
१पोखराको फोहोर व्यवस्थापन झनैं चुनौतीपूर्ण
२राष्ट्रिय सभा सदस्य निर्वाचनमा प्रदेशगत मतभारको अवस्था
३सशस्त्र द्वन्द्वकी घाइते योद्धा गोमा घिमिरे गण्डकीबाट राष्ट्रिय सभा सदस्य उम्मेदवार
४एमाले गण्डकीको उम्मेदवार सिफारिसमा गुण्डा नाइकेदेखि भ्रष्टाचार आरोपितसम्म
५चुनावी मैदानमा विप्लव
६राष्ट्रियस्तरको भन्दैं झुठो दावी गर्ने दुई पत्रिकालाई कारवाही
७पोखरामा चार दिनसम्म दैनिक ५ घण्टा बिजुली कटौती हुने
८जाजरकोटमा सिकारका क्रममा भरुवा बन्दुक पड्किँदा एकको मृत्यु, अवैध हतियारसहित ५ जना पक्राउ
९राष्ट्रिय भूमि आयोगका पूर्वअध्यक्षसहित ६ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर
१०पूर्वमन्त्री राजकुमार गुप्ता जेल चलान
११लिचीबारी भ्रष्टाचार प्रकरण : पूर्वमन्त्री राजकुमार गुप्ता विशेष अदालतमा उपस्थित, थुनछेक बहस जारी
१२माछापुच्छ्रे पोखरा ओपन टेनिसः मेन्स सिंगल्स उपाधि करण थापालाई, ३५ वर्षमाथि जितेन्द्र परियार च्याम्पियन
१भ्रष्टाचारी प्रा.डा. भरतराज पहारी एमालेको अनुशासन आयोगको अध्यक्ष !
२एमाले गण्डकीको उम्मेदवार सिफारिसमा गुण्डा नाइकेदेखि भ्रष्टाचार आरोपितसम्म
३किर्ते गरी २० करोड कर छुट दिइएको मणिपाललाई ‘सर्वोत्कृष्ट करदाता’
४पोखराको फोहोर व्यवस्थापन झनैं चुनौतीपूर्ण
५पोखरामा चार दिनसम्म दैनिक ५ घण्टा बिजुली कटौती हुने
६राष्ट्रिय भूमि आयोगका पूर्वअध्यक्षसहित ६ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर
७नेपाली कांग्रेसको क्रियाशील राजनीतिबाट विश्राम लिने व्यवसायी विमल बस्यालको घोषणा
८पूर्वमन्त्री राजकुमार गुप्ता जेल चलान
९‘जनप्रिय क्याम्पसको शैक्षिक गुणस्तर कायम राख्न प्रतिवद्ध छौं’
१०लिचीबारी भ्रष्टाचार प्रकरण : पूर्वमन्त्री राजकुमार गुप्ता विशेष अदालतमा उपस्थित, थुनछेक बहस जारी
११हजुरआमाको हत्या आरोपमा नाति पक्राउ
१२राष्ट्रियस्तरको भन्दैं झुठो दावी गर्ने दुई पत्रिकालाई कारवाही
पोखरा, २७ असोज । पोखराको मणिपाल शिक्षण अस्पतालका नर्सहरूले सम्मानजनक तलब र सुविधाको माग राख्दै आन्दोलन गरिरहेका छन्। उनीहरूले कम तलब, जोखिम भत्ता नपाउने र अपमानजनक व्यवहार भोग्नुपरेको गुनासो गरेका छन्।
नर्सहरूको मासिक तलब १५ देखि २० हजार रुपैयाँ मात्र छ, जुन सरकारी मापदण्ड (पाँचौँ तहको ३४,७३० रुपैयाँ) भन्दा निकै कम हो। अतिरिक्त समयको भत्ता र अन्य सुविधा पनि नपाएको उनीहरूको भनाइ छ। दुई हप्तादेखि कालोपट्टी बाँधेर आन्दोलन गरिरहेका नर्सहरूले “हामी नर्स हौं, मेसिन होइनौँ, १५ हजारमा गुजारा चल्दैन” भन्दै विरोध जनाएका छन्।
