
१फिर्के खोलाघरमा फेरि चल्यो महानगरको डोजर
२मनाङमा अलपत्र १६ पर्यटकको उद्धार
३‘विज्ञतालाई राष्ट्रिय विकासमा केन्द्रित गर्न आग्रह’
४पोखरामा ठूलो मात्रामा लागूऔषधसहित ६ जना पक्राउ
५डुलुवाको अध्यक्षमा योगेश भट्टराई
६सराङकोटमा प्रहरी चौकी भवनको उद्घाटन
७‘पेन्सन पट्टा’ : पहाडको माटो, लाहुरेको आँसु र प्रेमको धुनले दर्शकलाई रुवायो
८इन्द्रसरोवरमा गाडी दुर्घटनामा परी ४ जनाको मृत्यु
९पत्रकार थकालीमाथि ज्यान मार्ने धम्की
१०माछापुच्छ्रे बैंकको ६ प्रतिशत लाभांश घोषणा
११मुस्ताङ भन्सारमा १५ दिनमै एक अर्ब ७८ करोड राजस्व सङ्कलन
१२मल्टिमिडिया पत्रकारिता तालिम सम्पन्न
१पोखरामा ठूलो मात्रामा लागूऔषधसहित ६ जना पक्राउ
२किम्रुङ खोला पहिरो खसेर थुनिएपछि उच्च सतर्कता अपनाउन आग्रह
३रसुवा बाढी : १३६६ जनाको शव फेला, ४०७७ जना अझै सम्पर्कविहीन
४सिभिल सहकारी ठगी मुद्दामा इच्छाराज तामाङलाई साढे ५ वर्ष कैद सजाय
५सहारा खेलकुद पत्रकारिता पुरस्कार रोहितराज पराजुलीलाई
६डुलुवाको अध्यक्षमा योगेश भट्टराई
७पोखराको फोटोग्राफी क्षेत्रको समग्र इतिहास समेटिएको विशेष स्मारिका सार्वजनिक
८‘पेन्सन पट्टा’ : पहाडको माटो, लाहुरेको आँसु र प्रेमको धुनले दर्शकलाई रुवायो
९मल्टिमिडिया पत्रकारिता तालिम सम्पन्न
१०पोखरा उद्योग वाणिज्य संघको अध्यक्षमा शोभा निर्वाचित
११आज जेनजी शहीद दिवस : देशभरि सार्वजनिक बिदा
१२मुस्ताङ भन्सारमा १५ दिनमै एक अर्ब ७८ करोड राजस्व सङ्कलन
मुस्ताङ, १४ कात्तिक । मुस्ताङ र मनाङ जोड्ने उच्च हिमाली पदमार्ग सरिबुङ पासमा हिँडेका तीन विदेशी पर्यटकसहित १४ जना पदयात्री मङ्गलबारदेखि सम्पर्कविहीन भएका छन्। भारी हिमपातका कारण उनीहरूको अवस्था अज्ञात रहेको छ।
सम्पर्कविहीन हुनेमा तीन जना अष्ट्रियन नागरिक र ११ जना नेपाली पथप्रदर्शक छन्। उनीहरू लोघेकर दामोदरकुण्ड गाउँपालिका–४ याराबाट दामोदरकुण्ड हुँदै सरिबुङ पास पार गरी मनाङको फुगाउँ निस्कने क्रममा थिए। समुन्द्री सतहदेखि करिब ६ हजार मिटर उचाइमा अवस्थित यो पास तिब्बतसँगको सीमावर्ती क्षेत्रमा पर्छ।
मुस्ताङका प्रमुख जिल्ला अधिकारी विष्णुप्रसाद भुसालका अनुसार बिहीबार साँझ मात्रै उनीहरू सम्पर्कविहीन भएको सूचना प्राप्त भएको हो। “भारी हिमपातले पदमार्ग अवरुद्ध भएको र सञ्चार सञ्जाल पूर्ण रूपमा विच्छेद भएकाले सम्पर्क टुटेको अनुमान छ,” प्रजिअ भुसालले भने।
जिल्ला प्रशासन कार्यालयले सम्पर्कविहीन टोली दामोदरकुण्डस्थित तीर्थयात्री धर्मशालामा सुरक्षित हुनसक्ने अनुमान गरेको छ। “धर्मशालामा खाद्यान्न, बसोबास र अत्यावश्यक सामग्रीको पर्याप्त व्यवस्था छ, त्यसैले उहाँहरूलाई तत्काल जोखिम नहुनसक्छ,” प्रजिअ भुसालले बताए।
हिमालयन एडभेन्चर ट्राभल कम्पनीमार्फत पदयात्रामा निस्किएको यो टोली दुई साता अघि काठमाडौँबाट प्रस्थान गरेको थियो। कम्पनीका व्यवस्थापक दीपक मैनालीका अनुसार अक्टोबर २६ मा दामोदरकुण्डबाट सरिबुङ पासतर्फ लागेपछि उनीहरूको सम्पर्क टुटेको हो।
“आज बिहान मात्रै पथप्रदर्शकमध्ये एकजनाले फोन सम्पर्क गरेका थिए, तर प्रतिकूल मौसम र कमजोर सिग्नलका कारण स्पष्ट कुराकानी हुन सकेन,” मैनालीले भने। उनले फोनको स्थान ट्रयाकिङ गरेर उद्धार गर्न गृह मन्त्रालयसँग अनुरोध गरिएको बताए। “स्थान पत्ता लागेमा तत्काल हेलिकप्टर उद्धारको तयारी छ,” उनले थपे।
सम्पर्कविहीन टोली सरिबुङ पास पार गरी मनाङको फुगाउँ हुँदै चामे पुग्ने योजना थियो। जिल्ला प्रशासन र ट्रेकिङ कम्पनीले उद्धार टोली परिचालनको प्रयास जारी राखेका छन्।
१पोखरामा ठूलो मात्रामा लागूऔषधसहित ६ जना पक्राउ
२किम्रुङ खोला पहिरो खसेर थुनिएपछि उच्च सतर्कता अपनाउन आग्रह
३रसुवा बाढी : १३६६ जनाको शव फेला, ४०७७ जना अझै सम्पर्कविहीन
४सिभिल सहकारी ठगी मुद्दामा इच्छाराज तामाङलाई साढे ५ वर्ष कैद सजाय
५सहारा खेलकुद पत्रकारिता पुरस्कार रोहितराज पराजुलीलाई