
१पर्वतमा ट्र्याक्टर दुर्घटनामा परी दुई जनाको मृत्यु
२आफैँ ‘अन्याय’ को चपेटामा उच्च अदालत, तैपनि नागरिकलाई दिँदैछ द्रुत न्याय
३स्याङ्जामा लागूऔषधसहित मालेपाटनका नरेन्द्र र सुरज पक्राउ
४कांग्रेस-एमाले सत्ता सहकार्यमा ‘ब्रेक’ : गण्डकीसहित सातै प्रदेशमा नयाँ राजनीतिक कोर्सको कसरत
५मिटरब्याजलाई ‘गम्भीर आर्थिक अपराध’ घोषणा गर्ने सरकारको तयारी
६टेलिकमका पूर्वप्रबन्ध निर्देशक सुनिल पौडेललाई साढे ८ वर्ष कैद र करोडौं जरिवाना
७सुन लुट्न आफ्नै साथीको हत्या, दुई जना पक्राउ
८स्याङ्जामा पहिरोमा पुरिएर एकजनाको मृत्यु
९‘अन्नपूर्ण पर्यटन पत्रकारिता पुरस्कार’ बाट भूपाल सम्मानित
१०‘चमत्कारी’ क्रिस्टलको नाममा अरबौँको सपना देखाएर लाखौँको ठगी : पोखराबाट ६ जना पक्राउ
११गण्डकी प्रदेश सरकारद्वारा ८ हजार मिटरका हिमाल आरोहीलाई ६ आरोहीलाई सम्मान
१२कलम–क्रान्तिका नायक : स्मृतिमा केशव गुरु
१कास्की मालपोतका तत्कालीन प्रमुखसहित ६ जनालाई भ्रष्टाचार मुद्दामा ६ महिना कैद
२अख्तियारको शंकास्पद भूमिका : फरार प्रतिवादीलाई सरकारी साक्षी बनाई बकपत्र, सेटिङमा पुनः फरार
३गैरकानुनी रूपमा चिकित्सकको उपाधि प्रयोग गरी उपचार गर्ने चेतना पौडेल पक्राउ
४रास्वपा केन्द्रीय सदस्य पदका दावेदार निर्मल गौतम को हुन् ?
५पोखरामा लागूऔषधसहित ७३ वर्षीय अमर हमाल पक्राउ
६एमाले उपाध्यक्ष विष्णु पौडेल सम्पत्ति शुद्धीकरण मुद्दामा पक्राउ : शुभ होटलमै प्रहरी छिर्यो
७लाखौं मूल्यका सुनचाँदीका गरगहना र नगदसहित चोरीको आरोपमा भुवन र बिराज पक्राउ
८विष्णु पौडेलको लगानी रहेको कृषि फार्ममा सम्पत्ति शुद्धीकरण विभागको छापा
९रास्वपा महाधिवेशन : बन्दसत्रमा ढिलाइ, पूजा बास्तोलाद्वारा केन्द्रीय सदस्यमा उम्मेदवारी घोषणा
१०पोखरामा ‘अपरेसन ३६५’ तीव्र : थप २३ वटा मोडिफाई गरिएका मोटरसाइकल नियन्त्रणमा
११कलम–क्रान्तिका नायक : स्मृतिमा केशव गुरु
१२गण्डकी प्रदेशमा गाँजा खेतीको वैधानिक बाटो खुला: औषधीजन्य र औद्योगिक प्रयोजनका लागि अवसर
मेरो प्रश्न यति हो, विशुद्ध पत्रकारिताबाट पारदर्शी ढंगले आम्दानी गर्न असाध्यैं कठिन छ । रामकृष्ण ज्ञवालीको संगत, उनले पत्रकारितालाई ठगीधन्दा र अपराधबाट जोगिन बनाएको मुखुण्डो समाजका अगाडि उतार्नका लागि मात्र मैले बारम्बार यो लडाई लडिरहेको हुँ ।
मित्रमिलन सहकारी ठगी प्रकरणमा कारागारमा रहेका अर्जुन गिरीसँग सम्बन्धित समाचार लेख्दा जस्तो कठिनाइ भोग्नुपरेको थियो, त्यस्तै अवस्था अहिले समाधान दैनिकको ठगीधन्दा सम्बन्धी समाचार लेख्दा पनि सामना गर्नुपरेको छ। अर्जुन गिरीले भन्दा पनि निकृष्ट र तल्लो स्तरमा उत्रिएर सामाजिक सञ्जालहरुमा समाधान दैनिकका सञ्चालक एवम् प्रधान सम्पादक रामकृष्ण ज्ञवालीले लेखेपछि म आफ्ना कुराहरू समस्त पाठक, शुभचिन्तक, इष्टमित्र र सबैसामु स्पष्ट रूपमा राख्न बाध्य भएको छु। म खुला किताबजस्तै छु, जे छ, सबै प्रष्ट छ।
