
१पोखराको फोहोर व्यवस्थापन झनैं चुनौतीपूर्ण
२राष्ट्रिय सभा सदस्य निर्वाचनमा प्रदेशगत मतभारको अवस्था
३सशस्त्र द्वन्द्वकी घाइते योद्धा गोमा घिमिरे गण्डकीबाट राष्ट्रिय सभा सदस्य उम्मेदवार
४एमाले गण्डकीको उम्मेदवार सिफारिसमा गुण्डा नाइकेदेखि भ्रष्टाचार आरोपितसम्म
५चुनावी मैदानमा विप्लव
६राष्ट्रियस्तरको भन्दैं झुठो दावी गर्ने दुई पत्रिकालाई कारवाही
७पोखरामा चार दिनसम्म दैनिक ५ घण्टा बिजुली कटौती हुने
८जाजरकोटमा सिकारका क्रममा भरुवा बन्दुक पड्किँदा एकको मृत्यु, अवैध हतियारसहित ५ जना पक्राउ
९राष्ट्रिय भूमि आयोगका पूर्वअध्यक्षसहित ६ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर
१०पूर्वमन्त्री राजकुमार गुप्ता जेल चलान
११लिचीबारी भ्रष्टाचार प्रकरण : पूर्वमन्त्री राजकुमार गुप्ता विशेष अदालतमा उपस्थित, थुनछेक बहस जारी
१२माछापुच्छ्रे पोखरा ओपन टेनिसः मेन्स सिंगल्स उपाधि करण थापालाई, ३५ वर्षमाथि जितेन्द्र परियार च्याम्पियन
१भ्रष्टाचारी प्रा.डा. भरतराज पहारी एमालेको अनुशासन आयोगको अध्यक्ष !
२एमाले गण्डकीको उम्मेदवार सिफारिसमा गुण्डा नाइकेदेखि भ्रष्टाचार आरोपितसम्म
३किर्ते गरी २० करोड कर छुट दिइएको मणिपाललाई ‘सर्वोत्कृष्ट करदाता’
४पोखराको फोहोर व्यवस्थापन झनैं चुनौतीपूर्ण
५पोखरामा चार दिनसम्म दैनिक ५ घण्टा बिजुली कटौती हुने
६राष्ट्रिय भूमि आयोगका पूर्वअध्यक्षसहित ६ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर
७नेपाली कांग्रेसको क्रियाशील राजनीतिबाट विश्राम लिने व्यवसायी विमल बस्यालको घोषणा
८पूर्वमन्त्री राजकुमार गुप्ता जेल चलान
९‘जनप्रिय क्याम्पसको शैक्षिक गुणस्तर कायम राख्न प्रतिवद्ध छौं’
१०लिचीबारी भ्रष्टाचार प्रकरण : पूर्वमन्त्री राजकुमार गुप्ता विशेष अदालतमा उपस्थित, थुनछेक बहस जारी
११हजुरआमाको हत्या आरोपमा नाति पक्राउ
१२राष्ट्रियस्तरको भन्दैं झुठो दावी गर्ने दुई पत्रिकालाई कारवाही
पोखरा । गायक सन्तोष बस्याल र गायिका समिक्षा अधिकारीको नयाँ गीत सार्वजनिक भएको छ । एउटै मुटु बोलको गीत सार्वजनिक भएको हो । इश्वर खड्का ‘विशाल’ले लेखेको गीतलाई संगीतकार बाबुल गिरीले संगीत गरेका हुन् । प्रथम क्षेत्रीको निर्देशनमा तयार भएको म्युजिक भिडियोमा क्षेत्री सहित एन्जिला बानियाँको अभिनय रहेको छ ।
गीत सार्वजनिक भएपछि गायक बस्याल आशावादी देखिन्छन् । पोखरामा रहेर संगीत सँगै पत्रकारिता क्षेत्रलाई अगाडि बढाइरहेका बस्यालको यो पहिलो लोक गीत हो । यसअघि बस्यालले जीवन सुनारको शब्दसंगीतमा मैले तिमीलाई माया गर्दा, योगेश काजीको शब्दसंगीतमा ओम गुरुङसँगै युगल गीत रेशम फिरिरि, दिपक शर्माको शब्दसंगीतमा ढाट्यो मायाले लगायतका गीत सार्वजनिक गरिसकेका छन् ।
लोक गीत संगीतबाटै आफ्नो सांगीतिक यात्रा शुरुवात गरेका बस्याल आफ्नी आमाको प्रेरणाबाट गीतसंगीत क्षेत्रमा छिरेका हुन् । उनकी आमाले गाउँमा अझै पनि गाउने गर्छिन् । आमासँगै रोधीमा सहभागी बन्दै गर्दा आफूले गीत गाउन सिकेको बस्याल बताउँछन् ।

बस्याल भन्छन्,‘सार्वजनिक भएको उक्त गीत मेरो पहिलो लोकगीत हो । यसअघि मैले आधुनिक र पप गीत सार्वजनिक गरेपनि यसपाली लोक गीत सार्वजनिक गरेको हुँ ।’ उसो त बस्याललाई गायक भएपछि सबै खालको गीत गाउन सक्ने हुनुपर्छ जस्तो लाग्छ । नेपाली संगीतको धरातल नै मौलिक लोकगीत भएकाले यसको संरक्षणमा सबैको ध्यान पुग्नुपर्ने तर्क बस्याल राख्छन् । बस्याल विगत १० वर्षदेखि संगीतमा आबद्ध छन् । शास्त्रिय संगीत सिक्दै गरेका बस्याल पर्वतका हुन् । उनी प्रवीणता परिक्षा उतिर्ण गरेपश्चात पोखरा आएका थिए । स्कुल पढ्दा देखिनै रेडियो सुन्न असाध्यै मन पराउने बस्याललाई रेडियोले नै गायक बनायो भन्दा फरक नपर्ला । पोखराको रेडियो अन्नपूर्णबाट संचारकर्म शुरुवात गरेका बस्याल पछिल्लो समय परिचय नेटवर्कमा समेत आबद्ध छन् ।
