
१‘अपरेसन ३६५’ : एक वर्षमा ८९८ मोटरसाइकल कारबाहीमा
२‘प्रदेशविनाको संघीयताको कुनै अर्थ छैन’
३पृथ्वी राजमार्गको गलौँदी क्षेत्र मर्मतका लागि रातभर सडक बन्द
४डा. निरञ्जन कोइराला प्रभावशाली वैज्ञानिकहरुको सूचीमा
५ओभरसिज फ्रेन्डसिप इन्टरनेसनल हस्पिटल सञ्चालनमा
६पोखराको लेकसाइडमा युवा उद्यमीको नयाँ क्रान्ति
७डन न्यूज पब्लिकेशन प्रा. लि. छैटौं वर्षमा प्रवेश
८पहिरोले बुढीगण्डकी थुनिएर भीषण बाढी
९विमानस्थल आसपास चङ्गा, ड्रोन र लेजर लाइट प्रयोगमा रोक
१०सशस्त्र प्रहरी एआईजी वंशीराज दाहाल सेवाबाट बर्खास्त
११ओख्लेभीरमा स्कुल बस दुर्घटनाः ५ जनाको मृत्यु, २० घाइते
१२विपद्मा बेपत्तालाई ४५ दिनमै मृतक घोषणा गर्न सकिने
१पोखरामा ठूलो मात्रामा लागूऔषधसहित ६ जना पक्राउ
२डुलुवाको अध्यक्षमा योगेश भट्टराई
३सराङकोटमा प्रहरी चौकी भवनको उद्घाटन
४आईजीपी दानबहादुर कार्कीमाथि भ्रष्टाचारको आरोप, छानबिन गर्न ९ सदस्यीय विशेष समिति गठन
५फिर्के खोलाघरमा फेरि चल्यो महानगरको डोजर
६‘जेनजी प्रदर्शनकारीको बिगो नखुलेका करिब १ सय मुद्दा फिर्ता लिन सकिने’ : अध्ययन समिति
७डन न्यूज पब्लिकेशन प्रा. लि. छैटौं वर्षमा प्रवेश
८‘पोखरा महानगरविरुद्ध सबैभन्दा बढी उजुरी’
९‘विज्ञतालाई राष्ट्रिय विकासमा केन्द्रित गर्न आग्रह’
१०मनाङमा अलपत्र १६ पर्यटकको उद्धार
११बागलुङमा माटोको ढिस्कोले पुरिएर दुईजना मजदुरको मृत्यु
१२सिद्धार्थ क्लबको अध्यक्षमा सुनिल श्रेष्ठ
पोखरा, २२ असोज । पोखराको लिची बगान जग्गा प्रकरणमा भएको घुस लेनदेनको मामिलामा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बुधवार विशेष अदालतमा दुई पूर्वमन्त्रीसहित सात जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ।
तर, तत्कालीन भूमिसुधारमन्त्री बलराम अधिकारी र उनका छोरा मनोजलाई प्रतिवादी बनाइएको छैन। अख्तियारले बलराममाथि पूरक अनुसन्धानपछि मुद्दा दायर गर्ने उल्लेख गरेको छ, तर मनोजको संलग्नताबारे मौन रहेको छ।
मुद्दामा पूर्वसङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री राजकुमार गुप्ता, पूर्वभूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री रञ्जिता श्रेष्ठ, मालपोत कार्यालय कास्कीका तत्कालीन प्रमुख रामचन्द्र अधिकारी, सुजनकुमार तामाङ, यामकुमारी गुरुङ, तुलसीराम बुढामगर र खुमबहादुर पुनलाई प्रतिवादी बनाइएको छ। अख्तियारले ७८ लाख रुपैयाँ बिगो कायम गर्दै भ्रष्टाचार निवारण ऐन, २०५९ अनुसार सजाय र रकम जफतको माग गरेको छ।
पोखरा महानगरपालिका–१६ मा रहेको नक्सा नम्बर २५, २६ र २८ को जग्गा नामसारी, कागजात मिलाउने र प्रशासनिक सरुवा रोक्ने सिलसिलामा ठूलो रकमको घुस लेनदेन भएको अख्तियारको दाबी छ। २०८१ माघमा तत्कालीन मन्त्री गुप्ताको भैसेपाटीस्थित निवासमा ७८ लाख रुपैयाँको घुस सहमति भएको र रकम बाँडफाँड भएको आयोगले जनाएको छ। यसमध्ये ५३ लाख रुपैयाँ जग्गा नामसारीका लागि र २५ लाख रुपैयाँ भूमि आयोग कास्कीका तत्कालीन अध्यक्ष खगेन्द्र पुनलाई पदमुक्त गराउन प्रयोग भएको अभियोग छ।
अख्तियारले अडियो–भिडियो रेकर्ड, बैंक कारोबार, मोबाइल संवाद र इलेक्ट्रोनिक सञ्चारका प्रमाण अदालतमा पेस गरेको छ। यस्तै, घुसका रूपमा नगदसँगै विदेशी रक्सी र कुखुरासमेत लिइएको विवरण भेटिएको आयोगले उल्लेख गरेको छ।
प्रतिवादी र मागदावी
राजकुमार गुप्ता र रञ्जिता श्रेष्ठः ७८ लाख बिगो, ६–८ वर्ष कैद र विशिष्ट पदाधिकारीको हैसियतमा थप ३ वर्ष कैद माग।
रामचन्द्र अधिकारीः ५३ लाख बिगो, ६–८ वर्ष कैद माग।
सुजनकुमार तामाङ, यामकुमारी गुरुङ, तुलसीराम बुढामगरः जनही ७८ लाख बिगो, ६–८ वर्ष कैद माग।
खमबहादुर पुनः २५ लाख बिगो, २–४ वर्ष कैद माग।
घुस प्रकरणको अडियो सार्वजनिक भएपछि अख्तियारले अनुसन्धान तीव्र पारेको थियो। तत्कालीन सचिव अर्जुन पोखरेलविरुद्ध पनि पछि अभियोगपत्र दायर गर्ने उल्लेख छ। यो मुद्दाले पोखराको लिची बगान जग्गा प्रकरणमा उच्च तहका पदाधिकारी र बिचौलियाहरूको संलग्नता उजागर गरेको छ।