
१प्रधानमन्त्रीज्यू, पोखराको लेकसाइडमा प्रहरी-विचौंलिया सेटिङको जरा उखेल्नुहोस् !
२न्यायाधीश फुयाल, आईजिपी कार्की र बिचौलिया सापकोटा बिचको अवैध सेटिङ पर्दाफास
३सामान्य विवादमा साथीकै हत्या गर्ने ५ जना पक्राउ
४डा. शंकर बरालको अनुसन्धानलाई अमेरिकामा ‘प्रेजिडेन्सियल अवार्ड’
५सहकारी ठगी मुद्दाको सुनुवाइ अब ‘फास्ट ट्रयाक’मा
६चक्रवात ‘अर्नब’को प्रभाव : नेपालमा भारी वर्षा र हिमपातको सम्भावना, सतर्कता अपनाउन आग्रह
७नेपालमा बालबालिकाको रगतमा लेडको जोखिम उच्च
८आज विजया दशमी: बिहान १०:२६ बजे टीकाको उत्तम साइत
९‘अपरेसन ३६५’ : एक वर्षमा ८९८ मोटरसाइकल कारबाहीमा
१०‘प्रदेशविनाको संघीयताको कुनै अर्थ छैन’
११पृथ्वी राजमार्गको गलौँदी क्षेत्र मर्मतका लागि रातभर सडक बन्द
१२डा. निरञ्जन कोइराला प्रभावशाली वैज्ञानिकहरुको सूचीमा
१आईजीपी दानबहादुर कार्कीमाथि भ्रष्टाचारको आरोप, छानबिन गर्न ९ सदस्यीय विशेष समिति गठन
२डन न्यूज पब्लिकेशन प्रा. लि. छैटौं वर्षमा प्रवेश
३फिर्के खोलाघरमा फेरि चल्यो महानगरको डोजर
४‘अपरेसन ३६५’ : एक वर्षमा ८९८ मोटरसाइकल कारबाहीमा
५‘प्रदेशविनाको संघीयताको कुनै अर्थ छैन’
६‘पोखरा महानगरविरुद्ध सबैभन्दा बढी उजुरी’
७‘जेनजी प्रदर्शनकारीको बिगो नखुलेका करिब १ सय मुद्दा फिर्ता लिन सकिने’ : अध्ययन समिति
८‘विज्ञतालाई राष्ट्रिय विकासमा केन्द्रित गर्न आग्रह’
९छोरेपाटन प्रहरी चौकीको मर्मतसम्भार र पुनःनिर्माण सम्पन्न, सहयोगीहरू सम्मानित
१०‘बेगनास फिस फेस्टिभल’ सफल बनाउन ऐक्यबद्धता
११सिद्धार्थ क्लबको अध्यक्षमा सुनिल श्रेष्ठ
१२ओख्लेभीरमा स्कुल बस दुर्घटनाः ५ जनाको मृत्यु, २० घाइते
पोखरा, २१ असोज । जाँचबुझ आयोगका अध्यक्ष गौरीबहादुर कार्कीले सरकारलाई सुझाव दिएका छन् – प्रहरीका हतियार लुट्ने र कारागारबाट भाग्नेहरूलाई १० वर्ष कैद र १ लाख रुपैयाँ जरिवानाको सजाय दिने कानुन अध्यादेशबाट ल्याउनुपर्छ। यस्ता घटनाले समाजमा ठूलो सुरक्षा समस्या निम्त्याउने भएकाले कडा कानुन आवश्यक रहेको उनको भनाइ छ ।
अहिले प्रहरी हतियार लुट्नेहरूको लागि स्पष्ट कानुन छैन । कार्कीले हातहतियार ऐन संशोधन गरी यस्ता अपराधमा विशेष सजायको व्यवस्था गर्नुपर्ने बताए। विगतको सशस्त्र द्वन्द्वमा यस्ता घटनालाई आतंकवाद कानुनअनुसार कारबाही गरिन्थ्यो, तर अहिले त्यस्तो प्रावधान छैन। गृह मन्त्रालयका अनुसार, प्रहरी ऐनमा कर्मचारीले हतियार लिएर भागेमा मात्र कारबाहीको व्यवस्था छ। आन्दोलनका क्रममा लुटिएका करिब १ हजार हतियार र हजारौं गोली अझै फिर्ता भएका छैनन्। प्रहरीले तिनीहरू फिर्ता गर्न आग्रह गरिरहेको छ।
हाल जेलबाट भाग्ने कैदीहरूलाई कसुरअनुसार ५ वर्ष थप सजाय हुन्छ। तर, कार्कीका अनुसार, १० वर्ष कैदको प्रावधान राखेमा उनीहरू चाँडै फर्किन्छन्। कारागार व्यवस्थापन विभागका अनुसार, २४ गते जेलबाट १४ हजार पाँचसय भन्दा बढी कैदी भागेका थिए। सोमबारसम्म ५ हजार ६ सय ९७ जना अझै फरार छन्। सरकारले २० असोजभित्र फर्कन अल्टिमेटम दिएको छ। केही कैदीहरूले बाटो अवरुद्ध भएको कारण फर्कन नसकेको भन्दै फोन गरेको विभागका महानिर्देशक लीलाप्रसाद शर्माले बताए। अझै नफर्कनेहरूलाई गृह मन्त्रालयको निर्देशनअनुसार कारबाही गरिने छ।