
१मेडिकल पसलबाट लागुऔषध कारोबार गर्ने अमिसा पक्राउ
२नेपालमा बालबालिकाको रगतमा लेडको जोखिम उच्च
३आज विजया दशमी: बिहान १०:२६ बजे टीकाको उत्तम साइत
४‘अपरेसन ३६५’ : एक वर्षमा ८९८ मोटरसाइकल कारबाहीमा
५‘प्रदेशविनाको संघीयताको कुनै अर्थ छैन’
६पृथ्वी राजमार्गको गलौँदी क्षेत्र मर्मतका लागि रातभर सडक बन्द
७डा. निरञ्जन कोइराला प्रभावशाली वैज्ञानिकहरुको सूचीमा
८ओभरसिज फ्रेन्डसिप इन्टरनेसनल हस्पिटल सञ्चालनमा
९पोखराको लेकसाइडमा युवा उद्यमीको नयाँ क्रान्ति
१०डन न्यूज पब्लिकेशन प्रा. लि. छैटौं वर्षमा प्रवेश
११पहिरोले बुढीगण्डकी थुनिएर भीषण बाढी
१२विमानस्थल आसपास चङ्गा, ड्रोन र लेजर लाइट प्रयोगमा रोक
१आईजीपी दानबहादुर कार्कीमाथि भ्रष्टाचारको आरोप, छानबिन गर्न ९ सदस्यीय विशेष समिति गठन
२डन न्यूज पब्लिकेशन प्रा. लि. छैटौं वर्षमा प्रवेश
३फिर्के खोलाघरमा फेरि चल्यो महानगरको डोजर
४‘पोखरा महानगरविरुद्ध सबैभन्दा बढी उजुरी’
५‘जेनजी प्रदर्शनकारीको बिगो नखुलेका करिब १ सय मुद्दा फिर्ता लिन सकिने’ : अध्ययन समिति
६‘विज्ञतालाई राष्ट्रिय विकासमा केन्द्रित गर्न आग्रह’
७‘अपरेसन ३६५’ : एक वर्षमा ८९८ मोटरसाइकल कारबाहीमा
८सिद्धार्थ क्लबको अध्यक्षमा सुनिल श्रेष्ठ
९ओख्लेभीरमा स्कुल बस दुर्घटनाः ५ जनाको मृत्यु, २० घाइते
१०छोरेपाटन प्रहरी चौकीको मर्मतसम्भार र पुनःनिर्माण सम्पन्न, सहयोगीहरू सम्मानित
११‘प्रदेशविनाको संघीयताको कुनै अर्थ छैन’
१२‘बेगनास फिस फेस्टिभल’ सफल बनाउन ऐक्यबद्धता
रसुवा, ११ भदौ । भोटेकोशीमा आएको विनाशकारी बाढीपछि रसुवाका विभिन्न प्रहरी कार्यालयमा कार्यरत २८ जना प्रहरी अझै सम्पर्कविहीन रहेका छन्। बाढी प्रभावित क्षेत्रमा खोजी तथा उद्धार कार्य तिब्र पारिए पनि उनीहरूको अवस्था अझै अज्ञात रहेको छ।
नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता, डीआईजी अविनारायण काफ्लेका अनुसार प्रभावित कार्यालयहरूमा कार्यरत कुल ६४ जना प्रहरीमध्ये हालसम्म ३२ जना मात्र सम्पर्कमा आएका छन्। विपद्को यो कठिन घडीमा केन्द्र र स्थानीय तहबाट उल्लेख्य संख्यामा सुरक्षाकर्मी परिचालन गरिएको छ। हाल देशभरका बाढी प्रभावित जिल्लाहरूमा मात्र ३ हजार ३१८ जना प्रहरी खटाइएका छन् भने हराइरहेका प्रहरी तथा अन्य प्रभावितहरूको खोजीका लागि चारवटा अत्याधुनिक ड्रोनसमेत प्रयोगमा ल्याइएको छ।
रसुवामा आएको भीषण बाढीमा परी बेपत्ता भएका तथा प्रभावितहरूमध्ये हालसम्म १६२ जनाको शव फेला परेको छ। बिहीबार बिहान ५ बजेसम्मको नेपाल प्रहरीको आधिकारिक बुलेटिन अनुसार बाढीको प्रभाव तलसम्म पुग्दा विभिन्न आठ वटा जिल्लामा गरेर सोसङ्ख्यामा शवहरू फेला परेका हुन्।
