
१फिर्के खोलाघरमा फेरि चल्यो महानगरको डोजर
२मनाङमा अलपत्र १६ पर्यटकको उद्धार
३‘विज्ञतालाई राष्ट्रिय विकासमा केन्द्रित गर्न आग्रह’
४पोखरामा ठूलो मात्रामा लागूऔषधसहित ६ जना पक्राउ
५डुलुवाको अध्यक्षमा योगेश भट्टराई
६सराङकोटमा प्रहरी चौकी भवनको उद्घाटन
७‘पेन्सन पट्टा’ : पहाडको माटो, लाहुरेको आँसु र प्रेमको धुनले दर्शकलाई रुवायो
८इन्द्रसरोवरमा गाडी दुर्घटनामा परी ४ जनाको मृत्यु
९पत्रकार थकालीमाथि ज्यान मार्ने धम्की
१०माछापुच्छ्रे बैंकको ६ प्रतिशत लाभांश घोषणा
११मुस्ताङ भन्सारमा १५ दिनमै एक अर्ब ७८ करोड राजस्व सङ्कलन
१२मल्टिमिडिया पत्रकारिता तालिम सम्पन्न
१पोखरामा ठूलो मात्रामा लागूऔषधसहित ६ जना पक्राउ
२किम्रुङ खोला पहिरो खसेर थुनिएपछि उच्च सतर्कता अपनाउन आग्रह
३सिभिल सहकारी ठगी मुद्दामा इच्छाराज तामाङलाई साढे ५ वर्ष कैद सजाय
४रसुवा बाढी : १३६६ जनाको शव फेला, ४०७७ जना अझै सम्पर्कविहीन
५सहारा खेलकुद पत्रकारिता पुरस्कार रोहितराज पराजुलीलाई
६पोखराको फोटोग्राफी क्षेत्रको समग्र इतिहास समेटिएको विशेष स्मारिका सार्वजनिक
७डुलुवाको अध्यक्षमा योगेश भट्टराई
८‘पेन्सन पट्टा’ : पहाडको माटो, लाहुरेको आँसु र प्रेमको धुनले दर्शकलाई रुवायो
९मल्टिमिडिया पत्रकारिता तालिम सम्पन्न
१०पोखरा उद्योग वाणिज्य संघको अध्यक्षमा शोभा निर्वाचित
११आज जेनजी शहीद दिवस : देशभरि सार्वजनिक बिदा
१२मुस्ताङ भन्सारमा १५ दिनमै एक अर्ब ७८ करोड राजस्व सङ्कलन
पोखरा, २५ असोज । प्रेस काउन्सिल नेपालले पोखराबाट नेकपा एमालेका नेताहरुबाट सञ्चालित समाधान दैनिकको ठगीधन्दाविरुद्ध छानबिन गरी पत्रिकालाई ‘राष्ट्रिय’ शब्द तत्काल हटाउन निर्देशन दिएको छ । यस्तो कार्य दोहोर्याए कडा कानुनी कारबाही हुने चेतावनी पनि दिइएको छ।
प्रेस काउन्सिल नेपालले असोज १२, २०८२ मा जारी गरेको निर्देशन एवम् सचेतपत्रमा समाधान दैनिकले सार्वजनिक खरिद ऐन, २०६३, सार्वजनिक खरिद नियमावली, २०६४, प्रेस काउन्सिल ऐन, २०४८ र विज्ञापन (नियमन गर्ने) ऐन, २०७६ को उल्लंघन गरेको उल्लेख छ।
पत्रिकाले आफूलाई ‘राष्ट्रिय दैनिक’ दाबी गरेर विभिन्न निकाय र पाठकलाई झुक्याउँदै सार्वजनिक निकाय, वित्तीय संस्था र आमपाठकलाई ठग्दै आएपछि प्रेस काउन्सिलमा प्रकाश बास्तोला र जिल्ला प्रशासन कार्यालय लगायतको उजुरी परेको थियो ।
प्रेस काउन्सिलको आचारसंहिता अनुगमन उपसमितिले साउन २१, २०८२ मा यो विषयमा छानबिन सुरु गरेको थियो। भदौ ८ मा समाधान दैनिकलाई जवाफ पेस गर्न पत्राचार गरिएकोमा भदौ १० मा पत्रिकाले ‘एक दशकदेखि राष्ट्रिय दैनिकको श्रेणीमा छौं’ भन्ने दाबी गरेको थियो। तर, असोज ५ मा बसेको काउन्सिलको बैठकले यो दाबीलाई गलत र वितरण सम्परीक्षण मापदण्डविपरीत ठहर गरेको छ ।
काउन्सिलका अनुगमन अधिकृत महेन्द्रराज सिंहद्वारा जारी पत्रमा समाधान दैनिकलाई पत्रिकाबाट ‘राष्ट्रिय’ शब्द हटाएर ‘प्रदेश क’ स्तर कायम राख्न र पत्रकारिताको मर्यादा पालना गर्न निर्देशन दिइएको छ। यदि यो गल्ती दोहोरिएमा प्रचलित कानुन र पत्रकार आचारसंहिताअनुसार कारबाही हुने चेतावनी दिइएको छ। काउन्सिलको पत्रपत्रिका वितरण सम्परीक्षण मापदण्ड, २०७५ अनुसार समाधान दैनिक कहिल्यै राष्ट्रिय स्तरमा वर्गीकृत भएको छैन।
गण्डकी प्रदेशमा ‘प्रदेश क’ वर्गीकरणमा रहेर मासिक ३५ हजार २१९ रुपैयाँका दरले वार्षिक ४ लाख २२ हजार ६२८ रुपैयाँ लोककल्याणकारी विज्ञापन लिँदै आईरहेको समाधान दैनिकका सञ्चालकहरुले सार्वजनिक निकाय, वित्तीय संस्थाका विज्ञापन र टेण्डरका सूचना सेटिङमा प्रकाशन गर्न यस्तो धन्दा चलाउँदैं आईरहेका थिए । समाधान दैनिकको यो दोहोरो चरित्रले पत्रकारिताको मर्यादा र विश्वसनीयतामाथि गम्भीर प्रश्न उठाएको छ।

