
१पोखरामा सडकको भेलले बगाउँदा आमा–छोरीको गयो ज्यान
२व्यवसायी विमल बसेल दम्पत्तीद्वारा प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा ५० लाख सहयोगको घोषणा
३तिब्बतर्फ ताल पुन: फुट्यो
४चीनतर्फ नदी थुनिएर बन्यो ठूलो ताल, भोटेकोशीमा अझै बाढी आउन सक्ने
५रसुवा बाढी : २८ प्रहरी अझै सम्पर्कविहीन
६स्व.भक्तबहादुर बस्नेतको परिवारले दिए गोगन माविलाई साढे २३ लाख रुपैयाँ
७विभिन्न जिल्लामा १५७ जनाको शव फेला, बाढीका कारण एक हजारभन्दा बढी सम्पर्कविहीन
८बागलुङमा सँगै काम गर्ने साथीको हत्या गरेको आरोपमा दुई जना पक्राउ
९स्वास्थ्य मन्त्रालयद्वारा सबै स्थानीय तहलाई निःशुल्क औषधिको उपलब्धता सुनिश्चित गर्न परिपत्र
१०पत्रकार अमृतनाथलाई नेफ्स्कुन पत्रकारिता पुरस्कार
११ढोरपाटनमा विदेशी सिकारीहरूको आकर्षण बढ्दै
१२सिमरामा तीन वर्षीया बालिकाको हत्या प्रकरण : प्रहरीसँग खोज्न खटिएका व्यक्ति नै पक्राउ
१झलकरामको ७० लाख घुस लुकाउन किर्ते कागज बनाउने वडाध्यक्ष र सचिवविरुद्ध भ्रष्टाचार मुद्दा दायर
२घरपझोङ, किन मोहनी लगायौ तिमीले ?
३बरपीपल रिसोर्टमा आगन्तुकका लागि १५ प्रतिशतसम्म छुट
४ब्रोड पिक हिमपहिरोका आरोही र तराई हिंसाका मृतकहरूप्रति श्रद्धाञ्जली अर्पण
५नर्स अभियन्ता ज्योति रानाभाट र सरकारबिच १९ बुँदे सहमति
६सिर्जनाचोकबाट १४०.७७ ग्राम ब्राउन सुगरसहित एक भारतीय नागरिक पक्राउ
७२८ हजार नगदसहित ६ जना जुवाडे पक्राउ
८सहकारी ठगी मुद्दाको शीघ्र न्याय निरूपणका लागि विशेष इजलास गठन गर्न मन्त्रालयको आग्रह
९फिर्के खोलाघरका बाँकी संरचना हटाउन १५ भदौसम्म अल्टिमेटम
१०अफवाह नफैलाउन प्रहरीको आग्रह
११एलपी ग्यासको बिक्री-वितरण व्यवस्थित गर्न निर्देशन
१२जनप्रतिनिधि गीताद्वारा विभिन्न धार्मिक तथा शैक्षिक संस्थालाई मूर्ति र छाता हस्तान्तरण
पोखरा, १९ कार्तिक । पोखरा बचत तथा ऋण सहकारी संस्था लिमिटेडको झण्डैं ८८ करोड रुपैयाँ ठगी गरेको आरोपमा अध्यक्ष सुरेन्द्रबहादुर गोदारसहित आठ जनालाई जिल्ला प्रहरी कार्यालय कास्कीले आज बुधबार पक्राउ गरेको छ । यो गिरोहले सहकारीको ८८ करोड ७० लाख ९८ हजार ९ सय ६२ रुपैयाँ ठगी गरेको जिल्ला प्रहरी कार्यालय कास्कीले जानकारी दिएको छ ।
प्रहरीले पोखरा–१०, अमरसिंहचोक बस्ने पोखरा सहकारीका अध्यक्ष गोदार, पोखरा–११, रानीपौवा बस्ने सहकारीका उपाध्यक्ष शम्भुराज बास्तोला, पोखरा–१४, चाउथे बस्ने कोषाध्यक्ष हिरामणी दाहाल, पोखरा–११, फुलबारी बस्ने सचिव दिलबहादुर केसी, पोखरा–१७, विरौटा बस्ने सहकारीका सञ्चालक समितिका सदस्य दोर्जे तामाङ, पोखरा–१४, छिनेडाँडा बस्ने व्यवस्थापक भीष्मप्रसाद गुरुङ, पोखरा–३, तेर्सापट्टी बस्ने सहकारीका बजार प्रमुख बेदीप्रसाद सुवेदी र पोखरा–९, नयाँबजार बस्ने पूर्वसचिव/सदस्य ईन्द्रप्रसाद द्वालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय कास्कीका प्रवक्ता एवम् डीएसपी हरिबहादुर बस्नेतले जानकारी दिए ।
