
१पर्वतमा बाढी पहिरोका कारण तीनसय परिवार विस्थापित
२स्थानीय तह निर्वाचनको तयारीमा जुट्यो रास्वपा
३‘बेगनास फिस फेस्टिभल’ सफल बनाउन ऐक्यबद्धता
४पोखरा विश्वविद्यालयको एक अर्ब ७५ करोड ८० लाखको बजेट पारित
५आईजीपी दानबहादुर कार्कीमाथि भ्रष्टाचारको आरोप, छानबिन गर्न ९ सदस्यीय विशेष समिति गठन
६फिर्के खोलाघरमा फेरि चल्यो महानगरको डोजर
७मनाङमा अलपत्र १६ पर्यटकको उद्धार
८‘विज्ञतालाई राष्ट्रिय विकासमा केन्द्रित गर्न आग्रह’
९पोखरामा ठूलो मात्रामा लागूऔषधसहित ६ जना पक्राउ
१०डुलुवाको अध्यक्षमा योगेश भट्टराई
११सराङकोटमा प्रहरी चौकी भवनको उद्घाटन
१२‘पेन्सन पट्टा’ : पहाडको माटो, लाहुरेको आँसु र प्रेमको धुनले दर्शकलाई रुवायो
१पोखरामा ठूलो मात्रामा लागूऔषधसहित ६ जना पक्राउ
२किम्रुङ खोला पहिरो खसेर थुनिएपछि उच्च सतर्कता अपनाउन आग्रह
३रसुवा बाढी : १३६६ जनाको शव फेला, ४०७७ जना अझै सम्पर्कविहीन
४सिभिल सहकारी ठगी मुद्दामा इच्छाराज तामाङलाई साढे ५ वर्ष कैद सजाय
५सहारा खेलकुद पत्रकारिता पुरस्कार रोहितराज पराजुलीलाई
६डुलुवाको अध्यक्षमा योगेश भट्टराई
७पोखराको फोटोग्राफी क्षेत्रको समग्र इतिहास समेटिएको विशेष स्मारिका सार्वजनिक
८‘पेन्सन पट्टा’ : पहाडको माटो, लाहुरेको आँसु र प्रेमको धुनले दर्शकलाई रुवायो
९मल्टिमिडिया पत्रकारिता तालिम सम्पन्न
१०आज जेनजी शहीद दिवस : देशभरि सार्वजनिक बिदा
११इन्द्रसरोवरमा गाडी दुर्घटनामा परी ४ जनाको मृत्यु
१२पोखरा उद्योग वाणिज्य संघको अध्यक्षमा शोभा निर्वाचित
टीकापुर । सुदूरपश्चिममा पहिलो पटक केरा पकाउने च्याम्बर उद्योग सञ्चालनमा आएको छ । उद्योग टीकापुर २ बन्दीपुरमा सञ्चालन भएको हो । करिब ३०÷३० टनका ५ वटा चेम्बर मार्फत् केरा पकाउन सकिनेछ । उद्योगले यतिखेर परीक्षण गरिरहेको छ । साढे ३ करोडको लगानीमा उद्योग सञ्चालन भएको उद्योगका प्रबन्ध निर्देशक वीरेन्द्र ढुङ्गानाले जानकारी गराउनुभयो ।
उद्योगमा रानी जमरा सिँचाइ आयोजनाले रु. एक करोड ९० लाख आठ हजार ५ सय ९१ अनुदान सहयोग गरेको छ । ‘‘केरा पकाउन विषादीको प्रयोग हुने गरेको थियो अब उपभोक्ताले विषादी रहित च्याम्बरमा पकाएको स्वस्थ केरा खान पाउने भएका छन्’’, उद्योगका निर्देशक ढुङ्गानाले भन्नुभयो, ‘‘थोरै केरा उत्पादन गर्ने कृषकलाई पनि प्रत्यक्ष लाभ हुन्छ ।’’ उहाँले च्याम्बरमा १६ देखि २३ डिग्री सेल्सियस तापक्रममा चार दिनमा केरा पकाउने सकिने बताउनुभयोे । ‘‘टीकापुर क्षेत्रमा उत्पादन हुने सबै केरा च्याम्बरमा पकाएर बिक्री गर्ने वातावरण मिलाउँदैछौँ, एक दर्जन केरा पकाउन रु. ३ देखि ५ खर्च लाग्छ’’, ढुङ्गानाले भन्नुभयो, ‘‘च्याम्बरमा माइनस दुई डिग्री सेल्सियससम्मको व्यवस्था भएकाले कोल्ड स्टोरकारुपमा पनि प्रयोग गर्छाैँ ।’’
उहाँले आँप, गोलभेडा र मेवा पनि पकाउनुका साथै उत्पादित तरकारी भण्डारण गर्न पनि सकिने भएकाले च्याम्बरलाई बहुउद्देश्यीयरुपमा प्रयोग गर्ने योजना बनाएको बताउनुभयो । कर्णाली कृषि सेवा प्रालीको नाममा सञ्चालित च्याम्बर सञ्चालनमा आएपछि केरा खेती गर्ने किसान र उपभोक्ता खुसी भएका छन् । ‘‘सञ्चालन भएपछि उपभोक्ता, केरा उत्पादक र व्यवसायीलाई प्रत्यक्ष फाइदा पुग्छ’’, केरा उत्पादक किसान टेकेन्द्र धामीले भन्नुभयो, ‘‘विषादीको युग समाप्त भएको मान्नुपर्छ र साना किसानलाई बजारको समस्या हुँदैन, अर्काेतर्फ व्यापारी पनि ठगिने समस्या हट्छ ।’’
‘‘च्याम्बरमा पकाएको केरा एक हप्तासम्म टिक्छ भने विषादी प्रयोग गरेको केरा ३÷४ दिनसम्म मात्र टिक्छ’’, धामीले भन्नुभयो, ‘‘ च्याम्बरलाई बहुउद्देश्यीयरुपमा प्रयोग गर्न बजारको खोजी गर्नुपर्छ ।’’ पछिल्लो समय टीकापुर क्षेत्रलाई केराको पकेट क्षेत्रकारुपमा विकास गर्न थालिएको छ । यहाँ करिब ७ सय हेक्टर जग्गामा केरा खेती हुने गरेको छ । यहाँ उत्पादन भएको केरा देशका विभिन्न जिल्लामा बिक्री हुने गरेको छ । रानी जमरा कुलरिया सिँचाई आयोजना कृषितर्फका प्रमुख भरत कँडेल च्याम्बर सञ्चालनपछि किसानलाई मात्र नभइ उपभोक्ताको स्वास्थ्यका लागि पनि फाइदाजनक हुने बताउनुभयो । ‘‘मानव स्वास्थ्यमैत्री ग्याँस प्रयोगबाट केरा पकाइने भएकाले यसमा पकाइएको केरा स्वास्थ्यका लागि फाइदाजनक छ’’, कँडेलले भन्नुभयो, ‘‘च्याम्बरमा आवश्यकताअनुसार केरा छिटो र ढिलो पकाउन सकिन्छ ।’’
१पोखरामा ठूलो मात्रामा लागूऔषधसहित ६ जना पक्राउ
२किम्रुङ खोला पहिरो खसेर थुनिएपछि उच्च सतर्कता अपनाउन आग्रह
३रसुवा बाढी : १३६६ जनाको शव फेला, ४०७७ जना अझै सम्पर्कविहीन
४सिभिल सहकारी ठगी मुद्दामा इच्छाराज तामाङलाई साढे ५ वर्ष कैद सजाय
५सहारा खेलकुद पत्रकारिता पुरस्कार रोहितराज पराजुलीलाई