
१रसुवा बाढी : ७८१ जनाको शव भेटियो
२पोखरामा सडकको भेलले बगाउँदा आमा–छोरीको गयो ज्यान
३व्यवसायी विमल बसेल दम्पत्तीद्वारा प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा ५० लाख सहयोगको घोषणा
४तिब्बतर्फ ताल पुन: फुट्यो
५चीनतर्फ नदी थुनिएर बन्यो ठूलो ताल, भोटेकोशीमा अझै बाढी आउन सक्ने
६रसुवा बाढी : २८ प्रहरी अझै सम्पर्कविहीन
७स्व.भक्तबहादुर बस्नेतको परिवारले दिए गोगन माविलाई साढे २३ लाख रुपैयाँ
८विभिन्न जिल्लामा १५७ जनाको शव फेला, बाढीका कारण एक हजारभन्दा बढी सम्पर्कविहीन
९बागलुङमा सँगै काम गर्ने साथीको हत्या गरेको आरोपमा दुई जना पक्राउ
१०स्वास्थ्य मन्त्रालयद्वारा सबै स्थानीय तहलाई निःशुल्क औषधिको उपलब्धता सुनिश्चित गर्न परिपत्र
११पत्रकार अमृतनाथलाई नेफ्स्कुन पत्रकारिता पुरस्कार
१२ढोरपाटनमा विदेशी सिकारीहरूको आकर्षण बढ्दै
१झलकरामको ७० लाख घुस लुकाउन किर्ते कागज बनाउने वडाध्यक्ष र सचिवविरुद्ध भ्रष्टाचार मुद्दा दायर
२घरपझोङ, किन मोहनी लगायौ तिमीले ?
३ब्रोड पिक हिमपहिरोका आरोही र तराई हिंसाका मृतकहरूप्रति श्रद्धाञ्जली अर्पण
४नर्स अभियन्ता ज्योति रानाभाट र सरकारबिच १९ बुँदे सहमति
५सिर्जनाचोकबाट १४०.७७ ग्राम ब्राउन सुगरसहित एक भारतीय नागरिक पक्राउ
६२८ हजार नगदसहित ६ जना जुवाडे पक्राउ
७फिर्के खोलाघरका बाँकी संरचना हटाउन १५ भदौसम्म अल्टिमेटम
८पोखरा बजारमा करिब दस हजार भरिएका सिलिन्डर भित्रिने
९जनप्रतिनिधि गीताद्वारा विभिन्न धार्मिक तथा शैक्षिक संस्थालाई मूर्ति र छाता हस्तान्तरण
१०एलपी ग्यासको बिक्री-वितरण व्यवस्थित गर्न निर्देशन
११मोदीखोला बाढी : कास्की-पर्वत जोड्ने दुई पुल बगे, मन्दिरमा फसेका तीन जनाको सकुसल उद्धार
१२अन्ततः गण्डकीमा गाँजा खेतीसम्बन्धी विधेयक प्रमाणीकरण
पोखरा, २७ असोज । पोखराको मणिपाल शिक्षण अस्पतालका नर्सहरूले सम्मानजनक तलब र सुविधाको माग राख्दै आन्दोलन गरिरहेका छन्। उनीहरूले कम तलब, जोखिम भत्ता नपाउने र अपमानजनक व्यवहार भोग्नुपरेको गुनासो गरेका छन्।
नर्सहरूको मासिक तलब १५ देखि २० हजार रुपैयाँ मात्र छ, जुन सरकारी मापदण्ड (पाँचौँ तहको ३४,७३० रुपैयाँ) भन्दा निकै कम हो। अतिरिक्त समयको भत्ता र अन्य सुविधा पनि नपाएको उनीहरूको भनाइ छ। दुई हप्तादेखि कालोपट्टी बाँधेर आन्दोलन गरिरहेका नर्सहरूले “हामी नर्स हौं, मेसिन होइनौँ, १५ हजारमा गुजारा चल्दैन” भन्दै विरोध जनाएका छन्।
