
१पूर्वप्रधानमन्त्री केपी ओली र पूर्वगृहमन्त्री रमेश लेखक पक्राउ
२मिटरब्याज र ठगी धन्दाका नाईके छविलाल सुवेदी पक्राउ
३प्रधानमन्त्रीमा बालेन्द्र शाह (बालेन)को सपथ ग्रहण
४लेकसाइडमा स्पा तथा ब्युटी पार्लरको आवरणमा अवैधधन्दा
५बालेन्द्र शाह प्रधानमन्त्री नियुक्त
६चैते दशैंमा समिभञ्ज्याङमा प्रथम खुला हाफ अल्ट्रा म्याराथन सम्पन्न
७रास्वपा संसदीय दलको नेता बने बालेन्द्र शाह
८पोखराका तीन पत्रकार सम्मानित र पुरस्कृत हुँदैं
९नवनिर्वाचित सांसदहरूले लिए शपथ
१०कार्यालय र हतियार जोगाउने कास्कीका डीएसपी बस्नेतलाई पुरस्कार सिफारिस
११सूर्यदर्शन सहकारीले भन्यो : ‘रवि लामिछानेविरुद्ध जाहेरी दिने व्यक्ति कृष्णप्रसाद जैसी मात्र होइनन् !’
१२रविलाई कास्की अदालतमा नियमित तारेख धाउनु नपर्ने
१सहसचिव झलकराम अधिकारीसँग २५ लाख धरौंटी माग
२तस्करी र भ्रष्टाचारमा लिप्त झलकराम अधिकारी
३राजस्वका पूर्वमहानिर्देशक झलकराम र कुटीका देवेन्द्र सहित तीनजनाविरुद्ध अख्तियारद्वारा विशेष अदालतमा मुद्दा दायर
४‘सहकारी पीडित’ भन्दैं आन्दोलन गर्ने कृष्णप्रसाद नैं ८२ लाख रुपैयाँ ठगीमा पक्राउ
५रविलाई कास्की अदालतमा नियमित तारेख धाउनु नपर्ने
६जाँदाजाँदै प्रधानमन्त्री कार्कीले बनाईन् पिएलाई प्रकृति संरक्षण कोषको अध्यक्ष
७आईजीपी दानबहादुरलाई ‘नसिहत’ दिन कार्की आयोगको सिफारिस
८चितवनमा रविले प्रमाण खोइ भन्दै गर्दा पोखरामा सहकारी पीडितले गगनलाई बुझाए ज्ञापनपत्र
९निर्वाचन समीक्षा बैठकमा बोल्दा बोल्दैं एमाले कास्की इन्चार्ज कृष्ण थापाको हृदयघातबाट मृत्यु
१०कास्कीमा भत्कियो एमालेको ‘लालकिल्ला’, कास्की–२ मा रास्वपाका उत्तमलाई प्रतिद्वन्द्वीभन्दा चार गुणा बढी मत प्राप्त
११कुमार पौडेल हत्या प्रकरणमा सर्वोच्चको परमादेश
१२कास्कीका ३ वटैं क्षेत्रमा रास्वपाको क्लिनस्वीप
कृष्ण न्यौपाने
दमौली, ७ भदौ । आजभन्दा २५० वर्ष पहिला भक्तपुरका नेवार व्यापार गर्न तनहुँको बन्दिपुर बसाइँसराइ गरी आए । भक्तपुरबाट आएका प्रधान, पिया, श्रेष्ठ, मल्ल र जोशीले बन्दिपुरलाई थाततलो बनाए । भक्तपुरबाट उनीहरु मात्रै बन्दिपुर आएनन्, सँगै आएको थियो भक्तपुरे नेवारी संस्कृति ।
विसं १८२५ तिर पृथ्वीनारायण शाहले काठमाडौँ आक्रमण गर्दा भक्तपुरका प्रधान, पिया, श्रेष्ठ, मल्ल र जोशीहरु बन्दिपुर पसेको इतिहास छ । व्यापार गर्न बन्दिपुर छिरेका भक्तपुरका नेवारकै कारण बन्दिपुरमा आजसम्म गाईजात्राको परम्परा कायम छ ।
त्यहीबेलादेखि नै बन्दिपुरमा भक्तपुरको शैलीमा विभिन्न जात्रा र पर्व मनाउँदै आएको बन्दिपुर नेवा पुचका अध्यक्ष किसान प्रधान बताउनुहुन्छ । “भक्तपुरबाट बन्दिपुरमा नेवार मात्रै छिरेनन्, जात्रा र संस्कृति पनि छि¥यो । उनीहरुले बन्दिपुरमा व्यापार मात्रै गरेनन् । पर्व र संस्कृतिको पनि संरक्षण गर्दै आए”, प्रधानले भन्नुभयो । साढे दुई सय वर्ष पहिलादेखि नै बन्दिपुरमा भाद्र कृष्ण प्रतिपदाका दिनमा गाईजात्रा पर्व भव्यताका साथ मनाउँदै आएको उहाँले सुनाउनुभयो ।
उहाँका अनुसार बन्दिपुरका नेवारले नयाँ वर्षमा मनाउने बिस्केट जात्रादेखि हरेक संस्कृति भक्तपुरे शैलीमा मनाउँदै आएका छन् । “हाम्रा पुर्खाले मनाउँदै आएका पर्व र संस्कृति बिर्सने कुरा हुँदैन, प्रत्येक वर्ष त्यसलाई निरन्तरता दिँदै आएका छौँ”, प्रधानले भन्नुभयो ।