सहकारी रजिस्ट्रारको कार्यालय गण्डकी प्रदेशका वित्तीय छानबिनकर्ता निर्मल गौतमले तयार पारेको प्रतिवेदनका आधारमा दिइएको उजुरी पश्चात् कास्की प्रहरीले गरेको थप अनुसन्धानबाट ८८ करोड भन्दा बढि रकम हिनामिना गर्ने यो गिरोहलाई पक्राउ गर्न सुरु गरिएको हो । सहकारी रजिष्ट्ररको कार्यालय गण्डकी प्रदेशको कार्यालयले कार्तिक १८ गते कारवाहीको लागि पत्राचार गरेको थियो । प्रहरीले थप अनुसन्धान गर्दै सहकारी ठगीमा आज बुधबारदेखि मुद्दा अघि बढाएको हो ।
आरोपित समूहले बिनाधितो ऋण प्रवाह, नक्कली खाता खोल्ने र सहकारीको नीति–नियमविपरीत कमिसनको लोभमा जोखिमपूर्ण लगानी गरेको पाइएको छ। विशेषगरी अध्यक्ष गोदार र व्यवस्थापक गुरुङको नेतृत्वमा यो गिरोह सक्रिय रहेको अनुसन्धानबाट खुलेको छ।

पोखरा बचत तथा ऋण सहकारीका सञ्चालक समितिका पदाधिकारी र कानुन व्यवसायीसहितको टोली
छानबिनका क्रममा ठगी धन्दा लुकाउन भूमी व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालय काठमाडौंका शाखा अधिकृतलाई लाखौं रुपैयाँ घुस दिने गरेको तथ्य भेट्टिएको छ । विगत ८ वर्षदेखि अध्यक्षका रुपमा रहेका गोदारले अनुगमनमा आएका नेपाल सरकारको भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयका शाखा अधिकृत प्रेम राज लुइटेललार्ई पाँचलाख रुपैयाँ नगद घुसवापत दिएको प्रतिवेदनमा उल्लेख छ ।
सहकारीलाई नैं सम्पत्ति शुद्धिकरणको मुद्दामा तत्कालै कारवाही गर्नुपर्ने स्थिति देखिएका भन्दैं कारवाही हुनबाट जोगाउनका लागि भन्दैं ती शाखा अधिकृतले सहकारीका अध्यक्ष सुरेन्द्रसँग पाँच लाख रुपैयाँ घुसवापत लिएका थिए ।
बचतकर्ताहरुले रकम नपाएपछि सहकारी रजिस्ट्रारको कार्यालय गण्डकी प्रदेशमा छानबिनका लागि उजुरी दिएपछि सहकारी भित्रका धेरै वेथिति र समस्याहरुका बारेमा अन्य सदस्यहरुले पनि जानकारी पाएका थिए । उजुरी पश्चात् छानबिन हुँदा सहकारीका सञ्चालक, व्यवस्थापक र ऋणीहरु समेत मिलेर रकम हिनामिना गरेको तथ्य खुलेको हो ।
पोखरा सहकारीले पोखरा–८, सिर्जनाचोकबाट २०५८ सालबाट आफ्नो सेवा सुरु गरेको थियो । सहकारीले पछिल्लो समय पोखरा–९, नयाँबजारबाट प्रधान कार्यालय सञ्चालन गर्दै आईरहेको छ । सहकारीले पोखरा–१०, अमरसिंह र पोखरा–८, सिर्जनाचोकमा सेवा केन्द्रहरु पनि सञ्चालन गरेको छ ।
१झलकरामको ७० लाख घुस लुकाउन किर्ते कागज बनाउने वडाध्यक्ष र सचिवविरुद्ध भ्रष्टाचार मुद्दा दायर
२घरपझोङ, किन मोहनी लगायौ तिमीले ?
३बरपीपल रिसोर्टमा आगन्तुकका लागि १५ प्रतिशतसम्म छुट
४ब्रोड पिक हिमपहिरोका आरोही र तराई हिंसाका मृतकहरूप्रति श्रद्धाञ्जली अर्पण
५नर्स अभियन्ता ज्योति रानाभाट र सरकारबिच १९ बुँदे सहमति