
१प्रहरी असई पुष्कर कार्कीद्वारा आफ्नै ४ महिने छोराको हत्या
२पोखरा विमानस्थल निर्माण भ्रष्टाचार प्रकरणमा समावेशी आयोगका पूर्वअध्यक्षसहित तीन जना मुछिए
३पोखरा विमानस्थल भ्रष्टाचारमा चिनियाँ कम्पनी विरुद्ध मुद्दा
४८ अर्ब बिगोसहित पोखरा विमानस्थल मुद्दामा पाँचजना पूर्वमन्त्रीसहित ५६ जना विरुद्ध मुद्दा दायर
५पोखरामा ध्वनी प्रदूषण गर्ने चारजना पक्राउ
६क्यान महानिर्देशक प्रदीप अधिकारीसहित ७ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर
७प्रभु बैंकका सिइओसहित तीन उच्च अधिकारी पक्राउ
८जिप्रका कास्की अगाडि गोली लागेका जेन-जी योद्धा लक्ष्मणको अवस्था जटिल, परिवार नैं पीडामा
९सरकारी विद्यालयको जग्गा निजी बोर्डिङलाई भाडामा दिने वडाध्यक्षसहित ८ जना विरुद्ध मुद्दा दायर
१०पोखरामा म्यानपावर सञ्चालकले पत्रकारमाथि अभद्र व्यवहार गर्दै बनाए बन्धक
११सफल सहकारीका अध्यक्ष गणेश श्रेष्ठ नैं ठगीमा संलग्न
१२प्रहरी कार्यालयबाट हतियार लुट्ने दुई पक्राउ
१सफल सहकारीका अध्यक्ष गणेश श्रेष्ठ नैं ठगीमा संलग्न
२पोखरा सहकारीमा रजिष्ट्रारलाई घुस खुवाउन चण्डीप्रसाद अर्याल विचौंलियाको रुपमा संलग्न रहेको आरोप
३पूर्ववडाध्यक्ष धनबहादुर नेपालीले कुटे निर्दोष युवालाई
४सरकारी विद्यालयको जग्गा निजी बोर्डिङलाई भाडामा दिने वडाध्यक्षसहित ८ जना विरुद्ध मुद्दा दायर
५पोखरामा म्यानपावर सञ्चालकले पत्रकारमाथि अभद्र व्यवहार गर्दै बनाए बन्धक
६जिप्रका कास्की अगाडि गोली लागेका जेन-जी योद्धा लक्ष्मणको अवस्था जटिल, परिवार नैं पीडामा
७डिम्बको अवैध कारोबार गर्ने आफ्नै छोरीहरूलाई उन्मुक्ति दिदैं महान्यायाधिवक्ता सविता भण्डारी
८आन्दोलनकारीलाई आतंककारी भन्दैं दलहरुले पेल्न थालेपछि फेरि जुर्मुराउँदैं जेनजीहरु
९पोखरा महानगर खेलकुद विकास समिति अध्यक्षमा दीपक गोदार नियुक्त
१०प्रहरी कार्यालयबाट हतियार लुट्ने दुई पक्राउ
११अन्तर्राष्ट्रिय माउन्टेन बाइक प्रतियोगिता ‘पोखरा इन्डुरो रेस’ सम्पन्न
१२प्रभु बैंकका सिइओसहित तीन उच्च अधिकारी पक्राउ
पोखरा, २०८२ कात्तिक ६ – कास्की जिल्लाको विभिन्न स्थानमा जुवातास खेल्ने र खेलाउने कार्यमा संलग्न २७ जना व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ। जिल्ला प्रहरी कार्यालय कास्की र मातहतका प्रहरी युनिटले प्राप्त सूचनाको आधारमा कात्तिक १ गतेदेखि ४ गतेसम्म विभिन्न स्थानमा छापा मार्दै उनीहरूलाई पक्राउ गरेको हो। पक्राउ परेकाहरूको साथबाट करिब ९ लाख नगदसहित तास, कौडाको गोटी र अन्य जुवाजन्य सामग्री बरामद गरिएको छ।
