
१किम्रुङ खोला पहिरो खसेर थुनिएपछि उच्च सतर्कता अपनाउन आग्रह
२आज जेनजी शहीद दिवस : देशभरि सार्वजनिक बिदा
३पोखरा उद्योग वाणिज्य संघको अध्यक्षमा शोभा निर्वाचित
४गोरखाका घरबारविहीन बाढी पीडितलाई राखियो होटलमा
५पोखराको फोटोग्राफी क्षेत्रको समग्र इतिहास समेटिएको विशेष स्मारिका सार्वजनिक
६सहारा खेलकुद पत्रकारिता पुरस्कार रोहितराज पराजुलीलाई
७फेवातालमा कार खस्दा दुई भारतीय नागरिकको मृत्यु
८कास्कीमा बाढी पीडितका आफन्तका लागि डीएनए प्रोफाइलिङ सेवा एकीकृत रूपमा सुरु
९गण्डकीमा सातौँपटक मन्त्रिपरिषद् विस्तार, समाजवादी पार्टीका देवकोटा तेस्रोपटक मन्त्री
१०भोटेकोशीको विपत्ति र हिमालयको बदलिँदो वास्तविकता
११पोखरामा पहिचान नभएका ७६ शव जमिनमुनि व्यवस्थापन
१२बेत्रावतीको एउटै घरमा २० भन्दा बढी शव फेला
१झलकरामको ७० लाख घुस लुकाउन किर्ते कागज बनाउने वडाध्यक्ष र सचिवविरुद्ध भ्रष्टाचार मुद्दा दायर
२मोदीखोला बाढी : कास्की-पर्वत जोड्ने दुई पुल बगे, मन्दिरमा फसेका तीन जनाको सकुसल उद्धार
३असई बनाइदिन्छु भन्दै १० लाख ठगी
४प्रधानमन्त्री शाह र गण्डकीका मुख्यमन्त्री पाण्डे बीच भेटवार्ता
५पोखरा विमानस्थल भ्रष्टाचार प्रकरण : पूर्वअर्थमन्त्री कार्कीसँग १५ लाख धरौटी माग
६व्यवसायी विमल बसेल दम्पत्तीद्वारा प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा ५० लाख सहयोगको घोषणा
७पोखरामा सडकको भेलले बगाउँदा आमा–छोरीको गयो ज्यान
८रोल्पामा दुई दिनमै पहिरोले १५ जनाको मृत्यु, थबाङ र सुनछहरी शोकमा
९सिमरामा तीन वर्षीया बालिकाको हत्या प्रकरण : प्रहरीसँग खोज्न खटिएका व्यक्ति नै पक्राउ
१०रोल्पा पहिरोमा परी ३ जनाको मृत्यु, ९ जना अझै बेपत्ता
११रसुवा बाढी : २८ प्रहरी अझै सम्पर्कविहीन
१२चीनतर्फ नदी थुनिएर बन्यो ठूलो ताल, भोटेकोशीमा अझै बाढी आउन सक्ने
पोखरा, २३ भदौ । कास्कीको अन्नपूर्ण गाउँपालिका-११ स्थित किम्रुङ खोलामा पहिरो खस्दा खोला थुनिएको छ। यससँगै नदी किनारका बस्तीहरूमा उच्च सतर्कता अपनाइएको छ।
स्थानीय बासिन्दा र जनप्रतिनिधिमार्फत सूचना प्राप्त हुनासाथ जिल्ला प्रहरी कार्यालय कास्कीले नयाँपुल, वीरेठाँटी र आसपासका सम्भावित जोखिमयुक्त क्षेत्रमा माइकिङ गर्दै स्थानीयलाई सुरक्षित स्थानतर्फ जान आग्रह गरेको छ। कास्की प्रहरी प्रमुख एसपी नवीन कार्कीका अनुसार करिब ६ घण्टादेखि खोला थुनिएको र अचानक पानीको बहाव खुल्दा ठूलो बाढी आउन सक्ने खतरालाई मध्यनजर गर्दै सुरक्षा सतर्कता बढाइएको हो।
अन्नपूर्ण गाउँपालिकाका अध्यक्ष विष्णुबहादुर केसीले बिहानैदेखि थुनिएको खोलामा अहिले पानीको बहाव केही घटेको जानकारी दिएका छन्। यद्यपि, केही समययता थुनिएको पानी एकाएक बग्न थाल्दा तल्लो तटीय क्षेत्रमा गम्भीर असर पर्न सक्ने जोखिम कायमै छ।
यसअघि भदौ २ गते मोदी खोलामा आएको बाढीले वीरेठाँटी क्षेत्रमा सडक कटान गर्नुका साथै पुलसमेत बगाएको थियो। उक्त बाढीका कारण घान्द्रुक जाने सडक अझै पनि पूर्ण रूपमा सञ्चालनमा आउन सकेको छैन। किम्रुङ खोलाको पानी अगाडि बढेर मोदी खोलामा मिसिने र मोदी हुँदै कालीगण्डकीसम्म पुग्ने भएकाले नेपाल बाढी सूचना केन्द्रले मंगलबार बेलुकी विशेष सतर्कता अपनाउन सार्वजनिक सूचना जारी गरेको छ।
प्रशासनले नदी तथा खोला किनारका बासिन्दालाई अर्को सूचना नभएसम्म नदी आसपास नजान र पूर्ण सतर्कता अपनाउन अपिल गरेको छ।
१झलकरामको ७० लाख घुस लुकाउन किर्ते कागज बनाउने वडाध्यक्ष र सचिवविरुद्ध भ्रष्टाचार मुद्दा दायर
२मोदीखोला बाढी : कास्की-पर्वत जोड्ने दुई पुल बगे, मन्दिरमा फसेका तीन जनाको सकुसल उद्धार
३प्रधानमन्त्री शाह र गण्डकीका मुख्यमन्त्री पाण्डे बीच भेटवार्ता
४असई बनाइदिन्छु भन्दै १० लाख ठगी
५पोखरा विमानस्थल भ्रष्टाचार प्रकरण : पूर्वअर्थमन्त्री कार्कीसँग १५ लाख धरौटी माग