
१पर्वतमा बाढी पहिरोका कारण तीनसय परिवार विस्थापित
२स्थानीय तह निर्वाचनको तयारीमा जुट्यो रास्वपा
३‘बेगनास फिस फेस्टिभल’ सफल बनाउन ऐक्यबद्धता
४पोखरा विश्वविद्यालयको एक अर्ब ७५ करोड ८० लाखको बजेट पारित
५आईजीपी दानबहादुर कार्कीमाथि भ्रष्टाचारको आरोप, छानबिन गर्न ९ सदस्यीय विशेष समिति गठन
६फिर्के खोलाघरमा फेरि चल्यो महानगरको डोजर
७मनाङमा अलपत्र १६ पर्यटकको उद्धार
८‘विज्ञतालाई राष्ट्रिय विकासमा केन्द्रित गर्न आग्रह’
९पोखरामा ठूलो मात्रामा लागूऔषधसहित ६ जना पक्राउ
१०डुलुवाको अध्यक्षमा योगेश भट्टराई
११सराङकोटमा प्रहरी चौकी भवनको उद्घाटन
१२‘पेन्सन पट्टा’ : पहाडको माटो, लाहुरेको आँसु र प्रेमको धुनले दर्शकलाई रुवायो
१पोखरामा ठूलो मात्रामा लागूऔषधसहित ६ जना पक्राउ
२किम्रुङ खोला पहिरो खसेर थुनिएपछि उच्च सतर्कता अपनाउन आग्रह
३सिभिल सहकारी ठगी मुद्दामा इच्छाराज तामाङलाई साढे ५ वर्ष कैद सजाय
४रसुवा बाढी : १३६६ जनाको शव फेला, ४०७७ जना अझै सम्पर्कविहीन
५सहारा खेलकुद पत्रकारिता पुरस्कार रोहितराज पराजुलीलाई
६‘पेन्सन पट्टा’ : पहाडको माटो, लाहुरेको आँसु र प्रेमको धुनले दर्शकलाई रुवायो
७डुलुवाको अध्यक्षमा योगेश भट्टराई
८पोखराको फोटोग्राफी क्षेत्रको समग्र इतिहास समेटिएको विशेष स्मारिका सार्वजनिक
९मल्टिमिडिया पत्रकारिता तालिम सम्पन्न
१०इन्द्रसरोवरमा गाडी दुर्घटनामा परी ४ जनाको मृत्यु
११आज जेनजी शहीद दिवस : देशभरि सार्वजनिक बिदा
१२पोखरा उद्योग वाणिज्य संघको अध्यक्षमा शोभा निर्वाचित
लमजुङ। माहिन्द्रीगङ्गा (मादी नदी) को किनारमा अवस्थित बोटेटारका आफ्नो उमेरसमेत भन्न नसक्ने वृद्ध पूर्णबहादुर बोटेको ‘फेरिएको बोटेगाउँ’ हेर्ने सपना कहिल्यै पूरा हुन सकेन । उहाँको सपना थियो–छोरानातिको कमाइ गर्ने मेलो, पढे–लेखेका नातिनातिना, स्वस्थ गाउँले, गाउँवरिपरि मोटर गुड्ने सडक अनि सफासुग्घर बोटे गाउँ । धेरै वर्षदेखिको वृद्ध बोटेको सपनाका दृश्य केही परिवर्तन भए पनि पूर्णरूपमा अझै परिवर्तन भएको छैन ।
समयक्रम सँगै गाउँ–गाउँमा परिवर्तन भए पनि मध्यनेपाल नगरपालिका–४ दुईपिप्लेस्थित बोटेगाउँमा भने विकास हुन नसक्दा पूर्णबहादुर जस्तै धेरै स्थानीयवासीको सपना अधूरै हुन पुगेको हो । मादीमा डुङ्गा खियाउने अनि माछा मारेर बिक्री गर्ने बोटे समुदायको पुख्र्यौली पेशा र व्यवसाय हो । वारि लमजुङ पारि तनहुँ र कास्की बीचमा मादी नदी । विगतमा मादीमा पुल नहुँदा त्यसक्षेत्रका बासिन्दालाई डुङ्गाबाट वारपार गराउने, मादी र रिस्ती खोलामा माछा मारेर दुईपिप्ले, दोभान, चर्दीपसल, सोतीपसल, तनहुँका दुलहीपानी, सत्रसय र सिसाघाटलगायतका स्थानीय बजारहरुमा बिक्री गर्दै जीवन निर्वाह गर्दै आएको वृद्ध बोटेले बताउनुभयो । उहाँका अनुसार गाउँका १२ जना बोटेहरुले मादीमा डुङ्गा तार्ने र सोही आम्दानी बाँडीचुँडी लिएर घर व्यवहार चल्थ्यो । दुईपिप्ले, रम्घा, सिसाघाट भेगमा नियमित वारपार गर्ने स्थानीयवासीले बाटे समुदायलाई वर्षको एकपटक प्रत्येक परिवारले धुरीपाथी अन्न बुझाउने र त्यसबाहेकले डुङ्गा तारेपछि पैसा दिने चलन थियो ।
करिब ३० घर परिवारको बसोबास रहेको बोटेगाउँमा स्वास्थ्य, शिक्षा, रोजगारी जस्ता आधारभूत क्षेत्रमा समयसापेक्ष विकास नभएको ४६ वर्षीय हेविन्द्र बोटेले बताउनुभयो । देशमा राजनीतिक परिवर्तनसँगै धेरै विकास भए पनि आफ्नो बस्तीमा विकास आइनपुगेको र गाउँको विकासको पखाइमा रहेको उहाँले बताउनुभयो । गाउँमा ११÷१२ पढ्ने युवायुवती निकै कम छन् । सरकारी सेवा अन्तर्गत सेना, प्रहरीमा केही भए पनि निजामति कर्मचारी कोही छैनन् । केही पढेकाहरुले राम्रो जागिर नपाएकाले पनि नयाँ पुस्ता युवायुवती पढाइप्रति उतिसाह्रै आकर्षित नभएको निर्मला बोटे बताउनुहुन्छ । “कमाउन सक्ने, पढेका नपढेका सबै विदेशतिर गैसके”, उहाँ भन्नुहुन्छ, “देशमा बसेर काम पाइँदैन, विदेश नगएर कसरी परिवार पाल्नु ?”
