
१पूर्ववडाध्यक्ष धनबहादुर नेपालीले कुटे निर्दोष युवालाई
२‘डुलुवा’ टोलीको यात्रा सुरु पोखराबाट हुम्लाको लिमी उपत्यका हुँदै लाप्चा ला पाससम्म
३पोखरा सहकारीको ८८ करोड रुपैयाँ ठगी गर्नेहरु पक्राउ
४देउसी खेलेर बैदाम प्रहरीले किन्यो मोटरसाइकल
५जेन-जी आन्दोलनका ४५ जनालाई सहिद घोषणा
६फेवातालमा डुंगा पल्टिँदा डुबेका तीनै जना सकुशल उद्धार
७माओवादी, एकीकृत समाजवादीसहित ८ दलबिच १८ बुँदे सहमति, १९ गते एकता घोषणा
८जेन–जीमाथि भएको दमनको निष्पक्ष छानबिनको माग गर्दै पोखरामा मशाल जुलुश प्रदर्शन
९उद्धारपछि १५ जनाको टोली जोमसोममा सकुशल
१०मुस्ताङको सरिबुङ पासमा १४ पदयात्री सम्पर्कविहीन
११सुरक्षाकर्मीको पेस्तोल लुटेर बेच्ने पाँच जना पक्राउ
१२कारागारबाट भागेर प्रहरी चौकी लुट्ने जलारी पक्राउ
१चक्कु प्रहार गरी अनिल पराजुलीको हत्या
२‘तिमीलाई खतरा छ भने तिम्रै गलत धन्दाबाट छ, मसँग नडराऊ’
३पोखरा सहकारीको ८८ करोड रुपैयाँ ठगी गर्नेहरु पक्राउ
४पत्रिका सेटिङ गरेर वार्गेनिङ, मध्यरातमा यौनशोषणको समाचार नैं गायव !
५समाधान दैनिकलाई तत्कालैं ठगीधन्दा रोक्न प्रेस काउन्सिलको चेतावनी
६कास्कीमा प्रहरी कार्यालयमा आगजनी र हतियार लुटपाटमा संलग्न १० जना पक्राउ
७पूर्वसभामुख कृष्णबहादुर महरा सुन तस्करीमा पक्राउ
८मणिपालमा नर्सलाई उल्टैं प्रशासनको धम्की
९कारागारबाट भागेर प्रहरी चौकी लुट्ने जलारी पक्राउ
१०जुवातास खेल्ने र खेलाउने २७ जना पक्राउ, करिब ९ लाख नगद बरामद
११विदेशी नागरिकमाथि अभद्र व्यवहार गर्ने दुईजना पक्राउ
१२पोखरामा नक्कली पेस्तोल देखाएर लुटपाट गर्ने युवक पक्राउ
पोखरा, २३ कार्तिक । पोखरा–५ पस्र्याङको सामुदायिक भवन अगाडि शनिबार साँझ एमालेको वडास्तरीय जागरण भेला चलिरहेका बेला एउटा सानो नारा गुन्जियो– ‘एमालेका झोलेहरू मुर्दावाद !’ त्यही नाराले पूर्ववडाध्यक्ष तथा नेकपा एमाले गण्डकी प्रदेश सचिवालय सदस्य धनबहादुर नेपालीको टोलीलाई यति उत्तेजित बनायो कि उनीहरूले निर्दोष बटुवा र झगडा छुट्याउन आएका स्थानीयमाथि नै बर्बर आक्रमण गरे ।
कार्यक्रमस्थल नजिकैको सडकबाट नारा लगाउने युवाहरू त भागिहाले, तर माईक्रोबसबाट ओर्लिएका एक सर्वसाधारण र छुट्याउन खोज्ने नारायण पौडेल, सन्तोष पराजुली, विष्णु भट्टराईहरूमाथि एमालेको भीड नै खनियो । कार्यक्रमका प्रमुख अतिथि समेत रहेका पूर्ववडाध्यक्ष धनबहादुर नेपाली र ठेकेदार भनेर चिनिने जिवन लामाको नेतृत्वमा केही कार्यकर्ताले लखेट्दै, घाँटी समात्दै, मुक्का र लात्तिले आक्रमण गरे ।

नेकपा एमालेले शनिबार दिउँसो पोखरा–५, प्रस्र्याङ्गमा आयोजना गरेको वडास्तरीय जनजागरण कार्यक्रम ।
प्रत्यक्षदर्शीहरुले भने, “नारा लगाउने त भागे, तर जो छुट्याउन आए, तिनलाई नै एमालेको टोलीले निर्मम रूपमा कुट्यो ।” घटना स्थलको सिसिटिभी फुटेजले सबै कुरा बोल्छ । क्यामेरामा स्पष्ट देखिन्छ– धनबहादुर नेपालीले एक युवाको घाँटी कस्सेर तानेर हान्दैछन् । ठेकेदार जिवन लामा लात्तिले हानिरहेका छन् । उनीहरूसँगै अन्य कार्यकर्ताहरूको सामूहिक आक्रमण पनि कैद भएको छ । यो फुटेज हामीलाई प्राप्त भएको छ र प्रमाणका रूपमा सुरक्षित राखिएको छ ।

एमालेका नेता एवम् पूर्ववडाध्यक्ष धनबहादुर नेपालीसहित जिवन लामा र अन्य कार्यकर्ताहरुले कुटपिट गर्दै गरेको दृश्य ।
घटनाबारे बुझ्न धनबहादुर नेपालीलाई बारम्बार फोन र म्यासेज गरे पनि उनले न त फोन उठाए, न त जवाफ फर्काए । जेनजी आन्दोलनका बेला भदौ २४ मा घर छोडेर भागेका यिनै एमालेका नेता धनबहादुर अहिले सानो विरोधमा पनि गुण्डागर्दीमा उत्रिएका छन् । सामान्य नाराबाजीमा समेत सत्ताको दम्भ देखाउने यो अराजक शैलीले पोखरावासीमा त्रास र आक्रोश फैलिएको छ । स्थानीयहरूको माग छ–’सिसिटिभी प्रमाणसहित प्रहरीले तत्काल छानबिन थालोस् र दोषीमाथि कडा कारबाही होस् ।’
१चक्कु प्रहार गरी अनिल पराजुलीको हत्या
२‘तिमीलाई खतरा छ भने तिम्रै गलत धन्दाबाट छ, मसँग नडराऊ’
३पोखरा सहकारीको ८८ करोड रुपैयाँ ठगी गर्नेहरु पक्राउ
४पत्रिका सेटिङ गरेर वार्गेनिङ, मध्यरातमा यौनशोषणको समाचार नैं गायव !
५समाधान दैनिकलाई तत्कालैं ठगीधन्दा रोक्न प्रेस काउन्सिलको चेतावनी