
१‘अपरेसन ३६५’ : एक वर्षमा ८९८ मोटरसाइकल कारबाहीमा
२‘प्रदेशविनाको संघीयताको कुनै अर्थ छैन’
३पृथ्वी राजमार्गको गलौँदी क्षेत्र मर्मतका लागि रातभर सडक बन्द
४डा. निरञ्जन कोइराला प्रभावशाली वैज्ञानिकहरुको सूचीमा
५ओभरसिज फ्रेन्डसिप इन्टरनेसनल हस्पिटल सञ्चालनमा
६पोखराको लेकसाइडमा युवा उद्यमीको नयाँ क्रान्ति
७डन न्यूज पब्लिकेशन प्रा. लि. छैटौं वर्षमा प्रवेश
८पहिरोले बुढीगण्डकी थुनिएर भीषण बाढी
९विमानस्थल आसपास चङ्गा, ड्रोन र लेजर लाइट प्रयोगमा रोक
१०सशस्त्र प्रहरी एआईजी वंशीराज दाहाल सेवाबाट बर्खास्त
११ओख्लेभीरमा स्कुल बस दुर्घटनाः ५ जनाको मृत्यु, २० घाइते
१२विपद्मा बेपत्तालाई ४५ दिनमै मृतक घोषणा गर्न सकिने
१पोखरामा ठूलो मात्रामा लागूऔषधसहित ६ जना पक्राउ
२डुलुवाको अध्यक्षमा योगेश भट्टराई
३सराङकोटमा प्रहरी चौकी भवनको उद्घाटन
४आईजीपी दानबहादुर कार्कीमाथि भ्रष्टाचारको आरोप, छानबिन गर्न ९ सदस्यीय विशेष समिति गठन
५फिर्के खोलाघरमा फेरि चल्यो महानगरको डोजर
६‘जेनजी प्रदर्शनकारीको बिगो नखुलेका करिब १ सय मुद्दा फिर्ता लिन सकिने’ : अध्ययन समिति
७डन न्यूज पब्लिकेशन प्रा. लि. छैटौं वर्षमा प्रवेश
८‘पोखरा महानगरविरुद्ध सबैभन्दा बढी उजुरी’
९‘विज्ञतालाई राष्ट्रिय विकासमा केन्द्रित गर्न आग्रह’
१०मनाङमा अलपत्र १६ पर्यटकको उद्धार
११बागलुङमा माटोको ढिस्कोले पुरिएर दुईजना मजदुरको मृत्यु
१२सिद्धार्थ क्लबको अध्यक्षमा सुनिल श्रेष्ठ
काठमाडौं, २६ असोज । पूर्वसभामुख कृष्णबहादुर महरालाई नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले आइतबार पक्राउ गरेको छ। उनलाई विद्युतीय चुरोट (भेप)मा लुकाएर ९ किलो सुन तस्करी गरेको आरोप छ।
२०७९ पुस १० मा चिनियाँ नागरिक लि हानसोङले फ्लाई दुबईको उडानबाट काठमाडौं ल्याएका ७३० थान भेपभित्र ९ किलो सुन लुकाइएको थियो। यो सुनको मूल्य ८ करोड ५५ लाखभन्दा बढी थियो। भन्सार कर्मचारीको मिलेमतोमा सुन बेचिएको अनुसन्धानले पत्ता लागेको छ।
महरामाथि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको भन्सारमा दबाब दिएर सुन छुटाएको र लिलाम गरी बिक्री गर्ने योजनामा संलग्न भएको आरोप छ। अनुसन्धानमा उनका छोरा निर्मल र राहुलले चिनियाँ तस्कर लि हानसोङ र दाओजिन वाङसँग पटक–पटक फोन सम्पर्क गरेको पाइएको छ। निर्मलको मोबाइलबाट लिसँग ११ पटक र राहुलसँग २८ पटक सम्पर्क भएको सीआईबीको प्रतिवेदनमा उल्लेख छ।
शंकास्पद भेप फेला परेपछि भन्सारले नियन्त्रणमा लिएको थियो। तर, तस्कर समूहले कर्मचारीसँग मिलेर सुन भएको भेप साटेर बजारको अर्को भेप राखेको पाइयो। भन्सार प्रमुख अरुण पोखरेलले अनुसन्धान गर्दा सुन तस्करीको पोल खुलेको थियो। सीआईबीले यो प्रकरणमा महरा र उनका छोराहरूको संलग्नता पुष्टि गरेको छ।
यसअघि २०८० चैतमा महरालाई अनुसन्धानका लागि बोलाएर छोराको जिम्मा लगाइएको थियो। सत्ता–शक्तिको दुरुपयोगका कारण उनीमाथि मुद्दा अघि बढेको थिएन। हाल अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पनि यो मामिलामा अनुसन्धान गरिरहेको छ। बिहीबार महरासँग बयान लिइएको थियो।
महरा २०६२र६३ को शान्ति प्रक्रियापछि चारपटक सांसद, छ पटक मन्त्री र एकपटक सभामुख बनेका थिए। २०७६ मा संसद सचिवालयकी कर्मचारीमाथि यौन शोषणको आरोप लागेपछि उनले सभामुख पदबाट राजीनामा दिएका थिए।