शुरुमा २०५७ सालमा शिक्षण पेशामा लेखनाथस्थित सातमुहानेमा रहेको शान्तिवाटिका बोर्डिङ स्कुल र स्थानीय उत्तम बस्नेत दाइको कम्प्युटर इन्स्टिच्यूटमा कम्प्युटर सम्बन्धि कोर्सहरु पढाउने काम गरियो । त्यसपछि पोखरा आएर २०५८ सालमा पोखरा हटलाइन हुँदैं २०५९ सालमा समाधान दैनिकमा प्राविधिक शाखामा काम गरियो । जतिबेला समाधान दैनिक भन्ने पत्रिका हाम्रो बहुउद्देश्यीय सहकारी संस्थाले चलाएको थियो । त्यतिबेला संस्थाको अध्यक्ष युवराज त्रिपाठी दाइ हुनुहुन्थ्यो ।
समाधान दैनिक छोड्नुका हरेक घटना र विवादका विषयमा युवराज त्रिपाठी, नारायण कार्की र रमेश पौडेल दाइहरुलाई मात्र होइन पोखराका समकालिन सहकर्मी सबैलाई प्रष्ट थाहा छ । पोखरा उद्योग वाणिज्य संघको अमृत कक्षमा भएको त्यस दिनको त्यो झडप । किनभने रामकृष्ण ज्ञवालीका यौनशोषणका शिकार भएका चेली र आत्महत्यासम्म गर्न बाध्य बनाईएका ती युवतीले गुहार मागेपछि ज्ञवालीलाई भौतिक कारवाही गर्दा हामी बिच विवाद शुरु भएको हो ।
रामकृष्ण ज्ञवालीले यहाँ कुनै पेशा वा व्यवसाय गरेर भयङ्कर नाफा कमाए भन्ने केही छ भने त्यो अझै पुष्टि गर्न चुनौती दिन्छु । उनले काम गरेका मिडियाहरुको बराबरस्तरमा मैले पनि वर्षौँ बिताए । अझैं पोखरामा सयौं साथीहरुले त्यसरी नै काम गरिरहनु भएको छ ।
समाधान छाडेको मैले २०६० को बीचतिर, मेरो सम्बन्धविच्छेद भएको २०७५ पुस २३ गते हो । मन मिल्न नसकेपछि मैले मुद्दा दर्ता गरेर दुई साना छोरीको जिम्मेवारी आफैंले वहन गर्ने गरी उनलाई स्वतन्त्र रुपमा बाँच्नका लागि मार्गप्रशस्त गरिदिएको थिएँ । आज लाग्दछ उनी धेरै खुशी छिन् । हामी ३ जना पनि खुशी छौं । ठुली छोरीले यतिबेला अमेरिकाबाट नर्सिङमा उच्च शिक्षा लगभग पूरा गर्ने बेला भयो भने सानी छोरी मेडिकल लाइनमैं व्याचलरका लागि तयारी गरिरहेकी छिन् ।
अरु धेरै भनिन, श्रीमान् श्रीमती बीच मनमुटाव भएकैं हो । यो हरेक श्रीमान् श्रीमती बीच हुन्छ नै । सबैको सम्बन्धविच्छेदसम्म यो स्थिति नपुगोस् भन्ने कामना गर्दछु । किनभने आज हाम्रो राम्रो छ भन्ने ठान्दाठान्दैं कुन दिन मन भाँच्चिन्छ र दोबाटोमा छुटिनु पर्छ थाहा नै नहुने रहेछ ।
उनलाई स्वतन्त्र भएर ब्यूटी पार्लर सञ्चालन गर्न मन लागेपछि दुई सन्तानको सम्पूर्ण जिम्मेवारी वहन गर्दै मैले नै कानुनी रूपमा सम्बन्धविच्छेदको मुद्दा दर्ता गरेको थिएँ। मेरा दुई छोरीहरू, जो मसँगै छन्, उनीहरूले मलाई खराब भनेको दिनमा मात्र म आफूलाई खराब ठान्नेछु। नत्र तिमीजस्तो यौनपिपासु र द्रव्यपिशाचले भनेर मलाई केही फरक पर्दैन। किनभने सारा पोखरेलीहरूलाई मेरो वास्तविकता राम्ररी थाहा छ।
