
१‘अपरेसन ३६५’ : एक वर्षमा ८९८ मोटरसाइकल कारबाहीमा
२‘प्रदेशविनाको संघीयताको कुनै अर्थ छैन’
३पृथ्वी राजमार्गको गलौँदी क्षेत्र मर्मतका लागि रातभर सडक बन्द
४डा. निरञ्जन कोइराला प्रभावशाली वैज्ञानिकहरुको सूचीमा
५ओभरसिज फ्रेन्डसिप इन्टरनेसनल हस्पिटल सञ्चालनमा
६पोखराको लेकसाइडमा युवा उद्यमीको नयाँ क्रान्ति
७डन न्यूज पब्लिकेशन प्रा. लि. छैटौं वर्षमा प्रवेश
८पहिरोले बुढीगण्डकी थुनिएर भीषण बाढी
९विमानस्थल आसपास चङ्गा, ड्रोन र लेजर लाइट प्रयोगमा रोक
१०सशस्त्र प्रहरी एआईजी वंशीराज दाहाल सेवाबाट बर्खास्त
११ओख्लेभीरमा स्कुल बस दुर्घटनाः ५ जनाको मृत्यु, २० घाइते
१२विपद्मा बेपत्तालाई ४५ दिनमै मृतक घोषणा गर्न सकिने
१पोखरामा ठूलो मात्रामा लागूऔषधसहित ६ जना पक्राउ
२डुलुवाको अध्यक्षमा योगेश भट्टराई
३सराङकोटमा प्रहरी चौकी भवनको उद्घाटन
४आईजीपी दानबहादुर कार्कीमाथि भ्रष्टाचारको आरोप, छानबिन गर्न ९ सदस्यीय विशेष समिति गठन
५फिर्के खोलाघरमा फेरि चल्यो महानगरको डोजर
६‘जेनजी प्रदर्शनकारीको बिगो नखुलेका करिब १ सय मुद्दा फिर्ता लिन सकिने’ : अध्ययन समिति
७‘पोखरा महानगरविरुद्ध सबैभन्दा बढी उजुरी’
८‘विज्ञतालाई राष्ट्रिय विकासमा केन्द्रित गर्न आग्रह’
९डन न्यूज पब्लिकेशन प्रा. लि. छैटौं वर्षमा प्रवेश
१०मनाङमा अलपत्र १६ पर्यटकको उद्धार
११बागलुङमा माटोको ढिस्कोले पुरिएर दुईजना मजदुरको मृत्यु
१२सिद्धार्थ क्लबको अध्यक्षमा सुनिल श्रेष्ठ
काठमाडौं, १७ वैशाख । सरकारले सहकारी क्षेत्रको विकृति नियन्त्रण र बचतकर्ताको संरक्षण गर्ने उद्देश्यले सहकारी ऐन, २०७४ लाई संशोधन गर्न अध्यादेश जारी गरेको छ । राष्ट्रपति रामचन्द्र पौडेलबाट जारी भएको यस अध्यादेशले सहकारीको परिभाषामा कडाइ गर्दै नियमनकारी निकायलाई थप शक्तिशाली बनाएको छ भने पीडित बचतकर्तालाई तत्काल राहत दिन ‘चक्रीय राहत कोष’ स्थापनाको व्यवस्था गरेको छ ।
नयाँ व्यवस्थाअनुसार ‘बचत तथा ऋणको मुख्य कारोबार गर्ने’ सहकारी संस्थाको परिभाषा बदलिएको छ । अब सहकारी संस्थाको वासलातमा उल्लेख भएको कुल सम्पत्ति वा कुल दायित्वमा बचत वा ऋणको अनुपात पचास प्रतिशतभन्दा बढी रहेको संस्थालाई मात्र बचत तथा ऋणको मुख्य कारोबार गर्ने सहकारीका रूपमा व्याख्या गरिएको छ । यसअघि यो सीमा तीस प्रतिशतमा सीमित थियो ।
