
१‘अपरेसन ३६५’ : एक वर्षमा ८९८ मोटरसाइकल कारबाहीमा
२‘प्रदेशविनाको संघीयताको कुनै अर्थ छैन’
३पृथ्वी राजमार्गको गलौँदी क्षेत्र मर्मतका लागि रातभर सडक बन्द
४डा. निरञ्जन कोइराला प्रभावशाली वैज्ञानिकहरुको सूचीमा
५ओभरसिज फ्रेन्डसिप इन्टरनेसनल हस्पिटल सञ्चालनमा
६पोखराको लेकसाइडमा युवा उद्यमीको नयाँ क्रान्ति
७डन न्यूज पब्लिकेशन प्रा. लि. छैटौं वर्षमा प्रवेश
८पहिरोले बुढीगण्डकी थुनिएर भीषण बाढी
९विमानस्थल आसपास चङ्गा, ड्रोन र लेजर लाइट प्रयोगमा रोक
१०सशस्त्र प्रहरी एआईजी वंशीराज दाहाल सेवाबाट बर्खास्त
११ओख्लेभीरमा स्कुल बस दुर्घटनाः ५ जनाको मृत्यु, २० घाइते
१२विपद्मा बेपत्तालाई ४५ दिनमै मृतक घोषणा गर्न सकिने
१पोखरामा ठूलो मात्रामा लागूऔषधसहित ६ जना पक्राउ
२डुलुवाको अध्यक्षमा योगेश भट्टराई
३सराङकोटमा प्रहरी चौकी भवनको उद्घाटन
४आईजीपी दानबहादुर कार्कीमाथि भ्रष्टाचारको आरोप, छानबिन गर्न ९ सदस्यीय विशेष समिति गठन
५फिर्के खोलाघरमा फेरि चल्यो महानगरको डोजर
६डन न्यूज पब्लिकेशन प्रा. लि. छैटौं वर्षमा प्रवेश
७‘जेनजी प्रदर्शनकारीको बिगो नखुलेका करिब १ सय मुद्दा फिर्ता लिन सकिने’ : अध्ययन समिति
८‘पोखरा महानगरविरुद्ध सबैभन्दा बढी उजुरी’
९‘विज्ञतालाई राष्ट्रिय विकासमा केन्द्रित गर्न आग्रह’
१०मनाङमा अलपत्र १६ पर्यटकको उद्धार
११बागलुङमा माटोको ढिस्कोले पुरिएर दुईजना मजदुरको मृत्यु
१२सिद्धार्थ क्लबको अध्यक्षमा सुनिल श्रेष्ठ
पोखरा, २२ चैत । नेपाली लेखक संघ कास्कीको छैटौं अधिवेशनले कमल पौडेल ‘अथक’को अध्यक्षतामा नयाँ कार्यसमिति निर्वाचित गरेको छ ।
नयाँ कार्यसमितिमा उपाध्यक्षमा चन्द्रावती वाग्ले, सचिवमा रोशन तिमिल्सिना, सहसचिवमा वसन्त चालिसे र कोषाध्यक्षमा गायत्री पराजुली निर्वाचित भएका छन् । सदस्यमा भेषराज पौडेल चयन भएका छन् भने बाँकी सदस्य तथा सल्लाहकारहरू आगामी कार्यसमिति बैठकबाट चयन गरिने अध्यक्ष कमल पौडेल अथकले बताएका छन् ।
संघका सल्लाहकार लक्ष्मी थापाको संयोजकत्वमा हीममाया पौडेल र अमृत क्षेत्री सदस्य रहेको निर्वाचन समितिले उक्त कार्यसमिति निर्वाचित गरेको हो । निर्वाचनपछि नवनिर्वाचित पदाधिकारीहरूलाई निर्वाचन समितिका संयोजक लक्ष्मण थापा, सदस्य हीममाया पौडेल र अमृत क्षेत्री तथा सल्लाहकार डा. लक्ष्मीशरण अधिकारीले अविर, खादा र प्रमाणपत्र प्रदान गरे । यसअघिको कार्यसमितिले भने नयाँ समितिलाई माइन्युट हस्तान्तरण गरेको थियो ।
अधिवेशनको उद्घाटन सत्रमा संघका सल्लाहकार प्रा. डा. लक्ष्मीशरण अधिकारीले लेखकीय स्वतन्त्रता र लोकतन्त्रवादी लेखक–साहित्यकारहरूको जमघट हुने थलोका रूपमा लेखक संघ रहेको बताए । देशको कठिन समयमा लेखक–साहित्यकारहरूको सिर्जनाले विशेष महत्व राख्ने उनको धारणा थियो ।
कार्यक्रममा संघकी अध्यक्ष रीता अधिकारीको अध्यक्षतामा केन्द्रीय उपाध्यक्ष इश्वरमणि अधिकारी, प्रदेश अध्यक्ष दीपक समीप, उपाध्यक्ष कमल पौडेल अथक र सचिव सञ्जय न्यौपाने ‘प्राञ्जल’ले समेत बोलेका थिए ।
नयाँ कार्यसमितिले नेपाली साहित्यको विकास र लेखकहरूको हकहितका लागि थप सक्रिय भूमिका खेल्ने अपेक्षा गरिएको छ ।