
१रास्वपाका नेता बोधराज रेग्मी र ‘गण्डकी छड्के’का चन्द्र विक ठगी मुद्दामा फरार
२कास्की बार निर्वाचनमा ‘स्वतन्त्र कानुन व्यवसायी’ समूहद्वारा मनोनयन दर्ता
३लागूऔषध र एसएलआरको गोलीसहित सागर थापा पक्राउ
४कास्कीमा एम्बुलेन्स सेवालाई व्यवस्थित बनाउन अनिवार्य ‘जीपीएस’ देखि चालकको पोशाकसम्मको निर्णय
५आयुर्वेद उपचारका नाममा पोखरामा ‘ठगी धन्दा’: अवैध औषधीको बिगबिगी
६पोखरामा प्रहरीको ‘स्वीप अप्रेसन’ : होहल्ला र जुवातासमा संलग्न २३ जना पक्राउ
७एसईईको नतिजा सार्वजनिकः ६५.९८ प्रतिशत विद्यार्थी ‘ग्रेडेड’, गत वर्षको तुलनामा सुधार
८बागलुङ बसपार्कमा ‘ग्याङ फाइट’ गर्ने युवतीसहित ६ जना प्रहरी नियन्त्रणमा
९श्रीमानको हस्ताक्षर किर्ते गरी ५० लाख ठगी, दुईजना पक्राउ
१०पोखरा विमानस्थल भ्रष्टाचार प्रकरणमा पूर्वअर्थमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीसहित ६ पूर्वमन्त्रीहरु संलग्न
११जर्मन नागरिक पिटरमाथि बालयौनजन्य हिंसा गरेको आरोप, होटल म्यानेजर पदम न्यौपाने पनि अनुसन्धानको घेरामा
१२पोखराको सुकुम्वासी बस्तीमा डोजर चल्दै गर्दा पर्यटनमन्त्री गनेस पौडेलको घर पनि सार्वजनिक जग्गामा
१धितोपत्र बजारमा कारोबार नभएको प्रमोटर शेयर कसरी राखे गृहमन्त्री सुधन गुरुङले?
२जर्मन नागरिक पिटरमाथि बालयौनजन्य हिंसा गरेको आरोप, होटल म्यानेजर पदम न्यौपाने पनि अनुसन्धानको घेरामा
३विद्यार्थी राजनीतिमा संकटको बादल : ‘क्रान्तिको नर्सरी’ देखि प्रतिबन्धको सँघारसम्म
४पोखराको सुकुम्वासी बस्तीमा डोजर चल्दै गर्दा पर्यटनमन्त्री गनेस पौडेलको घर पनि सार्वजनिक जग्गामा
५रास्वपाका नेता बोधराज रेग्मी र ‘गण्डकी छड्के’का चन्द्र विक ठगी मुद्दामा फरार
६पोखरामा प्रहरीको ‘स्वीप अपरेसन’: १ सय २२ जना पक्राउ
७सिर्जनाको हत्या योजना कारागारबाटै बनाएका थिए सौतेनी छोराले
८रोक्का बैंक खाता र सम्पत्ति फुकुवा माग्दै जीबी राईकी प्रेमिका लीला पछाईसहित चारजना अदालतमा
९‘ब्रम्हज्ञानको शिक्षा दिदैं हिड्ने कमलमान श्रेष्ठ घरभाडा नतिरी फरार’ भएको आरोप
१०पोखरामा सार्वजनिक जग्गाको ‘ओपन डकैती’
११कास्की प्रहरीको ‘स्वीप अप्रेसन’ तीव्र : थप ६१ जना पक्राउ
१२पोखराको सिमलचौरबाट नक्कली पेस्तोलसहित दुई जना पक्राउ
पोखरा, २९ असोज । पोखराको समाधान दैनिक पत्रिकामाथि ठगी, ब्ल्याकमेलिङ र पत्रकार आचारसंहिता उल्लङ्घनका गम्भीर आरोपहरू लाग्दैैं र पुष्टि पनि हुँदैं आईरहेका छन्। डन न्यूजले निरन्तर यो पत्रिकाका सञ्चालकहरूको अनैतिक धन्दालाई उजागर गर्दै आईरहेको छ ।
समाधान दैनिकका कर्तुतहरु सार्वजनिक गर्दा व्यक्तिगत रिसइबीको रूपमा घटनालाई मोड्ने प्रयास भए पनि, डन न्यूजले यो विषयमा निरन्तर खोजमूलक समाचार प्रकाशन गर्ने प्रतिबद्धता जनाएको छ। यतिबेला समाधान दैनिकले विगतमा गर्ने गरेका वार्गेनिङका घटनाहरु कसरी सार्वजनिक भएका थिए र अहिले यो समूहको ठगीधन्दा कस्तो छ भन्ने विषयमा केही खोजमूलक सामाग्रीहरु तयार पारेका छौं ।
