News Portal

ताजा शिर्षकहरु

चर्चित शिर्षकहरु

क्राईम–न्यूज समाचार

जेनजी आन्दोलनमा राष्ट्रपति कार्यालय तोडफोड गर्ने पक्राउ

काठमाडौं, १४ कार्तिक । जेनजी आन्दोलनको क्रममा राष्ट्रपति कार्यालय शीतल निवासमा तोडफोड, आगजनी र लुटपाट गरेको आरोपमा प्रहरीले तीन युवालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा बैतडीको मेलौली नगरपालिका–७ का १८ वर्षीय विशाल सिंह कार्की, सुर्नया गाउँपालिका–८ का १९ वर्षीय दीपक बोहरा र बझाङको बित्थडचिर गाउँपालिका–१ का १९ वर्षीय हेमन्त बोहरा रहेका छन् । उनीहरूमाथि चोरी तथा आपराधिक उपद्रवको कसुरमा काठमाडौं जिल्ला अदालतमा मुद्दा दर्ता गरिएको छ ।

प्रहरीका अनुसार आन्दोलन चर्किएको बेला उनीहरूले शीतल निवासमा प्रवेश गरी तोडफोड र आगजनी गरेका थिए भने कार्यालयका विभिन्न सामग्री चोरी गरेर लगेका थिए । पक्राउ परेका अभियुक्तहरूको साथबाट राष्ट्रपति कार्यालयको प्रिन्टर, वाईफाई राउटरलगायतका सामान बरामद भएको प्रहरीले जनाएको छ ।