
१आन्दोलनकारीलाई आतंककारी भन्दैं दलहरुले पेल्न थालेपछि फेरि जुर्मुराउँदैं जेनजीहरु
२पोखरा महानगर खेलकुद विकास समिति अध्यक्षमा दीपक गोदार नियुक्त
३डिम्बको अवैध कारोबार गर्ने आफ्नै छोरीहरूलाई उन्मुक्ति दिदैं महान्यायाधिवक्ता सविता भण्डारी
४लुटिएको चाइनिज पेस्तोलसहित १६ वर्षीय बालक पक्राउ
५पोखरा सहकारीमा रजिष्ट्रारलाई घुस खुवाउन चण्डीप्रसाद अर्याल विचौंलियाको रुपमा संलग्न रहेको आरोप
६पूर्ववडाध्यक्ष धनबहादुर नेपालीले कुटे निर्दोष युवालाई
७‘डुलुवा’ टोलीको यात्रा सुरु पोखराबाट हुम्लाको लिमी उपत्यका हुँदै लाप्चा ला पाससम्म
८पोखरा सहकारीको ८८ करोड रुपैयाँ ठगी गर्नेहरु पक्राउ
९देउसी खेलेर बैदाम प्रहरीले किन्यो मोटरसाइकल
१०जेन-जी आन्दोलनका ४५ जनालाई सहिद घोषणा
११फेवातालमा डुंगा पल्टिँदा डुबेका तीनै जना सकुशल उद्धार
१२माओवादी, एकीकृत समाजवादीसहित ८ दलबिच १८ बुँदे सहमति, १९ गते एकता घोषणा
१चक्कु प्रहार गरी अनिल पराजुलीको हत्या
२पोखरा सहकारीमा रजिष्ट्रारलाई घुस खुवाउन चण्डीप्रसाद अर्याल विचौंलियाको रुपमा संलग्न रहेको आरोप
३पोखरा सहकारीको ८८ करोड रुपैयाँ ठगी गर्नेहरु पक्राउ
४पूर्ववडाध्यक्ष धनबहादुर नेपालीले कुटे निर्दोष युवालाई
५कास्कीमा प्रहरी कार्यालयमा आगजनी र हतियार लुटपाटमा संलग्न १० जना पक्राउ
६कारागारबाट भागेर प्रहरी चौकी लुट्ने जलारी पक्राउ
७देउसी खेलेर बैदाम प्रहरीले किन्यो मोटरसाइकल
८जेन–जीमाथि भएको दमनको निष्पक्ष छानबिनको माग गर्दै पोखरामा मशाल जुलुश प्रदर्शन
९जुवातास खेल्ने र खेलाउने २७ जना पक्राउ, करिब ९ लाख नगद बरामद
१०विदेशी नागरिकमाथि अभद्र व्यवहार गर्ने दुईजना पक्राउ
११माओवादी, एकीकृत समाजवादीसहित ८ दलबिच १८ बुँदे सहमति, १९ गते एकता घोषणा
१२फेवातालमा डुंगा पल्टिँदा डुबेका तीनै जना सकुशल उद्धार
पोखरा, ८ कार्तिक । पोखरा महानगरपालिका–५, प्रस्याङमा शुक्रबार राति रक्सी सेवनका क्रममा भएको विवादले उग्र रूप लिँदा ४४ वर्षीय अनिल पराजुलीको चक्कु प्रहार गरी हत्या भएको छ। हत्यामा संलग्न रहेको आरोपमा सोही ठाउँका २४ वर्षीय किशोर तिमिल्सिनालाई प्रहरीले घटनाको डेढ घण्टाभित्रै पक्राउ गरेको छ।
जिल्ला प्रहरी कार्यालय कास्कीका अनुसार दुवै जना शुक्रबार राति प्रस्याङस्थित एक होटलमा सँगै बसेर मदिरा सेवन गरिरहेका थिए। राति साढे २ देखि ३ बजेतिर होटलभित्रै सामान्य विवाद उत्पन्न भयो। विवाद बढ्दै जाँदा जग्गा कारोबारी समेत रहेका पराजुलीले तिमिल्सिनालाई दुई थप्पड हानेका थिए।

