
१‘अपरेसन ३६५’ : एक वर्षमा ८९८ मोटरसाइकल कारबाहीमा
२‘प्रदेशविनाको संघीयताको कुनै अर्थ छैन’
३पृथ्वी राजमार्गको गलौँदी क्षेत्र मर्मतका लागि रातभर सडक बन्द
४डा. निरञ्जन कोइराला प्रभावशाली वैज्ञानिकहरुको सूचीमा
५ओभरसिज फ्रेन्डसिप इन्टरनेसनल हस्पिटल सञ्चालनमा
६पोखराको लेकसाइडमा युवा उद्यमीको नयाँ क्रान्ति
७डन न्यूज पब्लिकेशन प्रा. लि. छैटौं वर्षमा प्रवेश
८पहिरोले बुढीगण्डकी थुनिएर भीषण बाढी
९विमानस्थल आसपास चङ्गा, ड्रोन र लेजर लाइट प्रयोगमा रोक
१०सशस्त्र प्रहरी एआईजी वंशीराज दाहाल सेवाबाट बर्खास्त
११ओख्लेभीरमा स्कुल बस दुर्घटनाः ५ जनाको मृत्यु, २० घाइते
१२विपद्मा बेपत्तालाई ४५ दिनमै मृतक घोषणा गर्न सकिने
१पोखरामा ठूलो मात्रामा लागूऔषधसहित ६ जना पक्राउ
२डुलुवाको अध्यक्षमा योगेश भट्टराई
३सराङकोटमा प्रहरी चौकी भवनको उद्घाटन
४आईजीपी दानबहादुर कार्कीमाथि भ्रष्टाचारको आरोप, छानबिन गर्न ९ सदस्यीय विशेष समिति गठन
५फिर्के खोलाघरमा फेरि चल्यो महानगरको डोजर
६‘जेनजी प्रदर्शनकारीको बिगो नखुलेका करिब १ सय मुद्दा फिर्ता लिन सकिने’ : अध्ययन समिति
७डन न्यूज पब्लिकेशन प्रा. लि. छैटौं वर्षमा प्रवेश
८‘पोखरा महानगरविरुद्ध सबैभन्दा बढी उजुरी’
९‘विज्ञतालाई राष्ट्रिय विकासमा केन्द्रित गर्न आग्रह’
१०मनाङमा अलपत्र १६ पर्यटकको उद्धार
११बागलुङमा माटोको ढिस्कोले पुरिएर दुईजना मजदुरको मृत्यु
१२सिद्धार्थ क्लबको अध्यक्षमा सुनिल श्रेष्ठ
मुस्ताङ, १५ वैशाख । समुद्री सतहबाट ३ हजारदेखि ६ हजार मिटरको उचाइमा पाइने बहुमूल्य जडीबुटी यार्सागुम्बा संकलनका लागि मुस्ताङका उच्च हिमाली भेगहरूमा यतिबेला चहलपहल निकै बढेको छ । जिल्लाको थासाङ, वारागुङ मुक्तिक्षेत्र र घरपझोङ गाउँपालिका अन्तर्गतका आधा दर्जनभन्दा बढी स्थानमा वैशाखदेखि असार मसान्तसम्म चल्ने यस सिजनका लागि स्थानीय प्रशासन र संरक्षण क्षेत्र व्यवस्थापन समितिहरूले आवश्यक तयारी पूरा गरी संकलन अनुमति दिन थालेका छन् ।
अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना ९एक्याप० अन्तर्गतका विभिन्न संरक्षण क्षेत्र व्यवस्थापन समितिहरूले यस वर्ष संकलनका लागि छुट्टाछुट्टै शुल्क र मापदण्ड निर्धारण गरेका छन् । थासाङ गाउँपालिकाको कोवाङ समितिले स्थानीयलाई ३ हजार ५ सय र जिल्ला बाहिरका संकलकलाई ७ हजार रुपैयाँ शुल्क तोकेर अनुमति दिन सुरु गरेको छ भने टुकुचे र जोमसोम क्षेत्रमा पनि फरक-फरक दरमा अनुमति पुर्जी वितरण भइरहेको छ । संकलनका क्रममा हुन सक्ने चोरी-सिकारी, वन डढेलो र सम्भावित जोखिमलाई मध्यनजर गर्दै सुरक्षाका सर्तहरू पनि कडाइका साथ लागू गरिएको छ ।
नेपालमा मुस्ताङ मात्र नभई डोल्पा, दार्चुला, मुगु, जुम्ला, हुम्ला, बझाङ र गोरखा जस्ता करिब २७ जिल्लाका उच्च भूभागहरूमा यार्सागुम्बा उत्पादन हुने गर्दछ । यो जडीबुटी नेपालको अर्थतन्त्रका लागि ‘हिमाली सुन’ प्रमाणित भएको छ । राज्यले यार्साको निकासीबाट वार्षिक करोडौँ रुपैयाँ राजस्व संकलन मात्र गर्दैन, बरु यसको निर्यातबाट प्राप्त हुने वैदेशिक मुद्राले मुलुकको शोधनान्तर स्थितिमा समेत सकारात्मक प्रभाव पारेको छ । दुर्गम हिमाली क्षेत्रका बासिन्दाहरूका लागि यो वर्षभरिको खर्च जोहो गर्ने मुख्य आयस्रोत समेत बनेको छ, जसले स्थानीय स्तरमा गरिबी निवारण र आर्थिक आत्मनिर्भरतामा ठूलो टेवा पुर्याएको छ ।
यति हुँदाहुँदै पनि यार्सागुम्बा संकलन र बिक्री वितरणमा अझै केही चुनौतीहरू विद्यमान छन् । सरकारले यसलाई थप व्यवस्थित बनाउन ‘दिगो संकलन नीति’ ल्याउनु आवश्यक देखिन्छ । जथाभाबी संकलन गर्दा प्राकृतिक बासस्थान बिग्रने जोखिम हुने भएकाले संकलन क्षेत्रहरूको वर्गीकरण र निश्चित अन्तरालमा मात्र उत्खनन गर्ने प्रणाली विकास गर्न जरुरी छ । साथै, संकलकहरूका लागि उच्च हिमाली क्षेत्रमा स्वास्थ्य शिविर, आकस्मिक उद्धारको व्यवस्था र दुर्घटना बिमालाई अनिवार्य बनाउनुपर्ने माग पनि उठ्दै आएको छ ।
यार्सागुम्बालाई कच्चा पदार्थको रूपमा मात्र निर्यात गर्नुभन्दा स्वदेशमै यसको वैज्ञानिक परीक्षण, गुणस्तर प्रमाणीकरण र उचित ब्रान्डिङ गर्न सके अन्तर्राष्ट्रिय बजारमा यसको मूल्य अझै वृद्धि गर्न सकिने देखिन्छ । बिचौलियाको प्रभावलाई कम गर्न सरकारी तवरबाटै लिलामी केन्द्रको स्थापना गरी संकलकले पाउने मूल्यमा एकरूपता ल्याउन सके यसबाट राज्य र सर्वसाधारण दुवैले थप लाभ लिन सक्ने देखिन्छ । हाल संकलक वा व्यापारीले जिल्लाबाहिर निकासी गर्दा प्रति किलो ३ हजार १ सय रुपैयाँ राजस्व बुझाउनुपर्ने व्यवस्था रहे पनि यसको दीर्घकालीन व्यवस्थापनका लागि एकीकृत राष्ट्रिय नीति नै अहिलेको आवश्यकता बनेको छ ।