अस्पताल प्रशासनले माग पूरा गर्नुको सट्टा नर्सहरूलाई धम्की दिएको र नयाँ नर्स भर्ना गर्न विज्ञापन खुलाएको उनीहरूको आरोप छ। प्रशासनले इमेलमार्फत स्वास्थ्य सेवा अवरुद्ध गरेको भन्दै कानुनी कारबाहीको चेतावनी दिएको छ। यसले नर्सहरू थप आक्रोशित बनेका छन्।

अस्पताल प्रशासनले माग पूरा गर्नुको सट्टा नयाँ नर्स भर्ना गर्न विज्ञापन खुलाएको छ ।
नर्स पूजा फगामीले तलब र सुविधाको विषयमा पटक–पटक छलफल भए पनि सुनुवाइ नभएको बताइन्। “सरकारी तहअनुसार तलब दिन प्रशासन तयार छैन, त्यसैले आन्दोलन गर्नुपरेको हो,“ उनले भनिन्। नर्सहरूले बिरामीसँग माफी माग्दै माग पूरा नभएसम्म आन्दोलन नरोक्ने अडान लिएका छन्।
नेपाल नर्सिङ संघका वरिष्ठ उपाध्यक्ष रमेश सुब्बाले निजी अस्पतालहरूमा नर्समाथि चरम शोषण भएको बताए। “कम तलब र अपमानका कारण नर्सहरू विदेश पलायन भइरहेका छन्। करिब ४० हजार नर्स विदेश जाने तयारीमा छन्,“ उनले भने। संघकी उपाध्यक्ष बबिता घिमिरेले पनि निजी अस्पतालमा नर्सहरूको अवस्था दयनीय रहेको र सरकारको परिपत्र कार्यान्वयन नभएको गुनासो गरिन्।
नर्सहरूले सम्मानजनक तलब, जोखिम भत्ता, ओभरटाइम सुविधा र बिदाको माग राखेका छन्। अस्पतालका सूचना अधिकारीले वार्ताबाट समाधान गर्ने बताए पनि आन्दोलनका कारण केही बिरामीलाई अन्यत्र रिफर गर्नुपरेको स्वीकार गरे।
मणिपाल अस्पताल भारतीय समूहले सञ्चालन गर्दै आएको थियो, तर २०७८ मा नेपाली व्यवसायीहरूले खरिद गरेका हुन्। अस्पतालले स्थानीयलाई रोजगारी दिए पनि कर्मचारी र चिकित्सकले वर्षौंदेखि सुविधा र सम्मानको माग राख्दै आन्दोलन गर्दै आएका छन्। नर्स सुनिताले आफ्नो अधिकारका लागि लड्नुपर्ने बाध्यता रहेको बताइन्। “हामीले कर्तव्य पूरा गरेका छौँ, अब अधिकारका लागि लड्नुपर्छ,“ उनले भनिन्।
नर्सहरूले आफ्नो पेसाप्रति गर्व भए पनि कम तलब र अपमानका कारण विदेश जाने सोच बनाएको बताएका छन्। उनीहरूको मागप्रति अन्य अस्पतालका नर्सहरूले पनि ऐक्यबद्धता जनाएका छन्।
१भ्रष्टाचारी प्रा.डा. भरतराज पहारी एमालेको अनुशासन आयोगको अध्यक्ष !
२एमाले गण्डकीको उम्मेदवार सिफारिसमा गुण्डा नाइकेदेखि भ्रष्टाचार आरोपितसम्म
३किर्ते गरी २० करोड कर छुट दिइएको मणिपाललाई ‘सर्वोत्कृष्ट करदाता’
४पोखराको फोहोर व्यवस्थापन झनैं चुनौतीपूर्ण
५पोखरामा चार दिनसम्म दैनिक ५ घण्टा बिजुली कटौती हुने