
१‘अपरेसन ३६५’ : एक वर्षमा ८९८ मोटरसाइकल कारबाहीमा
२‘प्रदेशविनाको संघीयताको कुनै अर्थ छैन’
३पृथ्वी राजमार्गको गलौँदी क्षेत्र मर्मतका लागि रातभर सडक बन्द
४डा. निरञ्जन कोइराला प्रभावशाली वैज्ञानिकहरुको सूचीमा
५ओभरसिज फ्रेन्डसिप इन्टरनेसनल हस्पिटल सञ्चालनमा
६पोखराको लेकसाइडमा युवा उद्यमीको नयाँ क्रान्ति
७डन न्यूज पब्लिकेशन प्रा. लि. छैटौं वर्षमा प्रवेश
८पहिरोले बुढीगण्डकी थुनिएर भीषण बाढी
९विमानस्थल आसपास चङ्गा, ड्रोन र लेजर लाइट प्रयोगमा रोक
१०सशस्त्र प्रहरी एआईजी वंशीराज दाहाल सेवाबाट बर्खास्त
११ओख्लेभीरमा स्कुल बस दुर्घटनाः ५ जनाको मृत्यु, २० घाइते
१२विपद्मा बेपत्तालाई ४५ दिनमै मृतक घोषणा गर्न सकिने
१पोखरामा ठूलो मात्रामा लागूऔषधसहित ६ जना पक्राउ
२डुलुवाको अध्यक्षमा योगेश भट्टराई
३‘पेन्सन पट्टा’ : पहाडको माटो, लाहुरेको आँसु र प्रेमको धुनले दर्शकलाई रुवायो
४इन्द्रसरोवरमा गाडी दुर्घटनामा परी ४ जनाको मृत्यु
५पत्रकार थकालीमाथि ज्यान मार्ने धम्की
६सराङकोटमा प्रहरी चौकी भवनको उद्घाटन
७आईजीपी दानबहादुर कार्कीमाथि भ्रष्टाचारको आरोप, छानबिन गर्न ९ सदस्यीय विशेष समिति गठन
८फिर्के खोलाघरमा फेरि चल्यो महानगरको डोजर
९‘विज्ञतालाई राष्ट्रिय विकासमा केन्द्रित गर्न आग्रह’
१०‘पोखरा महानगरविरुद्ध सबैभन्दा बढी उजुरी’
११‘जेनजी प्रदर्शनकारीको बिगो नखुलेका करिब १ सय मुद्दा फिर्ता लिन सकिने’ : अध्ययन समिति
१२मनाङमा अलपत्र १६ पर्यटकको उद्धार
‘हेरौं २/४ महिना । गरे गर्ला, नगरे कमसेकम ५० जना एमालेका युवाहरुले, हामीसँग फोटो छ, कसले फोरेको हो खगराजजीको घर, कसले फोरेको हो गणेशजीको घर, यिनीहरुलाई समात्दैं खुट्टा भाँच्दै, समात्दैं खुट्टा भाँच्दैं फाल्दैं गर्ने हो, न्याय पाउने तरिका यहीं हो । के तपाईहरु तयार हुनुहुन्छ ?’
पोखरा, २३ असोज । सुन चोरी काण्डमा संलग्न नेकपा एमालेका नेता दीपक पौडेलले जेन-जी आन्दोलनकारीहरुको खुट्टा भाँच्ने धम्की दिएका छन् । नेता पौडेलले एमालेका युवाहरुसँग तागत छ ? छ भने, २ महिना पछि जो जो ले घर जलाएका छन्, जो जोले लुटेका छन् एमालेको सम्पत्ति, प्रशासनले कारवाही गरे गर्छ, नगरे घर घरमा जाने, थुत्दैं घुँडा भाँच्दैं फाल्दैं गर्ने हो भन्दैं हिंसा भड्काउने र द्वन्द्व चर्काउने उद्देश्यले उत्तेजित भाषण गरेका थिए ।
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीका प्रिय पात्र समेत रहेका उनले २०७९ को स्थानीय चुनावमा पोखराको मेयरको टिकट पाएर पनि यहीं सुन चोरी काण्डले गर्दा पछि हट्नु परेको थियो । सुन चोरी काण्ड चर्किए पछि अन्तिम समयमा आएर पौडेलको ठाउँमा एमालेका अर्का नेता कृष्ण थापाले टिकट पाएका थिए । चुनावमा नेकपा एमालेबाट फुटेर गएको समाजवादीका तर्फबाट पोखराको मेयरको उमेद्वार बनेका धनराज आचार्यसँग थापा पराजित भएका थिए ।
पूर्वशिक्षक समेत रहेका पौडेलले नेकपा एमाले पोखरा महानगर कमिटीले बुधबार हिजो आयोजना गरेको अगुवा कार्यकर्ता भेटघाट कार्यक्रममा बोल्दैं जेन जी आन्दोलनकारीहरुलाई उक्त धम्की दिएका हुन् । ‘त्यो घर फोड्ने गुन्डा, अपराधीहरुलाई यो सरकारले केही कारवाही गर्दैन, लेखेर राख्नुहोला,’ निकै आक्रोशित हुँदैं एमाले नेता पौडेलले भने–‘यो सरकार तिनै गुण्डा र अपराधीहरुले विदेशी एनजिओ, आईएनजिओहरुको अरबौं डलर खुवाएर बनाएको सरकारले कारवाही गर्छ र हामीले न्याय पाउँछौं भन्ने वाहियात कुरा हो ।’
‘हेरौं २/४ महिना । गरे गर्ला, नगरे कमसेकम ५० जना एमालेका युवाहरुले, हामीसँग फोटो छ, कसले फोरेको हो खगराजजीको घर, कसले फोरेको हो गणेशजीको घर, यिनीहरुलाई समात्दैं खुट्टा भाँच्दै, समात्दैं खुट्टा भाँच्दैं फाल्दैं गर्ने हो, न्याय पाउने तरिका यहीं हो । के तपाईहरु तयार हुनुहुन्छ ?’
उनले अझैं जँगिदैं भने–‘यहीं हो हाम्रो स्थिति, यहीं हो हाम्रो जोश जाँगर, हामीले यसैं गरी बनाएको हो यो पार्टी । मेरो युवाहरुसँग अनुरोध छ, तपाईहरुको अगाडि म जान्छु के । म १ नम्बरमा जान्छु के । गोदाई खाए मैले खान्छु । पिटाई खाए मैले खान्छु । मुद्दा खाए मैले खान्छु । नभए बदला हुँदैंन ।’
कार्यकर्ता भेटघाट कार्यक्रममा पूर्वगृहमन्त्री/स्वास्थ्यमन्त्री खगराज अधिकारी, एमालेका युवा नेताद्वय रश्मि आचार्य र दिलिपविक्रम शाहीका साथैं पोखरा महानगर कमिटीका अध्यक्ष जिवन आचार्य लगायतले मन्तव्य राखेका थिए । जसमा एमालेका युवा नेता रश्मि आचार्यले मात्र जेनजी आन्दोलन हुनु पछाडिका कारण, जेन जी पुस्ताको विद्रोह र आक्रोशलाई नेकपा एमालेले सहीं ढंगले सम्बोधन गर्न नसकेकोमा दुःख व्यक्त गर्दै आत्मालोचित पनि भएका थिए ।
नेकपा एमाले पोखरा महानगर कमिटीले बुधबार आयोजना गरेको अगुवा कार्यकर्ता भेटघाट कार्यक्रमका तस्विरहरुः
