
१पोखरामा ठूलो मात्रामा लागूऔषधसहित ६ जना पक्राउ
२डुलुवाको अध्यक्षमा योगेश भट्टराई
३सराङकोटमा प्रहरी चौकी भवनको उद्घाटन
४‘पेन्सन पट्टा’ : पहाडको माटो, लाहुरेको आँसु र प्रेमको धुनले दर्शकलाई रुवायो
५इन्द्रसरोवरमा गाडी दुर्घटनामा परी ४ जनाको मृत्यु
६पत्रकार थकालीमाथि ज्यान मार्ने धम्की
७माछापुच्छ्रे बैंकको ६ प्रतिशत लाभांश घोषणा
८मुस्ताङ भन्सारमा १५ दिनमै एक अर्ब ७८ करोड राजस्व सङ्कलन
९मल्टिमिडिया पत्रकारिता तालिम सम्पन्न
१०सिभिल सहकारी ठगी मुद्दामा इच्छाराज तामाङलाई साढे ५ वर्ष कैद सजाय
११रसुवा बाढी : १३६६ जनाको शव फेला, ४०७७ जना अझै सम्पर्कविहीन
१२किम्रुङ खोला पहिरो खसेर थुनिएपछि उच्च सतर्कता अपनाउन आग्रह
१व्यवसायी विमल बसेल दम्पत्तीद्वारा प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा ५० लाख सहयोगको घोषणा
२पोखरामा सडकको भेलले बगाउँदा आमा–छोरीको गयो ज्यान
३रसुवा बाढी : ७८१ जनाको शव भेटियो
४चीनतर्फ नदी थुनिएर बन्यो ठूलो ताल, भोटेकोशीमा अझै बाढी आउन सक्ने
५रसुवा बाढी : २८ प्रहरी अझै सम्पर्कविहीन
६स्व.भक्तबहादुर बस्नेतको परिवारले दिए गोगन माविलाई साढे २३ लाख रुपैयाँ
७भोटेकोशीको विपत्ति र हिमालयको बदलिँदो वास्तविकता
८किम्रुङ खोला पहिरो खसेर थुनिएपछि उच्च सतर्कता अपनाउन आग्रह
९गण्डकीमा सातौँपटक मन्त्रिपरिषद् विस्तार, समाजवादी पार्टीका देवकोटा तेस्रोपटक मन्त्री
१०सहारा खेलकुद पत्रकारिता पुरस्कार रोहितराज पराजुलीलाई
११तिब्बतर्फ ताल पुन: फुट्यो
१२सिभिल सहकारी ठगी मुद्दामा इच्छाराज तामाङलाई साढे ५ वर्ष कैद सजाय
काठमाडौं, २६ असोज । पूर्वसभामुख कृष्णबहादुर महरालाई नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले आइतबार पक्राउ गरेको छ। उनलाई विद्युतीय चुरोट (भेप)मा लुकाएर ९ किलो सुन तस्करी गरेको आरोप छ।
२०७९ पुस १० मा चिनियाँ नागरिक लि हानसोङले फ्लाई दुबईको उडानबाट काठमाडौं ल्याएका ७३० थान भेपभित्र ९ किलो सुन लुकाइएको थियो। यो सुनको मूल्य ८ करोड ५५ लाखभन्दा बढी थियो। भन्सार कर्मचारीको मिलेमतोमा सुन बेचिएको अनुसन्धानले पत्ता लागेको छ।
महरामाथि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको भन्सारमा दबाब दिएर सुन छुटाएको र लिलाम गरी बिक्री गर्ने योजनामा संलग्न भएको आरोप छ। अनुसन्धानमा उनका छोरा निर्मल र राहुलले चिनियाँ तस्कर लि हानसोङ र दाओजिन वाङसँग पटक–पटक फोन सम्पर्क गरेको पाइएको छ। निर्मलको मोबाइलबाट लिसँग ११ पटक र राहुलसँग २८ पटक सम्पर्क भएको सीआईबीको प्रतिवेदनमा उल्लेख छ।
शंकास्पद भेप फेला परेपछि भन्सारले नियन्त्रणमा लिएको थियो। तर, तस्कर समूहले कर्मचारीसँग मिलेर सुन भएको भेप साटेर बजारको अर्को भेप राखेको पाइयो। भन्सार प्रमुख अरुण पोखरेलले अनुसन्धान गर्दा सुन तस्करीको पोल खुलेको थियो। सीआईबीले यो प्रकरणमा महरा र उनका छोराहरूको संलग्नता पुष्टि गरेको छ।
यसअघि २०८० चैतमा महरालाई अनुसन्धानका लागि बोलाएर छोराको जिम्मा लगाइएको थियो। सत्ता–शक्तिको दुरुपयोगका कारण उनीमाथि मुद्दा अघि बढेको थिएन। हाल अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पनि यो मामिलामा अनुसन्धान गरिरहेको छ। बिहीबार महरासँग बयान लिइएको थियो।
महरा २०६२र६३ को शान्ति प्रक्रियापछि चारपटक सांसद, छ पटक मन्त्री र एकपटक सभामुख बनेका थिए। २०७६ मा संसद सचिवालयकी कर्मचारीमाथि यौन शोषणको आरोप लागेपछि उनले सभामुख पदबाट राजीनामा दिएका थिए।
१व्यवसायी विमल बसेल दम्पत्तीद्वारा प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा ५० लाख सहयोगको घोषणा
२पोखरामा सडकको भेलले बगाउँदा आमा–छोरीको गयो ज्यान
३रसुवा बाढी : ७८१ जनाको शव भेटियो
४चीनतर्फ नदी थुनिएर बन्यो ठूलो ताल, भोटेकोशीमा अझै बाढी आउन सक्ने
५रसुवा बाढी : २८ प्रहरी अझै सम्पर्कविहीन