
१‘अपरेसन ३६५’ : एक वर्षमा ८९८ मोटरसाइकल कारबाहीमा
२‘प्रदेशविनाको संघीयताको कुनै अर्थ छैन’
३पृथ्वी राजमार्गको गलौँदी क्षेत्र मर्मतका लागि रातभर सडक बन्द
४डा. निरञ्जन कोइराला प्रभावशाली वैज्ञानिकहरुको सूचीमा
५ओभरसिज फ्रेन्डसिप इन्टरनेसनल हस्पिटल सञ्चालनमा
६पोखराको लेकसाइडमा युवा उद्यमीको नयाँ क्रान्ति
७डन न्यूज पब्लिकेशन प्रा. लि. छैटौं वर्षमा प्रवेश
८पहिरोले बुढीगण्डकी थुनिएर भीषण बाढी
९विमानस्थल आसपास चङ्गा, ड्रोन र लेजर लाइट प्रयोगमा रोक
१०सशस्त्र प्रहरी एआईजी वंशीराज दाहाल सेवाबाट बर्खास्त
११ओख्लेभीरमा स्कुल बस दुर्घटनाः ५ जनाको मृत्यु, २० घाइते
१२विपद्मा बेपत्तालाई ४५ दिनमै मृतक घोषणा गर्न सकिने
१पोखरामा ठूलो मात्रामा लागूऔषधसहित ६ जना पक्राउ
२डुलुवाको अध्यक्षमा योगेश भट्टराई
३सराङकोटमा प्रहरी चौकी भवनको उद्घाटन
४आईजीपी दानबहादुर कार्कीमाथि भ्रष्टाचारको आरोप, छानबिन गर्न ९ सदस्यीय विशेष समिति गठन
५फिर्के खोलाघरमा फेरि चल्यो महानगरको डोजर
६‘जेनजी प्रदर्शनकारीको बिगो नखुलेका करिब १ सय मुद्दा फिर्ता लिन सकिने’ : अध्ययन समिति
७डन न्यूज पब्लिकेशन प्रा. लि. छैटौं वर्षमा प्रवेश
८‘पोखरा महानगरविरुद्ध सबैभन्दा बढी उजुरी’
९‘विज्ञतालाई राष्ट्रिय विकासमा केन्द्रित गर्न आग्रह’
१०मनाङमा अलपत्र १६ पर्यटकको उद्धार
११बागलुङमा माटोको ढिस्कोले पुरिएर दुईजना मजदुरको मृत्यु
१२सिद्धार्थ क्लबको अध्यक्षमा सुनिल श्रेष्ठ
काठमाडौं, ६ साउन । सरकारी कार्यालयमा उजुरी दिएर महिनाौंसम्म धाउनुपर्ने नियति अब फेरिने भएको छ। श्रम तथा व्यवसायजन्य सुरक्षा विभागले श्रमिक तथा पीडितहरूका उजुरीलाई दराजमा थन्क्याउने परिपाटी अन्त्य गर्दै निवेदन प्राप्त भएको १ घण्टाभित्रै सम्बोधन गर्न मातहतका निकायलाई कडा निर्देशन जारी गरेको छ।
देशभरका श्रम तथा रोजगार कार्यालय र व्यवसायजन्य सुरक्षा तथा स्वास्थ्य केन्द्रहरूलाई परिपत्र गर्दै विभागले कार्यशैलीमा तत्काल सुधार ल्याउन चेतावनी दिएको छ। अबदेखि पीडितले दिएको उजुरी कार्यालय प्रमुख वा सम्बन्धित कर्मचारीले प्राप्त गर्नासाथ १ घण्टाभित्रै आवश्यक प्रक्रिया अगाडि बढाएर सोको जानकारी सम्बन्धित श्रमिकलाई गराउनुपर्ने बाध्यकारी व्यवस्था गरिएको छ।
विगतमा ‘हेल्लो सरकार’, मन्त्रालय, विभाग वा सिधै कार्यालयमा परेका उजुरीहरूमाथि समयमै सुनुवाइ नभएको, कर्मचारीले सेवाग्राहीप्रति जिम्मेवार व्यवहार नदेखाएको र न्याय दिन अनाहकमा ढिलाइ गरेको व्यापक गुनासो युवा, श्रम तथा रोजगारमन्त्री रामजी यादवसमक्ष पुगेको थियो। श्रमिकहरूको सोही आक्रोश र प्रशासनिक ढिलासुस्तीलाई अन्त्य गर्न विभागले यो कदम चालेको हो।
निर्देशनअनुसार अब कुनै विषय आफ्नो क्षेत्राधिकारभित्र नपरेमा सेवाग्राहीलाई अल्झाएर राख्न पाइने छैन। त्यस्ता विषयमा तत्कालै सेवाग्राहीलाई जानकारी गराई सम्बन्धित निकायमा फाइल पठाउनुपर्नेछ। सुशासन (व्यवस्थापन तथा सञ्चालन) ऐन, २०६४ र निजामती सेवा ऐन, २०४९ बमोजिम कर्मचारीले आफ्नो जिम्मेवारी र आचरण अक्षरसः पालना गर्नुपर्ने विभागको परिपत्रमा उल्लेख छ।
यसैगरी, श्रमिकका उजुरी परेमा सम्बन्धित प्रतिष्ठान वा रोजगारदाताबाट समयमै प्रतिक्रिया लिने, श्रम कानुन अनुसार तत्काल वार्ता गराउने र वार्ताबाट समाधान नभएमा कार्यालयले यथाशीघ्र निर्णय लिनुपर्नेछ। श्रम अदालत र श्रम कार्यालयबाट भएका आदेश वा निर्णयहरूलाई आलटाल नगरी तोकिएकै समयमा कार्यान्वयन गर्नका साथै ‘हेल्लो सरकार’ बाट प्राप्त गुनासोहरू फछ्र्यौट हुनासाथ सोको प्रगति विवरण पनि तुरुन्तै उपलब्ध गराउन विभागले स्पष्ट पारेको छ।
विभागको यो नयाँ फरमानले सरकारी सुस्ततामाथि प्रहार गर्दै श्रम क्षेत्रमा व्याप्त ढिलासुस्ती अन्त्य गर्ने र श्रमिकहरूलाई छिटो-छरितो न्यायको अनुभूति गराउने विश्वास लिइएको छ।