
१स्व.भक्तबहादुर बस्नेतको परिवारले दिए गोगन माविलाई साढे २३ लाख रुपैयाँ
२विभिन्न जिल्लामा १५७ जनाको शव फेला, बाढीका कारण एक हजारभन्दा बढी सम्पर्कविहीन
३बागलुङमा सँगै काम गर्ने साथीको हत्या गरेको आरोपमा दुई जना पक्राउ
४स्वास्थ्य मन्त्रालयद्वारा सबै स्थानीय तहलाई निःशुल्क औषधिको उपलब्धता सुनिश्चित गर्न परिपत्र
५पत्रकार अमृतनाथलाई नेफ्स्कुन पत्रकारिता पुरस्कार
६ढोरपाटनमा विदेशी सिकारीहरूको आकर्षण बढ्दै
७सिमरामा तीन वर्षीया बालिकाको हत्या प्रकरण : प्रहरीसँग खोज्न खटिएका व्यक्ति नै पक्राउ
८प्रधानमन्त्री शाह र गण्डकीका मुख्यमन्त्री पाण्डे बीच भेटवार्ता
९रोल्पामा दुई दिनमै पहिरोले १५ जनाको मृत्यु, थबाङ र सुनछहरी शोकमा
१०मोदीखोला बाढी : कास्की-पर्वत जोड्ने दुई पुल बगे, मन्दिरमा फसेका तीन जनाको सकुसल उद्धार
११‘न्याय र कानून क्षेत्रमा स्तरीय कानूनी शिक्षा र व्यावसायिक सुरक्षाको अभाव’ : महान्यायाधिवक्ता डा. कँडेल
१२रोल्पाको उवा पहिरोमा १० जनाको मृत्यु, तीन बेपत्ता
१झलकरामको ७० लाख घुस लुकाउन किर्ते कागज बनाउने वडाध्यक्ष र सचिवविरुद्ध भ्रष्टाचार मुद्दा दायर
२घरपझोङ, किन मोहनी लगायौ तिमीले ?
३बरपीपल रिसोर्टमा आगन्तुकका लागि १५ प्रतिशतसम्म छुट
४ब्रोड पिक हिमपहिरोका आरोही र तराई हिंसाका मृतकहरूप्रति श्रद्धाञ्जली अर्पण
५नर्स अभियन्ता ज्योति रानाभाट र सरकारबिच १९ बुँदे सहमति
६सिर्जनाचोकबाट १४०.७७ ग्राम ब्राउन सुगरसहित एक भारतीय नागरिक पक्राउ
७अफवाह नफैलाउन प्रहरीको आग्रह
८सहकारी ठगी मुद्दाको शीघ्र न्याय निरूपणका लागि विशेष इजलास गठन गर्न मन्त्रालयको आग्रह
९एलपी ग्यासको बिक्री-वितरण व्यवस्थित गर्न निर्देशन
१०जनप्रतिनिधि गीताद्वारा विभिन्न धार्मिक तथा शैक्षिक संस्थालाई मूर्ति र छाता हस्तान्तरण
११२८ हजार नगदसहित ६ जना जुवाडे पक्राउ
१२पोखरा बजारमा करिब दस हजार भरिएका सिलिन्डर भित्रिने
पोखरा, ११ भदौं । पोखरा महानगरपालिका–३२ स्थित गोगन माध्यमिक विद्यालयको शैक्षिक विकासमा महत्वपूर्ण योगदान पुर्याउँदै आएका शिक्षासेवी स्व. भक्तबहादुर बस्नेतको परिवारले २३ लाख ५२ हजार चार सय रुपैयाँ विद्यालयलाई हस्तान्तरण गरेको छ।
विद्यालयमा आयोजित एक विशेष समारोहका बीच स्व. बस्नेतकी धर्मपत्नी चिनुमाया बस्नेत र परिवारका अन्य सदस्यहरूले संयुक्त रूपमा उक्त रकम बराबरको चेक विद्यालयका प्रधानाध्यापक किरणबाबु न्यौपानेलाई हस्तान्तरण गर्नुभएको हो।
वि.सं. २०६६ सालमा सञ्चालन भएको महायज्ञको अवसरमा स्व. बस्नेतले कुल २५ लाख ५५ हजार पाँच सय ५५ रुपैयाँ सहयोग गर्ने घोषणा गर्नुभएको थियो। सोही बोलकबोल रकममध्ये हाल बाँकी रहेको रकम परिवारजनले पूर्णता दिँदै विद्यालयलाई प्रदान गरेका हुन्।
वडा नं ३२ का वडाअध्यक्ष अक्कलबहादुर कार्कीको प्रमुख आतिथ्यता तथा प्रधानाध्यापक किरणबाबु न्यौपानेको अध्यक्षतामा सम्पन्न कार्यक्रममा बोल्दै परिवारका तर्फबाट कृष्ण बस्नेतले आफ्नो परिवार सदैव विद्यालयको मुहार फेर्न र शैक्षिक उन्नयनमा सहकार्य गर्न तत्पर रहेको स्पष्ट पारे । सोही अवसरमा परिवारजनले विद्यालय परिसरभित्र स्व. भक्तबहादुर बस्नेतको अर्धकदको सालिक स्थापना गर्ने घोषणा समेत गरेका छन्।
कार्यक्रममा वक्ताहरूले २०२५ सालदेखि नै विद्यालयको स्थापना, सञ्चालन तथा व्यवस्थापनमा स्व. बस्नेतले पुर्याएको अतुलनीय योगदानको स्मरण गरेका थिए। उहाँले लामो समयसम्म विद्यालय व्यवस्थापन समितिको अध्यक्षका रूपमा नेतृत्व सम्हाल्दै विद्यालयलाई वर्तमान अवस्थासम्म पुर्याउन महत्त्वपूर्ण भूमिका खेलेका थिए ।
सहायक प्रधानाध्यापक चन्द्रमाया थापाले सञ्चालन गरेको उक्त कार्यक्रममा पूर्व प्रधानाध्यापक डम्बरप्रसाद पौडेलले स्वागत मन्तव्य व्यक्त गरेका थिए । कार्यक्रममा विभिन्न राजनीतिक दलका प्रतिनिधि, शिक्षासेवी, विद्यालय व्यवस्थापन समितिका पूर्वअध्यक्षहरू तथा स्थानीय बुद्धिजिवीहरूको बाक्लो उपस्थिति रहेको थियो।
१झलकरामको ७० लाख घुस लुकाउन किर्ते कागज बनाउने वडाध्यक्ष र सचिवविरुद्ध भ्रष्टाचार मुद्दा दायर
२घरपझोङ, किन मोहनी लगायौ तिमीले ?
३बरपीपल रिसोर्टमा आगन्तुकका लागि १५ प्रतिशतसम्म छुट
४ब्रोड पिक हिमपहिरोका आरोही र तराई हिंसाका मृतकहरूप्रति श्रद्धाञ्जली अर्पण
५नर्स अभियन्ता ज्योति रानाभाट र सरकारबिच १९ बुँदे सहमति