
१‘अपरेसन ३६५’ : एक वर्षमा ८९८ मोटरसाइकल कारबाहीमा
२‘प्रदेशविनाको संघीयताको कुनै अर्थ छैन’
३पृथ्वी राजमार्गको गलौँदी क्षेत्र मर्मतका लागि रातभर सडक बन्द
४डा. निरञ्जन कोइराला प्रभावशाली वैज्ञानिकहरुको सूचीमा
५ओभरसिज फ्रेन्डसिप इन्टरनेसनल हस्पिटल सञ्चालनमा
६पोखराको लेकसाइडमा युवा उद्यमीको नयाँ क्रान्ति
७डन न्यूज पब्लिकेशन प्रा. लि. छैटौं वर्षमा प्रवेश
८पहिरोले बुढीगण्डकी थुनिएर भीषण बाढी
९विमानस्थल आसपास चङ्गा, ड्रोन र लेजर लाइट प्रयोगमा रोक
१०सशस्त्र प्रहरी एआईजी वंशीराज दाहाल सेवाबाट बर्खास्त
११ओख्लेभीरमा स्कुल बस दुर्घटनाः ५ जनाको मृत्यु, २० घाइते
१२विपद्मा बेपत्तालाई ४५ दिनमै मृतक घोषणा गर्न सकिने
१पोखरामा ठूलो मात्रामा लागूऔषधसहित ६ जना पक्राउ
२डुलुवाको अध्यक्षमा योगेश भट्टराई
३सराङकोटमा प्रहरी चौकी भवनको उद्घाटन
४आईजीपी दानबहादुर कार्कीमाथि भ्रष्टाचारको आरोप, छानबिन गर्न ९ सदस्यीय विशेष समिति गठन
५फिर्के खोलाघरमा फेरि चल्यो महानगरको डोजर
६‘जेनजी प्रदर्शनकारीको बिगो नखुलेका करिब १ सय मुद्दा फिर्ता लिन सकिने’ : अध्ययन समिति
७डन न्यूज पब्लिकेशन प्रा. लि. छैटौं वर्षमा प्रवेश
८‘पोखरा महानगरविरुद्ध सबैभन्दा बढी उजुरी’
९‘विज्ञतालाई राष्ट्रिय विकासमा केन्द्रित गर्न आग्रह’
१०मनाङमा अलपत्र १६ पर्यटकको उद्धार
११बागलुङमा माटोको ढिस्कोले पुरिएर दुईजना मजदुरको मृत्यु
१२सिद्धार्थ क्लबको अध्यक्षमा सुनिल श्रेष्ठ
रोल्पा, ३० साउन । रोल्पाको पूर्वी क्षेत्रमा गएको पहिरोले ठूलो मानवीय तथा भौतिक क्षति पुर्याएको छ। थबाङ र सुनछहरी गाउँपालिका शोकमा डुबेका छन्।
गत २७ गते बुधबार थबाङ गाउँपालिका–५ कोटलबारामा आएको पहिरोले एउटा बस्ती नै बगाएको थियो। उक्त घटनामा ११ जनाको मृत्यु भएको छ भने दुई जना अझै बेपत्ता छन्। घाइते दुई जनाको बुटवलस्थित प्रादेशिक अस्पतालमा उपचार भइरहेको छ।
मृतकहरूमा १८ वर्षीया शान्ति पुनमगर, ६० वर्षीय कमलबहादुर पुनमगर, ७५ वर्षीय दलबहादुर पुनमगर, ८० वर्षीया मनखना पुनमगर, ८५ वर्षीया हस्तकला रोकामगर, ७ वर्षीय अशोक पुनमगर, ३४ वर्षीय महेन्द्र घर्ती, ६६ वर्षीया मनी पुनमगर, ३४ वर्षीया विष्णु पुनमगर, ८० वर्षीय बलबहादुर पुनमगर र ६१ वर्षीय लिलबहादुर पुनमगर रहेका छन्।
९ वर्षीय अशिम पुनमगर र ८० वर्षीय अजम्बर पुनमगर बेपत्ता छन्। घाइते २२ वर्षीय हिमाल पुनमगर र २५ वर्षीय सञ्जय घर्तीमगरको उपचार जारी छ।
मृतक ७ वर्षीय अशोक पुनमगरका काका कृष्णले घटनाको पीडा यसरी सुनाए, “घर बाहिर अविरल वर्षा भइरहेको थियो। कोही खाना खाँदै थिए, कोही खाने तयारीमा थिए, कोही सुतिरहेका थिए। अचानक पहिरो आयो र अकालमै ज्यान गुमाउनुप¥यो। मनभरि पीडाको भारी छ। यो घटना हाम्रो मानसिकताबाट कहिल्यै मेटिने छैन।”
थबाङ गाउँपालिकाका अध्यक्ष ऋषिकेशव बुढामगरले भने, ‘यति ठूलो मानवीय र भौतिक क्षति हुन्छ भनेर हामीले कल्पनासमेत गरेका थिएनौं। दुःखद घटना घट्यो। मृतकप्रति हार्दिक श्रद्धाञ्जली र घाइतेप्रति शीघ्र स्वास्थ्य लाभको कामना व्यक्त गर्दछु।’
थबाङमा मात्रै पहिरोले ९ घर, एक घुम्ती पसल, दुई गोठ र एक चर्चसहित १३ वटा संरचना बगाएको थियो।
त्यसैगरी सुनछहरी गाउँपालिका–२ फलबाङ र गिट्ठेमा पनि पहिरो गएर चार जनाको मृत्यु भएको छ। मृतकहरूमा फलबाङका ७७ वर्षीय वीरबहादुर घर्तीमगर, ६८ वर्षीया शनी घर्तीमगर, ७० वर्षीया लली घर्तीमगर र गिट्ठेका ६४ वर्षीय लामी घर्तीमगर रहेका छन्।
सुनछहरीका अध्यक्ष धनबहादुर पुनमगरले भने, ‘प्रकृतिले कहिले धोका दिन्छ, कसैलाई थाहा हुँदैन। यस घटनाले गाउँपालिकालाई मर्माहत बनाएको छ। मृतकप्रति हार्दिक श्रद्धाञ्जली व्यक्त गर्दछु।’ रोल्पामा बुधबार र बिहीबार गरी पहिरोमा परेर कुल १५ जनाको मृत्यु भएको छ। दुई जना बेपत्ता छन् भने दुई जना घाइतेको उपचार भइरहेको छ। यस दुःखद घटनाप्रति प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले विज्ञप्ति जारी गरी समवेदना व्यक्त गरेको छ।