ब्ल्याकमेलिङ र यौनशोषणको आरोप
समाधान दैनिकका प्रधान सम्पादक रामकृष्ण ज्ञवालीमाथि यौनशोषणमात्र नभई ब्ल्याकमेलिङको गम्भिर आरोपहरु लाग्दैं आईरहेका छन् । जुन यस्ता घटना र तथ्यले पनि पुष्टि गरिरहेका छन् । २०७७ भदौ २१ गतेको घटनामा, पत्रिकाले “यौन शोषण आरोपमा आँखा अस्पतालका अधिकृत निलम्बित” शीर्षकको समाचार तयार पारेको थियो। तर, आरोपित व्यक्तिका आफन्तसँग रकम बार्गेनिङ गरे पछि मध्यरातमा समाचार हटाएर अरु सामाग्री राखेका ज्ञवालीको एकैंदिन दुई थरी पत्रिका बजारमा आएपछि समाधानको कालो कर्तुत सार्वजनिक भएको थियो ।
“एकैदिनमा एउटा दैनिक पत्रिकाको मुखपृष्ठमा कसरी, किन र केका लागि आउँछ फरक–फरक समाचार ? वार्गेनेश्वर र लुटेश्वरको चमत्कार । कति लाखमा मिल्यो यौन शोषणको खबर !!!” – रमेश बास्तोला
सामाजिक सञ्जालहरुमा समाधानको एकैदिनका दुई पत्रिका राखी सामाजिक सञ्जाल फेसबुकमा रमेश बास्तोलाले “एकैदिनमा एउटा दैनिक पत्रिकाको मुखपृष्ठमा कसरी, किन र केका लागि आउँछ फरक–फरक समाचार ? वार्गेनेश्वर र लुटेश्वरको चमत्कार । कति लाखमा मिल्यो यौन शोषणको खबर !!!” भन्दैं यौन शोषणको समाचार भएको ईपेपर, फेरि हटाएर राखिएको अर्को रेडक्रसको विज्ञापन भएको ईपेपर र सोही दिनको समाधान दैनिक पत्रिका राखेर व्यङ्गय गरेका थिए । जुन हामीले तल राखेका छौं । यो विषयले तातेको पोखरामा, समाधान दैनिकले बारम्बार यस्ता कुकृत्य गरिरहन्छ भन्ने तथ्यलाई स्थापित गरेको थियो ।

यौनशोषणको समाचारमा वार्गेनिङ । एकैदिनका दुईथरी पत्रिका बजारमा, अनलाईनको ईपेपरमा यौनशोषणको समाचार, पत्रिकामा सोही ठाउँमा विज्ञापन ।
समाधान दैनिकमा सोही ठाउँमा नेपाल रेडक्रस सोसाईटी कास्की जिल्ला शाखाको विज्ञापन छापिएर बजारमा बाँडिएको थियो भने, अनलाइन ई–पेपरमा वार्गेनिङका लागि तयार पारिएको यौनशोषणको समाचार भएको पीडिएफ फाईल झुक्किएर प्राविधिक कर्मचारीले अपलोड गरिदिदाँ ज्ञवालीको वार्गेनिङ धन्दा बाहिरिएको थियो ।
सामाजिक सञ्जालमा यस विषयमा व्यापक आलोचना भएको थाहा पाउने वित्तीकैं समाधान दैनिकले यौनशोषणको समाचार भएको ईपेपर वेभसाईटबाट तत्कालैं हटाएको थियो । मध्यरातमा लाखौंको बार्गेनिङ गरी समाचार हटाएर घर पुगेका ज्ञवालीले सुरुमा तयार पारेको ईपेपर कम्प्युटरबाट डिलेट गर्न बिर्सिदा भोलिपल्ट बिहान कर्मचारीले सोही ईपेपर राखिदिँदा यो तथ्य बाहिरिएको थियो।
वेबसाइट बन्द र मुद्दाहरू
