
१रसुवा बाढी : २८ प्रहरी अझै सम्पर्कविहीन
२स्व.भक्तबहादुर बस्नेतको परिवारले दिए गोगन माविलाई साढे २३ लाख रुपैयाँ
३विभिन्न जिल्लामा १५७ जनाको शव फेला, बाढीका कारण एक हजारभन्दा बढी सम्पर्कविहीन
४बागलुङमा सँगै काम गर्ने साथीको हत्या गरेको आरोपमा दुई जना पक्राउ
५स्वास्थ्य मन्त्रालयद्वारा सबै स्थानीय तहलाई निःशुल्क औषधिको उपलब्धता सुनिश्चित गर्न परिपत्र
६पत्रकार अमृतनाथलाई नेफ्स्कुन पत्रकारिता पुरस्कार
७ढोरपाटनमा विदेशी सिकारीहरूको आकर्षण बढ्दै
८सिमरामा तीन वर्षीया बालिकाको हत्या प्रकरण : प्रहरीसँग खोज्न खटिएका व्यक्ति नै पक्राउ
९प्रधानमन्त्री शाह र गण्डकीका मुख्यमन्त्री पाण्डे बीच भेटवार्ता
१०रोल्पामा दुई दिनमै पहिरोले १५ जनाको मृत्यु, थबाङ र सुनछहरी शोकमा
११मोदीखोला बाढी : कास्की-पर्वत जोड्ने दुई पुल बगे, मन्दिरमा फसेका तीन जनाको सकुसल उद्धार
१२‘न्याय र कानून क्षेत्रमा स्तरीय कानूनी शिक्षा र व्यावसायिक सुरक्षाको अभाव’ : महान्यायाधिवक्ता डा. कँडेल
१झलकरामको ७० लाख घुस लुकाउन किर्ते कागज बनाउने वडाध्यक्ष र सचिवविरुद्ध भ्रष्टाचार मुद्दा दायर
२घरपझोङ, किन मोहनी लगायौ तिमीले ?
३बरपीपल रिसोर्टमा आगन्तुकका लागि १५ प्रतिशतसम्म छुट
४ब्रोड पिक हिमपहिरोका आरोही र तराई हिंसाका मृतकहरूप्रति श्रद्धाञ्जली अर्पण
५नर्स अभियन्ता ज्योति रानाभाट र सरकारबिच १९ बुँदे सहमति
६सिर्जनाचोकबाट १४०.७७ ग्राम ब्राउन सुगरसहित एक भारतीय नागरिक पक्राउ
७अफवाह नफैलाउन प्रहरीको आग्रह
८सहकारी ठगी मुद्दाको शीघ्र न्याय निरूपणका लागि विशेष इजलास गठन गर्न मन्त्रालयको आग्रह
९जनप्रतिनिधि गीताद्वारा विभिन्न धार्मिक तथा शैक्षिक संस्थालाई मूर्ति र छाता हस्तान्तरण
१०पोखरा बजारमा करिब दस हजार भरिएका सिलिन्डर भित्रिने
११२८ हजार नगदसहित ६ जना जुवाडे पक्राउ
१२एलपी ग्यासको बिक्री-वितरण व्यवस्थित गर्न निर्देशन
रसुवा, ११ भदौ । भोटेकोशीमा आएको विनाशकारी बाढीपछि रसुवाका विभिन्न प्रहरी कार्यालयमा कार्यरत २८ जना प्रहरी अझै सम्पर्कविहीन रहेका छन्। बाढी प्रभावित क्षेत्रमा खोजी तथा उद्धार कार्य तिब्र पारिए पनि उनीहरूको अवस्था अझै अज्ञात रहेको छ।
नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता, डीआईजी अविनारायण काफ्लेका अनुसार प्रभावित कार्यालयहरूमा कार्यरत कुल ६४ जना प्रहरीमध्ये हालसम्म ३२ जना मात्र सम्पर्कमा आएका छन्। विपद्को यो कठिन घडीमा केन्द्र र स्थानीय तहबाट उल्लेख्य संख्यामा सुरक्षाकर्मी परिचालन गरिएको छ। हाल देशभरका बाढी प्रभावित जिल्लाहरूमा मात्र ३ हजार ३१८ जना प्रहरी खटाइएका छन् भने हराइरहेका प्रहरी तथा अन्य प्रभावितहरूको खोजीका लागि चारवटा अत्याधुनिक ड्रोनसमेत प्रयोगमा ल्याइएको छ।