नेकपा एमालेका नेता प्रदिप ज्ञवाली समाधान दैनिकका सञ्चालक रामकृष्ण ज्ञवालीको लगानीमा सञ्चालित पुरानो विमानस्थल भित्र रहेको पोखरा अल्ट्रा लाइट प्रा.लि.मा ।
पोखराबाट होटल व्यवसायी विप्लव पौडेल, लायन्स क्लबमा आवद्ध उमानाथ बराल र पत्रकार महासंघ कास्कीका पूर्वअध्यक्ष समेत रहेका रामकृष्ण ज्ञवालीको टिमले गैरकानुनी रूपमा ‘राष्ट्रिय दैनिक’ को दाबी गर्दै सरकारी निकाय र वित्तीय संस्थाका टेण्डर र सूचनाहरू सेटिङ गरेर बषौंदेखि लुट्दैं आईरहेका थिए । अर्को तर्फ यहीं समूहले गण्डकी प्रदेशको ‘प्रदेश क’ स्तरको पत्रिकाको रूपमा लोककल्याणकारी विज्ञापनमार्फत राज्यले दिने वार्षिक लाखौं रकम पनि हडप्दै आईरहेको छ ।
नेकपा एमालेका नेताहरुको लगानीमा सञ्चालित यस समाधान दैनिकका सञ्चालकहरुले लेकसाईडमा होटल बाराही, मुस्ताङचोक पारी पुरानो पोखरा विमास्थलमा पोखरा अल्ट्रा लाइट प्रा.लि., होटल बाराही काठमाडौं, सराङकोट माउण्टेन लज (सराङकोट डाँडा), चितवनको मेघौंलीमा बाराही जंगल लज र फेवाताल माथि सेदी डाँडामा बन्दैं गरेको पाँचतारे होटल सेदी लक्जरी सञ्चालन गर्दै आईरहेका छन् ।

