
१सुनसरीमा मार्बल बोकेको ट्रक पल्टिँदा ५ जनाको मृत्यु, ३ जना घाइते
२युएईमा अध्ययन गर्ने सपना देखाएर ठग्ने कन्सल्टेन्सी सञ्चालकहरु पक्राउ
३महान्यायाधिवक्ताको विवादास्पद निर्णय
४नेपाली काँग्रेसको सभापतिमा गगन थापा
५तामाको तार चोरेर बेच्ने पोखरा विद्युत वितरण केन्द्रका प्रमुखसहित चारविरुद्ध मुद्दा
६पोखराको फोहोर व्यवस्थापन झनैं चुनौतीपूर्ण
७राष्ट्रिय सभा सदस्य निर्वाचनमा प्रदेशगत मतभारको अवस्था
८सशस्त्र द्वन्द्वकी घाइते योद्धा गोमा घिमिरे गण्डकीबाट राष्ट्रिय सभा सदस्य उम्मेदवार
९एमाले गण्डकीको उम्मेदवार सिफारिसमा गुण्डा नाइकेदेखि भ्रष्टाचार आरोपितसम्म
१०चुनावी मैदानमा विप्लव
११राष्ट्रियस्तरको भन्दैं झुठो दावी गर्ने दुई पत्रिकालाई कारवाही
१२पोखरामा चार दिनसम्म दैनिक ५ घण्टा बिजुली कटौती हुने
१एमाले गण्डकीको उम्मेदवार सिफारिसमा गुण्डा नाइकेदेखि भ्रष्टाचार आरोपितसम्म
२तामाको तार चोरेर बेच्ने पोखरा विद्युत वितरण केन्द्रका प्रमुखसहित चारविरुद्ध मुद्दा
३पोखराको फोहोर व्यवस्थापन झनैं चुनौतीपूर्ण
४पोखरामा चार दिनसम्म दैनिक ५ घण्टा बिजुली कटौती हुने
५राष्ट्रिय भूमि आयोगका पूर्वअध्यक्षसहित ६ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर
६नेपाली कांग्रेसको क्रियाशील राजनीतिबाट विश्राम लिने व्यवसायी विमल बस्यालको घोषणा
७पूर्वमन्त्री राजकुमार गुप्ता जेल चलान
८राष्ट्रियस्तरको भन्दैं झुठो दावी गर्ने दुई पत्रिकालाई कारवाही
९सशस्त्र द्वन्द्वकी घाइते योद्धा गोमा घिमिरे गण्डकीबाट राष्ट्रिय सभा सदस्य उम्मेदवार
१०जाजरकोटमा सिकारका क्रममा भरुवा बन्दुक पड्किँदा एकको मृत्यु, अवैध हतियारसहित ५ जना पक्राउ
११‘जनप्रिय क्याम्पसको शैक्षिक गुणस्तर कायम राख्न प्रतिवद्ध छौं’
१२लिचीबारी भ्रष्टाचार प्रकरण : पूर्वमन्त्री राजकुमार गुप्ता विशेष अदालतमा उपस्थित, थुनछेक बहस जारी
विराटनगर, १९ असोज । अविरल वर्षाले निम्त्याएको बाढी र पहिरोले इलाम जिल्लामा ठूलो विनाश गरेको छ । जिल्लाका ७ स्थानीय तहमा मात्रै ३७ जनाले ज्यान गुमाएका छन् । अझै १ जना बेपत्ता छन् भने २० जना घाइते भएका छन् । जिल्ला प्रशासन कार्यालय विराटनगरका प्रमुख जिल्ला अधिकारी सुनिता नेपालका अनुसार, यो घटना राति भएकोले धेरैजसो सुतिरहेका अवस्थामा पुरिएका थिए ।
सबैभन्दा बढी क्षति देउमाई नगरपालिका र माईजोगमाई गाउँपालिकामा भएको छ, जहाँ ८–८ जनाको मृत्यु भयो । इलाम नगरपालिका र सन्दकपुर गाउँपालिकामा ६–६ जना, सूर्योदय नगरपालिकामा ५ जना, माङ्सेबुङ गाउँपालिकामा ३ जना र फाकफोकथुम गाउँपालिकामा १ जनाको ज्यान गएको छ । मृतकमध्ये १७ पुरुष र २० महिला छन् । बेपत्ता व्यक्ति इलाम नगरपालिकाकै हुन् ।
प्रजिअ नेपालसँग गरिएको कुराकानीमा उनले भनिन्, “तयारी त थियो, तर राति सुतिरहेका बेला घटना भयो । जोखिम क्षेत्र नभएका ठाउँहरूमा पनि पहिरो गयो, जसले क्षति बढायो ।“ सदरमुकाम नजिकै पनि १३ ठाउँमा पहिरो गएको उल्लेख गर्दै उनले थपिन्, “अहिले पानी रोकिएको छ, तर सतर्क रहनुपर्छ ।“
नेपाल प्रहरी, सशस्त्र प्रहरी र स्थानीयहरू उद्धारमा जुटेका छन्, तर वर्षा र विकट भूगोलले काम कठिन बनेको छ । सडकहरू ठूलो पहिरोले अवरुद्ध छन्, राजमार्ग पनि खुल्न सकेका छैनन् । पालिकाहरूले जोखिममा परेका परिवारलाई सुरक्षित स्थानमा सारेर खानपानको व्यवस्था गरिरहेका छन् ।
प्रजिअ नेपालले क्षतिको पूर्ण विवरणका लागि पालिकाहरूलाई निर्देशन दिएको बताइन् । भोलिबाट रेडक्रस, प्रहरी र पालिका टोलीले सर्वेक्षण सुरु गर्नेछन् । यसका आधारमा राहत र पुनस्र्थापनाको योजना बनाइनेछ ।
१एमाले गण्डकीको उम्मेदवार सिफारिसमा गुण्डा नाइकेदेखि भ्रष्टाचार आरोपितसम्म
२तामाको तार चोरेर बेच्ने पोखरा विद्युत वितरण केन्द्रका प्रमुखसहित चारविरुद्ध मुद्दा
३पोखराको फोहोर व्यवस्थापन झनैं चुनौतीपूर्ण
४पोखरामा चार दिनसम्म दैनिक ५ घण्टा बिजुली कटौती हुने
५राष्ट्रिय भूमि आयोगका पूर्वअध्यक्षसहित ६ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर