
१कांग्रेस-एमाले सत्ता सहकार्यमा ‘ब्रेक’ : गण्डकीसहित सातै प्रदेशमा नयाँ राजनीतिक कोर्सको कसरत
२मिटरब्याजलाई ‘गम्भीर आर्थिक अपराध’ घोषणा गर्ने सरकारको तयारी
३टेलिकमका पूर्वप्रबन्ध निर्देशक सुनिल पौडेललाई साढे ८ वर्ष कैद र करोडौं जरिवाना
४सुन लुट्न आफ्नै साथीको हत्या, दुई जना पक्राउ
५स्याङ्जामा पहिरोमा पुरिएर एकजनाको मृत्यु
६‘अन्नपूर्ण पर्यटन पत्रकारिता पुरस्कार’ बाट भूपाल सम्मानित
७‘चमत्कारी’ क्रिस्टलको नाममा अरबौँको सपना देखाएर लाखौँको ठगी : पोखराबाट ६ जना पक्राउ
८गण्डकी प्रदेश सरकारद्वारा ८ हजार मिटरका हिमाल आरोहीलाई ६ आरोहीलाई सम्मान
९कलम–क्रान्तिका नायक : स्मृतिमा केशव गुरु
१०२० करोड भन्दा बढिको अनलाइन सट्टेबाजी गर्ने गिरोह पोखराबाट पक्राउ
११गण्डकी प्रदेशमा गाँजा खेतीको वैधानिक बाटो खुला: औषधीजन्य र औद्योगिक प्रयोजनका लागि अवसर
१२पोखरामा ब्राउनसुगरसहित एक युवक पक्राउ
१मित्रमिलन सहकारी ठगी प्रकरण : बिगो बराबरको धरौटी माग
२कास्की मालपोतका तत्कालीन प्रमुखसहित ६ जनालाई भ्रष्टाचार मुद्दामा ६ महिना कैद
३अख्तियारको शंकास्पद भूमिका : फरार प्रतिवादीलाई सरकारी साक्षी बनाई बकपत्र, सेटिङमा पुनः फरार
४गैरकानुनी रूपमा चिकित्सकको उपाधि प्रयोग गरी उपचार गर्ने चेतना पौडेल पक्राउ
५रास्वपा केन्द्रीय सदस्य पदका दावेदार निर्मल गौतम को हुन् ?
६लेनदेनको विवादमा ज्वाइँद्वारा सासुमाथि चक्कु प्रहार
७पोखरामा लागूऔषधसहित ७३ वर्षीय अमर हमाल पक्राउ
८एमाले उपाध्यक्ष विष्णु पौडेल सम्पत्ति शुद्धीकरण मुद्दामा पक्राउ : शुभ होटलमै प्रहरी छिर्यो
९लाखौं मूल्यका सुनचाँदीका गरगहना र नगदसहित चोरीको आरोपमा भुवन र बिराज पक्राउ
१०रास्वपा महाधिवेशन : बन्दसत्रमा ढिलाइ, पूजा बास्तोलाद्वारा केन्द्रीय सदस्यमा उम्मेदवारी घोषणा
११विष्णु पौडेलको लगानी रहेको कृषि फार्ममा सम्पत्ति शुद्धीकरण विभागको छापा
१२पोखरामा ‘अपरेसन ३६५’ तीव्र : थप २३ वटा मोडिफाई गरिएका मोटरसाइकल नियन्त्रणमा
म्याग्दी । म्याग्दीको मालिका गाउँपालिका–६ दरवाङका युवाहरु सीप सिकेर विकास र आयआर्जनका काममा जोडिएका छन् । विदेशबाट फर्किएका र बेरोजगार युवाहरु सङ्गठित भएर सामूहिकरूपमा स्वरोजगार बनेका हुन् ।
आत्मनिर्भर युवा स्वरोजगार समूहमार्फत विकास आयोजनाका लागि फर्निचर, ग्रिल, मिक्सर उद्योग सञ्चालनका साथै कुखुरा र भैँसीपालनको तयारी गरेका दरवाङका वडा अध्यक्ष सन्तोष सुबेदीले बताउनुभयो । “१८ युवा अहिले सामूहिक उद्यम सञ्चालनका लागि सीप सिकिरहेका छन्”, उहाँले भन्नुभयो, “उत्पादन र आयआर्जनमा जोड्न बेरोजगार युवाहरुलाई समूहमा आबद्ध गराएर विकासका काममा परिचालन गर्न लागिएको छ ।”