जिल्ला प्रहरी कार्यालय कास्कीका प्रवक्ता प्रहरी नायब उपरीक्षक हरिबहादुर बस्नेतका अनुसार पक्राउ परेका व्यक्तिहरूमाथि अनुसन्धान र कारबाही प्रक्रिया अगाडि बढाइएको छ।
पहिलो घटनाः नयाँबजारमा ५ जना पक्राउ
कात्तिक २ गते अपराह्न ४ः३० बजे पोखरा महानगरपालिका वडा नं. ९, नयाँबजारमा जुवातास खेलिरहेको अवस्थामा प्रहरीले ५ जनालाई पक्राउ गरेको छ। उनीहरूको साथबाट २१२ पत्ती तास र २ लाख ५१ हजार ४५५ रुपैयाँ नगद बरामद गरिएको छ।
दोस्रो घटनाः बिजयपुरमा कौडा खेल्ने ७ जना पक्राउ
कात्तिक ३ गते बिहान १०ः०० बजे पोखरा महानगरपालिका वडा नं. २६, बिजयपुरस्थित लप्सीबोट सामुदायिक जंगलमा कौडा खेलिरहेको अवस्थामा ७ जना पक्राउ परेका छन्। उनीहरूको साथबाट १४ थान कौडाको गोटी र ७७ हजार २०५ रुपैयाँ नगद बरामद भएको प्रहरीले जनाएको छ।
तेस्रो घटनाः मोहरियामा ८ जना पक्राउ
सोही दिन राति ११ः३० बजे पोखरा महानगरपालिका वडा नं. २, मोहरिया टोलमा जुवातास खेलिरहेको अवस्थामा ८ जनालाई पक्राउ गरिएको छ। उनीहरूको साथबाट ६ बुक तास र २ लाख ७३ हजार ४४५ रुपैयाँ नगद बरामद भएको छ।
चौथो घटनाः माथिल्लो दिपमा ७ जना पक्राउ
कात्तिक ४ गते अपराह्न ४ः३० बजे वडा प्रहरी कार्यालय बगरबाट खटिएको प्रहरी टोलीले पोखरा महानगरपालिका वडा नं. १६, माथिल्लो दिपमा जुवातास खेलिरहेका ७ जनालाई पक्राउ गरेको छ। उनीहरूको साथबाट ४ बुक तास र २ लाख ९५ हजार ६७५ रुपैयाँ नगद बरामद गरिएको छ।
प्रहरीका अनुसार हालसम्म २७ जना पक्राउ परेका छन् र उनीहरूको साथबाट जम्मा ८ लाख ९७ हजार ७८० रुपैयाँ नगद, तास, कौडाको गोटी लगायतका सामग्री बरामद भएको छ। पक्राउ परेकाहरूमाथि जुवा ऐनअनुसार कारबाही प्रक्रिया अगाडि बढाइएको प्रवक्ता बस्नेतले बताए।
जिल्ला प्रहरी कार्यालय कास्कीले जुवातासजस्ता गैरकानुनी गतिविधिविरुद्ध कडा निगरानी र कारबाही जारी राख्ने जनाएको छ।
१सफल सहकारीका अध्यक्ष गणेश श्रेष्ठ नैं ठगीमा संलग्न
२पोखरा सहकारीमा रजिष्ट्रारलाई घुस खुवाउन चण्डीप्रसाद अर्याल विचौंलियाको रुपमा संलग्न रहेको आरोप
३पूर्ववडाध्यक्ष धनबहादुर नेपालीले कुटे निर्दोष युवालाई
४सरकारी विद्यालयको जग्गा निजी बोर्डिङलाई भाडामा दिने वडाध्यक्षसहित ८ जना विरुद्ध मुद्दा दायर
५पोखरामा म्यानपावर सञ्चालकले पत्रकारमाथि अभद्र व्यवहार गर्दै बनाए बन्धक