अरु धेरै भनिन, श्रीमान् श्रीमती बीच मनमुटाव भएकैं हो । यो हरेक श्रीमान् श्रीमती बीच हुन्छ नै । गलत नै गरेको भए, आजसम्म कठिन भन्दा कठिन परिस्थितिको सामना गरेर दुई छोरी “बा” भनेर बस्दैनथे ।
एमालेको त्यतिबेलाको मुखपत्र जनआस्थामा प्रायोजित समाचारप्रति केही भन्नु छैन । गलत नै गरेको भए, आजसम्म कठिन भन्दा कठिन परिस्थितिको सामना गरेर दुई छोरी बाबु भनेर बस्दैनथे । कपोकल्पित पात्र खडा गरेर बदनाम गर्ने उद्देश्यले त्यतिबेला राजनीतिक दाउपेचको पनि केही शिकार हुन पुगेको मेरो जीवनप्रति कुनै गुनासो पनि छैन ।
समाधान दैनिक छोडेपछि पत्रकारिताको तालिम गर्न २०६० भदौमा ४ महिने पत्रकारिता लेखन सम्बन्धि तालिम लिएर फर्किएँ । तालिम प्राप्त गरेपछि सिधैं कामना प्रकाशन समूह प्रा.लि.को नेपाल समाचारपत्र राष्ट्रिय दैनिकमा २०६० चैत २४ गतेदेखि २०६४ फागुन १३ गतेसम्म काम गरे ।

काठमाडौंमा ६ महिना बसेर यसरी पत्रकारिताको तालिम लिएपछि मैले सिधैं नेपाल समाचारपत्र दैनिकको पोखरा प्रतिनिधि भएर पत्रकारिता शुरु गरेको हुँ ।
सोही बीचमा २०६१ जेठ २८ गतेदेखि २०६४ माघ ५ गतेसम्म पोखरा एफएममा प्रितममान बुद्धाचार्य दाइकोमा समाचार रिपोर्टिङको काम गरियो । त्यतिबेला समाधान दैनिकको मालिक हुँ भनेर फूर्ति हाक्ने पत्रकार रामकृष्ण ज्ञवाली, पोखरा एफएममा मसँगैं मासिक ४ हजार रुपैयाँमा काम गर्थे । मैले रातिको समाचार पनि पढ्ने र दैनिक एउटा रिपोर्ट पनि बनाउने भएकोले यिनीहरुको भन्दा मेरो तलब पनि धेरै थियो । त्यतिबेला पोखरा एफएममा केशवशरण लामिछाने, शुष्मा पौडेल, सागरराज तिमिल्सिना र शशि पौडेल भाइ लगायतले समाचार शाखामा काम गर्थ्यौं।
काम गर्दै जाने सिलसिलामा हेरालो साप्ताहिक, स्वाभिमान साप्ताहिक, गण्डकी एफएम, पोखरापत्र दैनिक हुँदैं पहिलोपटक साथीहरुसँग साझेदारीमा न्यूजमार्ट दैनिक खोल्न पुग्यौं । त्यसपछि डन न्यूज दैनिक २०६८ फागुन १ गते एकल स्वामित्वमा सञ्चालन गरेको थिएँ । पछि २०७७ कार्तिक १ गतेदेखि डन न्यूज डटकम शुरु गरेको हुँ । यस बीचमा मैले केही वर्ष न्यूज २४ टेलिभिजनमा पनि काम गरे । राष्ट्रिय पत्रिका र टेलिभिजनमा काम गरे पनि तलब नियमित र राम्रोसँग पाउने अवस्था थिएन । त्यसै भएर अधिकांश पत्रकारहरुले राष्ट्रियस्तरको पत्रपत्रिकामा काम गरे पनि स्थानीय एफएम र सहायक व्यवसायहरु गरिरहेका हुन्थे ।