२०७७ साउन २२ गते प्रेस काउन्सिल नेपालले समाधान दैनिकको वेबसाइट (www.samadhannews.com) लाई गलत र भ्रामक समाचार सम्प्रेषण गरेको भन्दै बन्द गर्न निर्देशन दिएको थियो। प्रेस काउन्सिलले गलत, अफवाहपूर्ण, भ्रमपूर्ण सामाग्री सम्प्रेषण गरी पत्रकार आचारसंहिता उल्लंघन गरेको हुँदा नेपालभरि नैं प्रकाशन र प्रकासन हुन नसक्ने गरी समाधान डटकमको वेभसाईट यसरी बन्द गरिदिन नेपाल दूरसञ्चार प्राधिकरणले गरिदिएको आदेशानुसार यो वेभसाईट नैं बन्द भएको थियो ।
सफल दुधको पक्षमा डीडीसी र किसान विरुद्ध प्रायोजित समाचार लेख्ने ठेक्का लिएका ज्ञवालीले किसानलाई हत्तोत्साही बनाउँदैं “तस्कर” भन्दैं समाचारमा चरित्रहत्या हुने गरी आक्षेप लगाएपछि २०७३ पुस २१ गते पोखरा–१०, रामबजारका दुग्ध व्यवसायी बसन्त सुवेदीले समाधान दैनिक विरुद्ध जिल्ला अदालत कास्कीमा गाली बेइज्जती मुद्दा दर्ता गरेका थिए । व्यवसायी गणेश श्रेष्ठले किसान र डीडीसीलाई खेदेवापत समाधान दैनिकमा लाखौंको विज्ञापन नियमित रुपमा बषौंदेखि प्रकाशित गर्दै आईरहेका छन् ।

प्रेस काउन्सिल नेपालले नेपाल दूरसञ्चार प्राधिकरणलाई पत्राचार गर्दै गलत, अफवाहपूर्ण, भ्रमपूर्ण सामाग्री सम्प्रेषण गरी पत्रकार आचारसंहिता उल्लंघन गरेको हुँदा नेपालभरि नैं प्रकाशन र प्रकासन हुन नसक्ने गरी समाधान दैनिकको वेभसाईट यसरी बन्द गरिदिएको थियो ।
बाराही ग्रुप र सम्पत्तिको छानबिन गर्न माग
सूर्यदर्शन सहकारीको रकम बाराही ग्रुपमा लगानी भएको तथ्य कास्की कारागारमा रहेका महेन्द्र गुरुङ (महेन्द्र भोटे) को सामाजिक सञ्जाल फेसबुकबाटै भिडियो बाहिरिएको छ । २०७९ फागुन ७ गते सिङ्गापुरमा भएको उक्त कार्यक्रममा समाधानका सम्पादक ज्ञवाली र महेन्द्र भोटेले आफूहरुलाई बाराही ग्रुपको सञ्चालक भन्दैं परिचय दिएर कार्यक्रम सञ्चालन गरेका थिए । महेन्द्र भोटे सूर्य दर्शन सहकारीमा मात्र १७ करोड भन्दा बढि रकम ठगी गरेर यतिबेला कारागारमा थुनिएका पात्र हुन् ।
महेन्द्र गुरुङका नामबाट महेन्द्र भोटेले सञ्चालन गरेको फेसबुकमा त्यो पोष्ट बाराही ग्रुपका विप्लव पौडेल र वैभव पौडेललाई पनि ट्याग गरिएको छ । पोखरा बाराही सेदी लिमिटेड कम्पनीको नाममा समाधानका ज्ञवाली र महेन्द्र भोटेले सिङ्गापुर, मलेशिया, जापान, हङकङ, युके र अमेरिकामा बस्ने नेपालीहरुलाई लगानी गर्न आग्रह गरिरहेको भिडियोमा देख्न र सुन्न सकिन्छ ।

बाराही ग्रुपका सदस्यहरु महेन्द्र भोटे, रामकृष्ण ज्ञवालीसहितको टोली पोखरा–१८ मा बनिरहेको पाँच तारे होटल सेदी लक्जरीको आईपिओ बिक्रीका लागि हङकङ र मलेशियामा कार्यक्रम गर्दै । फाईल तस्विर
सूर्यदर्शन सहकारीले बचतकर्ताहरुलाई २०७९ साउनदेखि पैसा दिन सकिरहेको थिएन । त्यसपछि पीडितहरुले २०८० भदौंमा छानबिनको माग गर्दै जिल्ला प्रहरी कार्यालय कास्कीमा किटानी जाहेरी दिएका थिए । विदेश विदेशमा लगानी भित्र्याउन महेन्द्र भोटे र ज्ञवाली कुदिरहँदा यता सहकारी पीडितहरु पोखरा महानगरपालिका र जिप्रका धाउँदैं थिए ।
