
१‘अपरेसन ३६५’ : एक वर्षमा ८९८ मोटरसाइकल कारबाहीमा
२‘प्रदेशविनाको संघीयताको कुनै अर्थ छैन’
३पृथ्वी राजमार्गको गलौँदी क्षेत्र मर्मतका लागि रातभर सडक बन्द
४डा. निरञ्जन कोइराला प्रभावशाली वैज्ञानिकहरुको सूचीमा
५ओभरसिज फ्रेन्डसिप इन्टरनेसनल हस्पिटल सञ्चालनमा
६पोखराको लेकसाइडमा युवा उद्यमीको नयाँ क्रान्ति
७डन न्यूज पब्लिकेशन प्रा. लि. छैटौं वर्षमा प्रवेश
८पहिरोले बुढीगण्डकी थुनिएर भीषण बाढी
९विमानस्थल आसपास चङ्गा, ड्रोन र लेजर लाइट प्रयोगमा रोक
१०सशस्त्र प्रहरी एआईजी वंशीराज दाहाल सेवाबाट बर्खास्त
११ओख्लेभीरमा स्कुल बस दुर्घटनाः ५ जनाको मृत्यु, २० घाइते
१२विपद्मा बेपत्तालाई ४५ दिनमै मृतक घोषणा गर्न सकिने
१पोखरामा ठूलो मात्रामा लागूऔषधसहित ६ जना पक्राउ
२डुलुवाको अध्यक्षमा योगेश भट्टराई
३सराङकोटमा प्रहरी चौकी भवनको उद्घाटन
४आईजीपी दानबहादुर कार्कीमाथि भ्रष्टाचारको आरोप, छानबिन गर्न ९ सदस्यीय विशेष समिति गठन
५फिर्के खोलाघरमा फेरि चल्यो महानगरको डोजर
६‘जेनजी प्रदर्शनकारीको बिगो नखुलेका करिब १ सय मुद्दा फिर्ता लिन सकिने’ : अध्ययन समिति
७डन न्यूज पब्लिकेशन प्रा. लि. छैटौं वर्षमा प्रवेश
८‘पोखरा महानगरविरुद्ध सबैभन्दा बढी उजुरी’
९‘विज्ञतालाई राष्ट्रिय विकासमा केन्द्रित गर्न आग्रह’
१०मनाङमा अलपत्र १६ पर्यटकको उद्धार
११बागलुङमा माटोको ढिस्कोले पुरिएर दुईजना मजदुरको मृत्यु
१२सिद्धार्थ क्लबको अध्यक्षमा सुनिल श्रेष्ठ
गोरखा, २२ भदौं । गोरखाको चुमनुब्री गाउँपालिकामा बाढीले घरबारविहीन बनाएका स्थानीय बासिन्दालाई स्थानीय होटलमा आश्रय दिएको छ।
गाउँपालिका वडा नम्बर २ र ४ को सीमामा बग्ने थेराङ खोलामा आएको लेदोसहितको बाढीका कारण पूर्ण रूपमा घरविहीन हुन पुगेका चार परिवारलाई सुरक्षित बासका लागि होटलमा राखिएको गाउँपालिका अध्यक्ष निमा लामाले जानकारी दिए। उनका अनुसार बाढीपीडितहरूलाई वडा नम्बर ४ का सदस्य फुर्पू ठिले लामाले सञ्चालन गर्दै आएको होटलमा अस्थायी रूपमा बस्ने व्यवस्था मिलाइएको हो।
आइतबार बिहान साढे तीन बजे थेराङ खोलामा आएको बाढीले चारवटा घर, दुईवटा पुल र एक जलविद्युत आयोजनामा क्षति पुर्याएको थियो। विपद्बाट प्रभावित ओर्केन छोटेन लामा, लाक्पा भुटी लामा, नुर्बु वाङग्याल लामा र छिरिङ वाङ्दी लामाको परिवारलाई गाउँपालिकाले तत्काल राहतस्वरूप चामल, तेल, नुन, चाउचाउ, बिस्कुट, मसला र चिनीलगायतका खाद्यान्न सामग्रीहरू वितरण गरिसकेको छ।
यसैबीच, बाढीले पुलहरू बगाएपछि मनास्लु पदमार्गमा आवतजावत पूर्ण रूपमा बन्द भएको छ। पदमार्ग रोकिएपछि पर्यटक तथा स्थानीयको सहजताका लागि गाउँपालिकाले वैकल्पिक व्यवस्था गरी बाटो खुलाउने तयारी थालेको छ। वडा नम्बर ४ का अध्यक्ष पेमा ग्याल्पो लामाको नेतृत्वमा गएको टोलीले घटनास्थलको स्थलगत अवलोकन गरिसकेको छ भने सुक्सम झोलुङ्गे पुल खण्डमा वैकल्पिक बाटो निर्माणको कार्य आजैदेखि सुरु गरिने अध्यक्ष लामाले बताएका छन्।