
१स्याङ्जामा १२ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको आरोपमा एकजना पक्राउ
२कास्की जिल्ला बारमा आलेको नेतृत्वमा नयाँ कार्यसमिति
३उपाध्यक्ष विजय र ‘गण्डकी छड्के’का चन्द्र विकको मिलेमतोमा सहकारीको २७ लाखभन्दा बढी ठगी
४रास्वपाका नेता बोधराज रेग्मी र ‘गण्डकी छड्के’का चन्द्र विक ठगी मुद्दामा फरार
५कास्की बार निर्वाचनमा ‘स्वतन्त्र कानुन व्यवसायी’ समूहद्वारा मनोनयन दर्ता
६लागूऔषध र एसएलआरको गोलीसहित सागर थापा पक्राउ
७कास्कीमा एम्बुलेन्स सेवालाई व्यवस्थित बनाउन अनिवार्य ‘जीपीएस’ देखि चालकको पोशाकसम्मको निर्णय
८आयुर्वेद उपचारका नाममा पोखरामा ‘ठगी धन्दा’: अवैध औषधीको बिगबिगी
९पोखरामा प्रहरीको ‘स्वीप अप्रेसन’ : होहल्ला र जुवातासमा संलग्न २३ जना पक्राउ
१०एसईईको नतिजा सार्वजनिकः ६५.९८ प्रतिशत विद्यार्थी ‘ग्रेडेड’, गत वर्षको तुलनामा सुधार
११बागलुङ बसपार्कमा ‘ग्याङ फाइट’ गर्ने युवतीसहित ६ जना प्रहरी नियन्त्रणमा
१२श्रीमानको हस्ताक्षर किर्ते गरी ५० लाख ठगी, दुईजना पक्राउ
१रास्वपाका नेता बोधराज रेग्मी र ‘गण्डकी छड्के’का चन्द्र विक ठगी मुद्दामा फरार
२जर्मन नागरिक पिटरमाथि बालयौनजन्य हिंसा गरेको आरोप, होटल म्यानेजर पदम न्यौपाने पनि अनुसन्धानको घेरामा
३धितोपत्र बजारमा कारोबार नभएको प्रमोटर शेयर कसरी राखे गृहमन्त्री सुधन गुरुङले?
४विद्यार्थी राजनीतिमा संकटको बादल : ‘क्रान्तिको नर्सरी’ देखि प्रतिबन्धको सँघारसम्म
५पोखराको सुकुम्वासी बस्तीमा डोजर चल्दै गर्दा पर्यटनमन्त्री गनेस पौडेलको घर पनि सार्वजनिक जग्गामा
६पोखरामा प्रहरीको ‘स्वीप अपरेसन’: १ सय २२ जना पक्राउ
७‘ब्रम्हज्ञानको शिक्षा दिदैं हिड्ने कमलमान श्रेष्ठ घरभाडा नतिरी फरार’ भएको आरोप
८पोखरामा सार्वजनिक जग्गाको ‘ओपन डकैती’
९पोखराको सिमलचौरबाट नक्कली पेस्तोलसहित दुई जना पक्राउ
१०कास्की प्रहरीको ‘स्वीप अप्रेसन’ तीव्र : थप ६१ जना पक्राउ
११पोखरामा ठूलो परिमाणको ब्राउन सुगरसहित एक महिला पक्राउ, ९ लाख नगद बरामद
१२संघर्षको साटो सहयोग तथा सहजीकरण गर्न मेयरको अपिल
७२ जना निर्दोषले ज्यान गुमाए, सयौं घाइते भए । यस्तो राक्षसी सत्ता कसले बनायो ? कसले स्कूल ड्रेस लगाएर आएका नाबालकलाई टाउकोतिर निशाना बनाएर गोली चलाउन अनुमति दियो ?