२०८० असोजमा शुरुमा ७ जना विरुद्ध किटानी जाहेरी परेकोमा अनुसन्धान गर्दै जाँदा महेन्द्र भोटेसहित १२ जना सञ्चालकहरु थप ठगीमा संलग्न रहेको प्रमाण भेटियो । त्यसपछि महेन्द्र भोटे फरार भए । उनलाई जोगाउन धर्म दाइ समेत रहेका समाधानका ज्ञवालीले नेकपा एमालेका नेता महेश बस्नेत, राजिव पहारी, तत्कालिन एसपी र सिडिओ अनि पोखरा महानगरपालिकाका प्रमुख व्यक्तिहरुसँग फिस्टेल लजमा बसी अनेकन् हथकण्डा अपनाएका थिए । तर गोप्य डिल भईरहेको सिसिक्यामेरा फुटेज डन न्यूज डटकमबाट नैं बाहिरिएपछि पीडितहरु आक्रामक बनेर प्रहरीप्रशासनमाथि खनिएका थिए ।
त्यस लगत्तै पोखरामा लुकेर बसेका महेन्द्र भोटेलाई प्रहरीले खुट्टामा गोली हानेर भए पनि पक्राउ गर्ने सन्देश दिएपछि, कानुन व्यवसायी रोहितराज बाँस्तोलाको घरमा सम्पादक ज्ञवालीसहित सेटिङ मिलाउन पुगेका थिए। भोटे अदालतमा उपस्थित भए पनि पुर्पक्षका लागि थुनामा परे। महेन्द्र भोटेलाई जोगाउन तत्कालीन एसपी र सिडिओसमेत संलग्न भएको आरोप लागेपछि प्रहरीले भोटेलाई दबाब दिएको थियो। दबाबमा परेका भोटे फरार भए पनि पछि अदालतमा उपस्थित भएका थिए।

सूर्यदर्शन सहकारी ठगीमा संलग्नहरुलाई बचाउन फिस्टेल लजमा भएको गोप्य डिलपछि बाहिरिदैं समाधान दैनिकका सञ्चालक रामकृष्ण ज्ञवाली र एमाले नेता राजिव पहारीसहितको सिसिटिभि फुटेजको एक दृश्य ।
ठगहरुलाई जोगाउन समाधान दैनिकको प्रयास
सूर्यदर्शन बचत तथा ऋण सहकारीका पीडित बचतकर्ताहरूले समाधान दैनिकले सहकारी ठगीका अभियुक्तहरूको पक्षमा प्रायोजित समाचार लेखेको भन्दै २०८१ भदौं ५ गते पत्रिका समेत जलाएका थिए । जिल्ला अदालत कास्की अगाडि विरोध प्रदर्शन उत्रिएका पीडितहरूले समाधान दैनिकले सहकारी ठगीमा संलग्नहरूलाई बचाउन सुनियोजित समाचार प्रकाशित गर्दै आईरहेको आरोप लगाएका थिए । समाधान दैनिकले तत्कालिन अवस्थामा सहकारी पीडितका पक्षमा भन्दा ठगहरुलाई जोगाउन प्रायोजित समाचारहरु लेखिरहेको थियो ।
जिल्ला अदालत कास्कीमा सहकारीका पूर्वसचिव अनुज नकर्मीको थुनछेक बहस चलिरहँदा, समाधान दैनिकले मुद्दालाई प्रभावित पार्ने उद्देश्यले समाचार प्रकाशन गरेको पीडितहरूको दाबी छ। यद्यपि, अदालतले नकर्मीलाई पुर्पक्षका लागि कारागार चलान गर्ने आदेश दिएको थियो।

सूर्यदर्शन सहकारीको कार्यक्रमहरुमा बारम्बार प्रमुख अतिथिका रुपमा जाने एमाले नेता राजिव पाहारी । जसले लाखौं रुपैयाँ जनताको बचतको रकम चुनावी खर्च भन्दैं जीवी राईसँग लैजाने गरेका थिए ।
सूर्यदर्शन बचत पीडित संघर्ष समितिका पूर्वसंयोजक कृष्ण जैसीले समाधान दैनिकका सम्पादक ज्ञवाली सूर्यदर्शन सहकारीका कार्यक्रमहरूमा प्रमुख अतिथि र अतिथिको रूपमा सहभागी भएर जनतालाई भ्रममा पारेको आरोप लगाएका थिए ।
