
१गण्डकी प्रदेश सरकारद्वारा ८ हजार मिटरका हिमाल आरोहीलाई ६ आरोहीलाई सम्मान
२कलम–क्रान्तिका नायक : स्मृतिमा केशव गुरु
३२० करोड भन्दा बढिको अनलाइन सट्टेबाजी गर्ने गिरोह पोखराबाट पक्राउ
४गण्डकी प्रदेशमा गाँजा खेतीको वैधानिक बाटो खुला: औषधीजन्य र औद्योगिक प्रयोजनका लागि अवसर
५पोखरामा ब्राउनसुगरसहित एक युवक पक्राउ
६३५ जिल्लाका ४०० भन्दा बढी मिटरब्याज पीडित सडकमा
७वैकल्पिक व्यवस्थाबिनै सुकुम्वासी नहटाउन मानव अधिकार आयोगको निर्देशन
८गण्डकीमा कृषि उद्यमशीलताको सम्मान : पाँच उत्कृष्ट कृषक पुरस्कृत
९पोखरालाई ‘ग्रिन सिटी’ बनाउने अभियान : फोहोरबाट सिर्जना र आत्मनिर्भरताको नयाँ युगको सुरुवात
१०गैरकानुनी रूपमा चिकित्सकको उपाधि प्रयोग गरी उपचार गर्ने चेतना पौडेल पक्राउ
११विष्णु पौडेलको लगानी रहेको कृषि फार्ममा सम्पत्ति शुद्धीकरण विभागको छापा
१२अख्तियारको शंकास्पद भूमिका : फरार प्रतिवादीलाई सरकारी साक्षी बनाई बकपत्र, सेटिङमा पुनः फरार
१मित्रमिलन सहकारी ठगी प्रकरण : बिगो बराबरको धरौटी माग
२कास्की मालपोतका तत्कालीन प्रमुखसहित ६ जनालाई भ्रष्टाचार मुद्दामा ६ महिना कैद
३अख्तियारको शंकास्पद भूमिका : फरार प्रतिवादीलाई सरकारी साक्षी बनाई बकपत्र, सेटिङमा पुनः फरार
४गैरकानुनी रूपमा चिकित्सकको उपाधि प्रयोग गरी उपचार गर्ने चेतना पौडेल पक्राउ
५रास्वपा केन्द्रीय सदस्य पदका दावेदार निर्मल गौतम को हुन् ?
६लेनदेनको विवादमा ज्वाइँद्वारा सासुमाथि चक्कु प्रहार
७एमाले उपाध्यक्ष विष्णु पौडेल सम्पत्ति शुद्धीकरण मुद्दामा पक्राउ : शुभ होटलमै प्रहरी छिर्यो
८पोखरामा लागूऔषधसहित ७३ वर्षीय अमर हमाल पक्राउ
९लाखौं मूल्यका सुनचाँदीका गरगहना र नगदसहित चोरीको आरोपमा भुवन र बिराज पक्राउ
१०भ्रष्टाचार मुद्दामा क्यानका पूर्वमहानिर्देशकलाई कारागार पठाउने आदेश
११२०२६ दोस्रो हिमालयन रिम फिल्म प्रदर्शनी पोखरामा सफलतापूर्वक सम्पन्न
१२रास्वपा महाधिवेशन : बन्दसत्रमा ढिलाइ, पूजा बास्तोलाद्वारा केन्द्रीय सदस्यमा उम्मेदवारी घोषणा
पोखरा, १४ कार्तिक । गण्डकी प्रदेश प्रमुख डिल्लीराज भट्टसमक्ष अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय पोखराले आर्थिक वर्ष २०८१/८२ को ३५औँ वार्षिक प्रतिवेदन पेश गरेको छ।
आयोगका पोखरा कार्यालय प्रमुख डा. नारायणप्रसाद रेग्मीले नेपालको संविधानको धारा २९४ को उपधारा (३) बमोजिम शुक्रबार प्रदेश प्रमुख भट्टसमक्ष प्रतिवेदन हस्तान्तरण गरेका हुन् ।
