
१‘अपरेसन ३६५’ : एक वर्षमा ८९८ मोटरसाइकल कारबाहीमा
२‘प्रदेशविनाको संघीयताको कुनै अर्थ छैन’
३पृथ्वी राजमार्गको गलौँदी क्षेत्र मर्मतका लागि रातभर सडक बन्द
४डा. निरञ्जन कोइराला प्रभावशाली वैज्ञानिकहरुको सूचीमा
५ओभरसिज फ्रेन्डसिप इन्टरनेसनल हस्पिटल सञ्चालनमा
६पोखराको लेकसाइडमा युवा उद्यमीको नयाँ क्रान्ति
७डन न्यूज पब्लिकेशन प्रा. लि. छैटौं वर्षमा प्रवेश
८पहिरोले बुढीगण्डकी थुनिएर भीषण बाढी
९विमानस्थल आसपास चङ्गा, ड्रोन र लेजर लाइट प्रयोगमा रोक
१०सशस्त्र प्रहरी एआईजी वंशीराज दाहाल सेवाबाट बर्खास्त
११ओख्लेभीरमा स्कुल बस दुर्घटनाः ५ जनाको मृत्यु, २० घाइते
१२विपद्मा बेपत्तालाई ४५ दिनमै मृतक घोषणा गर्न सकिने
१पोखरामा ठूलो मात्रामा लागूऔषधसहित ६ जना पक्राउ
२डुलुवाको अध्यक्षमा योगेश भट्टराई
३सराङकोटमा प्रहरी चौकी भवनको उद्घाटन
४आईजीपी दानबहादुर कार्कीमाथि भ्रष्टाचारको आरोप, छानबिन गर्न ९ सदस्यीय विशेष समिति गठन
५फिर्के खोलाघरमा फेरि चल्यो महानगरको डोजर
६‘जेनजी प्रदर्शनकारीको बिगो नखुलेका करिब १ सय मुद्दा फिर्ता लिन सकिने’ : अध्ययन समिति
७डन न्यूज पब्लिकेशन प्रा. लि. छैटौं वर्षमा प्रवेश
८‘विज्ञतालाई राष्ट्रिय विकासमा केन्द्रित गर्न आग्रह’
९‘पोखरा महानगरविरुद्ध सबैभन्दा बढी उजुरी’
१०मनाङमा अलपत्र १६ पर्यटकको उद्धार
११बागलुङमा माटोको ढिस्कोले पुरिएर दुईजना मजदुरको मृत्यु
१२सिद्धार्थ क्लबको अध्यक्षमा सुनिल श्रेष्ठ
पोखरा, १७ भदौं । भोटेकोशी बाढीले बगाएर विभिन्न जिल्लामा पुर्याएका पहिचान हुन नसकेका ७६ शव मंगलबार पोखरामा जमिनमुनि व्यवस्थापन गरिएको छ। जिल्ला विपद् व्यवस्थापन समितिको सोमबार बसेको बैठकको निर्णयअनुसार पोखरा-१६ जौबारीमा यी शव गाडिएका हुन्।
जिल्ला प्रहरी कार्यालय कास्कीका प्रमुख एसपी नवीन कार्कीका अनुसार शवहरू कुहिँदै गएको, लामो समयसम्म जोगाउन सक्ने अवस्था नरहेको र दुर्गन्धले अर्को महामारी निम्त्याउन सक्ने जोखिम रहेकाले व्यवस्थापन गर्नुपरेको हो। ‘पहिले दुई सातासम्म शव राख्न सकिने बताइए पनि कुहिन थालिसकेपछि जोगाउन नसकिने निष्कर्षमा पुग्यौं,’ उनले भने, ‘हामीले विज्ञलाई पनि सोध्यौं। ताजा शव भएको भए अलि लामो समय जोगाउन सकिने रहेछ। तर पहिले नै पानीमा भिजेको र कुहिन थालिसकेको शवलाई जोगाउन नसकिने रहेछ। त्यसरी लामो समय राख्नु अति जोखिमयुक्त हुने ठानेर व्यवस्थापन गरिएको हो।’