राष्ट्रिय पत्रिका र टेलिभिजनमा काम गरे पनि तलब नियमित र राम्रोसँग पाउने अवस्था थिएन । टेलिभिजनहरुले कार्ड दिएपछि समाचार पठाउँ, बाँकी जे जे गर्ने हो मिलाएर गर भने झैं व्यवहार गर्थे ।
राष्ट्रिय दैनिकहरुले समाचार प्रकाशित भएको आधारमा शब्दहरु गनेर पैसा दिने गर्दथे । टेलिभिजनमा भने कार्ड (परिचयपत्र) दिने, बाँकी आफैंले स्रोत साधन जुटाउनु पर्ने जस्तो अवस्था थियो । टेलिभिजनहरुले तलब त दिन्थे, तर एक किस्ता आउन १२ महिना कुर्नुपर्थ्यो। रामकृष्ण ज्ञवालीले काम गर्ने एभिन्यूजमासँगैं काम गरेका एक सहकर्मीले डेढ वर्षको तलब पाउन टेलिभिजनमा अन्य पत्रकारहरु गुहारेर वार्ता नै गर्नुपरेको थियो । यो बाहेक टेलिभिजनहरुले कार्ड दिएपछि समाचार पठाउँ, बाँकी जे जे गर्ने हो मिलाएर गर भने झैं व्यवहार गर्थे । अन्य पत्रकारहरुको पनि अवस्था यस्तैं छ । अहिले त टेलिभिजन र पत्रपत्रिकाले वर्षौंदेखिको तलब दिन नसकेर स्थिति झनै विजोग भएको छ ।
नेताहरुको कालोधन लगानी गरेर भित्रभित्रैं धन्दा गर्ने, कवाडी सेटिङ, क्यासिनोमा मिटरव्याजी कारोबार र नदीघाटका ठेक्कापट्टामा आफ्ना धर्मभाइ र उनका गुन्डाहरु परिचालन गरेर पनि मलाई कमाउन परेको छैन ।
विशुद्ध सञ्चारकर्मी भएर काम गर्दा मासिक के कति तलब सञ्चारमाध्यमहरुले दिने गर्दछन् भन्ने विषय पोखरामा रहेका करिब २ सय भन्दा बढि पत्रकारलाई मात्र होइन देशव्यापी रुपमा नै एउटै समस्या भएकोले यो विषयमा धेरै भनिरहन परेन । बारम्बार पत्रकारहरुले न्यूनतम पारिश्रमिक त पाउनु पर्छ भन्दैं बिगहाउसहरुमा धर्ना, आमरण अनशन र सत्याग्रह बसेका आन्दोलनका कार्यक्रमहरुले पत्रकारको अवस्थालाई छर्लङ्ग पार्दछ । एकदमैं कठिन, चुनौतीपूर्ण र संघर्षमय छ पत्रकारहरुको जीवन ।

विशुद्ध पत्रकारिता गर्छु भन्नेहरु हो हेर, वास्तविक पत्रकारहरुको अवस्था हो यो । हामीलाई भन्दा बढि अरु कसलाई थाहा छ र यहाँ भित्रको पिडा ।
रामकृष्ण ज्ञवालीले भने झैं समाधान दैनिक संस्थाको वार्षिक आम्दानी र नाफाघाटा हेर्ने हो भने धेरै विषयहरु छर्लङ्ग हुन्छ । किनभने स्वयम् ज्ञवालीले लेखेको स्टाटसमा व्यवसायिक साझेदार बाराही ग्रुपका विप्लव पौडेलले केही पाएका छैनन् भन्ने तथ्यबाट नै त्यहाँको वस्तुस्थिति छर्लङ्ग हुन्छ । धेरै भनिरहन पर्दैन, अर्का लगानीकर्ता उमानाथ बराल पोखरा–७, नुवारथोकका मेरै छिमेकी हुनुहुन्छ ।