एक दशकअघि सिसाघाटमा झोलुङ्गे पुल निर्माण गरिएपछि डुङ्गा तार्ने बोटे समुदायको पुख्र्याैली पेशा हराएको ५१ वर्षीय हर्के बोटेले बताउनुभयो । त्यस्तै खोलामा जाल हान्ने, बल्छी थाप्ने, दुवाली थुन्ने जस्ता उपायले माछा मार्दै आम्दानी गर्दै आएकोमा पछिल्लो समय लुकीछिपी करेन्ट हान्ने, विषादी हाल्ने र विष्फोटक पदार्थ पड्काएर माछा सखाप बनाइदिएपछि बोटे समुदायकोे आम्दानीको अर्को स्रोत पनि गुमेको उहाँको भनाइ थियो । डुङ्गा तार्ने र माछा मार्ने भएकै कारण बोटेहरुलाई ‘पानीपति’ समेत भन्ने गरिन्छ । यी ‘पानीपति’हरुको पानीसँग जोडिएको आम्दानीको दुईवटै पुख्र्यौली पेशा गुमेपछि मेलापात, खेतीपाती गरेरै जीवनयापन गर्नुपरेको र ऋण काढेरै खानु पर्ने बाध्यता थपिएको स्थानीयवासी बताउँछन् ।
धेरै वर्षदेखि बसोबास गर्दै आएकाले बोटेहरु आदिवासी नै भएको बोटेहरुको बुझाइ छ । गरिबीकै कारणले दुईपिप्ले बजार क्षेत्रका ‘भूमिपति’ भनिएका बोटे समुदायका अधिकांशले जमिनसमेत बिक्री गरिसकेको इन्द्रमायाले बताउनुभयो । “भएको जग्गा जमिन बिक्री भइसक्यो, साहुको ऋण तिर्ने र भात खानेभन्दा अन्त काम लागेन”, उहाँले भन्नुभयो ।
अशिक्षा र गरिबीकै कारणले पुख्र्यौलीरूपमा निकै सम्पन्न भए पनि यतिबेला उनीहरु विपन्न बन्न पुगेको मध्यनेपालका उपप्रमुख राजकुमार श्रेष्ठले बताउनुभयो । उहाँले भन्नुभयो, “उनीहरुका लागि तीन वटै सरकार बोटे समुदायको विकासमा लागिरहेको र बिस्तारै बोटे गाउँको विकास हुन थालेको छ । गत वर्ष प्रदेश सरकारले आवास निर्माण गरिदिएको छ, घरघरमै धारा जडान गरिएको छ । उचित शिक्षा नपाउँदा बस्तीमा चेतनास्तर समेत माथि उकासिन नसकेको र शिक्षा नै नभएकाले स्वास्थ्य, सरसफाइ, रोजगारी जस्ता क्षेत्रमा पनि सुधार नभएको निरा बोटेले भन्नुभयो । उहाँले भन्नुभयो, “हामी दशैँ मनाउनसमेत अरुको भर पर्नुपर्ने अवस्थामा आइपुग्यौँ ।” (रासस)
१पोखरामा ठूलो मात्रामा लागूऔषधसहित ६ जना पक्राउ
२किम्रुङ खोला पहिरो खसेर थुनिएपछि उच्च सतर्कता अपनाउन आग्रह
३सिभिल सहकारी ठगी मुद्दामा इच्छाराज तामाङलाई साढे ५ वर्ष कैद सजाय
४रसुवा बाढी : १३६६ जनाको शव फेला, ४०७७ जना अझै सम्पर्कविहीन
५सहारा खेलकुद पत्रकारिता पुरस्कार रोहितराज पराजुलीलाई