
१‘जनप्रिय क्याम्पसको शैक्षिक गुणस्तर कायम राख्न प्रतिवद्ध छौं’
२कुमार नगरकोटीको ‘यदाकदा’ साङ्गीतिक काव्य सन्ध्या राष्ट्रिय सभागृहमा
३हजुरआमाको हत्या आरोपमा नाति पक्राउ
४किर्ते गरी २० करोड कर छुट दिइएको मणिपाललाई ‘सर्वोत्कृष्ट करदाता’
५लेखनाथ महोत्सवको २१औँ संस्करण बिहीबारदेखि, तयारी पूरा
६भ्रष्टाचारी प्रा.डा. भरतराज पहारी एमालेको अनुशासन आयोगको अध्यक्ष !
७२४ घण्टा नबित्दैं हत्यामा संलग्न दुबैजनालाई पक्राउ गर्न कास्की प्रहरी सफल
८जेन-जी आन्दोलनलाई ‘जनआन्दोलन’को मान्यता प्राप्त
९छिनेडाँडा–रिट्ठेपानी डाँडा कटान लगायत तीन विषयमा छुट्टै अनुसन्धान हुँदै
१०प्रहरी असई पुष्कर कार्कीद्वारा आफ्नै ४ महिने छोराको हत्या
११पोखरा विमानस्थल निर्माण भ्रष्टाचार प्रकरणमा समावेशी आयोगका पूर्वअध्यक्षसहित तीन जना मुछिए
१२पोखरा विमानस्थल भ्रष्टाचारमा चिनियाँ कम्पनी विरुद्ध मुद्दा
१सरकारी विद्यालयको जग्गा निजी बोर्डिङलाई भाडामा दिने वडाध्यक्षसहित ८ जना विरुद्ध मुद्दा दायर
२जिप्रका कास्की अगाडि गोली लागेका जेन-जी योद्धा लक्ष्मणको अवस्था जटिल, परिवार नैं पीडामा
३प्रभु बैंकका सिइओसहित तीन उच्च अधिकारी पक्राउ
४८ अर्ब बिगोसहित पोखरा विमानस्थल मुद्दामा पाँचजना पूर्वमन्त्रीसहित ५६ जना विरुद्ध मुद्दा दायर
५२४ घण्टा नबित्दैं हत्यामा संलग्न दुबैजनालाई पक्राउ गर्न कास्की प्रहरी सफल
६छिनेडाँडा–रिट्ठेपानी डाँडा कटान लगायत तीन विषयमा छुट्टै अनुसन्धान हुँदै
७भ्रष्टाचारी प्रा.डा. भरतराज पहारी एमालेको अनुशासन आयोगको अध्यक्ष !
८पोखरामा ध्वनी प्रदूषण गर्ने चारजना पक्राउ
९पोखरा विमानस्थल निर्माण भ्रष्टाचार प्रकरणमा समावेशी आयोगका पूर्वअध्यक्षसहित तीन जना मुछिए
१०जेन-जी आन्दोलनलाई ‘जनआन्दोलन’को मान्यता प्राप्त
११पोखरा विमानस्थल भ्रष्टाचारमा चिनियाँ कम्पनी विरुद्ध मुद्दा
१२क्यान महानिर्देशक प्रदीप अधिकारीसहित ७ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर
पोखरा । गण्डकी प्रदेशका ११ वटै जिल्लामा माघ १४ गतेदेखि कोरोना भाइरसविरुद्धकोे ‘कोभिसिल्ड’ खोप लगाउन शुरु गरिने भएको छ । प्रदेश सरकार सामाजिक विकास मन्त्रालयले आज साँझ पोखरामा मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङको उपस्थितिमा पत्रकार सम्मेलन आयोजना गरी प्रदेशका सबै जिल्लामा खोप सामग्री पु¥याइसकिएको र भोलिदेखि माघ १८ गतेसम्म पाँच दिन पहिलो चरणको खोप कार्यक्रम सञ्चालन हुने जनाएको छ ।
