
१प्रचण्डलाई जन्मथलो कास्की–३ बाट सर्वसम्मत उम्मेदवार सिफारिस
२सिन्धुलीमा बुहारीलाई पेट्रोल छर्केर आगो लगाइएको प्रहरी अनुसन्धानबाट पुष्टि
३‘जनप्रिय क्याम्पसको शैक्षिक गुणस्तर कायम राख्न प्रतिवद्ध छौं’
४कुमार नगरकोटीको ‘यदाकदा’ साङ्गीतिक काव्य सन्ध्या राष्ट्रिय सभागृहमा
५हजुरआमाको हत्या आरोपमा नाति पक्राउ
६किर्ते गरी २० करोड कर छुट दिइएको मणिपाललाई ‘सर्वोत्कृष्ट करदाता’
७लेखनाथ महोत्सवको २१औँ संस्करण बिहीबारदेखि, तयारी पूरा
८भ्रष्टाचारी प्रा.डा. भरतराज पहारी एमालेको अनुशासन आयोगको अध्यक्ष !
९२४ घण्टा नबित्दैं हत्यामा संलग्न दुबैजनालाई पक्राउ गर्न कास्की प्रहरी सफल
१०जेन-जी आन्दोलनलाई ‘जनआन्दोलन’को मान्यता प्राप्त
११छिनेडाँडा–रिट्ठेपानी डाँडा कटान लगायत तीन विषयमा छुट्टै अनुसन्धान हुँदै
१२प्रहरी असई पुष्कर कार्कीद्वारा आफ्नै ४ महिने छोराको हत्या
१जिप्रका कास्की अगाडि गोली लागेका जेन-जी योद्धा लक्ष्मणको अवस्था जटिल, परिवार नैं पीडामा
२२४ घण्टा नबित्दैं हत्यामा संलग्न दुबैजनालाई पक्राउ गर्न कास्की प्रहरी सफल
३प्रभु बैंकका सिइओसहित तीन उच्च अधिकारी पक्राउ
४८ अर्ब बिगोसहित पोखरा विमानस्थल मुद्दामा पाँचजना पूर्वमन्त्रीसहित ५६ जना विरुद्ध मुद्दा दायर
५भ्रष्टाचारी प्रा.डा. भरतराज पहारी एमालेको अनुशासन आयोगको अध्यक्ष !
६छिनेडाँडा–रिट्ठेपानी डाँडा कटान लगायत तीन विषयमा छुट्टै अनुसन्धान हुँदै
७पोखरामा ध्वनी प्रदूषण गर्ने चारजना पक्राउ
८पोखरा विमानस्थल निर्माण भ्रष्टाचार प्रकरणमा समावेशी आयोगका पूर्वअध्यक्षसहित तीन जना मुछिए
९जेन-जी आन्दोलनलाई ‘जनआन्दोलन’को मान्यता प्राप्त
१०क्यान महानिर्देशक प्रदीप अधिकारीसहित ७ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर
११पोखरा विमानस्थल भ्रष्टाचारमा चिनियाँ कम्पनी विरुद्ध मुद्दा
१२प्रहरी असई पुष्कर कार्कीद्वारा आफ्नै ४ महिने छोराको हत्या
पोखरा, १९ कार्तिक । पोखरा बचत तथा ऋण सहकारी संस्था लिमिटेडको झण्डैं ८८ करोड रुपैयाँ ठगी गरेको आरोपमा अध्यक्ष सुरेन्द्रबहादुर गोदारसहित आठ जनालाई जिल्ला प्रहरी कार्यालय कास्कीले आज बुधबार पक्राउ गरेको छ । यो गिरोहले सहकारीको ८८ करोड ७० लाख ९८ हजार ९ सय ६२ रुपैयाँ ठगी गरेको जिल्ला प्रहरी कार्यालय कास्कीले जानकारी दिएको छ ।
प्रहरीले पोखरा–१०, अमरसिंहचोक बस्ने पोखरा सहकारीका अध्यक्ष गोदार, पोखरा–११, रानीपौवा बस्ने सहकारीका उपाध्यक्ष शम्भुराज बास्तोला, पोखरा–१४, चाउथे बस्ने कोषाध्यक्ष हिरामणी दाहाल, पोखरा–११, फुलबारी बस्ने सचिव दिलबहादुर केसी, पोखरा–१७, विरौटा बस्ने सहकारीका सञ्चालक समितिका सदस्य दोर्जे तामाङ, पोखरा–१४, छिनेडाँडा बस्ने व्यवस्थापक भीष्मप्रसाद गुरुङ, पोखरा–३, तेर्सापट्टी बस्ने सहकारीका बजार प्रमुख बेदीप्रसाद सुवेदी र पोखरा–९, नयाँबजार बस्ने पूर्वसचिव/सदस्य ईन्द्रप्रसाद द्वालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय कास्कीका प्रवक्ता एवम् डीएसपी हरिबहादुर बस्नेतले जानकारी दिए ।
