
१चीनतर्फ नदी थुनिएर बन्यो ठूलो ताल, भोटेकोशीमा अझै बाढी आउन सक्ने
२रसुवा बाढी : २८ प्रहरी अझै सम्पर्कविहीन
३स्व.भक्तबहादुर बस्नेतको परिवारले दिए गोगन माविलाई साढे २३ लाख रुपैयाँ
४विभिन्न जिल्लामा १५७ जनाको शव फेला, बाढीका कारण एक हजारभन्दा बढी सम्पर्कविहीन
५बागलुङमा सँगै काम गर्ने साथीको हत्या गरेको आरोपमा दुई जना पक्राउ
६स्वास्थ्य मन्त्रालयद्वारा सबै स्थानीय तहलाई निःशुल्क औषधिको उपलब्धता सुनिश्चित गर्न परिपत्र
७पत्रकार अमृतनाथलाई नेफ्स्कुन पत्रकारिता पुरस्कार
८ढोरपाटनमा विदेशी सिकारीहरूको आकर्षण बढ्दै
९सिमरामा तीन वर्षीया बालिकाको हत्या प्रकरण : प्रहरीसँग खोज्न खटिएका व्यक्ति नै पक्राउ
१०प्रधानमन्त्री शाह र गण्डकीका मुख्यमन्त्री पाण्डे बीच भेटवार्ता
११रोल्पामा दुई दिनमै पहिरोले १५ जनाको मृत्यु, थबाङ र सुनछहरी शोकमा
१२मोदीखोला बाढी : कास्की-पर्वत जोड्ने दुई पुल बगे, मन्दिरमा फसेका तीन जनाको सकुसल उद्धार
१झलकरामको ७० लाख घुस लुकाउन किर्ते कागज बनाउने वडाध्यक्ष र सचिवविरुद्ध भ्रष्टाचार मुद्दा दायर
२घरपझोङ, किन मोहनी लगायौ तिमीले ?
३बरपीपल रिसोर्टमा आगन्तुकका लागि १५ प्रतिशतसम्म छुट
४ब्रोड पिक हिमपहिरोका आरोही र तराई हिंसाका मृतकहरूप्रति श्रद्धाञ्जली अर्पण
५नर्स अभियन्ता ज्योति रानाभाट र सरकारबिच १९ बुँदे सहमति
६सिर्जनाचोकबाट १४०.७७ ग्राम ब्राउन सुगरसहित एक भारतीय नागरिक पक्राउ
७अफवाह नफैलाउन प्रहरीको आग्रह
८सहकारी ठगी मुद्दाको शीघ्र न्याय निरूपणका लागि विशेष इजलास गठन गर्न मन्त्रालयको आग्रह
९एलपी ग्यासको बिक्री-वितरण व्यवस्थित गर्न निर्देशन
१०फिर्के खोलाघरका बाँकी संरचना हटाउन १५ भदौसम्म अल्टिमेटम
११२८ हजार नगदसहित ६ जना जुवाडे पक्राउ
१२जनप्रतिनिधि गीताद्वारा विभिन्न धार्मिक तथा शैक्षिक संस्थालाई मूर्ति र छाता हस्तान्तरण
काठमाडौं, ११ भदौं । भोटेकोशी र त्रिशूली नदीको तटीय क्षेत्रमा बाढीको उच्च जोखिम कायमै रहेको छ। चीनतर्फ नदी थुनिएर ठूलो ताल बनेको र त्यो निरन्तर बढिरहेको पाइएपछि जल तथा मौसम विज्ञान विभाग अन्तर्गतको बाढी पूर्वानुमान महाशाखाले विशेष सतर्कता अपनाउन आग्रह गरेको छ।
चीनको जलस्रोत मन्त्रालय तथा त्यहाँका सञ्चारमाध्यम ‘ग्लोबल टाइम्स’मा प्रकाशित समाचार अनुसार, ल्हेन्दे खोलामा गएको हिमपहिरोका कारण चीनतर्फको छोचेन खोला र नेपालतर्फको पुरेपु त्याङ्कपो खोलाको दोभानमा नदी थुनिएर कृत्रिम ताल बनेको छ। नेपालको परराष्ट्र मन्त्रालयमार्फत प्राप्त पछिल्लो चिनियाँ सूचना, भू–उपग्रह (सटेलाइट) का तस्बिरहरू तथा प्रारम्भिक विश्लेषणका आधारमा महाशाखाले उक्त तालको जलसतह बढ्ने क्रममा रहेको र यो अचानक फुट्न सक्ने जोखिम औंल्याएको छ।
चिनियाँ रिपोर्टमा उल्लेख भएअनुसार नदीको माथिल्लो क्षेत्रमा बनेको तालमा बिहीबार बिहानसम्म २० लाख घनमिटर पानी जम्मा भइसकेको छ भने आगामी तीन दिनभित्र थप ३० लाख घनमिटर पानी जम्मा हुन सक्ने देखिएको छ। तालबाट पानी बाहिरिन सुरु गरेपछि र सम्भावित बाढीको जोखिमलाई मध्यनजर गर्दै चिनियाँ मन्त्रालयले समेत यसको निरन्तर निगरानी गरिरहेको र बाढीको खतराबारे मोडलिङ विश्लेषण गरिरहेको जनाइएको छ। गत भदौ १० गते गएको बाढी र पहिरोका कारण यसअघि नै चीनतर्फ ३ जनाको मृत्यु भइसकेको छ भने २६० जना विदेशी नागरिकसहित ५५८ जना अझै बेपत्ता रहेका छन्।
माथिल्लो तटीय क्षेत्रमा बनेको उक्त ताल फुट्न सक्ने र त्यसले भोटेकोशी तथा त्रिशूली नदीको तल्लो भागमा ठुलो क्षति पुर्याउन सक्ने खतरा रहेकाले अर्को सूचना नआउँदासम्म नदी किनारका बासिन्दा, यात्रु र उद्धार कार्यमा खटिने सम्पूर्ण सुरक्षाकर्मी तथा नागरिकलाई उच्च सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ। प्रशासनले नदी किनारका जोखिमयुक्त क्षेत्रहरूमा आवतजावत नगरी सुरक्षित स्थानमा रहन आग्रह गरेको छ।
१झलकरामको ७० लाख घुस लुकाउन किर्ते कागज बनाउने वडाध्यक्ष र सचिवविरुद्ध भ्रष्टाचार मुद्दा दायर
२घरपझोङ, किन मोहनी लगायौ तिमीले ?
३बरपीपल रिसोर्टमा आगन्तुकका लागि १५ प्रतिशतसम्म छुट
४ब्रोड पिक हिमपहिरोका आरोही र तराई हिंसाका मृतकहरूप्रति श्रद्धाञ्जली अर्पण
५नर्स अभियन्ता ज्योति रानाभाट र सरकारबिच १९ बुँदे सहमति