संगीत सँगसँगै पत्रकारितामा रहरले आएका थिए बस्याल । त्यहि रहर नै आज उनका लागि गरिखाने बाटो बनेको छ । सांगीतिक प्रस्तुतिका लागि बस्याल नेपालका विभिन्न ठाउँमा पुगेका छन् । दर्शकलाई झुमाउन सक्ने क्षमता भएका बस्यालको माछापुच्छ«े हिमचुलीको छायाँ खस्यो फेवातालैमा, विर नेपाली, बस है प्यारी लगायतका गीत आउने क्रममा छन् ।
लकडाउनले उनलाई पाठ सिकाएको छ । भन्छन्,‘कोरोना महामारीले मलाई पाठ सिकाएको छ । कलाकार अब गीत संगीतमा मात्रै लागेर नहुने रहेछ । केही न केही उद्यमशिलतामा आबद्ध हुनुपर्ने सोच पलाएको छ । निकट भविष्यमा सानै भएपनि व्यवसायमा हात हाल्ने योजनामा छु ।’
बस्याललाई पछिल्लो समयकी चर्चित गायिका समिक्षा अधिकारीले साथ दिएकी हुन् । उनी पोखरा लाहाचोककी हुन् । सुरिलो आवाजकी धनि अधिकारीका थुप्रै गीतले चर्चा कमाएका छन् । अधिकारी समेत उक्त गीतबाट आशावादी देखिन्छन् । सन्तोष सँग युगल गीत गाउन पाउँदा उनी खुशी छिन् । भन्छिन्,‘ सन्तोष दाई सँग मेरो पहिला भेट भएको थिएन । यही गीतले समय जुरायो । उहाँको आवाज खारिएको पाए । मनको समेत उहाँ सफा हुनुहुँदो रहेछ । सहयोगी भावनाको पाए । यस्ता व्यक्तिसँग युगल गीत गाउन पाउँदा खुशी छु ।’

पछिल्लो समयकी चर्चित गायिका समिक्षा अधिकारीले साथ सञ्चारकर्मी एवम् कलाकर्मी सन्तोष बस्याल ।
प्रथम क्षेत्री एक मिहिनेती कलाकार हुन् । संगीतमै संघर्षशिल क्षेत्री अभिनय मार्फत म्युजिक भिडियोमा आएका हुन् । भारतमा केही समय अभिनय अध्ययन गरेका क्षेत्रीले पछिल्लो समय आफैले निर्देशन समेत गर्न थालेका छन् । सार्वजनिक ‘एउटै मुटु’ दुई प्रेमीको कथामा आधारित रहेको उनले बताए । पछिल्लो समय एसिड आक्रमणमा परी धेरै युवतीहरु भविश्यबाट अन्यौल भएको अवस्थामा समस्यामा परेका त्यस्ता व्यक्तिहरुको साथमा पनि कोहि हुन्छ भन्ने सन्देश म्युजिक भिडियो मार्फत प्रवाह गरिएको छ ।
गीतकार इश्वर खड्का ‘विशाल’ बागलुङका हुन् । पोखरामा एक रेष्टुरेण्ट संचालन गर्दै आएका उनी केही समय दोहोरी साँझमा समेत आबद्ध थिए । गीत लेख्न उनले सानैदेखि थालेका हुन् । विद्यालयको कार्यक्रममा गीत लेख्दै आफै प्रस्तुत गर्ने गर्थे । आर्थिक समस्याका कारण खड्काले उक्त गीत सार्वजनिक गर्न पाएका थिएनन् । आज आएर आफुले लेखेको गीत सार्वजनिक हुँदा उनी खुशी देखिन्छन् ।
सोलो मोसन पिच्चरको प्रस्तुतिमा सार्वजनिक भएको गीतको म्युजिक भिडियोको निर्माता इश्वर थापा, हरि क्षेत्री र देविस तण्डन क्षेत्री हुन् । गीतलाई प्रथम क्षेत्रीको अफिसियल युट्युब मार्फत सार्वजनिक गरिएको हो । अन्नत घिमिरेको सम्पादन र कलरिङ रहेको म्युजिक भिडियोको डिओपी सुमन कार्कीले गरेका हुन् । बाबुल गिरीको संगीत संयोजन रहेको गीतलाई श्यामस्वेत रसाइलीले मिक्सिङ एवं मास्टरिङ गरेका हुन् । म्युजिक भिडियोको छायाँकन काठमाडौंमा गरिएको हो ।
१भ्रष्टाचारी प्रा.डा. भरतराज पहारी एमालेको अनुशासन आयोगको अध्यक्ष !
२एमाले गण्डकीको उम्मेदवार सिफारिसमा गुण्डा नाइकेदेखि भ्रष्टाचार आरोपितसम्म
३किर्ते गरी २० करोड कर छुट दिइएको मणिपाललाई ‘सर्वोत्कृष्ट करदाता’
४पोखराको फोहोर व्यवस्थापन झनैं चुनौतीपूर्ण
५पोखरामा चार दिनसम्म दैनिक ५ घण्टा बिजुली कटौती हुने