
१रसुवा बाढी : १३६६ जनाको शव फेला, ४०७७ जना अझै सम्पर्कविहीन
२किम्रुङ खोला पहिरो खसेर थुनिएपछि उच्च सतर्कता अपनाउन आग्रह
३आज जेनजी शहीद दिवस : देशभरि सार्वजनिक बिदा
४पोखरा उद्योग वाणिज्य संघको अध्यक्षमा शोभा निर्वाचित
५गोरखाका घरबारविहीन बाढी पीडितलाई राखियो होटलमा
६पोखराको फोटोग्राफी क्षेत्रको समग्र इतिहास समेटिएको विशेष स्मारिका सार्वजनिक
७सहारा खेलकुद पत्रकारिता पुरस्कार रोहितराज पराजुलीलाई
८फेवातालमा कार खस्दा दुई भारतीय नागरिकको मृत्यु
९कास्कीमा बाढी पीडितका आफन्तका लागि डीएनए प्रोफाइलिङ सेवा एकीकृत रूपमा सुरु
१०गण्डकीमा सातौँपटक मन्त्रिपरिषद् विस्तार, समाजवादी पार्टीका देवकोटा तेस्रोपटक मन्त्री
११भोटेकोशीको विपत्ति र हिमालयको बदलिँदो वास्तविकता
१२पोखरामा पहिचान नभएका ७६ शव जमिनमुनि व्यवस्थापन
१मोदीखोला बाढी : कास्की-पर्वत जोड्ने दुई पुल बगे, मन्दिरमा फसेका तीन जनाको सकुसल उद्धार
२असई बनाइदिन्छु भन्दै १० लाख ठगी
३प्रधानमन्त्री शाह र गण्डकीका मुख्यमन्त्री पाण्डे बीच भेटवार्ता
४पोखरामा सडकको भेलले बगाउँदा आमा–छोरीको गयो ज्यान
५व्यवसायी विमल बसेल दम्पत्तीद्वारा प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा ५० लाख सहयोगको घोषणा
६रोल्पामा दुई दिनमै पहिरोले १५ जनाको मृत्यु, थबाङ र सुनछहरी शोकमा
७सिमरामा तीन वर्षीया बालिकाको हत्या प्रकरण : प्रहरीसँग खोज्न खटिएका व्यक्ति नै पक्राउ
८रोल्पा पहिरोमा परी ३ जनाको मृत्यु, ९ जना अझै बेपत्ता
९रसुवा बाढी : २८ प्रहरी अझै सम्पर्कविहीन
१०चीनतर्फ नदी थुनिएर बन्यो ठूलो ताल, भोटेकोशीमा अझै बाढी आउन सक्ने
११स्व.भक्तबहादुर बस्नेतको परिवारले दिए गोगन माविलाई साढे २३ लाख रुपैयाँ
१२‘न्याय र कानून क्षेत्रमा स्तरीय कानूनी शिक्षा र व्यावसायिक सुरक्षाको अभाव’ : महान्यायाधिवक्ता डा. कँडेल
खेमराज गौतम
गलकोट, १० माघ । बागलुङमा मुस्ताङको स्याउ र ताराखोलाको आलुको बजार निकै राम्रो छ । यसो त यसले मात्रै बागलुङको बजार माग धान्न नसक्दा चिनियाँ स्याउ, तराईको आलु र केरा उस्तै आयात हुन्छ । फलफूल र तरकारीको आयु निकै कम हुन्छ । समयमै बिक्री नभएको खण्डमा बिग्रिएरसमेत जाने गरको छ तर शीतभण्डार गृहमा राख्न सके फलफूल तथा तरकारीले राम्रो मूल्यसमेत पाउँदै आएको छ ।
स्थानीय उत्पादन ताराखोलाको आलु र मुस्ताङको स्याउ बेमौसममा बिक्री गर्ने र आयातित स्याउ, केरा र आलुको सुपथ मूल्यमा बजारीकरण गर्ने उद्देश्यले गलकोटमा जिल्लाकै शीतभण्डारण गृह सञ्चालनमा ल्याइएको छ ।
