
१अंशबाट बञ्चित गर्न श्रीमतीको बैंकको चेकबुक चोरी गरी किर्ते हस्ताक्षर गर्दै फसाउने प्रयास
२मन्त्रीहरुको सम्पत्ति विवरण सार्वजनिक
३डेभिजफल क्लबको अध्यक्षमा दीपक सुवेदी सर्वसम्मत चयन
४सेनाद्वारा अन्नपूर्ण गाउँपालिकामा निःशुल्क स्वास्थ्य शिविर
५झुट्टा अभिलेख तयार पारि लाईसेन्स दिने शंकर र जगत विरुद्ध विशेष अदालतमा मुद्दा दायर
६मालेपाटनमा ‘३५ प्लस भेट्रान्स फुटबल’ जारी, शनिबार क्वाटरफाइनलका खेल
७अंश मुद्दा र पारिवारिक कलहले सिर्जनाको विभत्स हत्या : भाञ्जासहित दुई अभियुक्त पक्राउ
८सुन तस्करी प्रकरणमा पूर्वसभामुख महरा बाबु–छोरासहित २९ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर
९ओली र लेखकलाई हाजिर जमानतमा छाड्ने निर्णय
१०पोखरामा खुकुरी प्रहारबाट एकल महिलाको हत्या
११पूर्वप्रधानमन्त्री देउवा दम्पत्ति विरुद्ध पक्राउ पुर्जी
१२मणिपाल अस्पताल, बाराही ग्रुप लगायतको भ्रष्टाचार मुद्दाको छानबिन गर्न नेकपा बहुमतको माग
१सहसचिव झलकराम अधिकारीसँग २५ लाख धरौंटी माग
२तस्करी र भ्रष्टाचारमा लिप्त झलकराम अधिकारी
३राजस्वका पूर्वमहानिर्देशक झलकराम र कुटीका देवेन्द्र सहित तीनजनाविरुद्ध अख्तियारद्वारा विशेष अदालतमा मुद्दा दायर
४‘सहकारी पीडित’ भन्दैं आन्दोलन गर्ने कृष्णप्रसाद नैं ८२ लाख रुपैयाँ ठगीमा पक्राउ
५रविलाई कास्की अदालतमा नियमित तारेख धाउनु नपर्ने
६जाँदाजाँदै प्रधानमन्त्री कार्कीले बनाईन् पिएलाई प्रकृति संरक्षण कोषको अध्यक्ष
७मणिपाल अस्पताल, बाराही ग्रुप लगायतको भ्रष्टाचार मुद्दाको छानबिन गर्न नेकपा बहुमतको माग
८सेदीजंगलमा अवैध ‘ट्रान्स पार्टी’, विदेशी नागरिकसहित ३८ जना पक्राउ
९कार्यालय र हतियार जोगाउने कास्कीका डीएसपी बस्नेतलाई पुरस्कार सिफारिस
१०पोखरामा खुकुरी प्रहारबाट एकल महिलाको हत्या
११लेकसाइडमा स्पा तथा ब्युटी पार्लरको आवरणमा अवैधधन्दा
१२ढोरपाटनमा दादुरा प्रकोप, ३० जना अझै अस्पतालमा, नियन्त्रणका लागि खोप अभियान
पोखरा । गायक सन्तोष बस्याल र गायिका समिक्षा अधिकारीको नयाँ गीत सार्वजनिक भएको छ । एउटै मुटु बोलको गीत सार्वजनिक भएको हो । इश्वर खड्का ‘विशाल’ले लेखेको गीतलाई संगीतकार बाबुल गिरीले संगीत गरेका हुन् । प्रथम क्षेत्रीको निर्देशनमा तयार भएको म्युजिक भिडियोमा क्षेत्री सहित एन्जिला बानियाँको अभिनय रहेको छ ।
गीत सार्वजनिक भएपछि गायक बस्याल आशावादी देखिन्छन् । पोखरामा रहेर संगीत सँगै पत्रकारिता क्षेत्रलाई अगाडि बढाइरहेका बस्यालको यो पहिलो लोक गीत हो । यसअघि बस्यालले जीवन सुनारको शब्दसंगीतमा मैले तिमीलाई माया गर्दा, योगेश काजीको शब्दसंगीतमा ओम गुरुङसँगै युगल गीत रेशम फिरिरि, दिपक शर्माको शब्दसंगीतमा ढाट्यो मायाले लगायतका गीत सार्वजनिक गरिसकेका छन् ।
लोक गीत संगीतबाटै आफ्नो सांगीतिक यात्रा शुरुवात गरेका बस्याल आफ्नी आमाको प्रेरणाबाट गीतसंगीत क्षेत्रमा छिरेका हुन् । उनकी आमाले गाउँमा अझै पनि गाउने गर्छिन् । आमासँगै रोधीमा सहभागी बन्दै गर्दा आफूले गीत गाउन सिकेको बस्याल बताउँछन् ।

बस्याल भन्छन्,‘सार्वजनिक भएको उक्त गीत मेरो पहिलो लोकगीत हो । यसअघि मैले आधुनिक र पप गीत सार्वजनिक गरेपनि यसपाली लोक गीत सार्वजनिक गरेको हुँ ।’ उसो त बस्याललाई गायक भएपछि सबै खालको गीत गाउन सक्ने हुनुपर्छ जस्तो लाग्छ । नेपाली संगीतको धरातल नै मौलिक लोकगीत भएकाले यसको संरक्षणमा सबैको ध्यान पुग्नुपर्ने तर्क बस्याल राख्छन् । बस्याल विगत १० वर्षदेखि संगीतमा आबद्ध छन् । शास्त्रिय संगीत सिक्दै गरेका बस्याल पर्वतका हुन् । उनी प्रवीणता परिक्षा उतिर्ण गरेपश्चात पोखरा आएका थिए । स्कुल पढ्दा देखिनै रेडियो सुन्न असाध्यै मन पराउने बस्याललाई रेडियोले नै गायक बनायो भन्दा फरक नपर्ला । पोखराको रेडियो अन्नपूर्णबाट संचारकर्म शुरुवात गरेका बस्याल पछिल्लो समय परिचय नेटवर्कमा समेत आबद्ध छन् ।
