
१सिद्धार्थ क्लबको अध्यक्षमा सुनिल श्रेष्ठ
२बागलुङमा माटोको ढिस्कोले पुरिएर दुईजना मजदुरको मृत्यु
३शैक्षिक परामर्श व्यवसायलाई थप व्यवस्थित, व्यावसायिक र प्रविधिमैत्री बनाउने
४‘जेनजी प्रदर्शनकारीको बिगो नखुलेका करिब १ सय मुद्दा फिर्ता लिन सकिने’ : अध्ययन समिति
५पोखरामा आगामी शनिबार पर्वतीय दौड, तयारी अन्तिम चरणमा
६पर्वतमा बाढी पहिरोका कारण तीनसय परिवार विस्थापित
७स्थानीय तह निर्वाचनको तयारीमा जुट्यो रास्वपा
८‘बेगनास फिस फेस्टिभल’ सफल बनाउन ऐक्यबद्धता
९पोखरा विश्वविद्यालयको एक अर्ब ७५ करोड ८० लाखको बजेट पारित
१०आईजीपी दानबहादुर कार्कीमाथि भ्रष्टाचारको आरोप, छानबिन गर्न ९ सदस्यीय विशेष समिति गठन
११फिर्के खोलाघरमा फेरि चल्यो महानगरको डोजर
१२मनाङमा अलपत्र १६ पर्यटकको उद्धार
१पोखरामा ठूलो मात्रामा लागूऔषधसहित ६ जना पक्राउ
२किम्रुङ खोला पहिरो खसेर थुनिएपछि उच्च सतर्कता अपनाउन आग्रह
३सिभिल सहकारी ठगी मुद्दामा इच्छाराज तामाङलाई साढे ५ वर्ष कैद सजाय
४रसुवा बाढी : १३६६ जनाको शव फेला, ४०७७ जना अझै सम्पर्कविहीन
५सहारा खेलकुद पत्रकारिता पुरस्कार रोहितराज पराजुलीलाई
६डुलुवाको अध्यक्षमा योगेश भट्टराई
७‘पेन्सन पट्टा’ : पहाडको माटो, लाहुरेको आँसु र प्रेमको धुनले दर्शकलाई रुवायो
८पोखराको फोटोग्राफी क्षेत्रको समग्र इतिहास समेटिएको विशेष स्मारिका सार्वजनिक
९मल्टिमिडिया पत्रकारिता तालिम सम्पन्न
१०इन्द्रसरोवरमा गाडी दुर्घटनामा परी ४ जनाको मृत्यु
११आज जेनजी शहीद दिवस : देशभरि सार्वजनिक बिदा
१२माछापुच्छ्रे बैंकको ६ प्रतिशत लाभांश घोषणा
बारा,३ भदौं । जीतपुरसिमरा उपमहानगरपालिका–१ दशधुरेस्थित सुकुमवासी बस्तीकी तीन वर्षीया बालिका गरिमा चौधरीको हत्या प्रकरणमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा हत्यापछि प्रहरीसँगै बालिका खोज्न भन्दै घटनास्थल वरपर हिँडडुल गरेका युवक समेत छन्।
शव भेटिएपछि ‘कसले गरेछ हत्या? त्यसलाई जसरी पनि पक्राउ गर्नुप¥यो’ भन्दै प्रहरीसँगै खोजतलासमा सहभागी भएका व्यक्ति नै अहिले पक्राउ परेका छन्। प्रहरीले सोही पालिका–२ का सुमन थापालाई घटनास्थलबाटै पक्राउ गरेको छ। उनले बलात्कारपछि हत्या गरेको स्वीकार गरेको प्रहरीले जनाएको छ।
मंगलबार साँझ बारा प्रहरीले कुकुरसहितको टोली ल्याएर अनुसन्धान सुरु गरेको थियो। त्यतिबेला थापा पनि घटनास्थलमै थिए। कुकुरले संकेत गरेपछि घटनास्थलबाटै उनलाई पक्राउ गरिएको इलाका प्रहरी कार्यालय सिमराका प्रहरी निरीक्षक प्रकाश थापाले बताए।
