
१‘अपरेसन ३६५’ : एक वर्षमा ८९८ मोटरसाइकल कारबाहीमा
२‘प्रदेशविनाको संघीयताको कुनै अर्थ छैन’
३पृथ्वी राजमार्गको गलौँदी क्षेत्र मर्मतका लागि रातभर सडक बन्द
४डा. निरञ्जन कोइराला प्रभावशाली वैज्ञानिकहरुको सूचीमा
५ओभरसिज फ्रेन्डसिप इन्टरनेसनल हस्पिटल सञ्चालनमा
६पोखराको लेकसाइडमा युवा उद्यमीको नयाँ क्रान्ति
७डन न्यूज पब्लिकेशन प्रा. लि. छैटौं वर्षमा प्रवेश
८पहिरोले बुढीगण्डकी थुनिएर भीषण बाढी
९विमानस्थल आसपास चङ्गा, ड्रोन र लेजर लाइट प्रयोगमा रोक
१०सशस्त्र प्रहरी एआईजी वंशीराज दाहाल सेवाबाट बर्खास्त
११ओख्लेभीरमा स्कुल बस दुर्घटनाः ५ जनाको मृत्यु, २० घाइते
१२विपद्मा बेपत्तालाई ४५ दिनमै मृतक घोषणा गर्न सकिने
१पोखरामा ठूलो मात्रामा लागूऔषधसहित ६ जना पक्राउ
२डुलुवाको अध्यक्षमा योगेश भट्टराई
३सराङकोटमा प्रहरी चौकी भवनको उद्घाटन
४आईजीपी दानबहादुर कार्कीमाथि भ्रष्टाचारको आरोप, छानबिन गर्न ९ सदस्यीय विशेष समिति गठन
५फिर्के खोलाघरमा फेरि चल्यो महानगरको डोजर
६‘जेनजी प्रदर्शनकारीको बिगो नखुलेका करिब १ सय मुद्दा फिर्ता लिन सकिने’ : अध्ययन समिति
७‘पोखरा महानगरविरुद्ध सबैभन्दा बढी उजुरी’
८‘विज्ञतालाई राष्ट्रिय विकासमा केन्द्रित गर्न आग्रह’
९डन न्यूज पब्लिकेशन प्रा. लि. छैटौं वर्षमा प्रवेश
१०मनाङमा अलपत्र १६ पर्यटकको उद्धार
११बागलुङमा माटोको ढिस्कोले पुरिएर दुईजना मजदुरको मृत्यु
१२सिद्धार्थ क्लबको अध्यक्षमा सुनिल श्रेष्ठ
पोखरा, ९ कात्तिक । चिसो मौसम सुरु भएसँगै लामखुट्टेको टोकाइबाट सर्ने डेङ्गी रोगको सङ्क्रमण घट्दै गएको पाइएको छ । गण्डकी प्रदेशमा गत सेप्टेम्बरमा छ हजार नौ सय २० जनामा डेङ्गी सङ्क्रम पुष्टि भएकामा अक्टोबर २२ तारिकसम्ममा जम्मा तीन हजार आठ सय ५६ जनामा उक्त रोगको सङ्क्रमण देखिएको प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएको छ ।
“चिसो याम सुरु भएकाले अब विस्तारै सङ्क्रमण कम हुँदै जान्छ, फागनुदेखि फेरी सङ्क्रमण बढ्न थाल्छ”, निर्देशनालयका महानिर्देशक खिमबहादुर खड्काले भन्नुभयो, “कात्तिक अन्तिमसम्मै सङ्क्रमणको जोखिम रहिरहने हुनाले हरेकले स्वास्थ्य सतर्कता अपनाउनुपर्छ ।” उहाँका अनुसार गत फेबु्रअरीमा जम्मा ११ जनामा डेङ्गी सङ्क्रमण पुष्टि भएकामा त्यसयताका महिनामा क्रमशः सङ्क्रमितको संख्या थपिँदै गएको हो ।
जुन महिनासम्ममा ९३ जनामा सीमित रहेको उक्त रोगको सङ्क्रमण जुलाई महिनामा बढेर सात सय २९ जनामा सङ्क्रमण देखिएको थियो । अगष्टमा एकैचोटि चार हजार ८४ जनामा डेङ्गी सङ्क्रमण पुष्टि भएको निर्देशनालयको तथ्याङ्कमा उल्लेख छ । गत जनवरीयताको अवधिमा सबैभन्दा बढी कास्की जिल्ला डेङ्गीबाट बढी प्रभापित भएको देखिन्छ । निर्देशनालयको तथ्याङ्क अनुसार कास्कीमा सात हजार आठ सय ९४ जनामा डेङ्गी सङ्क्रमण भएको छ ।
सबैभन्दा कम मनाङमा जम्म पाँच जनामो उक्त रोगको सङ्क्रमण देखिएको महानिर्देशक खड्काले जानकारी दिनुभयो । कास्कीपछि धेरै सङ्क्रमण फैलिएको जिल्ला तनहुँमा तीन हजार तीन सय ७२ जना सङ्क्रमित भएको उहाँको भनाइ छ । पर्वतमा १३ सय ३४, बागलुङमा एक हजार ६१, गोरखामा आठ सय ४४, स्याङ्जामा छ सय ३६, म्याग्दीमा तीन सय ३१, नवलपुरमा दुई सय ४६, लमजुङमा एक सय २२ र मुस्ताङमा जम्मा नौ जना डेङ्गीबाट सङ्क्रमित भएका हुन् ।
सबैभन्दा बढी कास्कीको पोखरा महानगरपालिकामा सात हजार सात सय ८१ ज्नामा उक्त रोगको सङ्क्रमण पुष्टि भएको छ । यस वर्ष डेङ्गी सङ्क्रमणका कारण प्रदेशभित्रका आठ जनाको मृत्यु भएको निर्देशनालयले जनाएको छ । असारदेखि कात्तिकसम्म डेङ्गी सङ्क्रमणको बढी जोखिम हुने र चार प्रकारको भाइरसबाट मानिसमा डेङ्गी सङ्क्रमण हुने गरेको चिकित्सक बताउँछन् ।
समयमा उपचार नभए डेङ्गीबाट बिरामीको मृत्युसमेत हुनसक्ने भएकाले विशेष स्वास्थ्य सचेतना अपनाउनुपर्ने उनीहरुको सुझाव छ । डेङ्गीको भाइरस फैलाउने लामखुट्टे खाल्डाखुल्डी, पुराना टायर, ड्रम, भाँडाकुडा आदिमा जम्मा भएको सफा पानीमा बस्ने हुँदा तिनलाई खाली गर्नुपर्ने जनाइएको छ । डेङ्गी रोग ‘एडिस एजिप्टाई’ जातको पोथी लामखुट्टेको टोकाइबाट मानिसमा सर्ने गर्छ । यो लामखुट्टले जम्मा भएको सफा पानीमा फुल पार्ने र लार्भा हुर्काउने गर्छ । डेङ्गीको सङ्क्रमणपछि एक्कासी उच्च ज्वरो आउने, रक्तस्राव हुने, टाउको, शरीर दुख्नेजस्ता लक्षण देखा गर्ने जनाइएको छ ।