
१सुनसरीमा मार्बल बोकेको ट्रक पल्टिँदा ५ जनाको मृत्यु, ३ जना घाइते
२युएईमा अध्ययन गर्ने सपना देखाएर ठग्ने कन्सल्टेन्सी सञ्चालकहरु पक्राउ
३महान्यायाधिवक्ताको विवादास्पद निर्णय
४नेपाली काँग्रेसको सभापतिमा गगन थापा
५तामाको तार चोरेर बेच्ने पोखरा विद्युत वितरण केन्द्रका प्रमुखसहित चारविरुद्ध मुद्दा
६पोखराको फोहोर व्यवस्थापन झनैं चुनौतीपूर्ण
७राष्ट्रिय सभा सदस्य निर्वाचनमा प्रदेशगत मतभारको अवस्था
८सशस्त्र द्वन्द्वकी घाइते योद्धा गोमा घिमिरे गण्डकीबाट राष्ट्रिय सभा सदस्य उम्मेदवार
९एमाले गण्डकीको उम्मेदवार सिफारिसमा गुण्डा नाइकेदेखि भ्रष्टाचार आरोपितसम्म
१०चुनावी मैदानमा विप्लव
११राष्ट्रियस्तरको भन्दैं झुठो दावी गर्ने दुई पत्रिकालाई कारवाही
१२पोखरामा चार दिनसम्म दैनिक ५ घण्टा बिजुली कटौती हुने
१भ्रष्टाचारी प्रा.डा. भरतराज पहारी एमालेको अनुशासन आयोगको अध्यक्ष !
२एमाले गण्डकीको उम्मेदवार सिफारिसमा गुण्डा नाइकेदेखि भ्रष्टाचार आरोपितसम्म
३तामाको तार चोरेर बेच्ने पोखरा विद्युत वितरण केन्द्रका प्रमुखसहित चारविरुद्ध मुद्दा
४किर्ते गरी २० करोड कर छुट दिइएको मणिपाललाई ‘सर्वोत्कृष्ट करदाता’
५पोखराको फोहोर व्यवस्थापन झनैं चुनौतीपूर्ण
६पोखरामा चार दिनसम्म दैनिक ५ घण्टा बिजुली कटौती हुने
७राष्ट्रिय भूमि आयोगका पूर्वअध्यक्षसहित ६ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर
८नेपाली कांग्रेसको क्रियाशील राजनीतिबाट विश्राम लिने व्यवसायी विमल बस्यालको घोषणा
९पूर्वमन्त्री राजकुमार गुप्ता जेल चलान
१०राष्ट्रियस्तरको भन्दैं झुठो दावी गर्ने दुई पत्रिकालाई कारवाही
११सशस्त्र द्वन्द्वकी घाइते योद्धा गोमा घिमिरे गण्डकीबाट राष्ट्रिय सभा सदस्य उम्मेदवार
१२‘जनप्रिय क्याम्पसको शैक्षिक गुणस्तर कायम राख्न प्रतिवद्ध छौं’
पोखरा, ९ कात्तिक । चिसो मौसम सुरु भएसँगै लामखुट्टेको टोकाइबाट सर्ने डेङ्गी रोगको सङ्क्रमण घट्दै गएको पाइएको छ । गण्डकी प्रदेशमा गत सेप्टेम्बरमा छ हजार नौ सय २० जनामा डेङ्गी सङ्क्रम पुष्टि भएकामा अक्टोबर २२ तारिकसम्ममा जम्मा तीन हजार आठ सय ५६ जनामा उक्त रोगको सङ्क्रमण देखिएको प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएको छ ।
“चिसो याम सुरु भएकाले अब विस्तारै सङ्क्रमण कम हुँदै जान्छ, फागनुदेखि फेरी सङ्क्रमण बढ्न थाल्छ”, निर्देशनालयका महानिर्देशक खिमबहादुर खड्काले भन्नुभयो, “कात्तिक अन्तिमसम्मै सङ्क्रमणको जोखिम रहिरहने हुनाले हरेकले स्वास्थ्य सतर्कता अपनाउनुपर्छ ।” उहाँका अनुसार गत फेबु्रअरीमा जम्मा ११ जनामा डेङ्गी सङ्क्रमण पुष्टि भएकामा त्यसयताका महिनामा क्रमशः सङ्क्रमितको संख्या थपिँदै गएको हो ।
