
१प्रधानमन्त्रीज्यू, पोखराको लेकसाइडमा प्रहरी-विचौंलिया सेटिङको जरा उखेल्नुहोस् !
२न्यायाधीश फुयाल, आईजिपी कार्की र बिचौलिया सापकोटा बिचको अवैध सेटिङ पर्दाफास
३सामान्य विवादमा साथीकै हत्या गर्ने ५ जना पक्राउ
४डा. शंकर बरालको अनुसन्धानलाई अमेरिकामा ‘प्रेजिडेन्सियल अवार्ड’
५सहकारी ठगी मुद्दाको सुनुवाइ अब ‘फास्ट ट्रयाक’मा
६चक्रवात ‘अर्नब’को प्रभाव : नेपालमा भारी वर्षा र हिमपातको सम्भावना, सतर्कता अपनाउन आग्रह
७नेपालमा बालबालिकाको रगतमा लेडको जोखिम उच्च
८आज विजया दशमी: बिहान १०:२६ बजे टीकाको उत्तम साइत
९‘अपरेसन ३६५’ : एक वर्षमा ८९८ मोटरसाइकल कारबाहीमा
१०‘प्रदेशविनाको संघीयताको कुनै अर्थ छैन’
११पृथ्वी राजमार्गको गलौँदी क्षेत्र मर्मतका लागि रातभर सडक बन्द
१२डा. निरञ्जन कोइराला प्रभावशाली वैज्ञानिकहरुको सूचीमा
१आईजीपी दानबहादुर कार्कीमाथि भ्रष्टाचारको आरोप, छानबिन गर्न ९ सदस्यीय विशेष समिति गठन
२डन न्यूज पब्लिकेशन प्रा. लि. छैटौं वर्षमा प्रवेश
३फिर्के खोलाघरमा फेरि चल्यो महानगरको डोजर
४‘अपरेसन ३६५’ : एक वर्षमा ८९८ मोटरसाइकल कारबाहीमा
५‘प्रदेशविनाको संघीयताको कुनै अर्थ छैन’
६‘पोखरा महानगरविरुद्ध सबैभन्दा बढी उजुरी’
७‘जेनजी प्रदर्शनकारीको बिगो नखुलेका करिब १ सय मुद्दा फिर्ता लिन सकिने’ : अध्ययन समिति
८‘विज्ञतालाई राष्ट्रिय विकासमा केन्द्रित गर्न आग्रह’
९छोरेपाटन प्रहरी चौकीको मर्मतसम्भार र पुनःनिर्माण सम्पन्न, सहयोगीहरू सम्मानित
१०‘बेगनास फिस फेस्टिभल’ सफल बनाउन ऐक्यबद्धता
११सिद्धार्थ क्लबको अध्यक्षमा सुनिल श्रेष्ठ
१२ओख्लेभीरमा स्कुल बस दुर्घटनाः ५ जनाको मृत्यु, २० घाइते
काठमाडौँ, १० कार्तिक । सरकारले २३ र २४ भदौमा जेन–जी आन्दोलन र त्यसपछिको हिंसात्मक प्रदर्शनमा ज्यान गुमाएका ५३ जनाका परिवारलाई १५ लाख रुपैयाँका दरले राहत वितरण गरेको छ। तर, कारागारबाट भाग्ने क्रममा सुरक्षाकर्मीको गोलीबाट मृत्यु भएका कैदीबन्दी र पहिचान नखुलेका शवका परिवारलाई राहत प्रदान गरिएको छैन।
गृह मन्त्रालयका अनुसार, अर्थ मन्त्रालयले राहतका लागि ७ करोड ९५ लाख रुपैयाँ निकासा गरेको छ। मन्त्रालयका सूचना अधिकारी रवीन्द्र आचार्यले भने, ‘२३ र २४ भदौमा प्रहरीको गोली, उपचारका क्रममा वा हिंसात्मक प्रदर्शनमा ज्यान गुमाएका ५३ जनाका परिवारलाई सहिद सरह राहत उपलब्ध गराइएको छ।’ यो रकम सम्बन्धित जिल्ला प्रशासन कार्यालयमार्फत वितरण गरिएको छ।
प्रहरी तथ्यांकअनुसार, जेन–जी आन्दोलन र त्यसपछिको हिंसामा ७६ जनाको मृत्यु भएको छ। जसमा २३ भदौमा काठमाडौं र सुनसरीमा २२ जनाको मृत्यु भएको थियो। २४ भदौ र उपचारका क्रममा थप केहीको ज्यान गएको थियो। कारागारबाट भाग्ने क्रममा १० कैदीबन्दी र प्रदर्शनकारीको कुटाइबाट ३ प्रहरीको मृत्यु भएको थियो। काठमाडौं, विराटनगर र इटहरीका भाटभटेनी भवनमा आगलागीपछि जलेर १३ शवको पहिचान हुन बाँकी छ।
गृह मन्त्रालयले पहिचान नखुलेका मृतकको आन्दोलनसँग सम्बन्ध पुष्टि भएमा थप निर्णय गर्ने जनाएको छ।