मोहन मुन
मध्यरातमा तस्करको काखमा जन्मिएको सरकारले गर्ने भनेको के हो ? लुटेरा, तस्कर र भ्रष्टहरूको संरक्षण । भ्रष्टाचार, भिटिज भिसा प्रकरण लगायतका काण्डहरू नउठ्ने हैनन् ? आफन्त भित्र नपुग्दै सामसुम हुन्थ्यो । जनताको चाहना बेवास्ता गर्दै यो सरकार राम्रालाई होइन—आफ्नैलाई मात्र ठाउँ दिन्थ्यो । यो रोग नेपाली राजनीतिमा पुरानै हो । हरेक सरकारको रगतमा सिन्डिकेटको विष बगिरहेको हुन्छ ।
सामाजिक सञ्जालमा जेन-जी पुस्ताको (१३–२८ वर्ष) आक्रोश गुन्जिरहेको थियो । टिकटक र फेसबुकमा “गाउँ–गाउँबाट उठ, म हाँसेको हेर्न चाहन्छु” जस्ता गीतहरू भाइरल हुँदैथिए । नेपो किड्सको विलासिताले सडकको आगो झन् तेज बनायो । तर सरकार भने बेखबर रह्यो । विरोधलाई दबाउन सामाजिक सञ्जाल नियन्त्रण गर्ने नाटक मात्र भयो—तर जेन-जी चुप भएनन् । सेप्टेम्बर ८ मा उनीहरूले सडकमा क्रान्ति घोषणा गरे । स्कूल ड्रेसमा आएर शान्तिपूर्ण नारा लगाउने योजनामा रहेका युवाहरू प्रधानमन्त्रीको मजाकसँग झनै आक्रोशित भए । घटना थियो जेब्राक्रसमा मन्त्रीको गाडीले एक युवतीलाई दिएको ठक्कर । घाइतेको पीडा ओलीका लागि “सामान्य घटना” थियो ।
स्कूल ड्रेसमा आएर शान्तिपूर्ण नारा लगाउने योजनामा रहेका युवाहरू प्रधानमन्त्रीको मजाकसँग झनै आक्रोशित भए । घटना थियो जेब्राक्रसमा मन्त्रीको गाडीले एक युवतीलाई दिएको ठक्कर । घाइतेको पीडा ओलीका लागि “सामान्य घटना” थियो ।
सरकारले दम्भ पालेको थियो । आन्दोलनलाई तह लगाउने मनसायले संवाद आवश्यक ठानेन । विचार सुन्नुको सट्टा विरोधलाई बदनाम गर्ने मनसाय प्रकट ग¥यो । अनि जवाफस्वरूप गोली चल्यो । सडक रताम्य बन्यो । ७२ जना निर्दोषले ज्यान गुमाए, सयौं घाइते भए । यस्तो राक्षसी सत्ता कसले बनायो ? कसले स्कूल ड्रेस लगाएर आएका नाबालकलाई टाउकोतिर निशाना बनाएर गोली चलाउन अनुमति दियो ? ७२ परिवारको चित्कारले आकाश थर्किरहेछ—तै पनि हत्याराहरू निर्भयतापूर्वक हिँडिरहेछन् ।
विश्वभर जेन-जीपुस्ता भ्रष्टाचार, असमानता र अन्यायविरुद्ध उभिइरहेको छ । अमेरिका–ब्ल्याक लाइभ्स म्याटर, म्यानमार–जेनरेसन जे, नेपाल–इनफ इज इनफ—यी सबै उठेका आवाजहरू हुन् । तर सेप्टेम्बर ८ मा नेपालको सडक रगतले भिज्यो । शान्तिपूर्ण आन्दोलनलाई किन हत्याले जवाफ दिइयो ? के सत्तामा रहेका मानिसहरू अपराधी मानसिकताबाट मुक्त छैनन् ?
अमेरिका–ब्ल्याक लाइभ्स म्याटर, म्यानमार–जेनरेसन जे, नेपाल–इनफ इज इनफ—यी सबै उठेका आवाजहरू हुन् । तर सेप्टेम्बर ८ मा नेपालको सडक रगतले भिज्यो ।
४८ घण्टा नबित्दै आन्दोलन हिंसाको ज्वालामा परिणत भयो—७२ जीवन हराए, सयौं घाइते । सरकारी रवाफले मानिसहरूको आक्रोश थप बढायो । नेताका महल, पार्टी कार्यालय र सरकारी भवनहरू जले । ठूलो मानवीय, आर्थिक र सांस्कृतिक क्षति भयो । अन्ततः दोषी भाग्न खोजे—सेनाको हेलिकोप्टरमा लुकेर । देश तहसनहस भयो । सरकारी संरचनाहरू खरानीमा परिणत भए ।
आन्दोलनको दबावमा पूर्वप्रधानन्यायाधीश सुशीला कार्की प्रधानमन्त्री बनिन्—नेपालको पहिलो महिला नेतृत्व । तर दोस्रो पुस्ताका नेताहरूमा न त आत्मग्लानी । न त कुनै हिनताबोध । देश जलेको छ तर चिन्ता छ केबल पार्टी कार्यालय जलेकोमा । पहिलो पुस्ताका नेताहरू ३ दशक पदमै टासिएझैं उनीहरूको पथ पनि उस्तै छ । यी नेताहरू आफ्ना नेताका विलासी जीवनशैली र भ्रष्टचारीहरूसँगको उठबसमा चुपचाप । लाग्छ यिनीहरू दास हुन् । यिनीहरूको मिडियालाई हर्कत फेरि “मेरो घर जलाउनेलाई चिन्नुहोस्” “फलानो पार्टीको” । यिनीहरूको हर्कत हेर्दा यसो लाग्छ देश रामराज्य थियो । राज्यले कसैको हत्या गरेन । मानौं यी प्राणीहरू निर्दोष युवाहरूको हत्यामा बेखबर छन् । ७२ परिवारको चित्कार आकाश गुन्जिरहेछ, यी नेताहरू भने मौन छन् ?

