
१‘अपरेसन ३६५’ : एक वर्षमा ८९८ मोटरसाइकल कारबाहीमा
२‘प्रदेशविनाको संघीयताको कुनै अर्थ छैन’
३पृथ्वी राजमार्गको गलौँदी क्षेत्र मर्मतका लागि रातभर सडक बन्द
४डा. निरञ्जन कोइराला प्रभावशाली वैज्ञानिकहरुको सूचीमा
५ओभरसिज फ्रेन्डसिप इन्टरनेसनल हस्पिटल सञ्चालनमा
६पोखराको लेकसाइडमा युवा उद्यमीको नयाँ क्रान्ति
७डन न्यूज पब्लिकेशन प्रा. लि. छैटौं वर्षमा प्रवेश
८पहिरोले बुढीगण्डकी थुनिएर भीषण बाढी
९विमानस्थल आसपास चङ्गा, ड्रोन र लेजर लाइट प्रयोगमा रोक
१०सशस्त्र प्रहरी एआईजी वंशीराज दाहाल सेवाबाट बर्खास्त
११ओख्लेभीरमा स्कुल बस दुर्घटनाः ५ जनाको मृत्यु, २० घाइते
१२विपद्मा बेपत्तालाई ४५ दिनमै मृतक घोषणा गर्न सकिने
१पोखरामा ठूलो मात्रामा लागूऔषधसहित ६ जना पक्राउ
२डुलुवाको अध्यक्षमा योगेश भट्टराई
३सराङकोटमा प्रहरी चौकी भवनको उद्घाटन
४आईजीपी दानबहादुर कार्कीमाथि भ्रष्टाचारको आरोप, छानबिन गर्न ९ सदस्यीय विशेष समिति गठन
५फिर्के खोलाघरमा फेरि चल्यो महानगरको डोजर
६‘जेनजी प्रदर्शनकारीको बिगो नखुलेका करिब १ सय मुद्दा फिर्ता लिन सकिने’ : अध्ययन समिति
७डन न्यूज पब्लिकेशन प्रा. लि. छैटौं वर्षमा प्रवेश
८‘पोखरा महानगरविरुद्ध सबैभन्दा बढी उजुरी’
९‘विज्ञतालाई राष्ट्रिय विकासमा केन्द्रित गर्न आग्रह’
१०मनाङमा अलपत्र १६ पर्यटकको उद्धार
११बागलुङमा माटोको ढिस्कोले पुरिएर दुईजना मजदुरको मृत्यु
१२सिद्धार्थ क्लबको अध्यक्षमा सुनिल श्रेष्ठ
पोखरा, २१ भदौ । यस वर्षको प्रतिष्ठित ‘सहारा खेलकुद पत्रकारिता पुरस्कार-२०८३’ पत्रकार रोहितराज पराजुलीलाई प्रदान गरिने भएको छ।
सहारा क्लब पोखराद्वारा सञ्चालित सो पुरस्कार छनोट समितिको सिफारिसअनुसार पराजुलीलाई प्रदान गर्ने निर्णय गरिएको क्लबका अध्यक्ष केशवबहादुर थापाले जानकारी दिएका छन्। क्लबका मानार्थ सदस्य नारायण कार्कीको संयोजकत्वमा गठित प्रतिभा छनोट समितिको सिफारिसका आधारमा यो निर्णय गरिएको हो।
फुटबलमार्फत सामाजिक सेवामा क्रियाशील मोफसलको चर्चित सहारा क्लबले खेलकुद गतिविधिलाई प्राथमिकता दिएर समाचार सम्प्रेषण गर्ने एक जना पत्रकारलाई उनको योगदानको कदर गर्दै बर्सेनि यो पुरस्कार प्रदान गर्दै आएको छ। नेपालमै पहिलोपटक २०६३ सालमा खेलकुद पत्रकारिता विधामा स्थापित यस पुरस्कारबाट यसअघि २० जना खेलकुद पत्रकारहरू सम्मानित भइसकेका छन्।
हाल नयाँ पत्रिका दैनिकमा आबद्ध पोखरा-१ निवासी पराजुलीले २०६१ सालमा आदर्श समाज दैनिकबाट विद्यार्थी पत्रकारिताको रूपमा आफ्नो पत्रकारिता यात्रा सुरु गरेका थिए। यसअघि उनले युवा तथा खेलकुद मन्त्रालयको खेलकुद पत्रकारिता प्रोत्साहन पुरस्कार, खेलकुद पत्रकार मञ्च गण्डकीको उत्कृष्ट खेल पत्रकार अवार्ड र अन्नपूर्ण पर्यटन पत्रकारिता पुरस्कारसमेत प्राप्त गरिसकेका छन्।
यसपालि क्लबले पुरस्कारको राशिमा समेत वृद्धि गरेको छ। ३० हजार ५ सय २५ रुपैयाँ नगद र सम्मानपत्रसहितको उक्त पुरस्कार क्लबको आगामी वार्षिकोत्सवको अवसरमा एक समारोहबीच हस्तान्तरण गरिनेछ।