News Portal

ताजा शिर्षकहरु

चर्चित शिर्षकहरु

प्रमुख समाचार

कास्कीमा बाढी पीडितका आफन्तका लागि डीएनए प्रोफाइलिङ सेवा एकीकृत रूपमा सुरु

Signature: ZQUeIgGTBGKt5NqOa4QrQLmGbywisyvK8/vcEkWiERcGO2aQxwLYqMdwXuTiL5QPnMzc6fSQi18Oydj4WUGDJeogEi/JfsSb2yI5AkROVTclfK7sr7szsucBbZT3SBNf8U++Pwiytl5tNTDhIbcI5RGElJht3MAuOhYvDskC+TzWBqmXDHOKA58PAJm6/h+jyOfCuYWPaGkHWoZq1LgmFpOmjErUG3l9wtRNQRrOYl1pCYJZkh8xn6hBSQx/3c5chRTIbhdWU0HKZuaXM0Pe3s77RdkBYAtG174ZrKSbH2ZH17kGl8NhZk7TsmGgxyCVZL+0VXQOADzgi9He0Rc93Cagls3pFUOcw2+muWB1+acSYzfkfm9eIFcVkas4hbGS3PDSRF/g5BDvYzp7UoOZqv+3XvZw4+7EyzYEJU9pqQOIz7KExg9vBwcugYXh0NGBLTTej0SG4qNWOW0jCbTI4IBHAAGIOK95W0sShO/czligUbn/CVLPEkrrq3Lk207cOcZWsjKSVo522qUmawxzInFcziYR5moLH6jKZY36DWM982pVX+gz95IcTpnDC2Xz0i5VXvzcX3ZjjoaPnaq68fMPCgK/rWF+rRXswOCd8IRptXSINEuENjYwH0AqK32jsGroWSvmeAef5L4J6gpxiIIh6BSYmOgbWHXDpuVhlygRSX1yMZVhdTlp5VfWGhFKXTlosrQZHUvZtfYBiX5XgZbVXIJUFxR2sOfF/S7g6jCehjR4/yM2TPIkJEbCFaBORjdoY6gqGglRhI787AucvToMUWqMX8YqIyZBkRLWRdcDkzNzLgDg6dcce07GQGyboPHsngX/HJSWVNWPZzkvQSuln1S2wHbwXRrhj5KHcwWSlPO/paJwYyBx2tSoetXMMfwFIO5clmNeOELV31JdS1MqCBb22oCJZwcMNinP+35Spc+NLhRPmM5K0k2kbp9saHkhPa7ocwCvn7xhsYIxKZkNgcx2tZhbu8VssXJKaAc=

पोखरा, २० भदौ । रसुवामा आएको बाढीमा हराएका व्यक्तिहरूको खोजतलासका लागि नजिकका आफन्तबाट डीएनए प्रोफाइलिङ सम्बन्धी निवेदन, मञ्जुरीनामा र रगतको नमूना सङ्कलन कार्य अब जिल्ला प्रहरी कार्यालय कास्कीबाटै एकीकृत रूपमा हुने भएको छ।

जिल्ला प्रहरी कार्यालय कास्कीले जारी गरेको प्रेस विज्ञप्तिअनुसार यसअघि पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानबाट हुँदै आएको उक्त कार्यलाई सहज र सरल बनाउने उद्देश्यले भदौ १९ गतेबाट निवेदन लेख्ने, मञ्जुरीनामा फाराम भर्ने र रगतको नमूना सङ्कलन गर्ने लगायतका सम्पूर्ण प्रक्रिया जिल्ला प्रहरी कार्यालयमै सञ्चालन गरिएको हो।

रसुवामा भदौ १० गते आएको बाढीका कारण हराएका व्यक्तिहरूको पहिचानका लागि नजिकका आफन्तबाट डीएनए परीक्षण आवश्यक परेको सन्दर्भमा यो व्यवस्था लागू गरिएको प्रहरीले जनाएको छ।

प्रहरी नायव उपरीक्षक तथा सूचना अधिकारी बिरेन्द्र कुमार पासवानले सम्बन्धित सबैलाई यस सम्बन्धमा जानकारी गराउँदै एकीकृत सेवाबाट सेवाग्राहीलाई सुविधा हुने विश्वास व्यक्त गरेका छन्।

यो व्यवस्थाबाट बाढी प्रभावित परिवारले पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान जानुपर्ने झन्झटबाट मुक्ति पाउने र प्रहरी कार्यालयमै एकै ठाउँबाट सम्पूर्ण प्रक्रिया पूरा गर्न सक्ने अपेक्षा गरिएको छ।