
१गैरकानुनी रूपमा चिकित्सकको उपाधि प्रयोग गरी उपचार गर्ने चेतना पौडेल पक्राउ
२विष्णु पौडेलको लगानी रहेको कृषि फार्ममा सम्पत्ति शुद्धीकरण विभागको छापा
३अख्तियारको शंकास्पद भूमिका : फरार प्रतिवादीलाई सरकारी साक्षी बनाई बकपत्र, सेटिङमा पुनः फरार
४एमाले उपाध्यक्ष विष्णु पौडेल सम्पत्ति शुद्धीकरण मुद्दामा पक्राउ : शुभ होटलमै प्रहरी छिर्यो
५कास्की मालपोतका तत्कालीन प्रमुखसहित ६ जनालाई भ्रष्टाचार मुद्दामा ६ महिना कैद
६रास्वपा केन्द्रीय सदस्य पदका दावेदार निर्मल गौतम को हुन् ?
७रास्वपा महाधिवेशन : बन्दसत्रमा ढिलाइ, पूजा बास्तोलाद्वारा केन्द्रीय सदस्यमा उम्मेदवारी घोषणा
८लाखौं मूल्यका सुनचाँदीका गरगहना र नगदसहित चोरीको आरोपमा भुवन र बिराज पक्राउ
९पोखरामा ‘अपरेसन ३६५’ तीव्र : थप २३ वटा मोडिफाई गरिएका मोटरसाइकल नियन्त्रणमा
१०पोखरामा लागूऔषधसहित ७३ वर्षीय अमर हमाल पक्राउ
११लेनदेनको विवादमा ज्वाइँद्वारा सासुमाथि चक्कु प्रहार
१२मित्रमिलन सहकारी ठगी प्रकरण : बिगो बराबरको धरौटी माग
१नाइट क्लबको आडमा लुटपाट र प्रहरी-सेटिङको आरोप, विद्यार्थी नेता बास्तोलालाई फसाउन खोजियो
२सहकारीमा आठ अर्बभन्दा बढीको घोटाला उजागर गर्ने वित्तीय विश्लेषक निर्मल गौतम राजनीतिमा प्रवेश
३मित्रमिलन सहकारी ठगी प्रकरण : बिगो बराबरको धरौटी माग
४सूर्यबहादुर पाण्डे हत्याकाण्ड : ११ वर्षपछि सर्वोच्चबाट आमा विष्णुकुमारीले यसरी पाइन् न्याय !
५रास्वपा कास्कीको सभापतिमा यदुनाथ अधिकारी
६कास्की मालपोतका तत्कालीन प्रमुखसहित ६ जनालाई भ्रष्टाचार मुद्दामा ६ महिना कैद
७अख्तियारको शंकास्पद भूमिका : फरार प्रतिवादीलाई सरकारी साक्षी बनाई बकपत्र, सेटिङमा पुनः फरार
८रोल्पा दुर्घटना : उद्धारका लागि नेपाली सेना परिचालन, मध्यरातमा खसेको थियो बोलेरो
९कास्की प्रहरीको ‘ड्रग्स स्ट्राइक’ : एकै महिनामा करोडौंको लागू औषधसहित २० जना पक्राउ
१०काभ्रे बस दुर्घटना : ज्यान गुमाउने आठै जनाको सनाखत, शोकमा डुब्यो रोशी
११स्याङ्जामा टिपर दुर्घटना : एकजनाको मृत्यु, एकजना घाइते
१२गैरकानुनी रूपमा चिकित्सकको उपाधि प्रयोग गरी उपचार गर्ने चेतना पौडेल पक्राउ
बागलुङ (गलकोट) । बागलुङ जिल्लाको ताराखोला गाउँपालिकाको जुल्फे किबी पकेट क्षेत्रमा किबीका बिरुवा उत्पादन गर्न थालिएको छ । यसअघि किबीका बिरुवा बागलुङ जिल्ला बाहिरबाट मात्रै आयात गरिन्थ्यो ।
ताराखोला–५ नागीका रतनबहादुर घर्तीले व्यावसायिक रुपमा नै किबी र जडिबुटीका बिरुवा उत्पादन गर्न थाल्नुभएको छ । भ्रमणका क्रममा इलाममा किबी र जडिबुटीको बिरुवा उत्पादन गरिएको देखेपछि आफूले पनि बिरुवा उत्पादन थालेको उहाँको भनाइछ ।
लामो समयदेखि कृषिमा लाग्नुभएका घर्ती अब आफैँ किबीका बिरुवा बनाएर बिक्री गर्ने योजनामा हुनुहुन्छ । शुरुमा किबी खेती गर्ने भनेर बिरुवा खोज्दाखोज्दै हैरान हुनुभएका घर्तीले आफ्नै बारीमा स्थापना गरेको ग्रिन हाउसमा किबीका एक हजार ६ सय बिरुवा उत्पादन गर्नुभएको छ । किबीका बिरुवासँगै उहाँले बहुमूल्य जडिबुटीका बिरुवासमेत उत्पादन गर्दै आउनुभएको छ ।
