
१सहारा खेलकुद पत्रकारिता पुरस्कार रोहितराज पराजुलीलाई
२फेवातालमा कार खस्दा दुई भारतीय नागरिकको मृत्यु
३कास्कीमा बाढी पीडितका आफन्तका लागि डीएनए प्रोफाइलिङ सेवा एकीकृत रूपमा सुरु
४गण्डकीमा सातौँपटक मन्त्रिपरिषद् विस्तार, समाजवादी पार्टीका देवकोटा तेस्रोपटक मन्त्री
५भोटेकोशीको विपत्ति र हिमालयको बदलिँदो वास्तविकता
६पोखरामा पहिचान नभएका ७६ शव जमिनमुनि व्यवस्थापन
७बेत्रावतीको एउटै घरमा २० भन्दा बढी शव फेला
८रसुवा बाढी : ७८१ जनाको शव भेटियो
९पोखरामा सडकको भेलले बगाउँदा आमा–छोरीको गयो ज्यान
१०व्यवसायी विमल बसेल दम्पत्तीद्वारा प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा ५० लाख सहयोगको घोषणा
११तिब्बतर्फ ताल पुन: फुट्यो
१२चीनतर्फ नदी थुनिएर बन्यो ठूलो ताल, भोटेकोशीमा अझै बाढी आउन सक्ने
१झलकरामको ७० लाख घुस लुकाउन किर्ते कागज बनाउने वडाध्यक्ष र सचिवविरुद्ध भ्रष्टाचार मुद्दा दायर
२घरपझोङ, किन मोहनी लगायौ तिमीले ?
३२८ हजार नगदसहित ६ जना जुवाडे पक्राउ
४मोदीखोला बाढी : कास्की-पर्वत जोड्ने दुई पुल बगे, मन्दिरमा फसेका तीन जनाको सकुसल उद्धार
५पोखरा बजारमा करिब दस हजार भरिएका सिलिन्डर भित्रिने
६असई बनाइदिन्छु भन्दै १० लाख ठगी
७पोखरा विमानस्थल भ्रष्टाचार प्रकरण : पूर्वअर्थमन्त्री कार्कीसँग १५ लाख धरौटी माग
८प्रधानमन्त्री शाह र गण्डकीका मुख्यमन्त्री पाण्डे बीच भेटवार्ता
९रोल्पामा दुई दिनमै पहिरोले १५ जनाको मृत्यु, थबाङ र सुनछहरी शोकमा
१०पोखरामा सडकको भेलले बगाउँदा आमा–छोरीको गयो ज्यान
११सिमरामा तीन वर्षीया बालिकाको हत्या प्रकरण : प्रहरीसँग खोज्न खटिएका व्यक्ति नै पक्राउ
१२व्यवसायी विमल बसेल दम्पत्तीद्वारा प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा ५० लाख सहयोगको घोषणा
पोखरा, २१ भदौ । यस वर्षको प्रतिष्ठित ‘सहारा खेलकुद पत्रकारिता पुरस्कार-२०८३’ पत्रकार रोहितराज पराजुलीलाई प्रदान गरिने भएको छ।
सहारा क्लब पोखराद्वारा सञ्चालित सो पुरस्कार छनोट समितिको सिफारिसअनुसार पराजुलीलाई प्रदान गर्ने निर्णय गरिएको क्लबका अध्यक्ष केशवबहादुर थापाले जानकारी दिएका छन्। क्लबका मानार्थ सदस्य नारायण कार्कीको संयोजकत्वमा गठित प्रतिभा छनोट समितिको सिफारिसका आधारमा यो निर्णय गरिएको हो।
फुटबलमार्फत सामाजिक सेवामा क्रियाशील मोफसलको चर्चित सहारा क्लबले खेलकुद गतिविधिलाई प्राथमिकता दिएर समाचार सम्प्रेषण गर्ने एक जना पत्रकारलाई उनको योगदानको कदर गर्दै बर्सेनि यो पुरस्कार प्रदान गर्दै आएको छ। नेपालमै पहिलोपटक २०६३ सालमा खेलकुद पत्रकारिता विधामा स्थापित यस पुरस्कारबाट यसअघि २० जना खेलकुद पत्रकारहरू सम्मानित भइसकेका छन्।
हाल नयाँ पत्रिका दैनिकमा आबद्ध पोखरा-१ निवासी पराजुलीले २०६१ सालमा आदर्श समाज दैनिकबाट विद्यार्थी पत्रकारिताको रूपमा आफ्नो पत्रकारिता यात्रा सुरु गरेका थिए। यसअघि उनले युवा तथा खेलकुद मन्त्रालयको खेलकुद पत्रकारिता प्रोत्साहन पुरस्कार, खेलकुद पत्रकार मञ्च गण्डकीको उत्कृष्ट खेल पत्रकार अवार्ड र अन्नपूर्ण पर्यटन पत्रकारिता पुरस्कारसमेत प्राप्त गरिसकेका छन्।
यसपालि क्लबले पुरस्कारको राशिमा समेत वृद्धि गरेको छ। ३० हजार ५ सय २५ रुपैयाँ नगद र सम्मानपत्रसहितको उक्त पुरस्कार क्लबको आगामी वार्षिकोत्सवको अवसरमा एक समारोहबीच हस्तान्तरण गरिनेछ।
१झलकरामको ७० लाख घुस लुकाउन किर्ते कागज बनाउने वडाध्यक्ष र सचिवविरुद्ध भ्रष्टाचार मुद्दा दायर
२घरपझोङ, किन मोहनी लगायौ तिमीले ?
३२८ हजार नगदसहित ६ जना जुवाडे पक्राउ
४पोखरा बजारमा करिब दस हजार भरिएका सिलिन्डर भित्रिने
५मोदीखोला बाढी : कास्की-पर्वत जोड्ने दुई पुल बगे, मन्दिरमा फसेका तीन जनाको सकुसल उद्धार