नयाँ सोच र नयाँ क्षेत्रमा लगानी गर्ने हो भने नेपालमा नै केही गर्न सकिन्छ भन्ने हेतुले गलकोटमा सात युवाले सिद्ध भैरव ग्रुपमार्फत सामूहिक लगानीमा शीतभण्डारण सञ्चालनमा ल्याइएको छ । गुल्मीका ईश्वरीप्रसाद ज्ञवाली र गलकोटका छ युवा मिलेर स्थानीय आलु र स्याउ तथा आयातित केरा, आलु र स्याउको बजारीकरण गर्नका लागि रु दुई करोडको लागतमा एक वर्षदेखि शीतभण्डारण गृह सञ्चालनमा ल्याइएको छ । अहिले बेमौसमी आलु, स्याउ र केरालाई प्राथमिकतामा राखेर शीतभण्डारण गृह सञ्चालन गर्दै आएको सिद्धभैरव ग्रुपका सञ्चालक ईश्वरीप्रसाद ज्ञवालीले जानकारी दिनुभयो । “हाम्रो मुख्य उद्देश्य ताराखोलाको आलु र मुस्ताङको स्याउलाई शीतभण्डारण गृहमा राखेर बेमौसममा बिक्री गर्ने हो, अहिले आलुभन्दा फलफूललाई बढी जोड दिइएको छ”, शीतभण्डारण गृहको व्यवस्थापकसमेत रहनुभएको उहाँले भन्नुभयो, “मुस्ताङको स्याउ आयात नभएको समयमा चिनियाँ स्याउ तथा तराईको केरा र आलु भण्डारण गृहमा राखेर बिक्री गर्दै आएका छौँ ।”
सिद्ध भैरव समूहले एक लाख २५ हजार केजी क्षमताको जिल्लाकै ठूलो शीतभण्डारण गृह सञ्चालनमा ल्याएपछि उपभोक्ताले मुस्ताङको स्याउ र ताराखोलाको आलुको बेमौसममा समेत स्वाद लिन सक्ने भएका छन् । केरालाई बढीमा १५ दिन र स्याउ, अनारलगायतका फलफूललाई दुई महिनासम्म सुरक्षित भण्डारण गर्न सकिने सञ्चालक ज्ञवालले जानकारी दिनुभयो ।
भाडाको दुई रोपनी जग्गा पाँच वर्षका लागि लिएर भण्डारण गृह सञ्चालनमा ल्याइएको हो । भण्डारण गृहका लागि विद्युत्को वैकल्पिक व्यवस्थाका लागि २६ केभिए क्षमताको जेनेरेटरसमेत जडान गरिएको छ । शीतभण्डारण गृहका लागि चौविसै घण्टा विद्युत् आपूर्ति हुन आवश्यक छ । बाह्य तापक्रमभन्दा फरक तापक्रममा फलफूल तथा तरकारी भण्डारण गर्दा सोही अवस्थामा धेरै दिन फलफूल तथा तरकारी टिकाउन सकिन्छ ।
अहिले भण्डारण गृहमा मुस्ताङको स्याउ, चिनियाँ स्याउ, आलु र केरा राखिएको छ । उक्त भण्डारण गृहमा राखिएको फलफूल तथा तरकारी बागलुङ बजार, हटिया, खर्वाङ, गुल्मी तथा बुर्तिवाङ बजारमा बिक्री गरिँदै आएको छ । भण्डारण गृहको खर्च र विद्युतीकरणको खर्च जोडेर फलफूल बिक्री गर्ने गरेको समूहले जनाएको छ । मागअनुसार बजारमै विक्रीवितरणको समय त भण्डारण गृहले नै व्यवस्था गर्नेछ ।
ताजा फलफूल तथा तरकारीको लागि भण्डारण गृह सञ्चालनमा आएपछि सहज पहुँच पुगेको गलकोट नगरपालिका–२ का वडाध्यक्ष हिमबहादुर भण्डारीले जानकारी दिनुभयो । जिल्लाको सिगाना, बिहुँ र धम्जामा २० टन क्षमताको सुन्तला र आलु भण्डारण गृह रहेको छ । सिगाना र बिहुँको शीतभण्डारण गृहमा सुन्तला र धम्जाको शीतभण्डारण गृहमा आलु भण्डारण गरिँदै आएको छ । सिगाना, धम्जा र बिहुँमा सरकार र स्थानीयको साझेदारीमा शीतभण्डारण गृह निर्माण गरिएको हो भने गलकोटमा व्यक्तिगत कम्पनीमार्फत शीतभण्डारण गृह निर्माण गरिएको हो ।
१मोदीखोला बाढी : कास्की-पर्वत जोड्ने दुई पुल बगे, मन्दिरमा फसेका तीन जनाको सकुसल उद्धार
२असई बनाइदिन्छु भन्दै १० लाख ठगी
३प्रधानमन्त्री शाह र गण्डकीका मुख्यमन्त्री पाण्डे बीच भेटवार्ता
४पोखरामा सडकको भेलले बगाउँदा आमा–छोरीको गयो ज्यान
५व्यवसायी विमल बसेल दम्पत्तीद्वारा प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा ५० लाख सहयोगको घोषणा