
१‘अपरेसन ३६५’ : एक वर्षमा ८९८ मोटरसाइकल कारबाहीमा
२‘प्रदेशविनाको संघीयताको कुनै अर्थ छैन’
३पृथ्वी राजमार्गको गलौँदी क्षेत्र मर्मतका लागि रातभर सडक बन्द
४डा. निरञ्जन कोइराला प्रभावशाली वैज्ञानिकहरुको सूचीमा
५ओभरसिज फ्रेन्डसिप इन्टरनेसनल हस्पिटल सञ्चालनमा
६पोखराको लेकसाइडमा युवा उद्यमीको नयाँ क्रान्ति
७डन न्यूज पब्लिकेशन प्रा. लि. छैटौं वर्षमा प्रवेश
८पहिरोले बुढीगण्डकी थुनिएर भीषण बाढी
९विमानस्थल आसपास चङ्गा, ड्रोन र लेजर लाइट प्रयोगमा रोक
१०सशस्त्र प्रहरी एआईजी वंशीराज दाहाल सेवाबाट बर्खास्त
११ओख्लेभीरमा स्कुल बस दुर्घटनाः ५ जनाको मृत्यु, २० घाइते
१२विपद्मा बेपत्तालाई ४५ दिनमै मृतक घोषणा गर्न सकिने
१पोखरामा ठूलो मात्रामा लागूऔषधसहित ६ जना पक्राउ
२डुलुवाको अध्यक्षमा योगेश भट्टराई
३सराङकोटमा प्रहरी चौकी भवनको उद्घाटन
४आईजीपी दानबहादुर कार्कीमाथि भ्रष्टाचारको आरोप, छानबिन गर्न ९ सदस्यीय विशेष समिति गठन
५फिर्के खोलाघरमा फेरि चल्यो महानगरको डोजर
६‘जेनजी प्रदर्शनकारीको बिगो नखुलेका करिब १ सय मुद्दा फिर्ता लिन सकिने’ : अध्ययन समिति
७डन न्यूज पब्लिकेशन प्रा. लि. छैटौं वर्षमा प्रवेश
८‘पोखरा महानगरविरुद्ध सबैभन्दा बढी उजुरी’
९‘विज्ञतालाई राष्ट्रिय विकासमा केन्द्रित गर्न आग्रह’
१०मनाङमा अलपत्र १६ पर्यटकको उद्धार
११बागलुङमा माटोको ढिस्कोले पुरिएर दुईजना मजदुरको मृत्यु
१२सिद्धार्थ क्लबको अध्यक्षमा सुनिल श्रेष्ठ
पोखरा, १७ कात्तिक । जेन–जी आन्दोलनका क्रममा ध्वस्त भएका प्रहरी कार्यालयहरू पुनर्स्थापना र सवारीसाधन अभावको चुनौतीबीच पोखराको वडा प्रहरी कार्यालय बैदामले तिहारको देउसी–भैलो कार्यक्रमबाट संकलित रकमले मोटरसाइकल खरिद गरेको छ। यसले शान्ति–सुरक्षा कायम गर्न थप सहयोग पुग्ने विश्वास लिइएको छ।
भदौ २३ र २४ गतेको जेन–जी आन्दोलनका क्रममा प्रदर्शनकारीहरूले कास्कीसहित देशभरका २७ वटा प्रहरी कार्यालयमा आगजनी गरेका थिए। प्रहरीका मोटरसाइकल तथा गाडीहरू जलाइएका थिए भने झन्डै दुई दर्जन हातहतियार लुटिएका थिए। यसले प्रहरीलाई गस्ती तथा शान्ति–सुरक्षा कायम गर्न सवारीसाधनको गम्भीर अभाव सिर्जना भएको थियो।
यस्तो प्रतिकूल परिस्थितिमा वडा प्रहरी कार्यालय बैदामले कात्तिक ३ गते लक्ष्मीपूजाको अवसरमा कार्यालय परिसरमा देउसी–भैलो कार्यक्रम आयोजना गरेको थियो। कार्यक्रममा प्रहरी कर्मचारीहरूले नाचगानसमेत प्रस्तुत गरेका थिए। उक्त कार्यक्रमबाट २ लाख २१ हजार ५१४ रुपैयाँ संकलन भएको थियो। कार्यालयले थप केही रकम जुटाएर कुल २ लाख २४ हजार ९७० रुपैयाँमा एक थान मोटरसाइकल खरिद गरेको कास्की प्रहरीका सूचना अधिकारी डिएसपी हरिबहादुर बस्नेतले जानकारी दिए।

देउसी भैलोमा नाच्दैं जिल्ला प्रहरी कार्यालय कास्कीका प्रमुख एसपी नविन कार्कीसहित सुरक्षाकर्मीहरु ।
सोमबार जिल्ला प्रहरी प्रमुख एसपी नवीन कार्कीले उक्त मोटरसाइकल वडा प्रहरी कार्यालय बैदामका प्रमुख डिएसपी नमराज भट्टराईलाई हस्तान्तरण गरेका थिए। कार्यक्रममा कास्कीका प्रमुख जिल्ला अधिकारी रुद्रादेवी शर्मा, एसपी कार्की, पोखराका व्यवसायी, सामुदायिक सेवा केन्द्रका प्रतिनिधिलगायतको सहभागिता थियो।
“देउसी–भैलोबाट संकलित रकम तत्कालै कार्यालय प्रयोजन र शान्ति–सुरक्षाका लागि उपयोग गर्न सकिने भएकाले मोटरसाइकल खरिद गरेका हौं,” डिएसपी बस्नेतले भने।

वडा प्रहरी कार्यालय बैदाममा डीएसपी नमराज भट्टराईसहित सुरक्षाकर्मीहरु देउसीभैलो खेल्दैं ।
थप सहयोगको अपिल
प्रहरी कार्यालयहरूको पुनर्निर्माण, सवारीसाधन व्यवस्थापन र हातहतियार सुरक्षाका लागि विभिन्न सामाजिक संघ–संस्था, क्लब, व्यवसायी तथा दाताहरूसमक्ष सहयोगको अपिल गरिएको छ। “जनताको साथ र सहयोगले मात्र प्रहरीले प्रभावकारी रूपमा शान्ति–सुरक्षा कायम गर्न सक्छ,” प्रहरीले जनाएको छ।
