढी : ७८१ जनाको शव भेटियो
१झलकरामको ७० लाख घुस लुकाउन किर्ते कागज बनाउने वडाध्यक्ष र सचिवविरुद्ध भ्रष्टाचार मुद्दा दायर
२मोदीखोला बाढी : कास्की-पर्वत जोड्ने दुई पुल बगे, मन्दिरमा फसेका तीन जनाको सकुसल उद्धार
३प्रधानमन्त्री शाह र गण्डकीका मुख्यमन्त्री पाण्डे बीच भेटवार्ता
४असई बनाइदिन्छु भन्दै १० लाख ठगी
५पोखरा विमानस्थल भ्रष्टाचार प्रकरण : पूर्वअर्थमन्त्री कार्कीसँग १५ लाख धरौटी माग
६व्यवसायी विमल बसेल दम्पत्तीद्वारा प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा ५० लाख सहयोगको घोषणा
७पोखरामा सडकको भेलले बगाउँदा आमा–छोरीको गयो ज्यान
८रोल्पामा दुई दिनमै पहिरोले १५ जनाको मृत्यु, थबाङ र सुनछहरी शोकमा
९सिमरामा तीन वर्षीया बालिकाको हत्या प्रकरण : प्रहरीसँग खोज्न खटिएका व्यक्ति नै पक्राउ
१०रोल्पा पहिरोमा परी ३ जनाको मृत्यु, ९ जना अझै बेपत्ता
११रसुवा बाढी : २८ प्रहरी अझै सम्पर्कविहीन
१२चीनतर्फ नदी थुनिएर बन्यो ठूलो ताल, भोटेकोशीमा अझै बाढी आउन सक्ने
पोखरा, २३ भदौं । जेनजी आन्दोलन भएको एक वर्ष पूरा भएको अवसरमा सरकारले आज देशभरि सार्वजनिक बिदा दिएको छ। १८ भदौमा बसेको मन्त्रिपरिषद् बैठकले २३ भदौको दिनलाई ‘जेनजी शहीद दिवस’ घोषणा गर्दै आज सार्वजनिक बिदा दिने निर्णय गरेको थियो। आज देशभर विभिन्न औपचारिक तथा अनौपचारिक कार्यक्रम गरी यो दिवस मनाइँदैछ।
सामाजिक सञ्जालमाथिको प्रतिबन्धबाट सुरु भएको यो आन्दोलन क्रमशः राज्य सञ्चालनको शैली, राजनीतिक नेतृत्वको कार्यक्षमता, भ्रष्टाचार, नातावाद, बेरोजगारी, सार्वजनिक सेवा र अवसरको असमानताविरुद्धको एक ऐतिहासिक जनविद्रोहमा परिणत भएको थियो। २३ भदौमा संघीय राजधानी काठमाडौंमा भएको प्रदर्शनमा प्रहरीको गोली लागेर १९ जनाको ज्यान गएको थियो ।

जेनजी आन्दोलनको क्रममा खिचिएको यो तस्विर हामीले अनलाईन खबर डटकमबाट साभार गरेका हौं ।
त्यसपछिका दिनहरूमा अर्थात् २४ भदौमा मुलुकभर फैलिएको प्रदर्शनका क्रममा सुरक्षाकर्मी र प्रदर्शनकारीसमेत गरेर कुल ७६ जनाले ज्यान गुमाएका थिए । उक्त प्रदर्शनका क्रममा सरकारी तथा निजी भौतिक संरचनामाथि आगजनी समेत भएको थियो। आन्दोलनमा प्रतीक श्रेष्ठ, सुप्रिया महर्जन, रोशन तामाङ, अनिश थापा, दृष्टि कुँवरलगायतका थुप्रै युवा तथा नागरिकहरूले सहादत प्राप्त गरेका थिए भने सयौं नागरिकहरू गम्भीर घाइते भई अंगभंग भएका थिए। आज तिनै अमर सहिदहरूको बलिदान र घाइतेहरूको त्यागलाई उच्च सम्मानका साथ स्मरण गरिएको छ।
यसैबीच, जेनजी आन्दोलनको बलमा उत्पन्न भएको जनदबाब र राजनीतिक उठलपुथलले देशमा नयाँ सत्ता समीकरण जन्माएको छ।आन्दोलनको मुख्य मर्म सुशासन, भ्रष्टाचारको अन्त्य र युवा सहभागितालाई आत्मसात् गर्दै मुलुकको नेतृत्वमा युवा तथा लोकप्रिय नेता बालेन शाहको नेतृत्वमा नयाँ सरकार ९बालेन सरकार० को उदय भएको छ। पुराना राजनीतिक दलहरूको कार्यशैलीप्रति वितृष्णा जाहेर गर्दै सडकमा उत्रिएका युवाहरूको भावनालाई सम्बोधन गर्न यो नयाँ सरकार आएको छ।

जेन जी आन्दोलनमा छोरा गुमाएपछि भावविह्वल अवस्थामा एक आमा ।
सहिदहरूको रगतबाट प्राप्त यो परिवर्तनसँगै नयाँ सत्ता र बालेन सरकारसमक्ष थुप्रै ऐतिहासिक जिम्मेवारी र चुनौतीहरू थपिएका छन्। सहिद परिवारलाई उचित क्षतिपूर्ति, आजीवन भत्ता र आन्दोलनका क्रममा घाइते भएका योद्धाहरूको निःशुल्क तथा गुणस्तरीय स्वास्थ्योपचार सुनिश्चित गर्नु वर्तमान सरकारको पहिलो प्राथमिकता बनेको छ।
यसका साथै, राज्य संयन्त्रमा पारदर्शिता कायम गर्ने, भ्रष्टाचारको जरो उखेल्ने र देशका युवाहरूलाई विदेश पलायन हुनबाट रोक्न स्वदेशमै रोजगारी तथा अवसरका ढोकाहरू खोल्ने दिशामा बालेन सरकारले कडा कदमहरू चाल्न थालेको छ। सहिदहरूको बलिदानले ल्याएको यो नयाँ राजनीतिक परिवर्तनले देशलाई सही मार्गमा डोर्याउने र सुशासनको प्रत्याभूति गराउने आम नागरिकको अपेक्षा छ।
१झलकरामको ७० लाख घुस लुकाउन किर्ते कागज बनाउने वडाध्यक्ष र सचिवविरुद्ध भ्रष्टाचार मुद्दा दायर
२मोदीखोला बाढी : कास्की-पर्वत जोड्ने दुई पुल बगे, मन्दिरमा फसेका तीन जनाको सकुसल उद्धार
३प्रधानमन्त्री शाह र गण्डकीका मुख्यमन्त्री पाण्डे बीच भेटवार्ता
४असई बनाइदिन्छु भन्दै १० लाख ठगी
५पोखरा विमानस्थल भ्रष्टाचार प्रकरण : पूर्वअर्थमन्त्री कार्कीसँग १५ लाख धरौटी माग