सुमन वीरगञ्ज–पथलैया रुटमा चल्ने म्याजिक भ्यानका सहचालक हुन्। उनले काम गर्ने ना १ ज ७७५८ नम्बरको गाडीका चालक प्रोग्रेस चौधरीलाई पनि प्रहरीले अनुसन्धानका लागि पक्राउ गरेको छ। यद्यपि घटनामा आफ्नो मात्रै संलग्नता रहेको प्रहरीसमक्ष सहचालक थापाले बताएका छन्।
मृतक बालिकाको घर नजिकै सुमनले काम गर्ने म्याजिक भ्यानका चालकको घर रहेकाले बालिका उक्त घरमा आउजाउ गर्थिन्। आइतबार बिहानबाट बालिका बेपता भएपछि प्रहरीमा सूचना आएको थियो। खोजतलास भए पनि सुरुमा प्रहरीले बालिकाको हत्या भइसकेको अनुमान गर्न सकेन।
प्रहरीसँगको बयानमा सुमनले आइतबार बिहान चालक प्रोग्रेस चौधरीको घरबाटै बालिकालाई हत्या भएको स्थानमा लगेको बताएका छन्। उनले बलात्कारपछि बालिका बेहोस भएको र आफू त्यहाँबाट फर्किएर पुनः चालक चौधरीको घरमै आएको उल्लेख गरेका छन्। बेहोस भएपछि डोरीमा झुण्ड्याएर फर्किएको र दिउँसो फेरि गएर बालिकालाई कपडामा पोको पारेको उनको भनाइ छ। बलात्कारपछि आफू नुहाएको र पछि शव व्यवस्थापन गरेको उनले प्रहरीसमक्ष बताएका छन्।
मृतक बालिका जीतपुरसिमरा–२ स्थित सरस्वती आधारभूत विद्यालयमा भर्खरै प्ले ग्रुपमा भर्ना भएकी थिइन्। हत्यापछि परिवार विक्षिप्त छ। आमा मानमती चौधरी मंगलबारबाटै अर्धचेत अवस्थामा छिन्। बुधबार बिहान उनका आफन्त र स्थानीयबासी घरमा भेला भएका थिए। उनी बोल्न सक्ने अवस्थामा छैनन्।
आइतबार बिहान करिब साढे ८ बजेबाट बेपता भएकी गरिमाको शव घरबाट करिब २०० मिटर नजिकैको एउटा खाली घरमा कपडामा पोको पारेर फालिएको अवस्थामा मंगलबार साँझ प्रहरीले फेला पारेको थियो। गाउँको बीचमै रहेको खाली घरबाट दुर्गन्ध आउन थालेपछि स्थानीयले दिएको सूचनाका आधारमा प्रहरीले तालिमप्राप्त कुकुरसहित खोजतलास गरेको थियो।
बालिकाको हत्याराको विरोधमा सिमरामा स्थानीयले प्रदर्शन गरेका छन्। इलाका प्रहरी कार्यालय सिमरा अगाडि जम्मा भएका स्थानीयले बलात्कार र हत्यामा संलग्नलाई हदैसम्मको सजाय हुनुपर्ने माग गरेका छन्। बुधबार दिउँसोबाट सुरु भएको प्रदर्शनका क्रममा दुई घण्टादेखि वीरगञ्ज–पथलैया सडक खण्डमा यातायात अवरुद्ध भइरहेको छ।
१पोखरामा ठूलो मात्रामा लागूऔषधसहित ६ जना पक्राउ
२किम्रुङ खोला पहिरो खसेर थुनिएपछि उच्च सतर्कता अपनाउन आग्रह
३सिभिल सहकारी ठगी मुद्दामा इच्छाराज तामाङलाई साढे ५ वर्ष कैद सजाय
४रसुवा बाढी : १३६६ जनाको शव फेला, ४०७७ जना अझै सम्पर्कविहीन
५सहारा खेलकुद पत्रकारिता पुरस्कार रोहितराज पराजुलीलाई