
१पोखरामा ठूलो मात्रामा लागूऔषधसहित ६ जना पक्राउ
२डुलुवाको अध्यक्षमा योगेश भट्टराई
३सराङकोटमा प्रहरी चौकी भवनको उद्घाटन
४‘पेन्सन पट्टा’ : पहाडको माटो, लाहुरेको आँसु र प्रेमको धुनले दर्शकलाई रुवायो
५इन्द्रसरोवरमा गाडी दुर्घटनामा परी ४ जनाको मृत्यु
६पत्रकार थकालीमाथि ज्यान मार्ने धम्की
७माछापुच्छ्रे बैंकको ६ प्रतिशत लाभांश घोषणा
८मुस्ताङ भन्सारमा १५ दिनमै एक अर्ब ७८ करोड राजस्व सङ्कलन
९मल्टिमिडिया पत्रकारिता तालिम सम्पन्न
१०सिभिल सहकारी ठगी मुद्दामा इच्छाराज तामाङलाई साढे ५ वर्ष कैद सजाय
११रसुवा बाढी : १३६६ जनाको शव फेला, ४०७७ जना अझै सम्पर्कविहीन
१२किम्रुङ खोला पहिरो खसेर थुनिएपछि उच्च सतर्कता अपनाउन आग्रह
१व्यवसायी विमल बसेल दम्पत्तीद्वारा प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा ५० लाख सहयोगको घोषणा
२पोखरामा सडकको भेलले बगाउँदा आमा–छोरीको गयो ज्यान
३रसुवा बाढी : ७८१ जनाको शव भेटियो
४चीनतर्फ नदी थुनिएर बन्यो ठूलो ताल, भोटेकोशीमा अझै बाढी आउन सक्ने
५रसुवा बाढी : २८ प्रहरी अझै सम्पर्कविहीन
६स्व.भक्तबहादुर बस्नेतको परिवारले दिए गोगन माविलाई साढे २३ लाख रुपैयाँ
७भोटेकोशीको विपत्ति र हिमालयको बदलिँदो वास्तविकता
८किम्रुङ खोला पहिरो खसेर थुनिएपछि उच्च सतर्कता अपनाउन आग्रह
९गण्डकीमा सातौँपटक मन्त्रिपरिषद् विस्तार, समाजवादी पार्टीका देवकोटा तेस्रोपटक मन्त्री
१०सहारा खेलकुद पत्रकारिता पुरस्कार रोहितराज पराजुलीलाई
११तिब्बतर्फ ताल पुन: फुट्यो
१२सिभिल सहकारी ठगी मुद्दामा इच्छाराज तामाङलाई साढे ५ वर्ष कैद सजाय
पोखरा, २०८२ कात्तिक ६ – कास्की जिल्लाको विभिन्न स्थानमा जुवातास खेल्ने र खेलाउने कार्यमा संलग्न २७ जना व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ। जिल्ला प्रहरी कार्यालय कास्की र मातहतका प्रहरी युनिटले प्राप्त सूचनाको आधारमा कात्तिक १ गतेदेखि ४ गतेसम्म विभिन्न स्थानमा छापा मार्दै उनीहरूलाई पक्राउ गरेको हो। पक्राउ परेकाहरूको साथबाट करिब ९ लाख नगदसहित तास, कौडाको गोटी र अन्य जुवाजन्य सामग्री बरामद गरिएको छ।
जिल्ला प्रहरी कार्यालय कास्कीका प्रवक्ता प्रहरी नायब उपरीक्षक हरिबहादुर बस्नेतका अनुसार पक्राउ परेका व्यक्तिहरूमाथि अनुसन्धान र कारबाही प्रक्रिया अगाडि बढाइएको छ।
पहिलो घटनाः नयाँबजारमा ५ जना पक्राउ
कात्तिक २ गते अपराह्न ४ः३० बजे पोखरा महानगरपालिका वडा नं. ९, नयाँबजारमा जुवातास खेलिरहेको अवस्थामा प्रहरीले ५ जनालाई पक्राउ गरेको छ। उनीहरूको साथबाट २१२ पत्ती तास र २ लाख ५१ हजार ४५५ रुपैयाँ नगद बरामद गरिएको छ।
दोस्रो घटनाः बिजयपुरमा कौडा खेल्ने ७ जना पक्राउ
कात्तिक ३ गते बिहान १०ः०० बजे पोखरा महानगरपालिका वडा नं. २६, बिजयपुरस्थित लप्सीबोट सामुदायिक जंगलमा कौडा खेलिरहेको अवस्थामा ७ जना पक्राउ परेका छन्। उनीहरूको साथबाट १४ थान कौडाको गोटी र ७७ हजार २०५ रुपैयाँ नगद बरामद भएको प्रहरीले जनाएको छ।
तेस्रो घटनाः मोहरियामा ८ जना पक्राउ
सोही दिन राति ११ः३० बजे पोखरा महानगरपालिका वडा नं. २, मोहरिया टोलमा जुवातास खेलिरहेको अवस्थामा ८ जनालाई पक्राउ गरिएको छ। उनीहरूको साथबाट ६ बुक तास र २ लाख ७३ हजार ४४५ रुपैयाँ नगद बरामद भएको छ।
चौथो घटनाः माथिल्लो दिपमा ७ जना पक्राउ
कात्तिक ४ गते अपराह्न ४ः३० बजे वडा प्रहरी कार्यालय बगरबाट खटिएको प्रहरी टोलीले पोखरा महानगरपालिका वडा नं. १६, माथिल्लो दिपमा जुवातास खेलिरहेका ७ जनालाई पक्राउ गरेको छ। उनीहरूको साथबाट ४ बुक तास र २ लाख ९५ हजार ६७५ रुपैयाँ नगद बरामद गरिएको छ।
प्रहरीका अनुसार हालसम्म २७ जना पक्राउ परेका छन् र उनीहरूको साथबाट जम्मा ८ लाख ९७ हजार ७८० रुपैयाँ नगद, तास, कौडाको गोटी लगायतका सामग्री बरामद भएको छ। पक्राउ परेकाहरूमाथि जुवा ऐनअनुसार कारबाही प्रक्रिया अगाडि बढाइएको प्रवक्ता बस्नेतले बताए।
जिल्ला प्रहरी कार्यालय कास्कीले जुवातासजस्ता गैरकानुनी गतिविधिविरुद्ध कडा निगरानी र कारबाही जारी राख्ने जनाएको छ।
१व्यवसायी विमल बसेल दम्पत्तीद्वारा प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा ५० लाख सहयोगको घोषणा
२पोखरामा सडकको भेलले बगाउँदा आमा–छोरीको गयो ज्यान
३रसुवा बाढी : ७८१ जनाको शव भेटियो
४चीनतर्फ नदी थुनिएर बन्यो ठूलो ताल, भोटेकोशीमा अझै बाढी आउन सक्ने
५रसुवा बाढी : २८ प्रहरी अझै सम्पर्कविहीन