जेन-जी आन्दोलनमा सहादत भएका योद्धाहरु ।तस्विर साभार : खबरहव डटकम
के देशमा जलेका भवनहरू मात्रै हुन् ? देशको भविष्यहरू जलेको थिएनन् ? भत्केका र जलेका भवन बनाउन सकिन्छ होला नि ? के हत्या भएका सपना फर्केलान् ?
के देशमा जलेका भवनहरू मात्रै हुन् ? देशको भविष्यहरू जलेको थिएनन् ? भत्केका र जलेका भवन बनाउन सकिन्छ होला नि ? के हत्या भएका सपना फर्केलान् ? “जलेको छानो” देखाएर आँसुको खेती गर्दै गर्दा सोच त गोली चलाउन आदेश दिने तिम्रा नेता थिए ? तिम्रो जवाफदेहिता कहाँ थियो ? के तिम्रा आँसुले ७२ परिवारको रगत पखाल्न सक्छ ?
यो दुर्घटना होइन—यो हत्या हो । तीन दशकदेखि सत्ताको साँपले देशलाई विषले छोएको छ । भ्रष्टाचारको संरक्षण, तस्करहरूको शरण, र आफन्तमय सत्ताभोग । जनताको आवाजलाई दबाउन सामाजिक सञ्जाल थुनिने, विरोध चुप पारिने—यी सबै लुटतन्त्रका चालहरू थिएनन् ? सत्ता लुटेराको अड्डा बन्ने बेला सडकमा रगत बग्छ तर न्यायले मात्र हिसाब सोध्न सक्छ—हिंसाले होइन ।
जेन-जीको आक्रोश विनाश होइन, परिवर्तनको आगो हो । तर कसले यो आगोलाई सही दिशा दिने ? हत्यारालाई जोगाउने कि सत्यलाई उजागर गर्ने ? हत्याकाण्डको निष्पक्ष छानबिन र सत्य सार्वजनिक नगर्ने ?

जेन जी आन्दोलनमा छोरा गुमाएपछि भावविह्वल अवस्थामा एक आमा ।
जेन-जीको आक्रोश विनाश होइन, परिवर्तनको आगो हो । तर कसले यो आगोलाई सही दिशा दिने ? हत्यारालाई जोगाउने कि सत्यलाई उजागर गर्ने ? हत्याकाण्डको निष्पक्ष छानबिन र सत्य सार्वजनिक नगर्ने ? गोली प्रहार गर्ने र त्यो आदेश दिनेहरूलाई कानूनी कठघरामा नउभ्याउने ? पीडित परिवारलाई तत्काल राहत नदिने ? भ्रष्ट नियुक्ति र लुटतन्त्रको जालो नकाटिने ? नेताहरू—तिम्रो जलेको महलको नाटक कसैलाई चाहिँदैन । जनताको भविष्य जलेको छ र ७२ युवाको रगत अझै तातो छ । इतिहासले हिसाब माग्छ । निर्दोषको रगत बग्दा तिमी के गर्यौ—जवाफदेही बन्ने कि हत्यारालाई संरक्षण गर्ने ?
जेन-जी पुस्ता, यो तिम्रो रणभूमि हो । आक्रोशलाई विधि र सद्भावनाका साथ सक्षम शक्ति बनाऔं । राजनीति गर्छौ भने—हत्यारालाई कानूनी कठघरामा ल्याएर शुरुवात गर । पत्रकारिता गर्छौ भने—तिनका कालो अनुहार उजागर गर । ढिला नगर । ढुङ्गा जस्तो कठोर निर्णय लिनु पर्छ र त्यो निर्णय समयमै लिनु । पहिला कानूनी हिसाब पूरा गर, तब लुट र आतंकका अपराधीहरू आफैं उजागर हुन्छन् ।
न्याय नआउँदासम्म यो विद्रोह निरन्तर जलिरहनेछ ।
१रास्वपाका नेता बोधराज रेग्मी र ‘गण्डकी छड्के’का चन्द्र विक ठगी मुद्दामा फरार
२जर्मन नागरिक पिटरमाथि बालयौनजन्य हिंसा गरेको आरोप, होटल म्यानेजर पदम न्यौपाने पनि अनुसन्धानको घेरामा
३धितोपत्र बजारमा कारोबार नभएको प्रमोटर शेयर कसरी राखे गृहमन्त्री सुधन गुरुङले?
४विद्यार्थी राजनीतिमा संकटको बादल : ‘क्रान्तिको नर्सरी’ देखि प्रतिबन्धको सँघारसम्म
५पोखराको सुकुम्वासी बस्तीमा डोजर चल्दै गर्दा पर्यटनमन्त्री गनेस पौडेलको घर पनि सार्वजनिक जग्गामा