
१‘अपरेसन ३६५’ : एक वर्षमा ८९८ मोटरसाइकल कारबाहीमा
२‘प्रदेशविनाको संघीयताको कुनै अर्थ छैन’
३पृथ्वी राजमार्गको गलौँदी क्षेत्र मर्मतका लागि रातभर सडक बन्द
४डा. निरञ्जन कोइराला प्रभावशाली वैज्ञानिकहरुको सूचीमा
५ओभरसिज फ्रेन्डसिप इन्टरनेसनल हस्पिटल सञ्चालनमा
६पोखराको लेकसाइडमा युवा उद्यमीको नयाँ क्रान्ति
७डन न्यूज पब्लिकेशन प्रा. लि. छैटौं वर्षमा प्रवेश
८पहिरोले बुढीगण्डकी थुनिएर भीषण बाढी
९विमानस्थल आसपास चङ्गा, ड्रोन र लेजर लाइट प्रयोगमा रोक
१०सशस्त्र प्रहरी एआईजी वंशीराज दाहाल सेवाबाट बर्खास्त
११ओख्लेभीरमा स्कुल बस दुर्घटनाः ५ जनाको मृत्यु, २० घाइते
१२विपद्मा बेपत्तालाई ४५ दिनमै मृतक घोषणा गर्न सकिने
१पोखरामा ठूलो मात्रामा लागूऔषधसहित ६ जना पक्राउ
२डुलुवाको अध्यक्षमा योगेश भट्टराई
३सराङकोटमा प्रहरी चौकी भवनको उद्घाटन
४आईजीपी दानबहादुर कार्कीमाथि भ्रष्टाचारको आरोप, छानबिन गर्न ९ सदस्यीय विशेष समिति गठन
५फिर्के खोलाघरमा फेरि चल्यो महानगरको डोजर
६‘जेनजी प्रदर्शनकारीको बिगो नखुलेका करिब १ सय मुद्दा फिर्ता लिन सकिने’ : अध्ययन समिति
७डन न्यूज पब्लिकेशन प्रा. लि. छैटौं वर्षमा प्रवेश
८‘पोखरा महानगरविरुद्ध सबैभन्दा बढी उजुरी’
९‘विज्ञतालाई राष्ट्रिय विकासमा केन्द्रित गर्न आग्रह’
१०मनाङमा अलपत्र १६ पर्यटकको उद्धार
११सिद्धार्थ क्लबको अध्यक्षमा सुनिल श्रेष्ठ
१२बागलुङमा माटोको ढिस्कोले पुरिएर दुईजना मजदुरको मृत्यु
पोखरा, २३ भदौं । पोखरा उद्योग वाणिज्य संघको अध्यक्षमा शोभा गौतम निर्वाचित भएकी छिन् । संघको ७२ वर्षको लामो इतिहासमा पहिलो पटक महिला नेतृत्व चयन गर्दै गौतमले ऐतिहासिक सफलता हात पारेकी हुन् ।
उनले अन्य तीन जना प्रत्यासीलाई पछि पार्दै निजी क्षेत्रको यस छाता संस्थाको बागडोर सम्हाल्ने पहिलो महिला बन्ने सौभाग्य प्राप्त गरेकी हुन् । यसअघि संघको इतिहासमा हीरा भट्टराई र बिन्दु कोइरालाले पनि अध्यक्ष पदका लागि प्रतिस्पर्धा गरे पनि सफलता पाउन सकेका थिएनन्।
संघको ३६औँ महाधिवेशन अन्तर्गत भएको मतदानमा कुल २ हजार ७३१ मतदातामध्ये २ हजार २७४ मत खसेको थियो। सोमबार साँझ घोषित अन्तिम मतपरिणाम अनुसार गौतमले आफ्ना निकटतम प्रतिस्पर्धीलाई ११४ मतान्तरले पराजित गरेकी हुन् ।
निर्वाचनमा गौतमले ७५१ मत प्राप्त गरेकी छिन् भने उनका निकटतम प्रतिस्पर्धी अर्जुन पोखरेलले ६३७ मत ल्याएका छन्। त्यसैगरी, उत्तममान बुद्धाचार्यले ६०१ मत र बलराम आचार्यले २५३ मत प्राप्त गरेको निर्वाचन समितिले जनाएको छ। अध्यक्ष पदका लागि गौतम र आचार्य प्यानल बनाएर चुनावी मैदानमा उत्रिएका थिए।
नवनिर्वाचित कार्यसमितिको पदाधिकारीहरूमा वरिष्ठ उपाध्यक्षमा दिनेशचन्द्र बास्तोला, उद्योग उपाध्यक्षमा सौगात थापा, वाणिज्य उपाध्यक्षमा मनोजकुमार श्रेष्ठ, महासचिवमा सुदीप प्रधानाङ्ग, कोषाध्यक्षमा देवेन्द्र प्रजू र उपमहासचिवमा प्रदीप राजभण्डारी निर्वाचित भएका छन्। विजयी पदाधिकारीमध्ये उद्योग उपाध्यक्षमा थापा गौतम प्यानलका हुन्।
त्यसैगरी, १० खुला सदस्यतर्फ अमृत पोख्रेल, दुर्गा बराल, निर्मला चापागाईं, गोविन्दबहादुर केसी, रामेश्वर अधिकारी, मनोहरि पौडेल, भानुभक्त अधिकारी, दिलीपकुमार श्रेष्ठ, रामप्रसाद कँडेल र कमलबहादुर सुनार निर्वाचित भएका छन् ।
यसअघि नै ४ वस्तुगत सदस्यतर्फ केशव ढकाल, मुक्तिप्रसाद पनेरु, लक्ष्मीप्रसाद अधिकारी र लालप्रसाद ढकाल तथा १ औद्योगिक सदस्यमा पिताम्बर अधिकारी निर्विरोध भइसकेको निर्वाचन समिति संयोजक दामु अधिकारीले जानकारी दिए । पोखरा उद्योग वाणिज्य संघको नयाँ कार्यसमितिको कार्यकाल २ वर्षको हुनेछ।