सहकारी रजिस्ट्रारको कार्यालय गण्डकी प्रदेशका वित्तीय छानबिनकर्ता निर्मल गौतमले तयार पारेको प्रतिवेदनका आधारमा दिइएको उजुरी पश्चात् कास्की प्रहरीले गरेको थप अनुसन्धानबाट ८८ करोड भन्दा बढि रकम हिनामिना गर्ने यो गिरोहलाई पक्राउ गर्न सुरु गरिएको हो । सहकारी रजिष्ट्ररको कार्यालय गण्डकी प्रदेशको कार्यालयले कार्तिक १८ गते कारवाहीको लागि पत्राचार गरेको थियो । प्रहरीले थप अनुसन्धान गर्दै सहकारी ठगीमा आज बुधबारदेखि मुद्दा अघि बढाएको हो ।
आरोपित समूहले बिनाधितो ऋण प्रवाह, नक्कली खाता खोल्ने र सहकारीको नीति–नियमविपरीत कमिसनको लोभमा जोखिमपूर्ण लगानी गरेको पाइएको छ। विशेषगरी अध्यक्ष गोदार र व्यवस्थापक गुरुङको नेतृत्वमा यो गिरोह सक्रिय रहेको अनुसन्धानबाट खुलेको छ।

पोखरा बचत तथा ऋण सहकारीका सञ्चालक समितिका पदाधिकारी र कानुन व्यवसायीसहितको टोली
छानबिनका क्रममा ठगी धन्दा लुकाउन भूमी व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालय काठमाडौंका शाखा अधिकृतलाई लाखौं रुपैयाँ घुस दिने गरेको तथ्य भेट्टिएको छ । विगत ८ वर्षदेखि अध्यक्षका रुपमा रहेका गोदारले अनुगमनमा आएका नेपाल सरकारको भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयका शाखा अधिकृत प्रेम राज लुइटेललार्ई पाँचलाख रुपैयाँ नगद घुसवापत दिएको प्रतिवेदनमा उल्लेख छ ।
सहकारीलाई नैं सम्पत्ति शुद्धिकरणको मुद्दामा तत्कालै कारवाही गर्नुपर्ने स्थिति देखिएका भन्दैं कारवाही हुनबाट जोगाउनका लागि भन्दैं ती शाखा अधिकृतले सहकारीका अध्यक्ष सुरेन्द्रसँग पाँच लाख रुपैयाँ घुसवापत लिएका थिए ।
बचतकर्ताहरुले रकम नपाएपछि सहकारी रजिस्ट्रारको कार्यालय गण्डकी प्रदेशमा छानबिनका लागि उजुरी दिएपछि सहकारी भित्रका धेरै वेथिति र समस्याहरुका बारेमा अन्य सदस्यहरुले पनि जानकारी पाएका थिए । उजुरी पश्चात् छानबिन हुँदा सहकारीका सञ्चालक, व्यवस्थापक र ऋणीहरु समेत मिलेर रकम हिनामिना गरेको तथ्य खुलेको हो ।
पोखरा सहकारीले पोखरा–८, सिर्जनाचोकबाट २०५८ सालबाट आफ्नो सेवा सुरु गरेको थियो । सहकारीले पछिल्लो समय पोखरा–९, नयाँबजारबाट प्रधान कार्यालय सञ्चालन गर्दै आईरहेको छ । सहकारीले पोखरा–१०, अमरसिंह र पोखरा–८, सिर्जनाचोकमा सेवा केन्द्रहरु पनि सञ्चालन गरेको छ ।
१जिप्रका कास्की अगाडि गोली लागेका जेन-जी योद्धा लक्ष्मणको अवस्था जटिल, परिवार नैं पीडामा
२२४ घण्टा नबित्दैं हत्यामा संलग्न दुबैजनालाई पक्राउ गर्न कास्की प्रहरी सफल
३प्रभु बैंकका सिइओसहित तीन उच्च अधिकारी पक्राउ
४८ अर्ब बिगोसहित पोखरा विमानस्थल मुद्दामा पाँचजना पूर्वमन्त्रीसहित ५६ जना विरुद्ध मुद्दा दायर
५भ्रष्टाचारी प्रा.डा. भरतराज पहारी एमालेको अनुशासन आयोगको अध्यक्ष !