मेरो प्रश्न यति हो, विशुद्ध पत्रकारिताबाट पारदर्शी ढंगले आम्दानी गर्न असाध्यैं कठिन छ । रामकृष्ण ज्ञवालीको संगत, उनले पत्रकारितालाई ठगीधन्दा र अपराधबाट जोगिन बनाएको मुखुण्डो समाजका अगाडि उतार्नका लागि मात्र मैले बारम्बार यो लडाई लडिरहेको हुँ । रामकृष्ण ज्ञवालीले गुल्मीमा बुबाका ४ दाजुभाइलाई बाँडेर भिरालो जमिनमा ५ सय रोपनी जग्गा भएपनि पोखराको १ रोपनी जग्गाको बराबर मूल्य आउँदैंन । किनभने तिम्रा घर नजिक हाम्रा पनि आफ्ना मानिस छन् । बुबाको हैसियत नै दाँज्ने हो भने शिक्षकले भन्दा बढि आम्दानी नगदेवालीका विरुवाहरु कास्की जिल्लाभरि बेचेर मेरो बुबा खिमलाल अधिकारीले राम्रै आम्दानी गर्नुहुन्थ्यो । उहाँले खेतीपातीबाट पोखराको विरौंटामा थप ३ रोपनी र लेखनाथमा ४ रोपनी जमिन जोड्नु भएको थियो ।

कास्कीमा व्यवसायिक कृषि खेतीमा समर्पित बुबाको संक्षिप्त परिचय ।।
मैले पत्रकारिताको माध्यमबाट दैनिक जीवन सञ्चालन गर्न त सके, तर पत्रिका नै चलाउँछु भनेर आँट गर्दा लाखौं रुपैयाँ घाटा व्यहोर्न पुगे । पत्रकारितामा अरुलाई डुबाएर म उत्रिन कहिल्यैं जानिन । यो पेशाप्रति लगाव र मोह बढ्दैं गयो, हजुरबुबा र बाले जोडेको पुर्ख्यौली सम्पत्ति बेच्नु पर्दा मैले स्वाभिमानपूर्वक पत्रकारिता गरेकोमा छाती फुलाएको हुँ, कसैलाई ठग्न वा मुर्गा बनाउन सफल भए भनेर दम्भ देखाएको होइन ।
जनआस्थामा प्रकाशित समाचार नेकपा एमाले कास्कीका तत्कालिन प्रचारप्रसार विभागका प्रमुख तेजनारायण अधिकारीको समूहले कपोकल्पित रुपमा योजनावद्ध ढंगले आफ्नै पार्टीको मुखपत्रमा प्रकाशित गरेको थियो । झण्डैं २० वटा भन्दा बढि अनलाइनमा आएका समाचारहरु केही तथ्य र प्रमाण पेश गरेपछि सबैले हटाई दिएका पनि थिए । नेकपा एमाले कास्कीका पूर्वउपाध्यक्ष समेत रहेका तेजनारायण अधिकारी श्रीकृष्ण मावि पोखरा–७, को लाखौं रुपैयाँ घोटाला काण्डमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा फसेपछि झनैं चिडिएका छन् मसँग । नाताले उनी मेरा बुबाका भाइ हुन् । जसलाई मेरो बुबाले आफू नपढेर पनि खरदारसम्मको जागिर खाने हैसियतमा पुर्याई दिनुभएको थियो ।
समाधान दैनिकले कतिपटक झुठ बोलेर पत्रकारिताको आचारसंहितालाई पूरैं उल्लंघन गरेको छ भन्ने त मैले यस अघि नै लेखेका समाचारहरुबाट पुष्टि हुन्छ । यो विषयमा धेरै भन्न चाहिन । मैले घृणा फैलाउन ज्ञवालीलाई साइकलमा मिठाई बेच्न आएको भन्न खोजेको होइन, पोखरामा उनी रोजगारीको सिलसिलामा जीविकोपार्जनका लागि आएका हुन् स्वागत नै छ । तर उनले यहाँ कुनै पेशा वा व्यवसाय गरेर भयङ्कर नाफा कमाए भन्ने केही छ भने त्यो अझै पुष्टि गर्न चुनौती दिन्छु । उनले काम गरेका मिडियाहरुको बराबरस्तरमा मैले पनि वर्षौँ बिताए । अझैं पोखरामा सयौं साथीहरुले त्यसरी नै काम गरिरहनु भएको छ ।
वर्षौंदेखि गुम्सिएको कुशासन, वेथिति र भ्रष्टाचारका विरुद्धमा सडकमा उत्रिएका छोराछोरीको जेन जी आन्दोलनलाई नैतिक समर्थन जनाएको हुँ ।