रसुवामा आएको भीषण बाढीमा परी बेपत्ता भएका तथा प्रभावितहरूमध्ये हालसम्म १६२ जनाको शव फेला परेको छ। बिहीबार बिहान ५ बजेसम्मको नेपाल प्रहरीको आधिकारिक बुलेटिन अनुसार बाढीको प्रभाव तलसम्म पुग्दा विभिन्न आठ वटा जिल्लामा गरेर सोसङ्ख्यामा शवहरू फेला परेका हुन्।
प्रहरीले उपलब्ध गराएको विवरणअनुसार सबैभन्दा बढी चितवनमा ६४ वटा शव फेला परेका छन्। त्यस्तै, अन्य जिल्लाहरूमा पनि खोजी कार्यका क्रममा शव भेटिने क्रम जारी छ। हालसम्मको तथ्याङ्कअनुसार धादिङमा २७, नवलपरासी पूर्वमा २६, गोरखामा २०, नुवाकोटमा १२, तनहुँमा ९, रसुवामा २ र नवलपरासी पश्चिममा २ जनाको शव फेला परेको प्रहरीले जनाएको छ। बाढीले पुर्याएको क्षति र प्रभावित क्षेत्रमा बेपत्ता भएकाहरूको खोजी तथा उद्धारका लागि अहिले सुरक्षा निकायका टोलीहरू परिचालन भई तीव्र रूपमा काम भइरहेको छ।
उद्धारमा हेलिकोप्टर परिचालन र इन्धनको व्यवस्था
बाढी गएको दोस्रो दिन आज काठमाडौंमा १७ वटा हेलिकोप्टर उद्धारका लागि ‘स्ट्यान्डबाइ’ राखिएका छन्। यसअघि नै रसुवा र नुवाकोटमा रहेका तीनवटासहित काठमाडौं विमानस्थलबाट आज थप दुईवटा हेलिकोप्टर रसुवातर्फ उडिसकेका छन्।
हवाई उद्धारलाई निरन्तरता दिन इन्धनको कुनै अभाव हुन नदिन नेपाल आयल निगमले त्रिशूलीतर्फ एक ट्यांकर हवाई इन्धन पठाइसकेको छ। अब रसुवामा उद्धार तथा खोजी कार्यमा खटिने हेलिकोप्टरहरूले नुवाकोटमा झरेर इन्धन भर्न सक्ने व्यवस्था मिलाइएको छ। गृह मन्त्रालयका सहसचिव ऋषिराम तिवारीको नेतृत्वमा काठमाडौंबाट यी सबै चार्टर उडान र उद्धार कार्यको समन्वयन भइरहेको छ। गृह मन्त्रालयकै खर्चमा सञ्चालन भइरहेका यी उडानहरूको सम्पूर्ण भुक्तानी मन्त्रालयले नै व्यहोर्नेछ।
कानूनी प्रक्रिया र राहत सामग्रीको भण्डारण
घटनास्थलको यथार्थ विवरण संकलन तथा कानुनी प्रक्रिया अगाडि बढाउन नेपाल प्रहरीले आज एसएसपीको नेतृत्वमा एक विशेष टोली रसुवा पठाउँदैछ। सो टोलीले उद्धार कार्यसँगै घटनाको कानुनी मुचुल्का तयार पार्नेछ।
यसैबीच, राहत तथा उद्धार कार्यलाई थप प्रभावकारी बनाउन काठमाडौं विमानस्थलका हेलिप्याड र फायर स्टेसनसहित तीनवटा छुट्टाछुट्टै स्थानमा राहत सामग्री भण्डारण गरिएको छ। विमानस्थलमा तैनाथ बाहिनीको नेतृत्वमा राहत सामग्री संकलन र व्यवस्थापनको काम युद्धस्तरमा भइरहेको छ।
१झलकरामको ७० लाख घुस लुकाउन किर्ते कागज बनाउने वडाध्यक्ष र सचिवविरुद्ध भ्रष्टाचार मुद्दा दायर
२घरपझोङ, किन मोहनी लगायौ तिमीले ?
३बरपीपल रिसोर्टमा आगन्तुकका लागि १५ प्रतिशतसम्म छुट
४ब्रोड पिक हिमपहिरोका आरोही र तराई हिंसाका मृतकहरूप्रति श्रद्धाञ्जली अर्पण
५नर्स अभियन्ता ज्योति रानाभाट र सरकारबिच १९ बुँदे सहमति