
१पोखरामा ठूलो मात्रामा लागूऔषधसहित ६ जना पक्राउ
२डुलुवाको अध्यक्षमा योगेश भट्टराई
३सराङकोटमा प्रहरी चौकी भवनको उद्घाटन
४‘पेन्सन पट्टा’ : पहाडको माटो, लाहुरेको आँसु र प्रेमको धुनले दर्शकलाई रुवायो
५इन्द्रसरोवरमा गाडी दुर्घटनामा परी ४ जनाको मृत्यु
६पत्रकार थकालीमाथि ज्यान मार्ने धम्की
७माछापुच्छ्रे बैंकको ६ प्रतिशत लाभांश घोषणा
८मुस्ताङ भन्सारमा १५ दिनमै एक अर्ब ७८ करोड राजस्व सङ्कलन
९मल्टिमिडिया पत्रकारिता तालिम सम्पन्न
१०सिभिल सहकारी ठगी मुद्दामा इच्छाराज तामाङलाई साढे ५ वर्ष कैद सजाय
११रसुवा बाढी : १३६६ जनाको शव फेला, ४०७७ जना अझै सम्पर्कविहीन
१२किम्रुङ खोला पहिरो खसेर थुनिएपछि उच्च सतर्कता अपनाउन आग्रह
१व्यवसायी विमल बसेल दम्पत्तीद्वारा प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा ५० लाख सहयोगको घोषणा
२पोखरामा सडकको भेलले बगाउँदा आमा–छोरीको गयो ज्यान
३रसुवा बाढी : ७८१ जनाको शव भेटियो
४चीनतर्फ नदी थुनिएर बन्यो ठूलो ताल, भोटेकोशीमा अझै बाढी आउन सक्ने
५रसुवा बाढी : २८ प्रहरी अझै सम्पर्कविहीन
६स्व.भक्तबहादुर बस्नेतको परिवारले दिए गोगन माविलाई साढे २३ लाख रुपैयाँ
७भोटेकोशीको विपत्ति र हिमालयको बदलिँदो वास्तविकता
८किम्रुङ खोला पहिरो खसेर थुनिएपछि उच्च सतर्कता अपनाउन आग्रह
९गण्डकीमा सातौँपटक मन्त्रिपरिषद् विस्तार, समाजवादी पार्टीका देवकोटा तेस्रोपटक मन्त्री
१०सिभिल सहकारी ठगी मुद्दामा इच्छाराज तामाङलाई साढे ५ वर्ष कैद सजाय
११सहारा खेलकुद पत्रकारिता पुरस्कार रोहितराज पराजुलीलाई
१२तिब्बतर्फ ताल पुन: फुट्यो
पोखरा, २३ कार्तिक । पोखरा–५ पस्र्याङको सामुदायिक भवन अगाडि शनिबार साँझ एमालेको वडास्तरीय जागरण भेला चलिरहेका बेला एउटा सानो नारा गुन्जियो– ‘एमालेका झोलेहरू मुर्दावाद !’ त्यही नाराले पूर्ववडाध्यक्ष तथा नेकपा एमाले गण्डकी प्रदेश सचिवालय सदस्य धनबहादुर नेपालीको टोलीलाई यति उत्तेजित बनायो कि उनीहरूले निर्दोष बटुवा र झगडा छुट्याउन आएका स्थानीयमाथि नै बर्बर आक्रमण गरे ।
कार्यक्रमस्थल नजिकैको सडकबाट नारा लगाउने युवाहरू त भागिहाले, तर माईक्रोबसबाट ओर्लिएका एक सर्वसाधारण र छुट्याउन खोज्ने नारायण पौडेल, सन्तोष पराजुली, विष्णु भट्टराईहरूमाथि एमालेको भीड नै खनियो । कार्यक्रमका प्रमुख अतिथि समेत रहेका पूर्ववडाध्यक्ष धनबहादुर नेपाली र ठेकेदार भनेर चिनिने जिवन लामाको नेतृत्वमा केही कार्यकर्ताले लखेट्दै, घाँटी समात्दै, मुक्का र लात्तिले आक्रमण गरे ।

नेकपा एमालेले शनिबार दिउँसो पोखरा–५, प्रस्र्याङ्गमा आयोजना गरेको वडास्तरीय जनजागरण कार्यक्रम ।
प्रत्यक्षदर्शीहरुले भने, “नारा लगाउने त भागे, तर जो छुट्याउन आए, तिनलाई नै एमालेको टोलीले निर्मम रूपमा कुट्यो ।” घटना स्थलको सिसिटिभी फुटेजले सबै कुरा बोल्छ । क्यामेरामा स्पष्ट देखिन्छ– धनबहादुर नेपालीले एक युवाको घाँटी कस्सेर तानेर हान्दैछन् । ठेकेदार जिवन लामा लात्तिले हानिरहेका छन् । उनीहरूसँगै अन्य कार्यकर्ताहरूको सामूहिक आक्रमण पनि कैद भएको छ । यो फुटेज हामीलाई प्राप्त भएको छ र प्रमाणका रूपमा सुरक्षित राखिएको छ ।

एमालेका नेता एवम् पूर्ववडाध्यक्ष धनबहादुर नेपालीसहित जिवन लामा र अन्य कार्यकर्ताहरुले कुटपिट गर्दै गरेको दृश्य ।
घटनाबारे बुझ्न धनबहादुर नेपालीलाई बारम्बार फोन र म्यासेज गरे पनि उनले न त फोन उठाए, न त जवाफ फर्काए । जेनजी आन्दोलनका बेला भदौ २४ मा घर छोडेर भागेका यिनै एमालेका नेता धनबहादुर अहिले सानो विरोधमा पनि गुण्डागर्दीमा उत्रिएका छन् । सामान्य नाराबाजीमा समेत सत्ताको दम्भ देखाउने यो अराजक शैलीले पोखरावासीमा त्रास र आक्रोश फैलिएको छ । स्थानीयहरूको माग छ–’सिसिटिभी प्रमाणसहित प्रहरीले तत्काल छानबिन थालोस् र दोषीमाथि कडा कारबाही होस् ।’
१व्यवसायी विमल बसेल दम्पत्तीद्वारा प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा ५० लाख सहयोगको घोषणा
२पोखरामा सडकको भेलले बगाउँदा आमा–छोरीको गयो ज्यान
३रसुवा बाढी : ७८१ जनाको शव भेटियो
४चीनतर्फ नदी थुनिएर बन्यो ठूलो ताल, भोटेकोशीमा अझै बाढी आउन सक्ने
५रसुवा बाढी : २८ प्रहरी अझै सम्पर्कविहीन