नेकपा एमालेका अध्यक्ष केपीशर्मा ओलीसँग एमालेको प्रचारप्रसार विभागका सदस्य एवम् समाधान दैनिकका सञ्चालक रामकृष्ण ज्ञवाली ।
यो समूहमा आवद्ध नेकपा एमालेका राष्ट्रिय युवा संघका तत्कालिन उपमहासचिव शिवबहादुर गुरुङ (महेन्द्र भोटे) सूर्य दर्शन सहकारीको १७ करोड रुपैयाँ भन्दा बढि रकम ठगी गरेको आरोपमा कास्की कारागारमा थुनामा रहेका छन् । उनी विप्लव र रामकृष्णका व्यवसायिक साझेदार समेत हुन् ।
जसले फेवातालमाथि सेदी डाँडामा बन्दैं गरेको पाँचतारे होटल सेदी लक्जरीको प्रचारप्रसारका लागि समाधानका प्रधानसम्पादक ज्ञवालीसहित विदेशमा प्रचारप्रसारका लागि जाने गरेका थिए । पछि ठगीधन्दामा फसेपछि महेन्द्र भोटे भने कारागार पुगेका छन् । विप्लव र रामकृष्ण लगायत अन्य सञ्चालकको हकमा भने अख्तियार दुरुपयोग अनुसन्धानको आयोग पोखरामा मुद्दा दर्ता भई अनुसन्धान सुरु भईरहेको छ ।

यसरी समाधान दैनिकले जबरजस्ती झुठो दावी गर्दै आमपाठक, विज्ञापनदाता र सार्वजनिक निकायहरुलाई झुक्याउन खोजे पनि अन्ततः असफल भएको छ ।
प्रेस काउन्सिलको मापदण्ड, २०६६ (परिमार्जित–२०७५) ले झुटा दाबी गर्ने पत्रिकाको सुविधा ५ देखि १० वर्षसम्म रोक्का गर्न सक्ने व्यवस्था गरेको छ। तर, नेकपा एमालेका नेताद्वय पृथ्वीसुब्बा गुरुङ र प्रदिप ज्ञवालीको संरक्षकत्वमा सञ्चालित यस दैनिकलाई वर्षौंदेखि ठगीधन्दा चलाई रहँदा पनि प्रेस काउन्सिलले कारवाहीका नाममा जोगाउँदैं आईरहेको छ । सप्रमाण ठगीधन्दाका विषयमा परेको उजुरीमाथि पनि प्रेस काउन्सिलले यस्ता ठगहरुलाई बचाउँदैं आईरहेको छ ।
समाधान दैनिकको यो ठगीधन्दाले पत्रकारिताको विश्वसनीयतामाथि गम्भीर धक्का पुगेको छ । यो केवल एउटा पत्रिकाको गल्ती नभई नियामक निकायको कमजोरी र पत्रकारिता क्षेत्रमा राजनीतिक संरक्षणका आधारमा मौंलाउँदैं गएको ठगीधन्दा पनि हो ।
पोखरामा पत्रिका बेच्न आएका ज्ञवालीको अवैध धन्दाको नालीबेली
पोखराबाट प्रकाशित समाधान दैनिकका प्रधान सम्पादक रामकृष्ण ज्ञवालीमाथि पत्रकारिताको आडमा ठगीधन्दा र भ्रष्टाचारको गम्भीर आरोप लाग्र्दै आईरहेको छ कुनै पनि पेशा व्यवसाय नभएका उनले कमाएको अकुत सम्पत्तिले नैं यो शंकालाई एकदमैं मजबुत बनाई रहेको छ। गुल्मीको गाउँबाट २३ वर्षअघि साइकलमा मिठाई र पत्रिका बेच्न पोखरा आएका ज्ञवालीले पत्रकारितालाई ढाल बनाएर गुन्डा, ठेकेदार र क्यासिनो सञ्चालकहरूसँग मिलेर अवैध कमाइ गरेको दाबी गरिएको छ।

पत्रकार रामकृष्ण ज्ञवाली विश्वकर्मा पुजाको दिन पोखरा अल्ट्रा लाइट प्रा.लि.मा पुजा गर्दै । कुनै पेशा र व्यवसाय बिना कसरी सम्भव छ यत्रो सम्पत्ति जोड्न ?
ज्ञवालीले २३ वर्षअघि पोखरामा साइकलमा मिठाई र पत्रिका बेच्ने काम गर्थे। पत्रिकामा समाचार लेख्न थालेपछि उनले पोखराका गुन्डाहरूसँग मिलेर वार्गेनिङ गर्ने, कवाडीको ठेक्कामा भित्री चलखेल गर्ने र क्यासिनो सञ्चालकहरूसँग रकम असुल्ने गरेको आरोप छ। यस्तै, निजी व्यापारीहरू जस्तै सफल दूधका लागि डिडिसीविरुद्ध अभियान चलाएर चर्को मूल्यमा विज्ञापन छाप्ने र कमिसन लिने, सहकारी ठगीमा संलग्न गुन्डा र ठगहरुको संरक्षण र सेटिङ मिलाए वापत रकम असुल्ने र सरकारी निकायमा सेटिङ गरेर लाखौंका विज्ञापन आफ्नै एजेन्सीमार्फत समाधान दैनिकसहित अन्य पत्रिकामा छाप्ने गरेको दाबी छ।