संगीत सँगसँगै पत्रकारितामा रहरले आएका थिए बस्याल । त्यहि रहर नै आज उनका लागि गरिखाने बाटो बनेको छ । सांगीतिक प्रस्तुतिका लागि बस्याल नेपालका विभिन्न ठाउँमा पुगेका छन् । दर्शकलाई झुमाउन सक्ने क्षमता भएका बस्यालको माछापुच्छ«े हिमचुलीको छायाँ खस्यो फेवातालैमा, विर नेपाली, बस है प्यारी लगायतका गीत आउने क्रममा छन् ।
लकडाउनले उनलाई पाठ सिकाएको छ । भन्छन्,‘कोरोना महामारीले मलाई पाठ सिकाएको छ । कलाकार अब गीत संगीतमा मात्रै लागेर नहुने रहेछ । केही न केही उद्यमशिलतामा आबद्ध हुनुपर्ने सोच पलाएको छ । निकट भविष्यमा सानै भएपनि व्यवसायमा हात हाल्ने योजनामा छु ।’
बस्याललाई पछिल्लो समयकी चर्चित गायिका समिक्षा अधिकारीले साथ दिएकी हुन् । उनी पोखरा लाहाचोककी हुन् । सुरिलो आवाजकी धनि अधिकारीका थुप्रै गीतले चर्चा कमाएका छन् । अधिकारी समेत उक्त गीतबाट आशावादी देखिन्छन् । सन्तोष सँग युगल गीत गाउन पाउँदा उनी खुशी छिन् । भन्छिन्,‘ सन्तोष दाई सँग मेरो पहिला भेट भएको थिएन । यही गीतले समय जुरायो । उहाँको आवाज खारिएको पाए । मनको समेत उहाँ सफा हुनुहुँदो रहेछ । सहयोगी भावनाको पाए । यस्ता व्यक्तिसँग युगल गीत गाउन पाउँदा खुशी छु ।’

पछिल्लो समयकी चर्चित गायिका समिक्षा अधिकारीले साथ सञ्चारकर्मी एवम् कलाकर्मी सन्तोष बस्याल ।
प्रथम क्षेत्री एक मिहिनेती कलाकार हुन् । संगीतमै संघर्षशिल क्षेत्री अभिनय मार्फत म्युजिक भिडियोमा आएका हुन् । भारतमा केही समय अभिनय अध्ययन गरेका क्षेत्रीले पछिल्लो समय आफैले निर्देशन समेत गर्न थालेका छन् । सार्वजनिक ‘एउटै मुटु’ दुई प्रेमीको कथामा आधारित रहेको उनले बताए । पछिल्लो समय एसिड आक्रमणमा परी धेरै युवतीहरु भविश्यबाट अन्यौल भएको अवस्थामा समस्यामा परेका त्यस्ता व्यक्तिहरुको साथमा पनि कोहि हुन्छ भन्ने सन्देश म्युजिक भिडियो मार्फत प्रवाह गरिएको छ ।
गीतकार इश्वर खड्का ‘विशाल’ बागलुङका हुन् । पोखरामा एक रेष्टुरेण्ट संचालन गर्दै आएका उनी केही समय दोहोरी साँझमा समेत आबद्ध थिए । गीत लेख्न उनले सानैदेखि थालेका हुन् । विद्यालयको कार्यक्रममा गीत लेख्दै आफै प्रस्तुत गर्ने गर्थे । आर्थिक समस्याका कारण खड्काले उक्त गीत सार्वजनिक गर्न पाएका थिएनन् । आज आएर आफुले लेखेको गीत सार्वजनिक हुँदा उनी खुशी देखिन्छन् ।
सोलो मोसन पिच्चरको प्रस्तुतिमा सार्वजनिक भएको गीतको म्युजिक भिडियोको निर्माता इश्वर थापा, हरि क्षेत्री र देविस तण्डन क्षेत्री हुन् । गीतलाई प्रथम क्षेत्रीको अफिसियल युट्युब मार्फत सार्वजनिक गरिएको हो । अन्नत घिमिरेको सम्पादन र कलरिङ रहेको म्युजिक भिडियोको डिओपी सुमन कार्कीले गरेका हुन् । बाबुल गिरीको संगीत संयोजन रहेको गीतलाई श्यामस्वेत रसाइलीले मिक्सिङ एवं मास्टरिङ गरेका हुन् । म्युजिक भिडियोको छायाँकन काठमाडौंमा गरिएको हो ।
१सहसचिव झलकराम अधिकारीसँग २५ लाख धरौंटी माग
२तस्करी र भ्रष्टाचारमा लिप्त झलकराम अधिकारी
३राजस्वका पूर्वमहानिर्देशक झलकराम र कुटीका देवेन्द्र सहित तीनजनाविरुद्ध अख्तियारद्वारा विशेष अदालतमा मुद्दा दायर
४‘सहकारी पीडित’ भन्दैं आन्दोलन गर्ने कृष्णप्रसाद नैं ८२ लाख रुपैयाँ ठगीमा पक्राउ
५रविलाई कास्की अदालतमा नियमित तारेख धाउनु नपर्ने