नदी, पहिरो नियन्त्रण र सडक निर्माणमा आवश्यक पर्ने ग्यावीन जाली बुन्ने, ढलानमा प्रयोग हुने मिक्सर मेसिन चलाउन, ग्रिल र फर्निचरसम्बन्धी काम सिकेका छन् । स्थानीय आत्मनिर्भर व्यावसायिक कृषि सहकारी संस्थाबाट प्रतिव्यक्ति रु २० हजारका दरले व्यक्तिगत ऋण लिएका उनीहरुले आवश्यक औजार खरिद गरेर सामूहिक उद्योग सञ्चालन गरेका छन् ।
स्थानीयस्तरमा आवश्यक पर्ने मजदुर पनि समूहमार्फत नै परिचालन गर्न थालेको आत्मनिर्भर युवा स्वरोजगार समूहका संयोजक गङ्गा रोकाले बताउनुभयो । “कोरोनाका कारण यहाँका आयोजनामा बाहिरका मजदुर आउन नसक्दा काम प्रभावित भएको छ”, उहाँले भन्नुभयो, “यहीँका युवाले सीप सिकेर दक्ष भए काम र दाम दुवै हुन्छ ।”
टोलटोलमा समूह विस्तार गर्न थालेका उनीहरुले मासु र अण्डा उत्पादन गर्न कुखुरा तथा दूध उत्पादनका लागि भैँसीपालन शुरु गर्न लागेका छन् । विदेश र शहरी क्षेत्रबाट फर्किएका तथा गाउँमै भएका युवाहरुलाई समेटेर समूह बनाइएको छ ।
समूहमा आबद्ध भएपछि रुचिअनुसारको सीप सिकाउने र काममा लगाउन सहजीकरण गरेका छन् । कोरोनाको जोखिमका कारण विदेश र शहरी क्षेत्रबाट रोजगारी गुमेर फर्कनुपरेको अवस्थामा गाउँमै काम र दाम पाउने वातावरण बनेकोमा समूहका सदस्य कुमार केसीले उत्साहित भएको बताउनुभयो । “विदेशबाट फर्किएपछि त्यतिकै घरमै बसेको थिएँ”, उहाँले भन्नुभयो, “सामूहिकरूपमा काम गर्दा सीप र अनुभव आदानप्रदान गर्न पाइएको छ । हातमा सीप र मनमा जाँगर पलायो भने काम जति पनि पाइँदो रहेछ ।”
मालिका गाउँपालिकाले चालु आर्थिक वर्षको नीति तथा कार्यक्रममा ‘मालिकामै कमाओँ, मालिकामै रमाऔँ’ भन्ने नारा सार्वजनिक गरेको छ तर नीतिअनुसारको बजेट विनियोजन र कार्यक्रम नबनाएकोमा युवाहरुले गुनासो गरेका छन् ।
स्थानीयलाई नै सीप सिकाएर विभिन्न आयोजनामा परिचालन गर्दा विकाससँगै रोजगारी, आयआर्जनको अवसर सिर्जना, सामाजिक विकृति र विसङ्गति न्यूनीकरणमा सहयोग देखिएको छ । (रासस)
१मित्रमिलन सहकारी ठगी प्रकरण : बिगो बराबरको धरौटी माग
२कास्की मालपोतका तत्कालीन प्रमुखसहित ६ जनालाई भ्रष्टाचार मुद्दामा ६ महिना कैद
३अख्तियारको शंकास्पद भूमिका : फरार प्रतिवादीलाई सरकारी साक्षी बनाई बकपत्र, सेटिङमा पुनः फरार
४गैरकानुनी रूपमा चिकित्सकको उपाधि प्रयोग गरी उपचार गर्ने चेतना पौडेल पक्राउ
५रास्वपा केन्द्रीय सदस्य पदका दावेदार निर्मल गौतम को हुन् ?