
१कांग्रेस-एमाले सत्ता सहकार्यमा ‘ब्रेक’ : गण्डकीसहित सातै प्रदेशमा नयाँ राजनीतिक कोर्सको कसरत
२मिटरब्याजलाई ‘गम्भीर आर्थिक अपराध’ घोषणा गर्ने सरकारको तयारी
३टेलिकमका पूर्वप्रबन्ध निर्देशक सुनिल पौडेललाई साढे ८ वर्ष कैद र करोडौं जरिवाना
४सुन लुट्न आफ्नै साथीको हत्या, दुई जना पक्राउ
५स्याङ्जामा पहिरोमा पुरिएर एकजनाको मृत्यु
६‘अन्नपूर्ण पर्यटन पत्रकारिता पुरस्कार’ बाट भूपाल सम्मानित
७‘चमत्कारी’ क्रिस्टलको नाममा अरबौँको सपना देखाएर लाखौँको ठगी : पोखराबाट ६ जना पक्राउ
८गण्डकी प्रदेश सरकारद्वारा ८ हजार मिटरका हिमाल आरोहीलाई ६ आरोहीलाई सम्मान
९कलम–क्रान्तिका नायक : स्मृतिमा केशव गुरु
१०२० करोड भन्दा बढिको अनलाइन सट्टेबाजी गर्ने गिरोह पोखराबाट पक्राउ
११गण्डकी प्रदेशमा गाँजा खेतीको वैधानिक बाटो खुला: औषधीजन्य र औद्योगिक प्रयोजनका लागि अवसर
१२पोखरामा ब्राउनसुगरसहित एक युवक पक्राउ
१मित्रमिलन सहकारी ठगी प्रकरण : बिगो बराबरको धरौटी माग
२कास्की मालपोतका तत्कालीन प्रमुखसहित ६ जनालाई भ्रष्टाचार मुद्दामा ६ महिना कैद
३अख्तियारको शंकास्पद भूमिका : फरार प्रतिवादीलाई सरकारी साक्षी बनाई बकपत्र, सेटिङमा पुनः फरार
४गैरकानुनी रूपमा चिकित्सकको उपाधि प्रयोग गरी उपचार गर्ने चेतना पौडेल पक्राउ
५रास्वपा केन्द्रीय सदस्य पदका दावेदार निर्मल गौतम को हुन् ?
६लेनदेनको विवादमा ज्वाइँद्वारा सासुमाथि चक्कु प्रहार
७पोखरामा लागूऔषधसहित ७३ वर्षीय अमर हमाल पक्राउ
८एमाले उपाध्यक्ष विष्णु पौडेल सम्पत्ति शुद्धीकरण मुद्दामा पक्राउ : शुभ होटलमै प्रहरी छिर्यो
९लाखौं मूल्यका सुनचाँदीका गरगहना र नगदसहित चोरीको आरोपमा भुवन र बिराज पक्राउ
१०रास्वपा महाधिवेशन : बन्दसत्रमा ढिलाइ, पूजा बास्तोलाद्वारा केन्द्रीय सदस्यमा उम्मेदवारी घोषणा
११विष्णु पौडेलको लगानी रहेको कृषि फार्ममा सम्पत्ति शुद्धीकरण विभागको छापा
१२पोखरामा ‘अपरेसन ३६५’ तीव्र : थप २३ वटा मोडिफाई गरिएका मोटरसाइकल नियन्त्रणमा
लमजुङ। माहिन्द्रीगङ्गा (मादी नदी) को किनारमा अवस्थित बोटेटारका आफ्नो उमेरसमेत भन्न नसक्ने वृद्ध पूर्णबहादुर बोटेको ‘फेरिएको बोटेगाउँ’ हेर्ने सपना कहिल्यै पूरा हुन सकेन । उहाँको सपना थियो–छोरानातिको कमाइ गर्ने मेलो, पढे–लेखेका नातिनातिना, स्वस्थ गाउँले, गाउँवरिपरि मोटर गुड्ने सडक अनि सफासुग्घर बोटे गाउँ । धेरै वर्षदेखिको वृद्ध बोटेको सपनाका दृश्य केही परिवर्तन भए पनि पूर्णरूपमा अझै परिवर्तन भएको छैन ।
समयक्रम सँगै गाउँ–गाउँमा परिवर्तन भए पनि मध्यनेपाल नगरपालिका–४ दुईपिप्लेस्थित बोटेगाउँमा भने विकास हुन नसक्दा पूर्णबहादुर जस्तै धेरै स्थानीयवासीको सपना अधूरै हुन पुगेको हो । मादीमा डुङ्गा खियाउने अनि माछा मारेर बिक्री गर्ने बोटे समुदायको पुख्र्यौली पेशा र व्यवसाय हो । वारि लमजुङ पारि तनहुँ र कास्की बीचमा मादी नदी । विगतमा मादीमा पुल नहुँदा त्यसक्षेत्रका बासिन्दालाई डुङ्गाबाट वारपार गराउने, मादी र रिस्ती खोलामा माछा मारेर दुईपिप्ले, दोभान, चर्दीपसल, सोतीपसल, तनहुँका दुलहीपानी, सत्रसय र सिसाघाटलगायतका स्थानीय बजारहरुमा बिक्री गर्दै जीवन निर्वाह गर्दै आएको वृद्ध बोटेले बताउनुभयो । उहाँका अनुसार गाउँका १२ जना बोटेहरुले मादीमा डुङ्गा तार्ने र सोही आम्दानी बाँडीचुँडी लिएर घर व्यवहार चल्थ्यो । दुईपिप्ले, रम्घा, सिसाघाट भेगमा नियमित वारपार गर्ने स्थानीयवासीले बाटे समुदायलाई वर्षको एकपटक प्रत्येक परिवारले धुरीपाथी अन्न बुझाउने र त्यसबाहेकले डुङ्गा तारेपछि पैसा दिने चलन थियो ।
