
१‘अपरेसन ३६५’ : एक वर्षमा ८९८ मोटरसाइकल कारबाहीमा
२‘प्रदेशविनाको संघीयताको कुनै अर्थ छैन’
३पृथ्वी राजमार्गको गलौँदी क्षेत्र मर्मतका लागि रातभर सडक बन्द
४डा. निरञ्जन कोइराला प्रभावशाली वैज्ञानिकहरुको सूचीमा
५ओभरसिज फ्रेन्डसिप इन्टरनेसनल हस्पिटल सञ्चालनमा
६पोखराको लेकसाइडमा युवा उद्यमीको नयाँ क्रान्ति
७डन न्यूज पब्लिकेशन प्रा. लि. छैटौं वर्षमा प्रवेश
८पहिरोले बुढीगण्डकी थुनिएर भीषण बाढी
९विमानस्थल आसपास चङ्गा, ड्रोन र लेजर लाइट प्रयोगमा रोक
१०सशस्त्र प्रहरी एआईजी वंशीराज दाहाल सेवाबाट बर्खास्त
११ओख्लेभीरमा स्कुल बस दुर्घटनाः ५ जनाको मृत्यु, २० घाइते
१२विपद्मा बेपत्तालाई ४५ दिनमै मृतक घोषणा गर्न सकिने
१पोखरामा ठूलो मात्रामा लागूऔषधसहित ६ जना पक्राउ
२डुलुवाको अध्यक्षमा योगेश भट्टराई
३सराङकोटमा प्रहरी चौकी भवनको उद्घाटन
४आईजीपी दानबहादुर कार्कीमाथि भ्रष्टाचारको आरोप, छानबिन गर्न ९ सदस्यीय विशेष समिति गठन
५फिर्के खोलाघरमा फेरि चल्यो महानगरको डोजर
६‘जेनजी प्रदर्शनकारीको बिगो नखुलेका करिब १ सय मुद्दा फिर्ता लिन सकिने’ : अध्ययन समिति
७‘पोखरा महानगरविरुद्ध सबैभन्दा बढी उजुरी’
८‘विज्ञतालाई राष्ट्रिय विकासमा केन्द्रित गर्न आग्रह’
९डन न्यूज पब्लिकेशन प्रा. लि. छैटौं वर्षमा प्रवेश
१०मनाङमा अलपत्र १६ पर्यटकको उद्धार
११बागलुङमा माटोको ढिस्कोले पुरिएर दुईजना मजदुरको मृत्यु
१२सिद्धार्थ क्लबको अध्यक्षमा सुनिल श्रेष्ठ
पोखरा, २२ कार्तिक । नेपालको पर्यटन प्रवर्द्धनका लागि निरन्तर खटिँदै आएको ‘डुलुवा’ टोलीले शुक्रबार पोखराबाट हुम्लातर्फ साहसिक यात्रा सुरु गरेको छ । २१ सदस्यीय टोलीले पर्वत, बाग्लुङ, रुकुमकोट, राकम, सर्खेघाट, सिमकोट, लिमी उपत्यका र ५,००० मिटर उचाइको लाप्चा ला पास पार गर्दै मंसिर १ गते पोखरा फर्किने योजना बनाएको छ ।
पोखरामा आयोजित विशेष विदाई कार्यक्रममा पोखरा भ्रमण वर्ष २०२५ का संयोजक गोपीबहादुर भट्टराईले टोलीलाई सुखद यात्राको शुभकामना दिँदै बिदाई गरे । सोही अवसरमा डुलुवा संयोजक योगेश भट्टराईले पोखरा भ्रमण वर्षको आधिकारिक व्यानर हस्तान्तरण गरेका थिए । रेवान पोखराका पूर्वअध्यक्ष नरेश भट्टराईलगायतले पनि टोलीलाई शुभकामना दिए ।
संयोजक भट्टराईले भने, “नेपाल प्राकृतिक रूपले नै साहसिक पर्यटनको अनुपम गन्तव्य हो । डुलुवाको यो यात्राले पोखरा र गण्डकी प्रदेशको पर्यटन प्रवद्र्धनमा ठूलो योगदान पुग्नेछ । भ्रमण वर्षका क्रममा हामीले देश–विदेशमा विभिन्न कार्यक्रम गर्दैछौँ, यो अभियानले त्यसलाई थप बल पुग्ने छ ।”
डुलुवा संयोजक योगेश भट्टराईले अभियानको उद्देश्य प्रष्ट्याउँदै भने, “हुम्ला नेपालको अन्तिम उपत्यका हो । यो यात्रा अत्यन्त रोमान्चक र चुनौतीपूर्ण हुनेछ । हामी कैलाश पर्वत र लिमी उपत्यकासम्म पुग्ने प्राचीन बाटोलाई पुनर्जीवित गर्दैछौँ । नेपालको प्राकृतिक र सांस्कृतिक सुन्दरता विश्वसामु उजागर गर्नु हाम्रो मुख्य लक्ष्य हो ।”
डुलुवाको परिचय र कीर्तिमान
पोखराका पर्यटनकर्मी युवाहरूको समूह ‘डुलुवा’ सन् २००८ देखि प्याराग्लाइडिङ र पर्यटन व्यवसायमा संलग्न रहँदै नेपाल भ्रमणमा सक्रिय छ । सन् २०२० मा औपचारिक रूपमा ‘डुलुवा’ नामकरण भएको यो समूहले स्थापनाको १५ वर्षमा नेपालका ७० जिल्ला घुमिसकेको छ । भारतको लद्दाखदेखि कास्की–कन्याकुमारीसम्मको सफल यात्रासमेत गरिसकेको छ ।
यसपटकको रुट
हुम्ला अन्तिम उपत्यका अभियानअन्तर्गत टोलीले रुकुमकोट → राकम → सर्खेघाट → सिमकोट → लिमी उपत्यका → लाप्चा ला पास → सिमकोट फर्किने र त्यसपछि सर्खेघाट–कोहलपुर–बुटवल हुँदै ११ दिनमा पोखरा फर्किने योजना छ ।
पछिल्लो उपलब्धि
यात्राकै क्रममा डुलुवा समूहले बनाएको ‘वी विल राइज फाउन्डेसन’ र नेपाल टेलिभिजनद्वारा संयुक्त रूपमा आयोजित भिडियो प्रतियोगितामा समूहले दुई ठूला अवार्ड जितेको छ । ‘दि नर्दर्न वाल’ले उत्कृष्ट भिडियोको उपाधि र ‘मेरो गाउँ तक्सेरा’ले ‘मोस्ट एनरजेटिक भिडियो मेकर’ अवार्ड प्राप्त गरेको छ ।
पोखरा भ्रमण वर्ष २०२५ लाई सार्थक बनाउन र नेपालको दुर्गम हिमाली भेगको सुन्दरता विश्वसामु चिनाउन ‘डुलुवा’ टोली फेरि एकपटक साहसिक कदमसहित अघि बढेको छ ।