
१पोखराको फोटोग्राफी क्षेत्रको समग्र इतिहास समेटिएको विशेष स्मारिका सार्वजनिक
२सहारा खेलकुद पत्रकारिता पुरस्कार रोहितराज पराजुलीलाई
३फेवातालमा कार खस्दा दुई भारतीय नागरिकको मृत्यु
४कास्कीमा बाढी पीडितका आफन्तका लागि डीएनए प्रोफाइलिङ सेवा एकीकृत रूपमा सुरु
५गण्डकीमा सातौँपटक मन्त्रिपरिषद् विस्तार, समाजवादी पार्टीका देवकोटा तेस्रोपटक मन्त्री
६भोटेकोशीको विपत्ति र हिमालयको बदलिँदो वास्तविकता
७पोखरामा पहिचान नभएका ७६ शव जमिनमुनि व्यवस्थापन
८बेत्रावतीको एउटै घरमा २० भन्दा बढी शव फेला
९रसुवा बाढी : ७८१ जनाको शव भेटियो
१०पोखरामा सडकको भेलले बगाउँदा आमा–छोरीको गयो ज्यान
११व्यवसायी विमल बसेल दम्पत्तीद्वारा प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा ५० लाख सहयोगको घोषणा
१२तिब्बतर्फ ताल पुन: फुट्यो
१झलकरामको ७० लाख घुस लुकाउन किर्ते कागज बनाउने वडाध्यक्ष र सचिवविरुद्ध भ्रष्टाचार मुद्दा दायर
२घरपझोङ, किन मोहनी लगायौ तिमीले ?
३२८ हजार नगदसहित ६ जना जुवाडे पक्राउ
४मोदीखोला बाढी : कास्की-पर्वत जोड्ने दुई पुल बगे, मन्दिरमा फसेका तीन जनाको सकुसल उद्धार
५पोखरा बजारमा करिब दस हजार भरिएका सिलिन्डर भित्रिने
६असई बनाइदिन्छु भन्दै १० लाख ठगी
७पोखरा विमानस्थल भ्रष्टाचार प्रकरण : पूर्वअर्थमन्त्री कार्कीसँग १५ लाख धरौटी माग
८प्रधानमन्त्री शाह र गण्डकीका मुख्यमन्त्री पाण्डे बीच भेटवार्ता
९रोल्पामा दुई दिनमै पहिरोले १५ जनाको मृत्यु, थबाङ र सुनछहरी शोकमा
१०पोखरामा सडकको भेलले बगाउँदा आमा–छोरीको गयो ज्यान
११सिमरामा तीन वर्षीया बालिकाको हत्या प्रकरण : प्रहरीसँग खोज्न खटिएका व्यक्ति नै पक्राउ
१२व्यवसायी विमल बसेल दम्पत्तीद्वारा प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा ५० लाख सहयोगको घोषणा
पोखरा, २१ भदौ । पोखरा फोटोग्राफर संघले आफ्नो ४५ औं वार्षिक साधारणसभा तथा २५ औं अधिवेशनको अवसर पारेर पोखराको फोटोग्राफी क्षेत्रको समग्र इतिहास समेटिएको विशेष स्मारिका सार्वजनिक गरेको छ। शनिबार आयोजित समारोहबीच उक्त स्मारिका विमोचन गरिएको हो।
कार्यक्रमका प्रमुख अतिथि एवम् कास्की क्षेत्र नम्बर २ बाट निर्वाचित प्रतिनिधिसभा सदस्य उत्तमप्रसाद पौडेल, संघका अध्यक्ष भक्त तामाङ र स्मारिका प्रकाशन समितिका संयोजक घनश्याम पौडेलले संयुक्त रूपमा स्मारिकाको विमोचन गरेका हुन्। पोखरा फोटोग्राफर संघले हरेक दश वर्षको अन्तरालमा यस्ता विशेष स्मारिका प्रकाशन गर्दै आएको छ। यसअघि २०६० र २०७१ सालमा प्रकाशन भइसकेको यो तेस्रो विशेष स्मारिका हो।
स्मारिका प्रकाशनका लागि संयोजक घनश्याम पौडेलको नेतृत्वमा १५ सदस्यीय प्रकाशन समिति गठन गरिएको थियो। त्यस्तै, सम्पादन मण्डलमा संयोजक पौडेलसँगै नेपाल फोटोग्राफर महासंघका केन्द्रीय उपाध्यक्ष एवं संघका पूर्वअध्यक्ष दुर्गाप्रसाद पौडेल र पत्रकार विजय नेपाल संलग्न रहेका थिए।
स्मारिकाका संयोजक एवं संघका पूर्वअध्यक्ष घनश्याम पौडेलका अनुसार, २०४ पृष्ठको यस स्मारिकामा पोखरामा फोटोग्राफीको सुरुआत, यसको ऐतिहासिक विकासक्रम, महत्व, वर्तमान समयका चुनौती तथा अवसरहरूलाई मिहीन ढङ्गले समेटिएको छ। यसका अतिरिक्त, फोटो खिच्ने प्रविधिगत तरिका, संघको सांगठनिक इतिहास र गतिविधिहरू समेत समावेश गरिएको हुँदा यो दस्तावेज फोटोग्राफी क्षेत्रका लागि अत्यन्तै पठनीय र संग्रहणीय बनेको छ।
वि.सं. २०३९ सालमा स्थापना भएको पोखरा फोटोग्राफर संघ नेपालमै फोटोग्राफरहरूको सबैभन्दा पुरानो संस्थाको रूपमा परिचित छ। यस संस्थाको अग्रसरता र पहलमा नै पछि गण्डकी फोटोग्राफर संघ र नेपाल फोटोग्राफर महासंघको समेत स्थापना भएको इतिहास छ। हाल करिब ३०० साधारण सदस्य रहेको यस संघमा २५ औं अधिवेशनसम्म आइपुग्दा १८८ जना सदस्यले आफ्नो सदस्यता नवीकरण गरेको संघकी उपाध्यक्ष नन्दकला पौडेलले जानकारी दिइन्।
साधारणसभा तथा अधिवेशनको सोही अवसरमा संघले आफ्नो पाँचौं संस्करणको ’फोटोग्राफी अवार्ड’ समेत वितरण गरेको छ। फोटोग्राफीको विभिन्न विधामा उत्कृष्ट योगदान पु¥याउने व्यवसायी तथा कलाकारहरूलाई प्रोत्साहन गर्ने उद्देश्यले ९ वटा भिन्न विधामा अवार्ड प्रदान गरिएको संघका अध्यक्ष भक्त तामाङले बताए। यो स्मारिका विमोचन र अवार्ड वितरणले पोखराका फोटोग्राफरहरूको व्यावसायिक दक्षता बढाउनुका साथै यस क्षेत्रको ऐतिहासिक दस्ताबेजीकरणमा महत्त्वपूर्ण योगदान पु¥याउने विश्वास गरिएको छ।
१झलकरामको ७० लाख घुस लुकाउन किर्ते कागज बनाउने वडाध्यक्ष र सचिवविरुद्ध भ्रष्टाचार मुद्दा दायर
२घरपझोङ, किन मोहनी लगायौ तिमीले ?
३२८ हजार नगदसहित ६ जना जुवाडे पक्राउ
४मोदीखोला बाढी : कास्की-पर्वत जोड्ने दुई पुल बगे, मन्दिरमा फसेका तीन जनाको सकुसल उद्धार
५पोखरा बजारमा करिब दस हजार भरिएका सिलिन्डर भित्रिने