रामकृष्ण ज्ञवालीको लगानीमा सञ्चालित पोखरा अल्ट्रा लाइट प्रा.लि. । स्रोत खोज्ने हो भने अझैं अपराधको रहस्य खुल्दैं जानेछ ।
पोखराका नदीनालासहितका ठेक्कापट्टामा कास्की कारागारमा रहेका महेन्द्र भोटे र उनको टोलीसँग मिलेर वार्गेनिङ गरी रकम असुल्ने गरेको पनि आरोप छ। थप गम्भीर रूपमा, स्वर्गीय नेता रवीन्द्र अधिकारीको भ्रष्टाचारको पैसा यो समूहले व्यवसायमा लगानी गरेको दाबी गरिएको छ। कुनै औपचारिक पेशा/व्यवसाय नभएका ज्ञवालीले हालै न्यूरोडमा बनाउँदै गरेको करोडौंको घर र अन्य कारोबारहरूले उनको आयस्रोतमाथि प्रश्न उठाएको छ। स्थानीय पत्रकारहरूले यी सम्पत्तिको छानबिन गर्न माग गरेका छन्।
बिना पेशा, व्यवसाय र पुख्यौंली सम्पत्ति बिना मिठाई बेच्न पोखरा झरेको एउटा पत्रकारको न्यूरोडमा करोडौंको जग्गामा करोडौं लगानीमा घर, सेदी डाँडास्थित पाँच तारे होटलमा लगानी, पोखरा अल्ट्रा लाईटमा लगानी, विभिन्न ठाउँमा जग्गा र कारोबार, कसरी सम्भव छ पत्रकारिताको कमाईबाट मात्र ? रामकृष्ण ज्ञवालीको नाममा भएको लगानीको स्रोत खोज्ने हो भने अझैं अपराधको रहस्य खुल्दैं जानेछ ।
समाधान दैनिकको आवरणमा मौलाएको यो समूहको ठगीधन्दा :

सहकारीको १७ करोड ठगीमा कास्की कारागारमा रहेका महेन्द्र भोटे र समाधान दैनिकका सञ्चालक रामकृष्ण ज्ञवालीले सिङ्गापुरमा पोखरा बाराही सेदी लिमिटेड कम्पनी अन्तर्गत पाँच तारे होटल सेदी लक्जरीको लागि लगानी भित्र्याउन गरेको कार्यक्रम ।

सहकारीको १७ करोड ठगीमा कास्की कारागारमा रहेका शिवबहादुर गुरुङ उर्फ महेन्द्र भोटे, समाधान दैनिकका सञ्चालक रामकृष्ण ज्ञवाली । यो व्यवसायिक समूहमा होटल बाराहीका विप्लव पौडेल र हरिप्रसाद पौडेल पनि आवद्ध छन् ।

पोखराको लेकसाइडमा बनिरहेको पाँच तारे होटल बाराही सेदी लिमिटेड र एनएमबी क्यापिटल लिमिटेडबीच प्राथमिक सेयर निस्कासन प्रबन्धका लागि सम्झौतामा हस्ताक्षर गर्दै बाराही सेदी होटल लिमिटेडका तर्फबाट कार्यकारी सञ्चालक विप्लव पौडेल तथा धित्तोपत्र निष्कासन तथा बिक्री प्रबन्धक एनएमबि क्यापिटल लिमिटेडको तर्फबाट प्रमुख कार्यकारी अधिकृत दीपेशकुमार वैद्य ।


१पोखरामा ठूलो मात्रामा लागूऔषधसहित ६ जना पक्राउ
२किम्रुङ खोला पहिरो खसेर थुनिएपछि उच्च सतर्कता अपनाउन आग्रह
३सिभिल सहकारी ठगी मुद्दामा इच्छाराज तामाङलाई साढे ५ वर्ष कैद सजाय
४रसुवा बाढी : १३६६ जनाको शव फेला, ४०७७ जना अझै सम्पर्कविहीन
५सहारा खेलकुद पत्रकारिता पुरस्कार रोहितराज पराजुलीलाई