भोटेकोशी बाढीबाट बगेर आएका कुल १ सय २ शव अन्यत्र राख्ने स्थानको अभावमा पोखरा ल्याइएका थिए। यसमध्ये गोरखाबाट ११, धादिङबाट २७, पूर्वी नवलपरासीबाट ४१ र तनहुँबाट २३ शव थिए। पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा ९२ र मणिपाल शिक्षण अस्पतालमा ९ शव राखिएका थिए। मंगलबारसम्म २१ शव आफन्तले सनाखत गरी बुझेका छन् भने तस्बिर हेरेर दाबी गरेका थप ५ शव अझै प्रतिष्ठानमै राखिएका छन्। बाँकी शव ‘पहिचान नभएका तथा बेवारिसे शव व्यवस्थापन (पहिलो संशोधन) निर्देशिका, २०८३’ बमोजिम व्यवस्थापन गरिएको हो।
सबै शवको पोस्टमार्टम सकेर डीएनएको नमुना संकलन गरिएको एसपी कार्कीले बताए। ‘डीएनएको नमुना एक–दुई दिनमै नेपाल प्रहरी केन्द्रीय विधि विज्ञान प्रयोगशाला पठाउँछौं,’ उनले भने। निर्देशिकाबमोजिम जिल्ला प्रहरी प्रमुखको संयोजकत्वमा गठित शव व्यवस्थापन समितिले स्थानीय तहसँगको समन्वयमा काम गरेको हो। पोखरा महानगरपालिकाले खाडल खन्न एक्स्काभेटर, स्थल घेर्ने तारजालीलगायत आवश्यक सामग्री उपलब्ध गराएको छ।
व्यवस्थापन गर्दा ४० सेन्टिमिटरको फरकमा १.५ मिटर गहिरो खाडल बनाइएको छ। हावा नछिर्ने प्लास्टिक झोलामा शव र संकेत नम्बर राखेर माथिबाट माटोले पुरिएको छ। शव पुरिसकेपछि कंक्रिटको गमला प्रयोग गरी शवको संकेत नम्बरको स्ट्यान्ड बनाइएको छ। गाडिएको स्थलको जीपीएस लोकेसनअनुसार नक्सा तयार पारिन्छ र जनावर तथा मानिसलाई जानबाट रोक्न तारजाली लगाइन्छ।
कसैले तस्बिरको आधारमा आफन्त दाबी गरेमा डीएनए रिपोर्ट नै कुनुपर्ने व्यवस्था निर्देशिकामा छ। ‘परिवारजनको पनि डीएनए प्रोफाइलिङ गरेर राखिएको हुन्छ,’ एसपी कार्कीले भने, ‘परिवारजनको डीएनए र गाडिएको शवको डीएनए म्याच भएमा उक्त स्थानबाट शव झिकेर आफन्तलाई बुझाउँछौं। आफन्तले १२ वर्षसम्म दाबी गर्न पाउँछन्।’
पोखरामा खटिएका नेपाल प्रहरी केन्द्रीय विधि विज्ञान प्रयोगशालाका फरेन्सिक डीएनए विज्ञ विनोद न्यौपानेका अनुसार १ सय २ वटै शवको डीएनए परीक्षणका लागि दाँत र हड्डी नमुनाका रूपमा संकलन गरिएको छ। नेपाल प्रहरीको केन्द्रीय विधि विज्ञान प्रयोगशाला र राष्ट्रिय विधि विज्ञान प्रयोगशालामा यी नमुनाको परीक्षण गरी प्रोफाइलिङ गरिने छ। छोराछोरी हराएको भए आमाबाबुले, आमाबाबु हराएको भए छोराछोरीले, श्रीमान् वा श्रीमती हराएको भए श्रीमती वा श्रीमान् र छोराछोरीमध्ये एकले डीएनए नमुना दिन सक्छन्। बाबुआमा नभए दाजुभाइ, दिदीबहिनीबाट पनि नमुना संकलन गर्न सकिन्छ।
डीएनए रिपोर्ट आउन कति समय लाग्छ भन्ने एकिन नहुने न्यौपानेले बताए। ‘ताजा रगत भयो भने एक–दुई दिनमै हुने हो,’ उनले भने, ‘अहिले दाँत, हड्डीबाट निकाल्नुपर्ने हुन्छ। त्यसलाई अलि समय लाग्न सक्छ। पुनः परीक्षण पनि गर्नुपर्ने अवस्था आउन सक्छ। पहिला पनि हड्डीको केसमा दुई महिनादेखि चार महिनासम्म लागिरहेको थियो। अहिले ठूलो मात्रामा परीक्षण गर्नुपर्ने छ, पक्कै समय लाग्छ। नेपालबाहिरबाट पनि विज्ञ बोलाएर यथासक्य चाँडो रिपोर्ट दिने प्रयत्नमा छौं।’