“हामी किबीका बिरुवाका लागि रुकुम पुगेका थियाँै, बिरुवा लियौंँ तर अब हाम्रो ठाउँका कृषकलाई टाढाटाढा धाउनु पर्दैन”, घर्तीले भन्नुभयो, “अब पुस, माघ र फागुनमा किबीको बिरुवा कलमी गरेपछि बल्ल फल्ने खालको बिरुवा उत्पादन हुन्छ ।” समुद्री सतहदेखि एक पाँच सयदेखि दुई हजार दुई सय उचाइमा निकै राम्रो किबी हुन्छ । ताराखोलाका कृषकले खेती गर्ने उद्देश्यनुरुप लगाए पनि बिरुवाको अभावले सोचे जति बिरुवा लगाउन नपाउँदा निराश भएकाले घर्ती आफैँले बिरुवा उत्पादन गर्नुभएको हो ।
घर्तीका अनुसार किबीका बिरुवा जिल्लामै पहिलो पटक उत्पादन थालिएको हो । करीब रु दुई लाखको लगानीमा ग्रिन हाउस निर्माण गरी किबीको बिरुवा उत्पादन थालिएको उहाँले बताउनुभयो । यस वर्ष मात्रै किबीका बिरुवा बिक्रीबाट झण्डै रु पाँच लाख आम्दानी गर्ने उहाँको लक्ष्य छ ।
उहाँले जंगलमा पाइने जडिबुटी तर लोप हुन लागेका सतुवा र बिखमाको बिरुवा र बीउ पनि उत्पादन गरिएको बताउनुभयो । समुद्री सतहदेखि दुई हजार दुई सय मिटरको उचाइमा मात्र यो जडिबुटी हुन्छ । ‘वनमा लोप हुन लागेका जडिबुटीका बीउ र बिरुवा उत्पादन विगत पाँच वर्षदेखि गरेको छु’, उहाँले भन्नुभयो, ‘अहिले जडिबुटीको संरक्षणमा नलागे भोलिका दिनमा भावी सन्ततिले सतुवा जडिबुटी भन्ने के हो भनेर सोध्ने दिन आउँछ ।’
संकटकालमा गाउँमा बस्ने वातावरण नभएर मलेसिया जानुभएका पचास वर्षीय घर्ती तीन वर्षमै आफ्नै देश फर्केर व्यावसायिक कृषि पेशामा लागेको बताउनुहुन्छ । उहाँ विदेश जाँदा लागेको ऋणसमेत नतिरी फर्केर आफ्नो गाउँमा कृिष व्यवसाय गर्ने उद्देश्य बोकेर आए पनि त्यस समयमा गाउँमा के गर्ने र कसरी गर्ने भन्ने थाहा नै नभई भैँसी र बाख्रा पालेर बस्नुभएको थियो । गाउँपालिकाले आफूहरुलाई कृषि अवलोकन भ्रमण गराएपछि व्यवसायी बन्न सिकेको घर्तीको भनाइ छ ।
उहाँले अहिले आफ्नै घरमा टमाटर, खुर्सानी, काउली, बन्दा, उखु, फर्सी, आलु आदि खेती गर्दै आउनुभएको छ ।
ताराखोला घुम्टेको वनमा १५० भन्दा बढी जडिबुटी पाइए तापनि उचित रुपमा पहिचान, संरक्षण तथा निकासी नहुँदा जंगलमै कुहिएको सामुदायिक वन उपभोक्ता महासंघका केन्द्रीय सदस्य प्रेम लामिछानेले बताउनुभयो । उहाँका अनुसार जडिबुटीको वैज्ञानिक रुपमा बीउ उत्पादन गरी पकेट तथा ब्लक बनाएर व्यावसायिक उत्पादन गरे मात्र आम्दानी हुन सक्छ । अहिले ताराखेलाको साविक १,७ र ८ नं वडालाई जुल्फे किबी पकेट क्षेत्र भनेरसमेत कृषि ज्ञानकेन्द्र पर्वतले सूचीकृत गरेको छ ।
१नाइट क्लबको आडमा लुटपाट र प्रहरी-सेटिङको आरोप, विद्यार्थी नेता बास्तोलालाई फसाउन खोजियो
२सहकारीमा आठ अर्बभन्दा बढीको घोटाला उजागर गर्ने वित्तीय विश्लेषक निर्मल गौतम राजनीतिमा प्रवेश
३मित्रमिलन सहकारी ठगी प्रकरण : बिगो बराबरको धरौटी माग
४सूर्यबहादुर पाण्डे हत्याकाण्ड : ११ वर्षपछि सर्वोच्चबाट आमा विष्णुकुमारीले यसरी पाइन् न्याय !
५रास्वपा कास्कीको सभापतिमा यदुनाथ अधिकारी