
१‘अपरेसन ३६५’ : एक वर्षमा ८९८ मोटरसाइकल कारबाहीमा
२‘प्रदेशविनाको संघीयताको कुनै अर्थ छैन’
३पृथ्वी राजमार्गको गलौँदी क्षेत्र मर्मतका लागि रातभर सडक बन्द
४डा. निरञ्जन कोइराला प्रभावशाली वैज्ञानिकहरुको सूचीमा
५ओभरसिज फ्रेन्डसिप इन्टरनेसनल हस्पिटल सञ्चालनमा
६पोखराको लेकसाइडमा युवा उद्यमीको नयाँ क्रान्ति
७डन न्यूज पब्लिकेशन प्रा. लि. छैटौं वर्षमा प्रवेश
८पहिरोले बुढीगण्डकी थुनिएर भीषण बाढी
९विमानस्थल आसपास चङ्गा, ड्रोन र लेजर लाइट प्रयोगमा रोक
१०सशस्त्र प्रहरी एआईजी वंशीराज दाहाल सेवाबाट बर्खास्त
११ओख्लेभीरमा स्कुल बस दुर्घटनाः ५ जनाको मृत्यु, २० घाइते
१२विपद्मा बेपत्तालाई ४५ दिनमै मृतक घोषणा गर्न सकिने
१पोखरामा ठूलो मात्रामा लागूऔषधसहित ६ जना पक्राउ
२डुलुवाको अध्यक्षमा योगेश भट्टराई
३सराङकोटमा प्रहरी चौकी भवनको उद्घाटन
४आईजीपी दानबहादुर कार्कीमाथि भ्रष्टाचारको आरोप, छानबिन गर्न ९ सदस्यीय विशेष समिति गठन
५फिर्के खोलाघरमा फेरि चल्यो महानगरको डोजर
६डन न्यूज पब्लिकेशन प्रा. लि. छैटौं वर्षमा प्रवेश
७‘जेनजी प्रदर्शनकारीको बिगो नखुलेका करिब १ सय मुद्दा फिर्ता लिन सकिने’ : अध्ययन समिति
८‘पोखरा महानगरविरुद्ध सबैभन्दा बढी उजुरी’
९‘विज्ञतालाई राष्ट्रिय विकासमा केन्द्रित गर्न आग्रह’
१०मनाङमा अलपत्र १६ पर्यटकको उद्धार
११बागलुङमा माटोको ढिस्कोले पुरिएर दुईजना मजदुरको मृत्यु
१२सिद्धार्थ क्लबको अध्यक्षमा सुनिल श्रेष्ठ
काठमाडौँ, १२ कार्तिक । जेन-जी आन्दोलनको दोस्रो दिन प्रहरीबाट लुटिएको पेस्तोल घर लगेर पड्काएको अभियोगमा उपत्यका अपराध अनुसन्धान कार्यालयले दुई जनालाई पक्राउ गरेको छ। नुवाकोटको लिखु गाउँपालिका–६ घर भई नयाँ बजार बस्ने २३ वर्षीय समीर श्रेष्ठ र काभ्रेको पनौती नगरपालिका–१० घर भई क्षेत्रपाटी बस्ने २३ वर्षीय एलेक्स नेपाली बुधबार समातिएका हुन्।
उनीहरूको साथबाट ५४ क्यालिबरको पेस्तोल, खाली म्यागजिन र १२ राउन्ड गोली बरामद भएको छ। कार्यालयका एसपी काजीकुमार आचार्यका अनुसार, नागर्जुन नगरपालिकास्थित घरको छतमा बसेर समीरले पेस्तोल पड्काएको भिडियो फेला परेको थियो। सोही आधारमा खोजी सुरु भई समीर पक्राउ परेपछि उनकै बयानका आधारमा एलेक्स पनि समातिए। दुवैले सोधपुछमा पड्काएको स्वीकार गरेका छन्।
सुरुमा इचँगुनारायण मन्दिर क्षेत्रमा हतियार देखाएर सर्वसाधारणमा त्रास फैलाएको सूचनापछि प्रहरी खटिएको थियो। पक्राउमध्ये समीरविरुद्ध यसअघि अभद्र व्यवहारको मुद्दा चलेको पाइएको छ। दुवैविरुद्ध हातहतियार तथा खरखजनासम्बन्धी कसूरमा म्याद थप गरी विस्तृत अनुसन्धान अघि बढाइने छ।
यसैबीच, भदौ २४ मा गृहमन्त्री ओमप्रकाश अर्याल र सुधन गुरुङ समूहको दबाबले आपराधिक गतिविधिमा संलग्नहरूको खोजी रोकिए पनि अहिले प्रहरीले गति बढाएको छ। बुधबार काठमाडौंसँगै जिल्ला प्रहरी कार्यालय कास्कीको कार्यालय तोडफोड र आगजनीमा संलग्न १० जना पक्राउ परेका छन्। मंगलबार वडा कार्यालय जलाउने र हतियार लुट्नेदेखि बैंक लुट तथा प्रहरी हत्यामा संलग्नहरूसम्म समातिएका छन्।