के विशुद्ध सञ्चारकर्मी हुँ भन्दैं भित्रभित्रैं गर्ने कुकृत्य बाहेक पारदर्शी हिसाबले यो आम्दानी सम्भव छ त ? कति कर राज्यलाई बुझाउँछौं, देखाउन सक्छौं ? मैले पत्रकार सम्पन्न नै हुनुहुन्न, उसले घर नै बनाउन हुन्न भनेको छैन र भन्दिन पनि । तर लुटेर, ठगेर, वार्गेनिङ गरेर, गुण्डाहरुको समूहबाट भित्री धन्दा चलाएर पत्रकारिताको आवरणमा लुकेर बस्न पाइँदैन भन्ने मात्र हो मेरो भनाई ।
हामी अरुलाई प्रश्न सोध्ने ठाउँमा छौं । समाजले हामीलाई पनि प्रश्न गर्ने अधिकार छ । जसरी हामीले अरुलाई ठगी, लुटपाट, भ्रष्टाचार, अनियमितता, अपराध वा गलत कार्य भयो भने खबरदारी गर्छौं, त्यति नै हाम्रो विषयमा पनि प्रश्नहरु समाजले गरिरहेको हुन्छ ।
बाराही ग्रुपका शिवबहादुर गुरुङ (महेन्द्र भोटे)सँग यो भन्दा पहिला समाधान दैनिकका सञ्चालकहरुको कुनै व्यवसायिक साझेदारी छैन भन्दैं थियौं, तर आफैंले बोलेको भिडियो सामाजिक सञ्जालमा छ भन्ने सोच्दैं सोचेनौं । तिम्रा व्यवसायिक साझेदार महेन्द्र भोटे, गरिब, सर्वसाधारण र निमुखा जनताको पेटमा लात हान्दैं १७ करोड भन्दा बढि रकम ठगेर अझैं राजनीतिक दम्भका कारण जोगिन्छु भनेर कारागारभित्र बसिरहेका छन् ।
सहकारी डुबाएर तिमीहरु विदेश विदेशमा बाराही ग्रुपमा लगानी भित्र्याउन हिँडिरहँदा यहाँ पीडितहरु न्यायको खोजीमा पोखरा महानगरपालिका र जिल्ला प्रहरी कार्यालय कास्की धाइरहेका थिए ।
हो, महेन्द्र भोटे नाताले रामकृष्ण ज्ञवालीका धर्म भाइ हुन् । यो विषय सारा पोखरेलीलाई थाहा छ । तर सहकारी डुबाएर तिमीहरु विदेश विदेशमा बाराही ग्रुपमा लगानी भित्र्याउन हिँडिरहँदा यहाँ पीडितहरु न्यायको खोजीमा पोखरा महानगरपालिका र जिल्ला प्रहरी कार्यालय कास्की धाइरहेका थिए । महेन्द्र भोटे लगायतका ठगहरुलाई जोगाउन पत्रकारिताको आवरणमा तिमीले लेखेका समाचार, तिमीले गरेका सेटिङ र हर्कतहरुबाट ममात्र होइन सारा पोखरेली जानकार छन् ।
एमालेका नेता महेश बस्नेत, राजिव पहारी, तत्कालिन सिडिओ र एसपी एवम् पोखरा महानगरपालिकाका प्रमुखहरु बसेर फेवातालपारीको फिस्टेल लजमा जुन गोप्य छलफल गरेका थियौं, त्यसको सिसिक्यामेराको फुटेज नै मैले हो सार्वजनिक गरेको । सूर्यदर्शन सहकारीको करोडौं रुपैयाँ कहाँ कहाँ, कस कसले कसरी हिनामिना गरेका छन्, भोलि अझै पर्दा खुल्दैं जाने नै छ । तर यस बीचमा राजिव पहारीले महेन्द्र भोटेका गाडीचालक प्रयोग गरेर लगेको १५ लाख रुपैयाँ मात्र होइन, धेरै राजनीतिक दलका नेताहरुले ठगलाई जोगाउन आफ्नो स्वार्थका लागि सहकारीको रकम लुटेको घटनाले यिनीहरुलाई मात्र होइन, यिनीहरुका सात पुस्तासम्मलाई पनि पोल्नेछ ।
एमालेका नेता महेश बस्नेत, राजिव पहारी, तत्कालिन सिडिओ र एसपी एवम् पोखरा महानगरपालिकाका प्रमुखहरु बसेर फेवातालपारीको फिस्टेल लजमा जुन गोप्य छलफल गरेका थियौं, त्यसको सिसिक्यामेराको फुटेज नै मैले हो सार्वजनिक गरेको ।
समाधान दैनिकका व्यवसायिक साझेदार महेन्द्र भोटे नै सहकारीको करोडौं ठगीमा संलग्न भएपछि समाधान दैनिकले समाचार नै लेखेन पीडितका पक्षमा वा ठगहरुलाई बचाउन हिरासतमा रहेको ठगको भनाई राखेर कपोकल्पित समाचार लेख्यो भनेर म भन्दिन । यो सबैले बुझेकैं छन् ।
मलाई पटके अपराधीको संज्ञा दिँदैं जसरी फेसबुकमा लेखियो, मेरो अपराध भनेको मेरा सन्तान र मेरो परिवारमाथि लाञ्छना लगाउने कुपात्र रामकृष्ण ज्ञवाली भन्ने गुल्मीको ठगलाई कुट्नु नै हो । अर्को घटना, तत्कालिन जिप्रका कास्कीका प्रमुख एसपी दानबहादुर कार्कीको अनेकौं धन्दाका विषयमा समाचार लेख्नु नै थियो । दुवैजना गुल्मीका । एमालेको छोईनसक्नुको सरकार । म विप्लव नेतृत्वको प्रतिबन्धित पार्टीको विशेष कमिटीको सदस्य । तत्कालिन अवस्थामा भएका बम विष्फोटका घटनाहरुको आरोप लगाएर इन्काउन्टरसम्म गर्न सेटिङ मिलाएर आउँदा पनि पटक–पटक बचेको मान्छे हुँ म । मलाई तिमीहरुको जस्तो प्रहरी प्रशासन हातमा लिएर हत्यालाई पनि वैधानिकता दिएर षडयन्त्र गर्न आउँदैंन ।
मैले जेन जी आन्दोलनलाई समर्थन गरेको हुँ, आगजनी र आन्दोलनको नेतृत्व गरेको होइन । वर्षौंदेखि गुम्सिएको कुशासन, वेथिति र भ्रष्टाचारका विरुद्धमा सडकमा उत्रिएका छोराछोरीको लागि नैतिक समर्थन जनाएको हुँ । यस्तो आन्दोलनमा मेरो सधैं समर्थन रहने नै छ ।
नेताहरुको कालोधन लगानी गरेर भित्रभित्रैं धन्दा गर्ने, कवाडी सेटिङ, क्यासिनोमा मिटरव्याजी कारोबार र नदीघाटका ठेक्कापट्टामा आफ्ना धर्मभाइ र उनका गुन्डाहरु परिचालन गरेर पनि मलाई कमाउन परेको छैन ।
अन्त्यमा, कुनै पनि भौतिक आक्रमण गर्न र गराउन सक्छन् भनेर तिम्रो कुकृत्यको भागिदार मलाई नबनाउ । तिम्रो संगत, सञ्जाल र साथीभाइ पोखरामा सबैलाई थाहा छ । खतरा छ भने तिम्रै गलत धन्दा र कारोबारबाट तिनै साथीहरुसँग छ । मसँग नडराऊ । म हतियारले होइन, कलमले नै तिमीलाई खरानी बनाउन उद्धत छु । तिम्रा सत्य भनिएका कुकृत्यहरु युट्युवमा भिडियो अपलोड नै गरेर राख, पछि सन्तानले पनि हेर्छन् । धन्यवाद ।।
१कास्की मालपोतका तत्कालीन प्रमुखसहित ६ जनालाई भ्रष्टाचार मुद्दामा ६ महिना कैद
२अख्तियारको शंकास्पद भूमिका : फरार प्रतिवादीलाई सरकारी साक्षी बनाई बकपत्र, सेटिङमा पुनः फरार
३गैरकानुनी रूपमा चिकित्सकको उपाधि प्रयोग गरी उपचार गर्ने चेतना पौडेल पक्राउ
४रास्वपा केन्द्रीय सदस्य पदका दावेदार निर्मल गौतम को हुन् ?
५पोखरामा लागूऔषधसहित ७३ वर्षीय अमर हमाल पक्राउ