
१आन्दोलनकारीलाई आतंककारी भन्दैं दलहरुले पेल्न थालेपछि फेरि जुर्मुराउँदैं जेनजीहरु
२पोखरा महानगर खेलकुद विकास समिति अध्यक्षमा दीपक गोदार नियुक्त
३डिम्बको अवैध कारोबार गर्ने आफ्नै छोरीहरूलाई उन्मुक्ति दिदैं महान्यायाधिवक्ता सविता भण्डारी
४लुटिएको चाइनिज पेस्तोलसहित १६ वर्षीय बालक पक्राउ
५पोखरा सहकारीमा रजिष्ट्रारलाई घुस खुवाउन चण्डीप्रसाद अर्याल विचौंलियाको रुपमा संलग्न रहेको आरोप
६पूर्ववडाध्यक्ष धनबहादुर नेपालीले कुटे निर्दोष युवालाई
७‘डुलुवा’ टोलीको यात्रा सुरु पोखराबाट हुम्लाको लिमी उपत्यका हुँदै लाप्चा ला पाससम्म
८पोखरा सहकारीको ८८ करोड रुपैयाँ ठगी गर्नेहरु पक्राउ
९देउसी खेलेर बैदाम प्रहरीले किन्यो मोटरसाइकल
१०जेन-जी आन्दोलनका ४५ जनालाई सहिद घोषणा
११फेवातालमा डुंगा पल्टिँदा डुबेका तीनै जना सकुशल उद्धार
१२माओवादी, एकीकृत समाजवादीसहित ८ दलबिच १८ बुँदे सहमति, १९ गते एकता घोषणा
१चक्कु प्रहार गरी अनिल पराजुलीको हत्या
२पोखरा सहकारीमा रजिष्ट्रारलाई घुस खुवाउन चण्डीप्रसाद अर्याल विचौंलियाको रुपमा संलग्न रहेको आरोप
३पोखरा सहकारीको ८८ करोड रुपैयाँ ठगी गर्नेहरु पक्राउ
४पूर्ववडाध्यक्ष धनबहादुर नेपालीले कुटे निर्दोष युवालाई
५कास्कीमा प्रहरी कार्यालयमा आगजनी र हतियार लुटपाटमा संलग्न १० जना पक्राउ
६कारागारबाट भागेर प्रहरी चौकी लुट्ने जलारी पक्राउ
७देउसी खेलेर बैदाम प्रहरीले किन्यो मोटरसाइकल
८जेन–जीमाथि भएको दमनको निष्पक्ष छानबिनको माग गर्दै पोखरामा मशाल जुलुश प्रदर्शन
९जुवातास खेल्ने र खेलाउने २७ जना पक्राउ, करिब ९ लाख नगद बरामद
१०विदेशी नागरिकमाथि अभद्र व्यवहार गर्ने दुईजना पक्राउ
११माओवादी, एकीकृत समाजवादीसहित ८ दलबिच १८ बुँदे सहमति, १९ गते एकता घोषणा
१२फेवातालमा डुंगा पल्टिँदा डुबेका तीनै जना सकुशल उद्धार
अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (क्रान्तिकारी), विन्दुवासिनी संस्कृत विद्यापीठ क्याम्पस समितिले क्याम्पस प्रशासन र केही प्राध्यापकहरूले गरेको स्वेच्छाचारी व्यवहार, ठगी र अनियमितताको विरोधमा कडा कदम चाल्ने चेतावनी दिएको छ।
पोखरा, २४ असोज । अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (क्रान्तिकारी), विन्दुवासिनी संस्कृत विद्यापीठ क्याम्पस समितिले क्याम्पसमा लामो समयदेखि भइरहेको शैक्षिक, प्रशासनिक र आर्थिक अनियमितताप्रति गम्भीर आपत्ति जनाएको छ। संगठनले क्याम्पस प्रशासन र केही प्राध्यापकहरूले गरेको स्वेच्छाचारी व्यवहार, ठगी र अनियमितताको विरोधमा कडा कदम चाल्ने चेतावनी दिएको छ।
संगठनका अनुसार, विन्दुवासिनी संस्कृत विद्यापीठमा केही प्राध्यापकहरूले नियमविपरीत दैनिक हाजिरी नगरी तलब लिने गरेको, विश्वविद्यालयको नियम उल्लंघन गर्दै मनपरी गर्ने गरेको र शैक्षिक वातावरणलाई खलल पुर्याउने गतिविधिमा संलग्न रहेको पाइएको छ। नेपाल संस्कृत विश्वविद्यालयको नियमअनुसार सबै प्राध्यापकहरू क्याम्पसमा उपस्थित हुनुपर्ने प्रावधान भए पनि यहाँ त्यसको उल्लंघन भएको संगठनको दाबी छ।
क्याम्पसको आर्थिक शाखा प्रमुख दुर्गारमण पराजुलीमाथि विद्यार्थी कल्याणकारी कोष र नेपाल सरकारबाट प्राप्त छात्रवृत्तिको रकम हिनामिना गरेको गम्भीर आरोप लागेको छ।
यसैगरी, क्याम्पसको आर्थिक शाखा प्रमुख दुर्गारमण पराजुलीमाथि विद्यार्थी कल्याणकारी कोष र नेपाल सरकारबाट प्राप्त छात्रवृत्तिको रकम हिनामिना गरेको गम्भीर आरोप लागेको छ। पराजुलीले आन्तरिक लेखापरीक्षणलाई प्रभावमा पारेर वर्षौंदेखि आर्थिक अनियमितता गरेको र हिसाबकिताब सार्वजनिक गर्न आनाकानी गरेको संगठनले जनाएको छ। संगठनले पारदर्शिता र हिसाबकिताब खोज्दा आर्थिक शाखा प्रमुख पराजुलीले अटेर गर्दै सहप्राध्यापक आनन्द रिजाल र डा. काशीनाथ कँडेललाई सोध्नु भन्दैं पन्छिने गरेको आरोप संगठनले लगाएको छ ।
अखिल (क्रान्तिकारी) ले यस्ता अनियमितता र भ्रष्टाचारविरुद्ध कडा कदम चाल्ने चेतावनी दिँदै विद्यार्थी कल्याणकारी कोष र छात्रवृत्तिको हिसाब तत्काल सार्वजनिक गर्न माग गरेको छ। यदि माग पूरा नभए कानुनी उपचारका लागि अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी दिने संगठनका इञ्चार्ज दामोदर संजेलले बताएका छन्।
संगठनले शैक्षिक क्षेत्रको विकृति र विसंगतिविरुद्ध सधैं अग्रमोर्चामा रहेर संघर्ष गर्ने प्रतिबद्धता व्यक्त गरेको छ। क्याम्पसमा सुशासन र पारदर्शिता कायम गर्न आफूहरू निरन्तर खटिरहने संजेलको भनाइ छ।

१चक्कु प्रहार गरी अनिल पराजुलीको हत्या
२पोखरा सहकारीमा रजिष्ट्रारलाई घुस खुवाउन चण्डीप्रसाद अर्याल विचौंलियाको रुपमा संलग्न रहेको आरोप
३पोखरा सहकारीको ८८ करोड रुपैयाँ ठगी गर्नेहरु पक्राउ
४पूर्ववडाध्यक्ष धनबहादुर नेपालीले कुटे निर्दोष युवालाई
५कास्कीमा प्रहरी कार्यालयमा आगजनी र हतियार लुटपाटमा संलग्न १० जना पक्राउ