प्रतिवेदन ग्रहण गर्दै प्रदेश प्रमुख भट्टले भ्रष्टाचार नियन्त्रण र सुशासन आम नागरिकको प्रमुख चाहना रहेको उल्लेख गर्दै आयोगलाई थप सक्षम र प्रभावकारी बनाउनुपर्नेमा जोड दिए । उनले भने, “आर्थिक अनियमितता र भ्रष्टाचार नियन्त्रणका काम चुनौतीपूर्ण छन्। मुलुकमा सुशासन प्रणाली स्थापना गर्न आयोग थप क्रियाशील रहने विश्वास मैले लिएको छु।”
राज्य संयन्त्रको तल्लोदेखि माथिल्लो तहसम्मका कर्मचारी तथा जिम्मेवार व्यक्तिहरूको नैतिक आचरण शुद्ध र कार्यप्रति उत्तरदायित्वपूर्ण हुनुपर्नेमा प्रदेश प्रमुखले भट्टले जोड दिए । “हामी जुनसुकै पद र जिम्मेवारीमा रहे पनि राष्ट्रहितलाई केन्द्रमा राखेर काम गरेमा सुशासन स्वतः स्थापित हुन्छ। यसका लागि आफ्नो अख्तियारी दुरुपयोग नगरी इमान्दारीपूर्वक लाग्नुपर्छ,” प्रदेश प्रमुख भट्टको भनाई थियो ।
आयोगका कार्यालय प्रमुख डा. रेग्मीले संवैधानिक दायित्वअनुरूप सार्वजनिक पद धारण गरेका व्यक्तिहरूले गरेको भ्रष्टाचार तथा अख्तियार दुरुपयोगसम्बन्धी उजुरीहरूको प्रारम्भिक छानबिन, विस्तृत अनुसन्धान, विशेष अदालतमा आरोपपत्र दायर तथा सर्वोच्च अदालतमा पुनरावेदनलगायतका कार्य निरन्तर भइरहेको जानकारी दिए ।
आयोगको संवैधानिक जिम्मेवारीलाई प्रभावकारी बनाउन आर्थिक वर्ष २०८१÷८२ मा पाँचौँ रणनीतिक योजना तर्जुमा गरी उपचारात्मक, निरोधात्मक, प्रवद्र्धनात्मक र संस्थागत सुदृढीकरणका रणनीति, कार्यनीति तथा क्रियाकलापहरू अघि सारिएको उनले बताए ।
आर्थिक वर्ष २०८१/८२ मा पोखरा कार्यालयमा दर्ता भएका १,२०१ उजुरी र अघिल्लो वर्षबाट जिम्मेवारी सरेर आएका १५९ उजुरी गरी कुल १,३६० उजुरीमध्ये १,१७९ उजुरी स्क्रिनिङ र प्रारम्भिक छानबिनबाट फछ्र्यौट भइसकेका छन्। विस्तृत अनुसन्धानतर्फ १०१ उजुरी मात्र बाँकी रहेको डा. रेग्मीले जानकारी दिए ।
देशभरको तुलनामा गण्डकी प्रदेशमा उजुरी संख्या सबैभन्दा कम रहे पनि स्थानीय तहमध्ये पोखरा महानगरपालिकामा सबैभन्दा बढी उजुरी दर्ता भएको उनले बताए ।
१मित्रमिलन सहकारी ठगी प्रकरण : बिगो बराबरको धरौटी माग
२कास्की मालपोतका तत्कालीन प्रमुखसहित ६ जनालाई भ्रष्टाचार मुद्दामा ६ महिना कैद
३अख्तियारको शंकास्पद भूमिका : फरार प्रतिवादीलाई सरकारी साक्षी बनाई बकपत्र, सेटिङमा पुनः फरार
४गैरकानुनी रूपमा चिकित्सकको उपाधि प्रयोग गरी उपचार गर्ने चेतना पौडेल पक्राउ
५रास्वपा केन्द्रीय सदस्य पदका दावेदार निर्मल गौतम को हुन् ?