करिब ३० घर परिवारको बसोबास रहेको बोटेगाउँमा स्वास्थ्य, शिक्षा, रोजगारी जस्ता आधारभूत क्षेत्रमा समयसापेक्ष विकास नभएको ४६ वर्षीय हेविन्द्र बोटेले बताउनुभयो । देशमा राजनीतिक परिवर्तनसँगै धेरै विकास भए पनि आफ्नो बस्तीमा विकास आइनपुगेको र गाउँको विकासको पखाइमा रहेको उहाँले बताउनुभयो । गाउँमा ११÷१२ पढ्ने युवायुवती निकै कम छन् । सरकारी सेवा अन्तर्गत सेना, प्रहरीमा केही भए पनि निजामति कर्मचारी कोही छैनन् । केही पढेकाहरुले राम्रो जागिर नपाएकाले पनि नयाँ पुस्ता युवायुवती पढाइप्रति उतिसाह्रै आकर्षित नभएको निर्मला बोटे बताउनुहुन्छ । “कमाउन सक्ने, पढेका नपढेका सबै विदेशतिर गैसके”, उहाँ भन्नुहुन्छ, “देशमा बसेर काम पाइँदैन, विदेश नगएर कसरी परिवार पाल्नु ?”
एक दशकअघि सिसाघाटमा झोलुङ्गे पुल निर्माण गरिएपछि डुङ्गा तार्ने बोटे समुदायको पुख्र्याैली पेशा हराएको ५१ वर्षीय हर्के बोटेले बताउनुभयो । त्यस्तै खोलामा जाल हान्ने, बल्छी थाप्ने, दुवाली थुन्ने जस्ता उपायले माछा मार्दै आम्दानी गर्दै आएकोमा पछिल्लो समय लुकीछिपी करेन्ट हान्ने, विषादी हाल्ने र विष्फोटक पदार्थ पड्काएर माछा सखाप बनाइदिएपछि बोटे समुदायकोे आम्दानीको अर्को स्रोत पनि गुमेको उहाँको भनाइ थियो । डुङ्गा तार्ने र माछा मार्ने भएकै कारण बोटेहरुलाई ‘पानीपति’ समेत भन्ने गरिन्छ । यी ‘पानीपति’हरुको पानीसँग जोडिएको आम्दानीको दुईवटै पुख्र्यौली पेशा गुमेपछि मेलापात, खेतीपाती गरेरै जीवनयापन गर्नुपरेको र ऋण काढेरै खानु पर्ने बाध्यता थपिएको स्थानीयवासी बताउँछन् ।
धेरै वर्षदेखि बसोबास गर्दै आएकाले बोटेहरु आदिवासी नै भएको बोटेहरुको बुझाइ छ । गरिबीकै कारणले दुईपिप्ले बजार क्षेत्रका ‘भूमिपति’ भनिएका बोटे समुदायका अधिकांशले जमिनसमेत बिक्री गरिसकेको इन्द्रमायाले बताउनुभयो । “भएको जग्गा जमिन बिक्री भइसक्यो, साहुको ऋण तिर्ने र भात खानेभन्दा अन्त काम लागेन”, उहाँले भन्नुभयो ।
अशिक्षा र गरिबीकै कारणले पुख्र्यौलीरूपमा निकै सम्पन्न भए पनि यतिबेला उनीहरु विपन्न बन्न पुगेको मध्यनेपालका उपप्रमुख राजकुमार श्रेष्ठले बताउनुभयो । उहाँले भन्नुभयो, “उनीहरुका लागि तीन वटै सरकार बोटे समुदायको विकासमा लागिरहेको र बिस्तारै बोटे गाउँको विकास हुन थालेको छ । गत वर्ष प्रदेश सरकारले आवास निर्माण गरिदिएको छ, घरघरमै धारा जडान गरिएको छ । उचित शिक्षा नपाउँदा बस्तीमा चेतनास्तर समेत माथि उकासिन नसकेको र शिक्षा नै नभएकाले स्वास्थ्य, सरसफाइ, रोजगारी जस्ता क्षेत्रमा पनि सुधार नभएको निरा बोटेले भन्नुभयो । उहाँले भन्नुभयो, “हामी दशैँ मनाउनसमेत अरुको भर पर्नुपर्ने अवस्थामा आइपुग्यौँ ।” (रासस)
१मित्रमिलन सहकारी ठगी प्रकरण : बिगो बराबरको धरौटी माग
२कास्की मालपोतका तत्कालीन प्रमुखसहित ६ जनालाई भ्रष्टाचार मुद्दामा ६ महिना कैद
३अख्तियारको शंकास्पद भूमिका : फरार प्रतिवादीलाई सरकारी साक्षी बनाई बकपत्र, सेटिङमा पुनः फरार
४गैरकानुनी रूपमा चिकित्सकको उपाधि प्रयोग गरी उपचार गर्ने चेतना पौडेल पक्राउ
५रास्वपा केन्द्रीय सदस्य पदका दावेदार निर्मल गौतम को हुन् ?