
१‘अपरेसन ३६५’ : एक वर्षमा ८९८ मोटरसाइकल कारबाहीमा
२‘प्रदेशविनाको संघीयताको कुनै अर्थ छैन’
३पृथ्वी राजमार्गको गलौँदी क्षेत्र मर्मतका लागि रातभर सडक बन्द
४डा. निरञ्जन कोइराला प्रभावशाली वैज्ञानिकहरुको सूचीमा
५ओभरसिज फ्रेन्डसिप इन्टरनेसनल हस्पिटल सञ्चालनमा
६पोखराको लेकसाइडमा युवा उद्यमीको नयाँ क्रान्ति
७डन न्यूज पब्लिकेशन प्रा. लि. छैटौं वर्षमा प्रवेश
८पहिरोले बुढीगण्डकी थुनिएर भीषण बाढी
९विमानस्थल आसपास चङ्गा, ड्रोन र लेजर लाइट प्रयोगमा रोक
१०सशस्त्र प्रहरी एआईजी वंशीराज दाहाल सेवाबाट बर्खास्त
११ओख्लेभीरमा स्कुल बस दुर्घटनाः ५ जनाको मृत्यु, २० घाइते
१२विपद्मा बेपत्तालाई ४५ दिनमै मृतक घोषणा गर्न सकिने
१पोखरामा ठूलो मात्रामा लागूऔषधसहित ६ जना पक्राउ
२डुलुवाको अध्यक्षमा योगेश भट्टराई
३सराङकोटमा प्रहरी चौकी भवनको उद्घाटन
४आईजीपी दानबहादुर कार्कीमाथि भ्रष्टाचारको आरोप, छानबिन गर्न ९ सदस्यीय विशेष समिति गठन
५फिर्के खोलाघरमा फेरि चल्यो महानगरको डोजर
६‘जेनजी प्रदर्शनकारीको बिगो नखुलेका करिब १ सय मुद्दा फिर्ता लिन सकिने’ : अध्ययन समिति
७डन न्यूज पब्लिकेशन प्रा. लि. छैटौं वर्षमा प्रवेश
८‘पोखरा महानगरविरुद्ध सबैभन्दा बढी उजुरी’
९‘विज्ञतालाई राष्ट्रिय विकासमा केन्द्रित गर्न आग्रह’
१०मनाङमा अलपत्र १६ पर्यटकको उद्धार
११सिद्धार्थ क्लबको अध्यक्षमा सुनिल श्रेष्ठ
१२बागलुङमा माटोको ढिस्कोले पुरिएर दुईजना मजदुरको मृत्यु
पोखरा, २३ भदौ । कास्कीको अन्नपूर्ण गाउँपालिका-११ स्थित किम्रुङ खोलामा पहिरो खस्दा खोला थुनिएको छ। यससँगै नदी किनारका बस्तीहरूमा उच्च सतर्कता अपनाइएको छ।
स्थानीय बासिन्दा र जनप्रतिनिधिमार्फत सूचना प्राप्त हुनासाथ जिल्ला प्रहरी कार्यालय कास्कीले नयाँपुल, वीरेठाँटी र आसपासका सम्भावित जोखिमयुक्त क्षेत्रमा माइकिङ गर्दै स्थानीयलाई सुरक्षित स्थानतर्फ जान आग्रह गरेको छ। कास्की प्रहरी प्रमुख एसपी नवीन कार्कीका अनुसार करिब ६ घण्टादेखि खोला थुनिएको र अचानक पानीको बहाव खुल्दा ठूलो बाढी आउन सक्ने खतरालाई मध्यनजर गर्दै सुरक्षा सतर्कता बढाइएको हो।
अन्नपूर्ण गाउँपालिकाका अध्यक्ष विष्णुबहादुर केसीले बिहानैदेखि थुनिएको खोलामा अहिले पानीको बहाव केही घटेको जानकारी दिएका छन्। यद्यपि, केही समययता थुनिएको पानी एकाएक बग्न थाल्दा तल्लो तटीय क्षेत्रमा गम्भीर असर पर्न सक्ने जोखिम कायमै छ।
यसअघि भदौ २ गते मोदी खोलामा आएको बाढीले वीरेठाँटी क्षेत्रमा सडक कटान गर्नुका साथै पुलसमेत बगाएको थियो। उक्त बाढीका कारण घान्द्रुक जाने सडक अझै पनि पूर्ण रूपमा सञ्चालनमा आउन सकेको छैन। किम्रुङ खोलाको पानी अगाडि बढेर मोदी खोलामा मिसिने र मोदी हुँदै कालीगण्डकीसम्म पुग्ने भएकाले नेपाल बाढी सूचना केन्द्रले मंगलबार बेलुकी विशेष सतर्कता अपनाउन सार्वजनिक सूचना जारी गरेको छ।
प्रशासनले नदी तथा खोला किनारका बासिन्दालाई अर्को सूचना नभएसम्म नदी आसपास नजान र पूर्ण सतर्कता अपनाउन अपिल गरेको छ।