मुख्यमन्त्री गुरुङले खोप कार्यक्रमको शुभारम्भ गर्नु हुने र सबै जिल्लामा एकैसाथ खोप कार्यक्रम शुरु हुने मन्त्रालयले जनाएको छ । प्रदेशका सबै जिल्ला अस्पतालमा खोप लगाउने व्यवस्था मिलाइएको र पहिलो चरणमा सम्पूर्ण सरकारी, गैरसरकारी, निजी अस्पताल र मेडिकल कलेजमा कार्यरत स्वास्थ्यकर्मी, महिला स्वास्थ्य स्वयंसेविका र अस्पतालको फोहरमैला व्यवस्थापनमा खटिने कर्मचारी गरी १७ हजार ६३० जनालाई खोप लगाइने सामाजिक विकास मन्त्री नरदेवी पुनमगरले बताउनुभयो ।
उहाँका अनुसार यही माघ ११ गते गण्डकी प्रदेशका लागि ३९ हजार १३९ मात्रा भ्याक्सिन प्राप्त भएको र प्रदेश तह र जिल्लास्तरमा भण्डारण, ढुवानी र वितरणको योजना तयार गरिसकिएको छ । पहिलो मात्राको खोप दिएको एक महिनापछि अर्को मात्रा लगाइने छ । पहिलो चरणको खोप कास्कीमा पाँच हजार ६७१, गोरखामा एक हजार ८०८, बाग्लुङमा एक हजार ७७०, लमजुङमा एक हजार ५८२, तनहुँमा एक हजार ६९९, स्याङ्जामा एक हजार ५४१, नवलपुरमा एक हजार ५२, पर्वतमा एक हजार २३९, म्याग्दीमा ८४३, मुस्ताङमा २१९ र मनाङमा २०६ जना अग्रपङ्क्तिमा कार्यरत स्वास्थ्यकर्मीलाई लगाइने जनाइएको छ ।
खोप प्राप्त भएपछि उच्चस्तरीय समन्वयतात्मक बैठक बसेर खोप कार्यक्रम सञ्चालन र परिचालन योजना, खोप ढुवानी र प्रादेशिक परिचालन टोली निर्धारण, खोप केन्द्र पहिचान र निर्धारण तथा जिल्ला र खोप केन्द्रलाई तालीम तथा अभिमुखीकरण कार्यक्रम सञ्चालन गरिएको मन्त्रालयले जनाएको छ । प्रदेशको राजधानी शहर पोखरामा खोप लगाउने जनशक्तिको सङ्ख्या बढी रहेकाले पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान, सङ्क्रामक तथा सरुवा रोग अस्पलाल, मणिपाल अस्पताल र गण्डकी मेडिकल कलेजमा एकैसाथ खोप कार्यक्रम शुरुआत गरिने प्रदेश स्वास्थ्य निर्देशनालयका निर्देशक डा विनोदविन्दु शर्माले जानकारी दिनुभयो ।
खोप कार्यक्रमका लागि प्रदेशबाट हरेक जिल्लामा विज्ञ टोलीको सहभागिता रहने र खोपको अवाञ्चिछत घटना भएमा प्राथमिक उपचार जिल्लामा गरिने र जटिल अवस्था भएमा प्रदेशस्थित ‘रिफरल’ अस्पतालमा पठाइने योजना सरकारको छ । गण्डकीमा हालसम्म एक लाख २५ हजार ४९७ जनाको कोरोना परीक्षण भएकामा १५ हजार ३३७ जना सङ्क्रमित भएको र १४ हजार ६७१ जना उपचारपछि निको भएको बताइन्छ । हाल यस प्रदेशमा सक्रिय सङ्क्रमित सङ्ख्या ४६४ रहेको निर्देशनालयले जनाएको छ ।
१सरकारी विद्यालयको जग्गा निजी बोर्डिङलाई भाडामा दिने वडाध्यक्षसहित ८ जना विरुद्ध मुद्दा दायर
२जिप्रका कास्की अगाडि गोली लागेका जेन-जी योद्धा लक्ष्मणको अवस्था जटिल, परिवार नैं पीडामा
३प्रभु बैंकका सिइओसहित तीन उच्च अधिकारी पक्राउ
४८ अर्ब बिगोसहित पोखरा विमानस्थल मुद्दामा पाँचजना पूर्वमन्त्रीसहित ५६ जना विरुद्ध मुद्दा दायर
५२४ घण्टा नबित्दैं हत्यामा संलग्न दुबैजनालाई पक्राउ गर्न कास्की प्रहरी सफल