उनले जिल्ला अदालत कास्की अगाडि सहकारी पीडितहरुले समाधान दैनिक पत्रिका जलाउँदैं गर्दा जैसीले भने, “सहकारीमा भोजभतेरमा संलग्न हुने, तर ठगीका पक्षमा समाचार लेखेर अदालतलाई प्रभावित पार्ने ज्ञवालीको पत्रिकाप्रति हाम्रो गम्भीर आपत्ति छ। यो समाचार सच्चिएन भने हामी समाधान दैनिकको कार्यालय घेर्न तयार छौं।”
पीडित बचतकर्ताहरूले समाधान दैनिकलाई मिडियाको नाममा कलंक भन्दै पत्रिका जलाएका छन्। उनीहरूले “रामकृष्ण ज्ञवाली मुर्दावाद,” “माफियाको पत्रिका बन्द गर,” “सहकारी ठगहरूलाई प्रोत्साहन गर्ने पत्रिका बन्द गर” जस्ता नारा लगाए। जैसीले थपे, “पाँच दिनअघि पक्राउ परेका अभियुक्तबारे पत्रिकाले आफ्नैं ढंगले थुनामा रहेको आरोपितको भनाई भन्दैं प्रायोजित रुपमा समाचार छापेर अदालतमा प्रमाणको रूपमा पेश गर्नुको उद्देश्य गलत छ। यो पत्रिका अब पोखरेलीहरूले बहिष्कार गर्नेछन्।”
राष्ट्रिय दैनिकको भ्रामक दाबी, पुनरावृत्ति भएमा कानुनी कारबाही हुने चेतावनी
समाधान दैनिकले आफूलाई “राष्ट्रिय दैनिक” को रूपमा प्रस्तुत गर्दै आएको छ, जुन प्रेस काउन्सिल नेपालले त्रुटिपूर्ण ठहर गरेको छ। २०८२ साउन ४ गतेको अंकमा पत्रिकाले दशकौंदेखि राष्ट्रिय दैनिकको श्रेणीमा रहेको दाबी गरेको थियो। तर, प्रेस काउन्सिलले २०८२ असार १२ गते सम्पादक केशवशरण लामिछानेलाई पत्र लेख्दै यो दाबी गलत भएको र पुनरावृत्ति भएमा कानुनी कारबाही हुने चेतावनी दिएको छ । सम्पादक लामिछाने प्रेस काउन्सिल नेपालका सदस्य समेत हुन् ।
त्यसो त समाधान दैनिकले “प्रदेश क” श्रेणीमा वर्गीकृत भएको भन्दैं पनि राज्यबाट वार्षिक ४ लाख १ हजार ४ सय ९६ रुपैयाँको लोककल्याणकारी विज्ञापनका नाममा सुविधा लिदैं आईरहेको छ । डन न्यूजको निरन्तर खुलासापछि सार्वजनिक खरिद ऐन, २०६३ को नियमानुसार छाप्न नमिल्ने विज्ञापनहरु यतिबेला समाधान दैनिकमा रोकिएका छन् ।
समाधान दैनिकले पत्रकारिताको आडमा ठगी, ब्ल्याकमेलिङ र सहकारी ठगीलाई प्रोत्साहन गरेको आरोपले पोखराको पत्रकारिता जगतमा गम्भीर प्रश्न उठाएको छ। सूर्यदर्शन सहकारीका पीडितहरूको विरोध र डन न्यूजको खुलासाले यो पत्रिकाको विश्वसनीयतामाथि ठूलो प्रश्नचिह्न खडा गरेको छ। अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय पोखरामा समाधान दैनिकको ठगीधन्दा विरुद्ध उजुरी परी अनुसन्धान भईरहेको छ ।
१धितोपत्र बजारमा कारोबार नभएको प्रमोटर शेयर कसरी राखे गृहमन्त्री सुधन गुरुङले?
२जर्मन नागरिक पिटरमाथि बालयौनजन्य हिंसा गरेको आरोप, होटल म्यानेजर पदम न्यौपाने पनि अनुसन्धानको घेरामा
३विद्यार्थी राजनीतिमा संकटको बादल : ‘क्रान्तिको नर्सरी’ देखि प्रतिबन्धको सँघारसम्म
४पोखराको सुकुम्वासी बस्तीमा डोजर चल्दै गर्दा पर्यटनमन्त्री गनेस पौडेलको घर पनि सार्वजनिक जग्गामा
५रास्वपाका नेता बोधराज रेग्मी र ‘गण्डकी छड्के’का चन्द्र विक ठगी मुद्दामा फरार