
१‘अपरेसन ३६५’ : एक वर्षमा ८९८ मोटरसाइकल कारबाहीमा
२‘प्रदेशविनाको संघीयताको कुनै अर्थ छैन’
३पृथ्वी राजमार्गको गलौँदी क्षेत्र मर्मतका लागि रातभर सडक बन्द
४डा. निरञ्जन कोइराला प्रभावशाली वैज्ञानिकहरुको सूचीमा
५ओभरसिज फ्रेन्डसिप इन्टरनेसनल हस्पिटल सञ्चालनमा
६पोखराको लेकसाइडमा युवा उद्यमीको नयाँ क्रान्ति
७डन न्यूज पब्लिकेशन प्रा. लि. छैटौं वर्षमा प्रवेश
८पहिरोले बुढीगण्डकी थुनिएर भीषण बाढी
९विमानस्थल आसपास चङ्गा, ड्रोन र लेजर लाइट प्रयोगमा रोक
१०सशस्त्र प्रहरी एआईजी वंशीराज दाहाल सेवाबाट बर्खास्त
११ओख्लेभीरमा स्कुल बस दुर्घटनाः ५ जनाको मृत्यु, २० घाइते
१२विपद्मा बेपत्तालाई ४५ दिनमै मृतक घोषणा गर्न सकिने
१पोखरामा ठूलो मात्रामा लागूऔषधसहित ६ जना पक्राउ
२डुलुवाको अध्यक्षमा योगेश भट्टराई
३सराङकोटमा प्रहरी चौकी भवनको उद्घाटन
४आईजीपी दानबहादुर कार्कीमाथि भ्रष्टाचारको आरोप, छानबिन गर्न ९ सदस्यीय विशेष समिति गठन
५फिर्के खोलाघरमा फेरि चल्यो महानगरको डोजर
६‘जेनजी प्रदर्शनकारीको बिगो नखुलेका करिब १ सय मुद्दा फिर्ता लिन सकिने’ : अध्ययन समिति
७डन न्यूज पब्लिकेशन प्रा. लि. छैटौं वर्षमा प्रवेश
८‘पोखरा महानगरविरुद्ध सबैभन्दा बढी उजुरी’
९‘विज्ञतालाई राष्ट्रिय विकासमा केन्द्रित गर्न आग्रह’
१०मनाङमा अलपत्र १६ पर्यटकको उद्धार
११बागलुङमा माटोको ढिस्कोले पुरिएर दुईजना मजदुरको मृत्यु
१२सिद्धार्थ क्लबको अध्यक्षमा सुनिल श्रेष्ठ
बारा,३ भदौं । जीतपुरसिमरा उपमहानगरपालिका–१ दशधुरेस्थित सुकुमवासी बस्तीकी तीन वर्षीया बालिका गरिमा चौधरीको हत्या प्रकरणमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा हत्यापछि प्रहरीसँगै बालिका खोज्न भन्दै घटनास्थल वरपर हिँडडुल गरेका युवक समेत छन्।
शव भेटिएपछि ‘कसले गरेछ हत्या? त्यसलाई जसरी पनि पक्राउ गर्नुप¥यो’ भन्दै प्रहरीसँगै खोजतलासमा सहभागी भएका व्यक्ति नै अहिले पक्राउ परेका छन्। प्रहरीले सोही पालिका–२ का सुमन थापालाई घटनास्थलबाटै पक्राउ गरेको छ। उनले बलात्कारपछि हत्या गरेको स्वीकार गरेको प्रहरीले जनाएको छ।
मंगलबार साँझ बारा प्रहरीले कुकुरसहितको टोली ल्याएर अनुसन्धान सुरु गरेको थियो। त्यतिबेला थापा पनि घटनास्थलमै थिए। कुकुरले संकेत गरेपछि घटनास्थलबाटै उनलाई पक्राउ गरिएको इलाका प्रहरी कार्यालय सिमराका प्रहरी निरीक्षक प्रकाश थापाले बताए।
सुमन वीरगञ्ज–पथलैया रुटमा चल्ने म्याजिक भ्यानका सहचालक हुन्। उनले काम गर्ने ना १ ज ७७५८ नम्बरको गाडीका चालक प्रोग्रेस चौधरीलाई पनि प्रहरीले अनुसन्धानका लागि पक्राउ गरेको छ। यद्यपि घटनामा आफ्नो मात्रै संलग्नता रहेको प्रहरीसमक्ष सहचालक थापाले बताएका छन्।
मृतक बालिकाको घर नजिकै सुमनले काम गर्ने म्याजिक भ्यानका चालकको घर रहेकाले बालिका उक्त घरमा आउजाउ गर्थिन्। आइतबार बिहानबाट बालिका बेपता भएपछि प्रहरीमा सूचना आएको थियो। खोजतलास भए पनि सुरुमा प्रहरीले बालिकाको हत्या भइसकेको अनुमान गर्न सकेन।
प्रहरीसँगको बयानमा सुमनले आइतबार बिहान चालक प्रोग्रेस चौधरीको घरबाटै बालिकालाई हत्या भएको स्थानमा लगेको बताएका छन्। उनले बलात्कारपछि बालिका बेहोस भएको र आफू त्यहाँबाट फर्किएर पुनः चालक चौधरीको घरमै आएको उल्लेख गरेका छन्। बेहोस भएपछि डोरीमा झुण्ड्याएर फर्किएको र दिउँसो फेरि गएर बालिकालाई कपडामा पोको पारेको उनको भनाइ छ। बलात्कारपछि आफू नुहाएको र पछि शव व्यवस्थापन गरेको उनले प्रहरीसमक्ष बताएका छन्।
मृतक बालिका जीतपुरसिमरा–२ स्थित सरस्वती आधारभूत विद्यालयमा भर्खरै प्ले ग्रुपमा भर्ना भएकी थिइन्। हत्यापछि परिवार विक्षिप्त छ। आमा मानमती चौधरी मंगलबारबाटै अर्धचेत अवस्थामा छिन्। बुधबार बिहान उनका आफन्त र स्थानीयबासी घरमा भेला भएका थिए। उनी बोल्न सक्ने अवस्थामा छैनन्।
आइतबार बिहान करिब साढे ८ बजेबाट बेपता भएकी गरिमाको शव घरबाट करिब २०० मिटर नजिकैको एउटा खाली घरमा कपडामा पोको पारेर फालिएको अवस्थामा मंगलबार साँझ प्रहरीले फेला पारेको थियो। गाउँको बीचमै रहेको खाली घरबाट दुर्गन्ध आउन थालेपछि स्थानीयले दिएको सूचनाका आधारमा प्रहरीले तालिमप्राप्त कुकुरसहित खोजतलास गरेको थियो।
बालिकाको हत्याराको विरोधमा सिमरामा स्थानीयले प्रदर्शन गरेका छन्। इलाका प्रहरी कार्यालय सिमरा अगाडि जम्मा भएका स्थानीयले बलात्कार र हत्यामा संलग्नलाई हदैसम्मको सजाय हुनुपर्ने माग गरेका छन्। बुधबार दिउँसोबाट सुरु भएको प्रदर्शनका क्रममा दुई घण्टादेखि वीरगञ्ज–पथलैया सडक खण्डमा यातायात अवरुद्ध भइरहेको छ।