प्रहरीले उपलब्ध गराएको विवरणअनुसार सबैभन्दा बढी चितवनमा ६४ वटा शव फेला परेका छन्। त्यस्तै, अन्य जिल्लाहरूमा पनि खोजी कार्यका क्रममा शव भेटिने क्रम जारी छ। हालसम्मको तथ्याङ्कअनुसार धादिङमा २७, नवलपरासी पूर्वमा २६, गोरखामा २०, नुवाकोटमा १२, तनहुँमा ९, रसुवामा २ र नवलपरासी पश्चिममा २ जनाको शव फेला परेको प्रहरीले जनाएको छ। बाढीले पुर्याएको क्षति र प्रभावित क्षेत्रमा बेपत्ता भएकाहरूको खोजी तथा उद्धारका लागि अहिले सुरक्षा निकायका टोलीहरू परिचालन भई तीव्र रूपमा काम भइरहेको छ।
उद्धारमा हेलिकोप्टर परिचालन र इन्धनको व्यवस्था
बाढी गएको दोस्रो दिन आज काठमाडौंमा १७ वटा हेलिकोप्टर उद्धारका लागि ‘स्ट्यान्डबाइ’ राखिएका छन्। यसअघि नै रसुवा र नुवाकोटमा रहेका तीनवटासहित काठमाडौं विमानस्थलबाट आज थप दुईवटा हेलिकोप्टर रसुवातर्फ उडिसकेका छन्।
हवाई उद्धारलाई निरन्तरता दिन इन्धनको कुनै अभाव हुन नदिन नेपाल आयल निगमले त्रिशूलीतर्फ एक ट्यांकर हवाई इन्धन पठाइसकेको छ। अब रसुवामा उद्धार तथा खोजी कार्यमा खटिने हेलिकोप्टरहरूले नुवाकोटमा झरेर इन्धन भर्न सक्ने व्यवस्था मिलाइएको छ। गृह मन्त्रालयका सहसचिव ऋषिराम तिवारीको नेतृत्वमा काठमाडौंबाट यी सबै चार्टर उडान र उद्धार कार्यको समन्वयन भइरहेको छ। गृह मन्त्रालयकै खर्चमा सञ्चालन भइरहेका यी उडानहरूको सम्पूर्ण भुक्तानी मन्त्रालयले नै व्यहोर्नेछ।
कानूनी प्रक्रिया र राहत सामग्रीको भण्डारण
घटनास्थलको यथार्थ विवरण संकलन तथा कानुनी प्रक्रिया अगाडि बढाउन नेपाल प्रहरीले आज एसएसपीको नेतृत्वमा एक विशेष टोली रसुवा पठाउँदैछ। सो टोलीले उद्धार कार्यसँगै घटनाको कानुनी मुचुल्का तयार पार्नेछ।
यसैबीच, राहत तथा उद्धार कार्यलाई थप प्रभावकारी बनाउन काठमाडौं विमानस्थलका हेलिप्याड र फायर स्टेसनसहित तीनवटा छुट्टाछुट्टै स्थानमा राहत सामग्री भण्डारण गरिएको छ। विमानस्थलमा तैनाथ बाहिनीको नेतृत्वमा राहत सामग्री संकलन र व्यवस्थापनको काम युद्धस्तरमा भइरहेको छ।
१आईजीपी दानबहादुर कार्कीमाथि भ्रष्टाचारको आरोप, छानबिन गर्न ९ सदस्यीय विशेष समिति गठन
२डन न्यूज पब्लिकेशन प्रा. लि. छैटौं वर्षमा प्रवेश
३फिर्के खोलाघरमा फेरि चल्यो महानगरको डोजर
४‘पोखरा महानगरविरुद्ध सबैभन्दा बढी उजुरी’
५‘जेनजी प्रदर्शनकारीको बिगो नखुलेका करिब १ सय मुद्दा फिर्ता लिन सकिने’ : अध्ययन समिति