जुन महिनासम्ममा ९३ जनामा सीमित रहेको उक्त रोगको सङ्क्रमण जुलाई महिनामा बढेर सात सय २९ जनामा सङ्क्रमण देखिएको थियो । अगष्टमा एकैचोटि चार हजार ८४ जनामा डेङ्गी सङ्क्रमण पुष्टि भएको निर्देशनालयको तथ्याङ्कमा उल्लेख छ । गत जनवरीयताको अवधिमा सबैभन्दा बढी कास्की जिल्ला डेङ्गीबाट बढी प्रभापित भएको देखिन्छ । निर्देशनालयको तथ्याङ्क अनुसार कास्कीमा सात हजार आठ सय ९४ जनामा डेङ्गी सङ्क्रमण भएको छ ।
सबैभन्दा कम मनाङमा जम्म पाँच जनामो उक्त रोगको सङ्क्रमण देखिएको महानिर्देशक खड्काले जानकारी दिनुभयो । कास्कीपछि धेरै सङ्क्रमण फैलिएको जिल्ला तनहुँमा तीन हजार तीन सय ७२ जना सङ्क्रमित भएको उहाँको भनाइ छ । पर्वतमा १३ सय ३४, बागलुङमा एक हजार ६१, गोरखामा आठ सय ४४, स्याङ्जामा छ सय ३६, म्याग्दीमा तीन सय ३१, नवलपुरमा दुई सय ४६, लमजुङमा एक सय २२ र मुस्ताङमा जम्मा नौ जना डेङ्गीबाट सङ्क्रमित भएका हुन् ।
सबैभन्दा बढी कास्कीको पोखरा महानगरपालिकामा सात हजार सात सय ८१ ज्नामा उक्त रोगको सङ्क्रमण पुष्टि भएको छ । यस वर्ष डेङ्गी सङ्क्रमणका कारण प्रदेशभित्रका आठ जनाको मृत्यु भएको निर्देशनालयले जनाएको छ । असारदेखि कात्तिकसम्म डेङ्गी सङ्क्रमणको बढी जोखिम हुने र चार प्रकारको भाइरसबाट मानिसमा डेङ्गी सङ्क्रमण हुने गरेको चिकित्सक बताउँछन् ।
समयमा उपचार नभए डेङ्गीबाट बिरामीको मृत्युसमेत हुनसक्ने भएकाले विशेष स्वास्थ्य सचेतना अपनाउनुपर्ने उनीहरुको सुझाव छ । डेङ्गीको भाइरस फैलाउने लामखुट्टे खाल्डाखुल्डी, पुराना टायर, ड्रम, भाँडाकुडा आदिमा जम्मा भएको सफा पानीमा बस्ने हुँदा तिनलाई खाली गर्नुपर्ने जनाइएको छ । डेङ्गी रोग ‘एडिस एजिप्टाई’ जातको पोथी लामखुट्टेको टोकाइबाट मानिसमा सर्ने गर्छ । यो लामखुट्टले जम्मा भएको सफा पानीमा फुल पार्ने र लार्भा हुर्काउने गर्छ । डेङ्गीको सङ्क्रमणपछि एक्कासी उच्च ज्वरो आउने, रक्तस्राव हुने, टाउको, शरीर दुख्नेजस्ता लक्षण देखा गर्ने जनाइएको छ ।
१भ्रष्टाचारी प्रा.डा. भरतराज पहारी एमालेको अनुशासन आयोगको अध्यक्ष !
२एमाले गण्डकीको उम्मेदवार सिफारिसमा गुण्डा नाइकेदेखि भ्रष्टाचार आरोपितसम्म
३तामाको तार चोरेर बेच्ने पोखरा विद्युत वितरण केन्द्रका प्रमुखसहित चारविरुद्ध मुद्दा
४किर्ते गरी २० करोड कर छुट दिइएको मणिपाललाई ‘सर्वोत्कृष्ट करदाता’
५पोखराको फोहोर व्यवस्थापन झनैं चुनौतीपूर्ण