बन्दिपुरमा बस्ती मगर समुदायले बसालेका हुन् । त्यसैकारण बन्दिपुरको नामकरण मगर भाषामै गरिएको छ । वन भनेको जङ्गल र डि भनेको मगर भाषामा पानी हो । विस्तारै मगर समुदाय यहाँबाट पलायन हुन थाले र नेवार समुदायको उपस्थिति बढ्न थालेको बताइन्छ । कोरोना कहर सुरु भएपछि भने बन्दिपुरमा पहिलाको जस्तो गाईजात्राको रौनक हराउँदै आएको छ ।
“निकै उल्लासमय रूपमा गाईजात्रा मनाउने प्रचलन रहँदै आएको छ, तर कोरोना महामारीका कारण धेरै भीडभाड गर्न नहुने, संस्कृति जोगाउनका लागि भए पनि सतर्कता अपनाएरै गाईजात्रा मनाउँदै आएका छौँ”, उहाँले भन्नुभयो । प्रधानले आज पनि बन्दिपुरमा गाईजात्रा मनाउने तयारीमा आफूहरु जुटेको बताउनुभयो । बन्दिपुर बजारमा मात्रै १३४ घरधुरी नेवार समुदायको छ ।
बन्दिपुरमा भक्तपुरे शैलीका घर निर्माण गरिएका छन् । बन्दिपुरमा नेवार समुदायले बिस्केट जात्रा, लाखे नाच, गाईजात्रा, बाघ जात्रा, रोपाइँ जात्रालगायत मनाउँदै आएका छन् । भक्तपुरे शैलीमा निर्माण गरिएको आकर्षक घर हेर्नकै लागि बन्दिपुरमा देश तथा विदेशबाट पर्यटकको ओइरो लाग्छ ।
विसं २०२५ सम्म बन्दिपुर तनहुँको सदरमुकाम थियो । त्यसपछि सदरमुकाम दमौलीमा सारिएको थियो । सदरमुकाम दमौली सारिएपछि बन्दिपुर एकाएक खण्डहर जस्तै भयो । बन्दिपुरको व्यापार ओरालो लाग्ने क्रम सुरु भयो । विसं २०४९ मा काठमाडाँैमा बसोबास गर्दै आएका बन्दिपुरे जुर्मुराए । सामाजिक अगुवा चिजकुमार श्रेष्ठको अग्रसरतामा गठन भएको बन्दिपुर सामाजिक विकास समितिले काठमाडौँका भएकालाई कम्तीमा वर्षको एकपटक बन्दिपुर पुग्नैपर्ने नियम बनायो ।
विसं २०५३ मा सरकारको सहयोगमा बन्दिपुर प्रोजेक्ट शुरु गरिएको थियो । बन्दिपुर प्रोजेक्टमार्फत नै बन्दिपुरका पुराना पुरातात्विक महत्वका घरको संरक्षण सुरु भएको श्रेष्ठ बताउनुहुन्छ । भक्तपुरे शैलीमा घर पुनःनिर्माण भएपछि विदेशी पर्यटक फेरि बन्दिपुर भित्रिन थालेको उहाँ सम्झनुहुन्छ । बन्दिपुरका साथै तनहुँका विभिन्न ठाउँमा आज गाईजात्रा मनाइँदैछ । व्यास नगरपालिका, म्याग्दे गाउँपालिका, भिमाद नगरपालिका, ऋषिङ गाउँपालिकामा नेवार समुदायको बाक्लो बसोबास छ । वर्षभरि मृत्यु भएका आफन्तको सम्झनामा गाईजात्रा पर्व मनाउँदै आएको छाङ्गेली नेवा खल दमौलीका पूर्वअध्यक्ष क्याप्टेन तारालाल मल्लले बताउनुभयो ।
राजा प्रताप मल्लले पुत्रशोकले विह्वल भएकी आफ्नी रानीलाई दुनियाँले पनि यस्तै शोक बेहोर्नुपर्छ भन्ने देखाउन ‘जनतालाई आ–आफ्नो घरका मरेका व्यक्तिका नाममा गाईजात्रा निकाली शहर परिक्रमा गराउनु’ भनी आज्ञा दिएका आधारमा यो पर्व सुरु भएको ऐतिहासिक तथ्य छ ।
एक वर्षभित्र मृत्यु भएका आफन्तको सम्झनामा आजका दिन नेवार समुदायले गाई वा बाँसको डोकोलाई गाईका रूपमा सिँगारी परिक्रमा गराउने र उनीहरूलाई श्रद्धालुद्वारा दूध, फलफूल, रोटी, चिउरा, दहीका साथै अन्न र द्रव्य दान गर्ने परम्परा छ । रासस
१सहसचिव झलकराम अधिकारीसँग २५ लाख धरौंटी माग
२तस्करी र भ्रष्टाचारमा लिप्त झलकराम अधिकारी
३राजस्वका पूर्वमहानिर्देशक झलकराम र कुटीका देवेन्द्र सहित तीनजनाविरुद्ध अख्तियारद्वारा विशेष अदालतमा मुद्दा दायर
४‘सहकारी पीडित’ भन्दैं आन्दोलन गर्ने कृष्णप्रसाद नैं ८२ लाख रुपैयाँ ठगीमा पक्राउ
५रविलाई कास्की अदालतमा नियमित तारेख धाउनु नपर्ने