साथै, पच्चिस करोड रुपैयाँभन्दा बढी कुल बचत वा कुल ऋण लगानी रहेका सहकारी संस्थालाई पनि सोही दायरामा राखिएको छ । यसरी बचत तथा ऋणको मुख्य कारोबार गर्ने सहकारी संस्थाले अब प्राधिकरणबाट अनिवार्य रूपमा ‘अपरेटिङ लाइसेन्स’ (कार्य सञ्चालन इजाजतपत्र) लिनुपर्नेछ । अध्यादेश जारी भएको मितिले एक वर्षभित्र यस्ता संस्थाले अनुमतिपत्र लिइसक्नुपर्ने बाध्यकारी व्यवस्था गरिएको छ ।
त्यस्तै, अध्यादेशले सहकारी प्राधिकरणलाई अधिकारसम्पन्न नियमनकारी निकायका रूपमा स्थापित गरेको छ । यसअघि समस्याग्रस्त घोषणा भएपछि मात्रै नियन्त्रणका कदम चालिने व्यवस्था रहेकामा अब प्राधिकरणले संस्था समस्याग्रस्त हुनुअघि नै कठोर कदम चाल्न सक्नेछ । प्राधिकरणले तोकिएको समयमा बचतकर्ताको रकम फिर्ता नगर्ने सहकारीका सञ्चालक, कर्मचारी र उनीहरूका परिवारको चल–अचल सम्पत्ति रोक्का गर्ने, बैंक खाता बन्द गर्ने तथा उनीहरूको विदेश यात्रामा प्रतिबन्ध लगाउने अधिकार पाएको छ ।
यदि सञ्चालकले अटेर गरी बचत फिर्ता नगरेको अवस्थामा प्राधिकरणले उक्त संस्थाका जिम्मेवार व्यक्तिहरूविरुद्ध कारबाही अघि बढाउन प्रहरी कार्यालयमा पत्राचार गर्न सक्नेछ । विशेषगरी, संकटग्रस्त घोषणा हुनुअघि नै रजिष्ट्रार वा प्राधिकरणले सञ्चालक, ऋणी सदस्य, व्यवस्थापक र हिनामिनामा संलग्न देखिएका अन्य व्यक्तिको सम्पत्ति तथा ऋण तमसुकसमेत नियन्त्रणमा लिन सक्ने अधिकार प्राप्त गरेको छ । यसले गर्दा सहकारीमा हुने आर्थिक अनियमितता र हिनामिना रोक्न ठूलो कानुनी आधार तयार भएको छ ।
यसैगरी, अध्यादेशले सहकारीपीडितहरूको राहतका लागि ‘चक्रीय राहत कोष’ स्थापनाको मार्गप्रशस्त गरेको छ । सहकारी ऐनको दफा १०८ (ख) थप गर्दै सरकारले पीडितलाई तत्काल केही राहत दिन यो कोषको अवधारणा ल्याएको हो । यस कोषमा नेपाल सरकारबाट प्राप्त रकम, समस्याग्रस्त संस्थाबाट असुल भएको रकम र अन्य स्रोतबाट प्राप्त रकम जम्मा गरिनेछ । यसरी कोषमा रहेको रकम समस्याग्रस्त सहकारीका सदस्यहरूलाई बचत फिर्ता गर्नका लागि उपयोग गरिनेछ । कोषको रकम आर्थिक वर्षको अन्त्यमा ‘फ्रिज’ नहुने व्यवस्था गरिएकाले यो सधैं चलायमान हुनेछ ।
समग्रमा, सहकारी ऐनको यो संशोधनले वित्तीय अनुशासन कायम राख्न, नियमनकारी निकायलाई अधिकारसम्पन्न बनाउन र बचतकर्ताको रकमको सुरक्षा प्रत्याभूत गर्न ठूलो भूमिका खेल्ने विश्वास गरिएको छ । सहकारी संस्थाहरूलाई थप पारदर्शी र मर्यादित बनाउन अध्यादेशले ल्याएका यी नयाँ व्यवस्थाहरू आजैदेखि कार्यान्वयनको दिशामा अघि बढेका छन् ।