हत्या गरिएका अनिल आफ्नी सानी एकमात्र छोरीसँग । फाईल तस्विर
पराजुलीको घर नजिकैं रहेको एक होटलमा मदिरा पिएर चिल्ड्रेन पार्कबाट घरतिर जाँदैं गर्दा करिब ५० मिटर टाढा पुगेपछि रिसको झोकमा तिमिल्सिनाले होटलमै राखिएको चक्कु लिएर पराजुलीको घाँटीमुनिबाट पछाडिपट्टि प्रहार गरे। चक्कु प्रहारले मुटु र फोक्सोमा गम्भीर चोट लागेको तथा घटनास्थलमै पराजुलीको मृत्यु भएको प्रहरीको प्रारम्भिक अनुसन्धानले देखाएको छ।
राति अबेरसम्म अनिल, किशोरसहित अर्का एक साथी जयन्द्र भट्टराई सँगै थिए। अनिल र जयन्द्र अगाडि हिँडिरहँदा किशोर पछाडि थिए। बत्ती नभएको अँध्यारो ठाउँमा पुगेपछि किशोरले अचानक अनिलमाथि चक्कु प्रहार गरेको प्रत्यक्षदर्शी जयन्द्रले जानकारी दिए ।
चक्कु प्रहारपछि किशोर त्यहाँबाट भागेका थिए । अनिलसँगै रहेका साथी जयन्द्रले तुरुन्त आफन्तलाई फोन गरेर सहयोग मागे। अनिललाई तत्काल पश्चिमाञ्चल क्षेत्रीय अस्पताल पुर्याइए पनि चिकित्सकले उनलाई राति ३ बजेर ४० मिनेटमा मृत घोषणा गरे।

दोस्रोपटक कैं भेटमा अनिल पराजुलीको हत्या गर्ने किशोर तिमिल्सिना ।
प्रहरीका अनुसार यो उनीहरूको दोस्रो भेटघाट थियो। यसअघिको भेटमा पनि सामान्य मनमुटाव भएकाले तिमिल्सिनाले प्रतिसोध बोकेर हत्या गरेको खुलेको छ ।
चक्कु प्रहारपछि तिमिल्सिना इनड्राइभ एपमार्फत मोटरसाइकल बोलाएर भागेका थिए। उनी पोखरा–६, लेकसाइड क्षेत्रमा लुकेर बसेका थिए। प्रहरीले तिमिल्सिनाको आफन्तको मोबाइल नम्बरबाट सम्पर्क गरी बोलाएपछि राति ४ बजेतिर घर नजिकैबाट पक्राउ गर्न सफल भएको जिल्ला प्रहरी कार्यालय कास्कीका प्रवक्ता एवं डीएसपी हरिबहादुर बस्नेतले जानकारी दिए।
सराङकोट घर भएका तिमिल्सिना लामो समय मधेसमा बसेर केही वर्षअघि मात्र पोखरा–५, गणतन्त्रचोक नजिकै घर बनाएर आफन्तसँग बस्दै आएका थिए। प्रहरीले सामान्य झगडाबाट चक्कु प्रहारसम्म पुगेको यो घटनाको थप अनुसन्धान गरिरहेको छ। हत्यामा प्रयोग भएको चक्कु र अन्य प्रमाणहरू सुरक्षित गरिएको छ।
हत्या गरिएका अनिल नेपाली काँग्रेस वडा कार्यसमिति पोखरा–५ का उपसभापति भोलानाथ पराजुलीका एकमात्र छोरा हुन् । दुई दिदीका भाइ अनिलको श्रीमती र एकमात्र सानी छोरी छिन् ।

घटनास्थलबाट प्रहरीले बरामद गरेको हत्यामा प्रयोग भएको चक्कु । तस्विर : जिल्ला प्रहरी कार्यालय कास्की
१चक्कु प्रहार गरी अनिल पराजुलीको हत्या
२पोखरा सहकारीमा रजिष्ट्रारलाई घुस खुवाउन चण्डीप्रसाद अर्याल विचौंलियाको रुपमा संलग्न रहेको आरोप
३पोखरा सहकारीको ८८ करोड रुपैयाँ ठगी गर्नेहरु पक्राउ
४पूर्ववडाध्यक्ष धनबहादुर नेपालीले कुटे निर्दोष युवालाई
५कास्कीमा प्रहरी कार्यालयमा आगजनी र हतियार लुटपाटमा संलग्न १० जना पक्राउ