अस्पताल प्रशासनले माग पूरा गर्नुको सट्टा नर्सहरूलाई धम्की दिएको र नयाँ नर्स भर्ना गर्न विज्ञापन खुलाएको उनीहरूको आरोप छ। प्रशासनले इमेलमार्फत स्वास्थ्य सेवा अवरुद्ध गरेको भन्दै कानुनी कारबाहीको चेतावनी दिएको छ। यसले नर्सहरू थप आक्रोशित बनेका छन्।

अस्पताल प्रशासनले माग पूरा गर्नुको सट्टा नयाँ नर्स भर्ना गर्न विज्ञापन खुलाएको छ ।
नर्स पूजा फगामीले तलब र सुविधाको विषयमा पटक–पटक छलफल भए पनि सुनुवाइ नभएको बताइन्। “सरकारी तहअनुसार तलब दिन प्रशासन तयार छैन, त्यसैले आन्दोलन गर्नुपरेको हो,“ उनले भनिन्। नर्सहरूले बिरामीसँग माफी माग्दै माग पूरा नभएसम्म आन्दोलन नरोक्ने अडान लिएका छन्।
नेपाल नर्सिङ संघका वरिष्ठ उपाध्यक्ष रमेश सुब्बाले निजी अस्पतालहरूमा नर्समाथि चरम शोषण भएको बताए। “कम तलब र अपमानका कारण नर्सहरू विदेश पलायन भइरहेका छन्। करिब ४० हजार नर्स विदेश जाने तयारीमा छन्,“ उनले भने। संघकी उपाध्यक्ष बबिता घिमिरेले पनि निजी अस्पतालमा नर्सहरूको अवस्था दयनीय रहेको र सरकारको परिपत्र कार्यान्वयन नभएको गुनासो गरिन्।
नर्सहरूले सम्मानजनक तलब, जोखिम भत्ता, ओभरटाइम सुविधा र बिदाको माग राखेका छन्। अस्पतालका सूचना अधिकारीले वार्ताबाट समाधान गर्ने बताए पनि आन्दोलनका कारण केही बिरामीलाई अन्यत्र रिफर गर्नुपरेको स्वीकार गरे।
मणिपाल अस्पताल भारतीय समूहले सञ्चालन गर्दै आएको थियो, तर २०७८ मा नेपाली व्यवसायीहरूले खरिद गरेका हुन्। अस्पतालले स्थानीयलाई रोजगारी दिए पनि कर्मचारी र चिकित्सकले वर्षौंदेखि सुविधा र सम्मानको माग राख्दै आन्दोलन गर्दै आएका छन्। नर्स सुनिताले आफ्नो अधिकारका लागि लड्नुपर्ने बाध्यता रहेको बताइन्। “हामीले कर्तव्य पूरा गरेका छौँ, अब अधिकारका लागि लड्नुपर्छ,“ उनले भनिन्।
नर्सहरूले आफ्नो पेसाप्रति गर्व भए पनि कम तलब र अपमानका कारण विदेश जाने सोच बनाएको बताएका छन्। उनीहरूको मागप्रति अन्य अस्पतालका नर्सहरूले पनि ऐक्यबद्धता जनाएका छन्।
१झलकरामको ७० लाख घुस लुकाउन किर्ते कागज बनाउने वडाध्यक्ष र सचिवविरुद्ध भ्रष्टाचार मुद्दा दायर
२घरपझोङ, किन मोहनी लगायौ तिमीले ?
३ब्रोड पिक हिमपहिरोका आरोही र तराई हिंसाका मृतकहरूप्रति श्रद्धाञ्जली अर्पण
४नर्स अभियन्ता ज्योति रानाभाट र सरकारबिच १९ बुँदे सहमति
५सिर्जनाचोकबाट १४०.७७ ग्राम ब्राउन सुगरसहित एक भारतीय नागरिक पक्राउ