पोखरा, २९ असोज । पोखरा–१२, शीतलादेवीमा एक महिलालाई नक्कली पेस्तोल देखाएर लुटपाट गर्ने २४ वर्षीय सुजन विक पक्राउ परेका छन् । पर्वतको मोदी गाउँपालिका–१ घर भई हाल पोखरा–२०, भलाम बस्ने विकले गत २७ असोज राति ८:५० बजे शीतलादेवीकी देवीकला अधिकारीको घाँटी र कानको सुनको गहना लुटेका थिए ।
पीडितले प्रतिकार गरी हारगुहार गरेपछि हेलमेट लगाएर भागेका विकलाई वडा प्रहरी कार्यालय रामबजारको टोलीले भेटनरी–१२ नजिकबाट पक्राउ गरेको हो । उनको साथबाट नक्कली पेस्तोल (खेलौना) र लुटपाटमा प्रयोग भएको ग१३प ९८३२ नम्बरको मोटरसाइकल बरामद भएको जिल्ला प्रहरी कार्यालय कास्कीका डिएसपी हरिबहादुर बस्नेतले जानकारी दिए ।